~राजु स्याङ्गतान~
उपत्यका बाहिरबाट काठमाण्डौंमा केहि गर्छु भनेर आउँनेहरुका लागि बाह्रमासे डिउटी हो कोठा खोज्नु ।
गाउँ घरमा लठेप्रोले जिवनसाथी सजिलै पाउला तर यहाँ कोठा पाउँन मुस्किल छ । बल्ल-बल्ल पाए पनि विविध अड्चन झेल्नु पर्छ । करिव तिन हप्ता खोजेपछि बानेश्वर बुद्धनगरमा एउटा मध्ययुगीन गुफा जस्तो कोठा पाएँ । घरबेटीले रंगरोघन गरे पनि बसौं लाग्ने भने थिएन । भान्साका टाटाहरु, कार्पेटको टुक्राटुक्रि, नपल्टिएको भित्तपात्रो, चुरोटका ठुटाठुटी, खैनीका घिनलाग्दा थुकहरु, फ्याँकिएका कपिहरु । बस् यी नै थिए कोठाको सौन्दर्य । भारी मन लिएर सफा गर्न थाले । छेउमा एउटा पुरानो कापी, झ्यालबाट फुत्किएर आएको हावासँगै फरफराई रहेको थियो । अगाडि पछाडिको भाग जलेको थियो। मुस्किलले ‘काठमाण्डु’ भन्ने शिर्षक पढेँ । हेर्दा दैनिकी जस्तो लाग्यो । जिज्ञाशा लाग्यो । सफा गर्न छोडेर पढ्न थालें । Continue reading →