गीत : कुनै घात छैन

~राजेन्द्र चोथाले~

दुखी छु भनूँ त कुनै घात छैन
सुखी भन्नलाई तिम्रो साथ छैन
यो कस्तो नशा हो मेरो जिन्दगीको
मलाई होश छैन तर मात छैन

सम्झंदा नरोई म सक्दिन बाँच्न
तर बाध्यता छ अरु सामु हाँस्न
नहांसेको मैले कुनै दिन छैन
नरोएको पनि कुनै रात छैन
यो कस्तो नशा हो मेरो जिन्दगीको
…
मलाई होश छैन तर मात छैन

सधैंझैं बसन्त आयो यसपाली
यो मनमा छाएन तर हरियाली
बसन्त पनि छ मेरै संघारैमा
तर कहीं हरियो मुना पात छैन
यो कस्तो नशा हो मेरो जिन्दगीको
मलाई होश छैन तर मात छैन

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.