गजल : फरक लाग्यो

~दयामोहन आचार्य~

भकुण्डो उस्तै गर्ने, गोल फरक लाग्यो
जुत्ता उस्तै टेक्ने, सोल फरक लाग्यो

बलत्कारी ज्यानमारा, अपराध उस्तै
तर तिन्को, पोल फरक लाग्यो

तेल त तोरी कै हो भन्छन्
तर पेल्ने कोल, फरक लाग्यो

हिरामोती जग्गाजमीन जे जोडे पनि
तर त्यस्को मोल, फरक लाग्यो

समस्या नभएको, कहाँ छर यहाँ
मात्र बस्ने टोल, फरक लाग्यो

कति मिठो बोली, सेवकै हुन अरे
तर पिट्ने ढोल, फरक लाग्यो

अभिनय राम्रो छ, खाएर हो नखाएर हो
तर पिउने झोल, फरक लाग्यो

नामले मात्र हुन्न यहाँ, लक्ष्य एउटै
ब्वाँसाको भने खोल, फरक लाग्यो

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.