दीपक सुवेदीका तीन मुक्तकहरु

~दीपक सुवेदी~


सारा मेरै साम्राज्य हो भनि खोक्नु किन ?
पित्तललाई सुनै हो भनि बोक्नु किन ?
अकबरीमा कसी नलाए भैहाल्थ्यो नि
कुकुर बनी मान्छेलाई नै टोक्नु किन ?


घोडा चढ्न नजाने, गिर्ने गर्छ मान्छे
राज्य सम्झे रैतीले, चिर्ने गर्छ मान्छे ।
रुप रंग बदल्दा, लाभ हुने भए
फाली बनी निस्कन, छिर्ने गर्छ मान्छे ।


बारम्बार नेता मेला गरिरहन्छन्
अभिनेता मञ्चमा रेला गरि.रहन्छन् ।
सोझा जनता सडकमा आउँछन् र त
सभासद अझै झमेला गरिरहन्छन् ।

गौरादह, झापा
djsubedi@gmail.com

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.