~सविना सिन्धु~
बसपार्कबाट चढेको गाडीले ओरालेको थियो, कीर्तिपुरस्थित विश्वविद्यालय अगाडि। मैले स्टुडेन्ट कार्ड देखाएँ र गाडीभाडा तिरेर ओर्लिएँ। झट्ट अनुपमालाई देखेँ। ऊ मभन्दा केही पाइला अगाडि थिई। “ओई अनुपमा…….पर्खी न”, म दगुर्दै गएँ। युनिभर्सिटीको वरिपरी घामको उज्यालो किरण तँछाडमछाड गर्दै छरिएका थिए। उसको उभ्याइमा उदारता र गम्भीर ब्यक्तित्व देखिन्थ्यो। ठूलो ग्राउन्ड, थुप्रै घरहरु, भुलभुलैया जस्तै बाटाहरु अनि किताबहरुको चाङ्ग भएको पुस्तकालय। यस विश्वविद्यालयको विद्यार्थी हुनुमा पनि गौरव महसुस हुन्थ्यो। Continue reading