नविन ध्यारका चार मुक्तकहरु

~नविन ध्यार~

भने जस्तै ब्यवहारी नभइदिनु तिमी
सोचे जस्तै प्यारी नबनिदिनु तिमी
आशाका तरंग पनि पालुवा जस्तै हुन्छन्
शिशिरमै बसन्त बनी नछाइदिनु तिमी ।।
*****
फुर्सदमा कुदिएको मुर्तिभए मन्दिरमा किन सजायौ
नस्तमस्त भई त्यतिबेला बिउ रोपी किन हुर्कायौ
जीवन दिनु मात्र होइन जिउन पनि सिकाउनुपर्ने
हे सृष्टिकर्ता यो बेवारिसे जिउ बाहेक अरु के देखायौ ।।
*****
याद आउँदा आउदै यो पनि एक कहानी बन्यो
मन भित्रैको अर्को मन पनि फेरि विरानी बन्यो
हेर्नु रहिछ,खोज्नु रहिछ आफुभित्रैको पाठशाला
नचिन्दा आफैलाइ उपियाँ पनि महारानी बन्यो ।।
*****
पहाड सुत्छ अनि हिमाल लड्छ
म भित्र जे छ सबथोक जल्छ
समय आफै बेचिएर खराब भयो
पुष्पकुञ्ज भित्रै पनि सौरभ लुक्छ ।।

नविन ध्यार
वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
एम्.बि.बि.एस. (तेस्रो बर्ष)

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.