~आचार्य निश्चल~
‘म साँच्चिकै भाग्यमानी छु प्रमोद, तिमी जस्तो यती धेरै ख्याल गर्ने समझदार प्रेमी पाउनु मेरो अहोभाग्य हो ।’ शहिदशुक्र मा.वि.निर पुगेपछि सपनाले मेरो कान मै आएर भनि ‘यसको लागि म भगवानसँग कृतज्ञ छु ।’ नजिकै एउटा मन्दिरमा ढुगांरुपी भगवान बिराजमान थिए, उसले उनलाई ढोगी, दुई मिनेट सम्म आँखा बन्द गरेर तिनै निर्जिव भगवान समक्ष आफ्ना माग पेश गरी । म उसको अनुहारमा एकटकले हेरिरहेको थिएँ, मेरो लागि नशा थियो उसको अनुहार, हेर्दैमा चरमसन्तुष्टि मिल्थ्यो ।
‘के कहिल्यै नदेखे जस्तो गरी म तिर हेरिराको ? भगवानको दर्शन गर्नु पर्दैन ?’ उसको चर्को स्वरले झसंग बनायो । भगवानलाई प्रणाम गरिसकेपछि मैले भनें ‘मरो लागि भगवान त तिमी नै हौ सपु ! मेरो दिलमा बस्ने आदेश सहित भगवानबाट खाटाइएकी साक्षात देवी ।’ Continue reading