कथा : सपना !

~आचार्य निश्चल~

‘म साँच्चिकै भाग्यमानी छु प्रमोद, तिमी जस्तो यती धेरै ख्याल गर्ने समझदार प्रेमी पाउनु मेरो अहोभाग्य हो ।’ शहिदशुक्र मा.वि.निर पुगेपछि सपनाले मेरो कान मै आएर भनि ‘यसको लागि म भगवानसँग कृतज्ञ छु ।’ नजिकै एउटा मन्दिरमा ढुगांरुपी भगवान बिराजमान थिए, उसले उनलाई ढोगी, दुई मिनेट सम्म आँखा बन्द गरेर तिनै निर्जिव भगवान समक्ष आफ्ना माग पेश गरी । म उसको अनुहारमा एकटकले हेरिरहेको थिएँ, मेरो लागि नशा थियो उसको अनुहार, हेर्दैमा चरमसन्तुष्टि मिल्थ्यो ।

‘के कहिल्यै नदेखे जस्तो गरी म तिर हेरिराको ? भगवानको दर्शन गर्नु पर्दैन ?’ उसको चर्को स्वरले झसंग बनायो । भगवानलाई प्रणाम गरिसकेपछि मैले भनें ‘मरो लागि भगवान त तिमी नै हौ सपु ! मेरो दिलमा बस्ने आदेश सहित भगवानबाट खाटाइएकी साक्षात देवी ।’ Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : कथा हुँ म

~शून्य प्रकाश~

जिन्दगीमा कही कतै नचुकेको कथा हुँ म ।
मर्न तयार हुन्छु तर नझुकेको कथा हुँ म ।

अरु जस्तै साउनमा भेल बन्न नसके नि
खडेरीमा कैले पनि नसुकेको कथा हुँ म । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : कुर्सी

~पुरुषोत्तम ढुङ्गेल~

सांल्दाजु
ओ
सिकर्मी सांल्दाजु !!
भन्देउ न
कुन काठ प्रयोग् गरेर
बनाउछौ कुर्सी ?????
कि
त्यो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

नेवारी समीक्षा : वाद्य संस्कृतिइ मध्यपुर थिमि

~सुभाषराम~

स्वनिगः – ये“, यल व ख्वपया दथुइ लाःगु मध्यपुर थिमि भेग नेवाः संस्कृतिया स्वपुकुनं छगू महत्वपूर्ण थाय् खः । थन मध्यपुर थिमि धकाः पूर्वय् हनुमन्ते खुसि, दुवाकोत गा.वि.स.या वडा ल्याः ७ व ८ , दक्षिणय् हनुमन्ते खुसि सिमाना, पश्चिम व उत्तरय् मनोहरा खुसि सिमानाया दथुइ लाःगु ११.४७ वर्ग किलो मिटरय् न्यनाच्वंगु थौंकन्हय्या मध्यपुर थिमि नगरपालिका क्षेत्र वा नगरपालिका घोषणा जुइ न्ह्यःया न्यागू गा.वि.स चपाःच्व गा.वि.स, बालकुमारी गा.वि.स., नगदेश गा.वि.स., ब्वदेय् गा.वि.स. व ल्वहंकीथलि गा.वि.सयात थुइकी । थुकी थिमि, Continue reading →

Posted in नेवारी समीक्षा | Tagged , | Leave a comment

कथा : अभिलाषा

~माया ठकुरी~Maya Thakuri

आमा नहुँदा त घर नै शून्य भएको छ । घरका केटाकेटी, छरछिमेक सबैले आमा कहिले आउनुहुन्छ ? भनेर सोधिरहन्छन् ।

हिजो बिहान साढे ८ बजे म अफिसतिर हिँड्न लाग्दा विराटनगरबाट मेरी ८२ वर्षीया आमाले मलाई फोनमा भन्नुभएको थियो ।

‘हुन्छ नि आमा म आइहाल्छु नि तपाईंलाई लिन । के तपाईंलाई सन्चो भएन ? ‘ मैले जिज्ञासा पोखेको थिएँ । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : एक युग भयो

~भिमदर्शन रोका~Bhim Darshan Rokka

एक युग भयो, छाडेर घर
म यात्री गर्न एक्लै सफर
हिँडिरहेछु, साथी ! म हिँडिरहेछु
आरम्भ छाडी अन्तदेखि बेखबर !
एक युग भयो… Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : चिना

~कालूसिंह रनपहेंली~

रामेेको छोरो जन्मियो। घरमा खुशीको माहौल छायो। पुत्र प्राप्तिको खुशीमा रामेे र उसकी पत्नी सीताको भुइँमा खुट्टै छैन। न्वारानमा गाउँ-घरकालाई बोलाइयो। खोरको खसी ढालियो। सबसित खुशी बाँड़ियो। सबैले रामे र सीतालाई बधाई दिए। कतिले नानीको निम्ति थाङना, ब्ल्याङकेट, ताता फुलालैनका लुगाहरू लिएर आए त कतिले नानीको हातमा पैसाकै भेंट दिए। पण्डित हरिहरलाई बोलाइएको छ। उनलाई न्वारानको कर्मकाण्डसित नानीको नाम राख्ने र चिना बनाउने जिम्मा पनि लगाइएको छ। पण्डितजीले पात्रो निकालेर हेरेपछि औंला भाँच्दै गन्न लागे, “पुस 3 गतेको जन्म। श्रवण नक्षत्र। योगिनी उत्तरमा। नागको शिर दक्षिणमा। शुक्र पश्‍चिममा। राशि पर्‍यो मकर। अब मकर राशिको Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मेरो देशको ऐनाभित्र

~नरदेन रुम्बा~Norden Rumba_1

चर्किएका हातहरूले
फुटेका औँलाहरूले/नङहरूले
मैले छाम्न खोजे“, मैले स्पर्श गर्न खोजे“
मेरो देश कतै छ कि भनेर, यो हो कि त्यो हो कि भनेर
तर कहाँ छ मेरो देश ।
गुराँसका फूलहरू हेर्छु कहिले, मधेसका घामहरू हेर्छु कहिले Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ वर्ष

~शिवप्रसाद गौतम~Dr Shiva Gautam

यहाँ मान्छेबाट मान्छे
दुख्न छाडेका छैनन्
सोझो चिताउनेको यहाँ
भलो हुन सकेको छैन
उहिल्यै सतीले सरापेको
श्र्राप रही रहेकै छ यहाँ ।
एउटै मुलुकमा
एउटै नियम कानुनमा
जाली फटाहाहरू Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : घाउ दुखेपछि रोएँ

~राजेन्द्र चोथाले~

तिमीले दिएका घाउ दुखेपछि रोएँ
मायाको समुद्र सुकेपछि रोएँ |

आफ्नै जीवन लाग्छ आफूलाई गाली
Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : लाशलाई ढलाई देऊ बरु

~बज्रकुमार राई~Bajra Kumar Rai

जिउँदो यो लाशलाई ढलाई देऊ बरु,
चिन्तामाभन्दा चितामा जलाई देऊ बरु

न मरीहाल्न सकें न त बाँचेको नै छु,
आउ यो भौतिक शरीर बलाई देऊ बरु Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : झर्न बाँकी पातहरू

~राजेन्द्र तारकिणी~

समयले एउटा पात खसाल्यो !
(कि या, मान्छेले जबरजस्ती झा¥यो समयको रूखबाट ?)
पुरानो रङ्गको आफ्नै अनुहार च्यात्यो समयले
र, रगतजस्तै जमिसकेको नालीमा फाल्यो
अर्को नयाँ तेजिलो रङ्गको अनुहार
उसले लामो हात तानेर टिप्यो क्षितिजबाट
र, च्यातिएको ठाउँमा मिलाएर सजाइदियो ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पाेष्टमाेर्डन एपिक

~डा. विदुर चालिसे~

जनैपूर्णिमाका दिन
लैला मजनूहरू नाचिरहेथे
पाेष्टमार्डन एपिकहरूसँग
विविध बान्कीका मधुर गीतले
भ्रमपूर्ण मस्तिष्कका चेतनामा
मेरा नायकत्व सिथिल हुन्थे
प्रत्येक चरित्रका अायामहरूमा ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : नेपाल सुन्दर शान्त विशाल

~श्रीधर खनाल~

विश्वमा सबभन्दा कुरूप र सबभन्दा गरिब मानिस पाइने औधी राम्रो र अचाक्ली धनी एक मात्र देश नेपाल हो । यसमा आफ्नो बाउ साछी राखेर सही गर्न तपाईंलाई कर लाग्छ । यहाँको तराईका समथर, पहाडी भेकका उपत्याका, तरेली परेका पर्वतमाला हुँदै उत्तरमा हिउँको पगरी गुतेका शिखर श्रृङ्खलाको दर्शन गर्न हजारौँ कोस टाढादेखि विदेशीहरू धाउँछन् । तर यस्तो राम्रो देशमा जन्मिएर हुर्किएका मानिसहरूको घिनलाग्दो अनुहार देखेर उनीहरू घोर उदेकमा पर्छन् । विदेशीको कुरा छाडिदिनुहोस् । तपाईं आफ्नै मुख सच्चाइ र इमानदारीको ऐनामा हेरेर तर्सिनुहुन्छ । मानिस यतिसम्म कुरूप पनि हुनसक्दो रहेछ भनेर उदेकिनुहुन्छ । व्यक्तिवाद, स्वार्थवाद, ठालुवाद नातावाद हैकमवाद, रमितावाद, आलस्यवाद जस्ता वादैवादले बङ्ग्याइएका र कुच्च्याइएका कुरूप बाँदरहरूलाई देख्नासाथ ढोग्न तपाईं बाध्य हुनुहुन्छ । ती कुरूप बनमान्छेहरूमा कोही अर्थशास्त्री बनेर देशको अर्थतन्त्र ध्वस्त Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

संस्मरण : बद्री सर र किताप सरको नाममा

~अविर खालिङ~abir-khaling

बिहानै उठेर नुहाइसकेको छु म । ह्रदयभरि एउटा व्यक्त गर्न नसकिने खुशी सल्बलाईरहेको छ। मित्र डम्बर थापा (शिक्षक , बिरपाड़ा नेपाली उच्चतर विद्द्यालय) लाई पनि मेरो हतारो खनाइदिएको छु।कुन्नि कस्तो बालकहरूको जस्तो छटपटीले मेरा पलहरू असहनीय भएका छन । घडीको काँटासँग कुदिरहेछ मेरो मनको चंचलता । कहिले गाड़ीमा चडेर हिँड्नु जस्तो विचारले तरंगित छु म । बिहानको आठ बज्दा खाजा खाई, हामी तयार भई डुवर्सेली साहित्यिक स्वनामधन्य श्री कितापसिंग राईलाई पर्खिरहेका हुन्छौं । Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : अंग्रेजी नयाँ बर्ष

~रेखा पन्त~

इन्बक्स
शुभकामनाले भरिभराऊ थियो l
फेसबुक र ट्विटरका भित्ताभरी
नयाँ बर्षका रंगीन पोस्टहरू !

पल्टाएर हेरे भित्तेपात्रो
आज वैशाख एक गते पक्कै थिएन
जनवरी एक तारिख पो रैछ !

निराशाका चैते खडेरीलाई Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : यो देश यसै चलेको छ

~दयामोहन आचार्य~

कोही हात्ती घोडा चढेको छ
कसैको गोडा गलेको छ
सिमामा जङ्गे पिल्लर सरेको छ
कहिले खैजेडी कहिले डम्फू बजेको छ
चौतारी गफले गलेको छ Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

Micro Story : Wife

~Eagam Khaling~

Do you know the temperature has tremendously gone down from the last week? Europe happens to turn more beautiful in the months of autumn, isn’t that true? Listen! I have heard that your boss has owned a new luxury car, is that true? How beautiful is that? For us, even a pre-owned motorbike would do a great job! Isn’t that? However, this time we Continue reading →

Posted in Micro Story | Tagged , | Leave a comment

गजल : सपना देखायौ

~जे‍ पी लम्साल~

अरे वा ! क्या स्मार्ट सपना देखायौ
के कारणले मायामा तिमि भोकायौ

कलेज अनी स्कुलमा संगै थियौँ हामी
मायाका कुरा भनि कहाँका नयाँ लिपि घोकायौ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : सलामः नयाँ वर्षलाई !

~शिवप्रसाद गौतम~

सदावहार पुलकित भएर
आफ्नैपन र शानमा
आफ्नै कर्मपथमा
निरन्तर यात्रा गरिरहने
समय सृष्टि हो
र कर्मवीरहरूको कृति हो
समयलाई ढाँटछल गर्नेहरू Continue reading →

Posted in कविता | Tagged | Leave a comment

समालोचना : मृत्तिका र म कवितासङ्ग्रहमा प्रवेश गर्दा

~सदानन्द अभागी~

परिचय –

यो देश हाम्रो रसिलो मुहार
मागेन यसले कसैको गुहार
परेन कब्जा छल शत्रुकै यो
जानेन कहिले शिर झुक्न नै यो
(नेपाल राम्रो यस विश्वमा नै, श्लोक १, पृष्ठ ९८)

यी माथिका राष्ट्रियताले भरिएका श्लोकका सिर्जनाकार हुनुहुन्छ डा. मेघराज ढकाल(२०१३)। डा.मेघराज ढकालको योगदान नेपाली साहित्यमा मात्र नभएर शिक्षा जनसङ्ख्या तथा अर्थशास्त्रमा पनि उच्च योगदान छ । उहाँ एक अनुसन्धान कर्ता हो । उहाँले मूःलत शिक्षास्वास्थलाई केन्द्र विन्दु बनाएर अनुसन्धान गर्दै Continue reading →

Posted in समालोचना | Tagged , | Leave a comment

गजल : पढ्ने बेला आयो

~अनुपम ‘नवोदित’~

वीरताका गाथा फेरि, पढ्ने बेला आयो
स्वाभिमानी शिखर फेरि, चढ्ने बेला आयो

जंगे पिल्लर सार्दै बैरी, किल्ला खडा गरे
बैरीका किल्लाहरू, डढ्ने बेला आयो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : गणेश टिओ

~छविलाल खड्का~

विभूति निजामती कर्मचारी सर्कलको आशा लाग्दो नाम हो । ऊबाट राज्यले धेरै आशा अनि भरोसा गरेको छ । कार्यालयको ईनर्जेटिक मेनपावरमा पर्छ ऊ । सूचना प्रविधिसंग पनि त्यतिकै अभ्यस्त छ । इमान्दार, अनुशासित, लगनशिल कर्मचारीको क्याटागोरीमा दर्ज भएको छ । ऊ सिस्टमले काम हुनुपर्छ भन्ने मान्यता राख्ने राष्ट्र सेवक । कानूनभन्दा बाहिर गएर कुनै काम गर्नु हुदैन । जनताका काम सिस्टमले छिटो छरितो सम्पादन हुनुपर्छ, यो उसको मान्यता  हो । साँझको खाना खाइवरी कार्यालयको सेवा प्रवाह नीति के कस्तो रहेछ जान्नलाई ल्यापटपमा सर्च गरी बसेको छ ।

मोवाइलमा घण्टी बज्यो– “टिरिङ टिरिङ … टिरिङ टिरिङ ..” मोवाइलतिर हेर्यो हाकिमको फोन रहेछ । छिटो छिटो रिसिभ गर्यो – “हेलो । हाकिम साप नमस्कार ।”

“नमस्कार के गर्दै हुनुहुन्छ रु”  हाकिम । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एक उदाहरण

~नुर पाण्डे~

कोही सन्तानविहिन भएर समाजमा अपहेलित भएर बाँच्नुपर्छ भने म बाध्य भए मेरो पेटमा हुर्किदै गरेको निर्दोष बच्चालाई संसार नदेखाएरै मार्न । म कस्तो परिबन्धमा अल्झिरहेकी छु आफै सँग प्रश्न गर्थे । यदि जन्म दिए भनेपनि उक्त सन्तानलाई मैले सहजै हुर्काउन सक्ने थिइन । र उ बिना बाबुको छोरा हुन्थ्यो । जगतले स्विकारे पनि त्यो राक्षस जस्तो बाबू सँग कति गाह्रो हुने थियो । त्यो सम्झिदा त बेसै गरेछु भन्ने लाग्यो । केही खुसी थिए भने केही दुःखी पनि ।

यहि कारणले भोलि बाँझोपनाको समस्या त आउने होइन म धेरै आत्तिए । जब जब भविष्यको कल्पना गर्थे आङ सिरिङ्ग हुन्थ्यो । म यहाँ सर्वप्रथम तिमीलाई नै सम्बोधन गरिरहेकी छु । बहिनी तिमिले आफ्नो सबै घटना सुनाउँदा पनि मैले त्यति ठूलो अपराधीलाई कुनै सजाय दिलाउन सकेकि छैन । तिमी नै चाहन्नौं । चाहन्नौँ त Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : तोकेर केही हुँदैन

~डा बच्चु कैलाश कैनी~

मायाको दर भाउ छैन तोकेर केही हुँदैन ।
माया लागे पछी कसैले रोकेर केही हुँदैन ।

माया माया नै हो भेदभाव छैन कसैलाई
नि:स्वार्थ भए प्रेमको भारी बोकेर केही हुँदैन । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : परदेसीका पिडा

~देबेन्द्र बस्याल~devendra-basyal

छोरी जन्मेर ३ कि पुग्दा
म परदेशबाट घरमा पुगें
मैले छोरीलाई कँदर्खुटीगरी
घरवरीपरी घुग्दै थिएँ

मैले छोरीलाई प्रश्न गरें
छोरी तिमीले हात धुन सक्छेउ ?
खुट्टा पनि धुन सक्छेउ ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : खाते

~भरत खत्री~

सडकका पेटीहरुमा मेरा दिन गुज्रिदै छन्
फोहोरका मल्खादमा मेरो भोजन खोजिदै छ
बाच्ने आसा, तिम्रो जति छ मेरो पनि त्यति नै छ
कस्तो हो यो विडम्बना, कस्तो हो यो नियति

म रुदा पाखे रोयो रे, मेरो लास लास भयो रे
तिमी रुदा पिर पर्यो रे, तिम्रो लास पार्थी शरीर रे
मेरो हिडाइ पागलको रे, तिम्रो हिडाइ भलादमीको रे Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : म विद्रोही ?

~सुनील बाबु श्रेष्ठ~

चरा जस्तै फुत्रुक फुत्रुक रमाउदै उफ्रदै
भर्खरै घरबाट खेल्न निस्केकी निर्दोष कोपिलाहरू
आफ्नै घरको कान्लामुनि
लडिरहेका छन रक्ताम्य भएर
सोचौला तिमी यी कलिला मुनाहरु
भर्खरै रजस्वला भएकी छे
र, साक्षात्कार गर्दैछे जवानीसंग ।
ए भ्रमित शासकहरु ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : सुन्तलाको स्वाद

~यकिना अगाध~

‘ला तँलाई सुन्तला !’ माइली लुङगेलीले सुन्तला खान मागेर हैरान पारेको छोराको गालामा एक चड्कन लगाइन् र बरबराईन्– ‘चाखिस् सुन्तलाको स्वाद ?’

छोराको गालामा हानेको तिनको हात भुँइमा बेस्सरी बज्रिदा तिनी बेहोसी तन्द्राबाट ब्युँझिईन् । हिजो बेलुकी छोरी कर्निमाया र छोरो सहनलाई सम्झेर रुँदारुँदै तिनी त्यही बेहोस भएर ढलेकी थिईन् । अहिले होस खुल्दा बिहानीको सूर्यले गाउँभरी लालिमा छाइसकेको थियो । म्याम्या गर्दै बाख्रा र पाठापाठीहरु कराइरहेका थिए । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : खाते

~प्रभा पोखरेल ‘स्वेशा’~

उफ्!! यो बादल नि कस्तो अगति पाराले लागेको हो। न झमझम बर्सन्छ, न घामले दर्शन दिन्छ। कस्तो बिचैमा अड्किएजस्तो मौसम! पानी परेपनि आज मज्जाले भिज्नेथिइ। दर्केर पानी परोस्, उ आँखा चिम्लेर भिजिरहोस्। आँखा, नाक, ओठ, सारा अङ्ग-अङ्ग भिजुन्, भिजिरहुन्। खाली-खाली दिमाख होस्, दिमाख, मन भिजुन्, पखालियुन्, बगेर जाउन्। यो उकुशमुकुश सबै उदारियोस्। उसको तातेको शरिर र थाकेको दिमाख सबै ठन्डा हुनेथियो कि! आज उ छटपटाइरहेकीछे, बस् छटपटाइरहेकी छे। के को छटपटी हो यस्तो? के को चिटचिटाहट यतिबिघ्न? यत्ति छटपटाउने अधिकार छ र उसलाइ? उसलाइ यस्तो लागिरहेको छ आज चैं कसैलाइ भुत्ल्याइदिउ, कसैलाइ गालामा चड्याम-चड्याम हान्दिउ र चुपचाप हिडिदिउ! त्यस्तो कहाँ हुन्छ? किमार्थ हुदैन। ‘कस्ले हातमा दहि जमाएर बस्ला र मैले थप्पड Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : पर्खिरहेका हुन्छन आमाहरु !

~सुनील बाबु श्रेष्ठ~

जाडोले कठा़ङ्ग्रीएका लेकका धुपिहरु जस्तै
यतिबिघ्न जाडोमा
चाउरिएका अनुहारमा सयौ रेखाहरु बोकेर
सुनसान घरको पिडिमा एकोहोरो टोलाईरहने
ती एक्ली बुढी मान्छे कसकी आमा होला?

छेऊमा गएर सोध्छु,
‘आमा जाडो भएको छैन?’ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : सबै छन् त्यत्ति हो

~रेखा पन्त~

छन् आफन्त सबै छन् त्यत्ति हो
मात्र बोलाउदा बोल्दैनन् त्यत्ति हो

कुल्चिने उफ्रिने टेक्ने यही छाती
सम्झिछन् खेल्ने आँगन त्यत्ति हो Continue reading →

Posted in गजल | Tagged | Leave a comment