कविता : स्कुल

~रेखा पन्त~

सिंगो सिसाकलम काटेर
बराबर तिन टुक्रा मध्य
मेटाउने भएको पट्टिको एक भाग
हँसियाले तिखारेर
एउटा सानो खेस्रा कपि हातमा थमाई
डोहोर्याउदै मेरी आमाले
स्कुलमा पुर्याएको पहिलो दिन
जुनदिन
म आमाको आँचल समाउन
रोएँ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बैरागी जेठाका सत्ताईस हाइकु/सेन्र्यू

~बैरागी जेठा~

आलोक प्रवृत्ति
अनगिन्ती असला
गुञ्जित हुन्छ ।

युवा चेतना
समाजशास्त्र बोल्छ
सालघारीमा ।

दुईटा आँखा
बिझाउँछ आफैँमा
ग्रहण –ग्रास । Continue reading →

Posted in सेन्र्यू, हाइकु | Tagged | Leave a comment

यदुनाथ बसन्तपुरेका दस हाइकु

~यदुनाथ बसन्तपुरे~

ढंग शुन्य छ
अर्काको जरा खन्छ
जूनी बांदरे….
०००
ती पटमूर्ख
रुन्छन् बाघ सम्झंदै
मलिन स्वर….
०००
मान्छे के भनुं
ज्यूंदा यी लासहरु
चिहान हेर्दा…. Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment

कविता : आमाको गुन्युको थाङना भित्र देखेको सपना

~दयाकृष्ण राई~Dayakrishna Rai

म आमाको गर्भबाट
यस धर्तीमा पदार्पण गर्न बित्तिकै
प्राकृतिक रीत अनुसार रुनु बाध्य भएँ
जन्मनु बित्तिकै को हाँसेको छ हँ ?
रुनु नै त जिन्दगी रहेछ ।

आमा तिमीले बुबु खाउ बुबु भन्दै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : बाध्यतावाद

~विक्रम सुब्बा~

मैले पनि एउटा साहित्यिक आन्दोलन प्रतिपादन गर्नु पर्‍यो भन्ने सोचेँ । सोचेपछि निस्किँदो रहेछ । सिद्धान्त निकालेर नाम राखेँ “बाध्यतावाद” । अब त्यसलाई सैद्धान्तिकीकरण गर्न थालेँ । जसरी पिएचडी गर्नेले पहिले दिमागमा पिएचडी गर्छ र त्यसपछि प्रोफेसरले दिएको निश्चित फरम्याट अनुसार चाहिने अनुसन्धानको मुख्य ‘समस्या’ लेख्छ र तथ्याङ्क खोज्दछ । यो दुनिया तथ्याङ्कहरूको भण्डारै हो । यहाँ जे पुष्टी गर्न पनि चाहिएको तथ्याङ्क भेटिन्छ । त्यसैले गर्दा जसले जे विषयमा पनि पिएचडी पाइरहेकाछन् । त्यस्तै मैले पनि “बाध्यतावाद” भन्ने सिद्धान्त मनमा सोचेँ र अब त्यसको पुष्टिका निम्ती कुराहरु खोज्नु पर्ने भयो । खोज्दै जाँदा भेट्न थालिँदो रहेछ । मैले पनि थुप्रै पुष्टिका कुराहरू भेटेँ जो निम्न रहेकाछन् । अर्थात, मैले आजसम्म जे जति कविता वा गीत रचना गरेँ, फर्केर हेर्दा बाध्य भएर मात्र रचेको रहेछु । दुनियामा अरु सबैले पनि मैलेजस्तै बध्य भएर मात्र केही गरेको रहेछ । जस्तै: मैले सबैभन्दा पहिले मायालुको Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : च्यातिएका गरिबीका पुरानो बर्कोहरू

~राजबाबु श्रेष्ठ ‘सागर’~

म सोंचिरहेछु
पुर्पुरोमा हात राखेर
आगो निदाएको दिन के हुन्थ्यो होला ?
शायद,
उदधि क्षितिजमा उदय हुन्थ्यो होला
अनि नदीमा आगो छलाङ्ग मार्दै
कहिले कर्णाली त कहिले कोसीको बगर-बगर
हप्दा उठाउँदै हिन्थ्यो होला
हप्ता न दिए हनुमानले लंका जलाए झैं Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : लालबुक जीवन

~गणेश राई~

रातो रगतको आवरणभित्र
सोझो सिपाहीका इमान्दार पङ्तीजस्तो लहर
ठड्याइएको छ अक्षरहरुको पर्खाल
प्लास्टर गरिएको छ चिल्ला शव्दहरुले भित्ता
कोठाको बिचमा झुण्डाइएको छ रङगीन पासो
सिपाही जिन्दगीको हुकुमी कारागारभित्र Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : अमेरिकी स्वास्नी

~डा. एकप्रसाद दुवाडी~

मानवले सुनेको थियो नेपाल जति सुन्दर देश संसारमा कुनै छैन तैपनि नेपाल सुनको कुर्सीमा बसेर सुनको कचौरामा मागिरहेछ। अनि नेपाली जति असल मानिस अरु कहिँ पनि हुँदैनन्। उसो भए दैनिक हजारौ नेपाली किन विदेश भासिन्थे त? उसलाई यी कुरामा दम लागेन, सायद अमीलो अँगुर जस्तो होला सोच्थ्यो। कुनैदिन अमेरिकी केटीसँग बिहे गर्ने कुरो त के अमेरिका जान पाउछु भन्ने कुरामा पनि मानवलाई विश्वास थिएन किनकि ३-४ चोटी टोफल अनि जिआरइ दिएर आवेदन गर्दा पनि गतिलो अफर पाउदै थिएन। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

समीक्षा : गरुडपुराणले अर्थ्याएको जीवनचक्र

~सदानन्द अभागी~

हाम्रा धर्म ग्रन्थहरूले भनेका छन् कि संसारमा उद्भिद (वृक्ष, लता, गुल्म आदि)को रूपमा पैदाहुने, स्वेदज–पसिनाबाट पैदाहुने (जुम्रा,उडुस आदि) अण्डज–अण्डाबाट पैदा हुने (पंक्षी आदि) र जरायुज –गर्भासयमा रहेर जन्मलिने जीवहरूको सृष्टि ब्रह्माजीले गर्नु भएको हो । यो क्रममा स्त्री पुरुषको सम्बन्धबाट ऊ गर्भमा जन्छ, गर्भ यातना हुँदै, जन्म लिदै, जीवनदेखि मृत्युतक , कष्ट भोग्दै पुन मृत्युवरण गर्छ ,यो चक्र हो निरन्तर चलिरन्छ । त्यसो हुँदा जीवको जन्म–मरण हुन्छ । मानवको अमूल्य जीवन सहज रूपमा प्राप्त हुँदैन । चौरासीलाख जुनी पापीहरुले भोग गरे पछि र पाप पूण्य बराबर भए पछिमात्र नारकीय जीवन छाडी मानिसले अमूल्य नरचोला पाउँछ । Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

छन्द कविता : थोपा

~डा.मेघराज ढकाल~

छन्द : अनुष्टुप्

न गन्न सकिने यस्तो न मोल तोल नै छ यो
बर्तुलाकारको बिन्दु थोपा भन्ने जनाइयो
आकारमा छ यो सानो मोल मूल्य ठुलै भयो
कसरी बन्छ यो भन्दा ? मिहिनेत भयो अहो !
१

साहित्यकारको सीप मसीमा जब बग्दछ,
श्रमको पसिना थोपा किसानसँग झर्दछ, Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

गजल : छोडे मैले आज

~वाग्ले प्रकाश ‘बगर’~

महलको स्वप्ना, छोडे मैले आज
हृदयको बाग, तोडे मैले आज

रहरै रहरमा, प्रदेश आए
पिताको पहल, गोडे मैले आज Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : मिलाएरै हेर

~राधा वाग्ले~

लुकि छिपी हेर्छौ किन मिलाएरै हेर
जुनि जुनिको भरोसा दिलाएरै हेर ।

बैँश फुल्दा प्रेम प्यासले तिर्खाएको दिलमा
मायाको मात कति लाग्छ पिलाएरै हेर । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

समीक्षा : साहित्य र राजनीति

~कुलचन्द्र वाग्ले~

नेपाली साहित्यमा अत्यन्त चर्चित विश्वेश्वरप्रसाद कोइराला राजनीतिमा वीपी कोइराला नामले सम्बोधित हुनुभयो । समाजवादी चिन्तक र आधुनिक प्रजातान्त्रिक चेतका अग्रणी वीपी जयन्तीको महिना भदौमा शून्य-सर्ग अन्तर्गत साहित्य र राजनीति शीर्षक दिएर यो आलेख तयार हुने सुखद संयोग मिल्यो । लाग्छ, विषय शीर्षकको सान्दर्भिकता राजनीति र साहित्यको योग वीपीको जयन्तीमा हुनुले राख्दछ ।

साहित्य र राजनीतिमा को जेठो ? बहस टुङ्गिएको हुनुपर्छ तर फेरि पनि तर्क गर्न मिल्छ । विकासका क्रमहरू छिचोल्दै जब मानिस ओडारवासी भयो अनि क्रमशः सामाजिक संरचना ग्रहण गर्न थाल्यो, मुखिया वा Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : बिदेशबाट श्रीमतीलाई चिट्ठी

~डम्बर पौडेल~

समुन्द्रको छाल जस्तैः , तरंग भो मन
बिबसताले बाधी ल्यायो , के गर्नु लौ भन ?
छाती चिरी देखाइदिन्थे , मुरी मुरी माया
निदाउदा नि सपनिमा , देख्छु तिम्रै छायाँ | Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पैताला पुकार

~आर.बि. निश्चल~

पूजनीय ब्राह्मण देवता !
साष्टाङ्ग दण्डवत !
माफी चाहन्छु- धृष्टताको निम्ति
अनि, दुस्साहसको निम्ति

मनभरी गुम्सिएका अनन्त पीडा र अथाह व्यथाहरू
दबाएरै राखिरहूँ भन्दा-भन्दै पनि
शान्त महासागरमा अचानक ज्वार उठेझैँ
मनको बाँध फुटाल्न खोज्दैछन् भावलहरीहरू !
र, सुनामी चलेझैँ विद्युत गतिमा आक्रमण गर्न Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पुरुषार्थ

~सुमित्रा थापा कार्की~

यता एउटी आमाले छोरा जन्माईन महान बनिन्
उता अर्कि आमाले छोरी जन्माईन अपमान बनिन्
आखिर आमा नै बनिन्
“महान, अपमान”
यहि महान रअपमानको भरिलो
कोखबाट जन्मियो
“पुरुषार्थ ” Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : यौटा प्रेम कविता

~मनप्रसाद सुब्बा~

समयको सडक हिँडदा हिँड्दै
एकछेउ डिलनेर बसेर
हामीले जे जति कुराहरू गर्यौँ
ती कुराहरू
दन्त्यकथाका मधु-मालतीले बात मारेका होइनन्
ती त हामीले बाँचेका क्षणहरू हुन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तरुनी रात

~केदार श्रेष्ठ~

ओइलाएको सूर्य
दिनभरिको थकाइले
क्षितिज पर-परको सागरमा
जब बिलाउँछ
तब झ्याँउकिरीको
झन्झटिलो अवाजसँगै
जंगलतिरबाट निस्कन्छन्
हाप्सीला, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : उपहार

~महेश पौड्याल~

नयाँ ठिमीपारि, हनुमन्ते बगरको ब्रहमनगर टोलमा विगतको एक दशकमा रैथाने कम र बाहिरबाट आउने मान्छे बढी भेटिन्छन्।

चारआना, पाँचआना जग्गा किन्दै घर बनाउँदै गर्नेमा पश्चिम अछामदेखि पूर्व झापासम्मका मानिसहरू छन्।

भिन्नाभिन्नै जिल्लाबाट आएका, भिन्नाभिन्नै रहनसहन र चालचलनका मान्छे आपसमा खासै विचार विनियम गर्दैनन्। एउटै टोलमा भएर पनि घरहरू टापुजस्ता छन् र मान्छे अन्जानजस्ता। खासै आवतजावत हुँदैन। ओल्लोपल्लो घरमा बिहेबटुलो हुँदा पनि बोलाउने, सघाउने चलन छैन। बरु भाडाका सहयोगी आउँछन्, काम Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : अमूर्त दुःख

~गोपाल विरही~

‘मृत्युपछिको अभिव्यञ्जन’मा बालकृष्ण समले आफू मरेपछिको परिस्थिति चित्रण गरेका छन् । मरेपछिको शून्यको अवस्थामा समलाई केही दुःखेको छैन, केही बिझेको छैन । बौद्ध शून्यमा उनका दुःखहरू बिसाइएका छन् । भौतिक नभएर मरेका सम अभौतिक वा चेतन-शून्य स्थितिमा छन् । जल, वायु, प्रकाश/अग्नि र माटोसँग उनको सम्बन्ध विच्छेद भइसकेको छ ।

अर्कातिर ‘शिरीषको फूल’की सकमबरी र ‘रूपमती’लाई हेर्नुस् । ‘माइतघर’की सानीलाई र ‘अलिखित’ की फूलवा र मतियालाई हेर्नुस् । ‘घामका पाइलाहरू’मा झुलुक्क देखापर्ने पार्वती दिदी, ‘बसाइँ’की मैना र ‘एक चिहान’की नानीथंकूलाई हेर्नुस् । ‘मुनामदन’की मुना, ‘कोही किन बर्बाद होस्’की कमला र ‘मुकुन्द इन्दिरा’की Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : अन्त्य कि सुरुवात ?

~प्रदीप चापागाईं~

लास
मुर्दा
गयो,बित्यो
सकियो
कानेखुसीहरु
एक हुल
सयौं आँखाहरु
फूलका गुच्छाहरु
अनि अबिर
गोबर,अनी लिपिएको भुईँ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : नेताहरु

~अरुण छेत्री अनुरागी~

तेरो मेरो लुछाचुडी च्याट्टै छोडे की त नेताहरु
देशका निम्ति हातमा हात जोडे की त नेताहरु

हल्ला सुन्छु फेरी एउटा सहमति गरे अरे
एक-अर्का बिचको दिबार फोडे कि त नेताहरु Continue reading →

Posted in गजल | Tagged | Leave a comment

नियात्रा : टोपीटाले भेट्न खोल्सी !

~युवराज नयाँघरे~

कर्णाली तरेँ बल्ल आज !

हुम्ला कर्णालीका किनारैकिनार हिँडेको यतिका दिनपछि आज तर्ने मौका मिल्यो । यो नदीका छालले छोएथे । यसका बाछिटाले हिर्काएथे । यसका लहरले हृदय तानेथे । यो नदीका सङ्ला तरङ्गले मलाई डाकेथे ।

सेतो, सङ्लो खोला । धारिलो र चिसो लहर बोकेर बेगिइरहेको नदी । तिखो शक्ति र बलवान् ऊर्जामा हुइँकिइरहेको हुम्ला कर्णाली ।

पुल तरेपछि अघि ओर्लेको अप्ठ्यारो हेरेँ । कति ठाउँमा ठाडै, कति ठाउँमा घुम्ती र कति ठाउँमा भीरसँग जोगिँदै झरेको थिएँ म । तीन चार ठाउँमा त म निकै नै सुलुलु–सुलुलु चिप्लिएँ । बुट्यान पनि समात्नै नमिल्ने । Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

दिल पौडेलका चार हाइकु

~दिल पौडेल~

जागिर

जिरा र नुन
महिनावारी टार्ने
विरही धून ।

प्रशासन

ऐन-कानुन
चाचाचुचे आदेश
सधैं मानुन । Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment

गजल : उस्तै उस्तै

~तृष्णा योञ्जन~

लगाउँदिन माया भन्दा बबाल उस्तै उस्तै
आँफै दिन्छौ धोका अनि सबाल उस्तै उस्तै

मन बहकाउने साथी अर्को नभेटुन्जेलसम्म Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : तिन दसक देखी

~बैरागी जेठा~

तिन दसक देखी
आजसम्म कबिता लेखिरहेछु
विस्मित भएर कहिलेयै लेखिन
म फैलिएको देखेर
उसले
मलाइ सिफलको रुखमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : नायगरा झरना अतृप्त यात्रा

~डा तीर्थबहादुर श्रेष्ठ~

नायगरा झरनाको बाछिटाले निथु्रक्क नभएसम्म अमेरिका यात्राको तिर्सना मेटिँदो रहेनछ। यसपालि कात्तिकमा अमेरिका पुगियो। अमेरिका भनेपछि संयुक्त राज्य अमेरिका मात्र बुझने चलन छ, तर इटालीका भेसपुस्सी अमेरिगोले सन् १४९७ मा पत्ता लगाएको भूय्भाग र क्रिस्टोफर कोलम्बसले १४९८ मा गोरा उपनिवेशकारी शक्तिलाई देखाइदिएको नयाँ संसारमा य्संयुक्त राज्य अमेरिकामात्र नभएर उत्तर र दक्षिण अमेरिका दुई महार्‍ीप पर्दछन्। विश्वको मानचित्रमा न नायगरा फल्स, न सगरमाथा नै अँकित भएको त्यो बेला नेपालमा मल्लकालीन नेवारी सभ्यता चुलिएको थियो। Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : सुखमा साथ थिएँ

~सुदर्शनविक्रम राणा~

सुखमा साथ थिएँ,
टाढा भएँ पीरमा ।
ग्लानी हुन्छ आफैलाई,
गुहार दिन नसक्दा । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जाडो, कोलम्बस र साम्राज्य

~देवेन्द्र खेरेस~

हिँउदको याम
जाडोको आगमन्
मुटु काँप्ने चिसो
सुनसान फुटपाथहरू
दिउँसै अधेरो साम्राज्य
काइनेटिक सहर
घर घरमा
बन्दि जीवन वाँचेका मानिसहरू
रमाउँछ वारमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : विश्लेषणत्मक महाकाव्य ‘तपस्विनी’

~प्रभा कैनी~

अजम्बरध्वज खातिद्वारा लिखित ‘तपस्विनी’ महाकाव्य बजारमा आएको छ । पाल्पामा जन्मेर बुटवलमा बस्दै आएका खातीले विसं २०१२ सालदेखि साहित्यमा हात बढाएका हुन् । विधागत हिसाबले ‘तपस्विनी’ उनको पहिलो महाकाव्य हो । यसअघि उनका नौ खण्डकाव्य, गीतिकाव्य प्रकाशित छन् ।

‘तपस्विनी’ महाकाव्य नेपालीले भोग्न बाध्य दुई विशेष घटनाको सेरोफेरोमा सिर्जना गरिएको छ । पहिलो हो, चेलीबेटी बेचबिखनको घृणित प्रचलन र दोस्रो बाह्रवर्षे माओवादी युद्धकालमा मानिसले भोग्नुपरेका त्रासदिपूर्ण Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : माग्ने

~चट्याङ मास्टर~

ऋण, दान, अनुदान जे मिल्छ उही माग्ने
माग्दा माग्दा धनी हामी, दिने बन्नेछ माग्ने ।

धनी देशका सामु, गरिब छौँ, भनी माग्ने
गरिबै भेटिए देश, नछोड्ने, डटी माग्ने
छिमेकी देश धनि देखे, छिमेकमै गई माग्ने
टाढाको देश धनि देखे, देशमै बोलाई माग्ने । Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : सडक, समय र सपना

~मनु आभास~

यिनै उपेक्षित सडकहरूमाथि
मनखुसी बुर्कुसी मार्दै
कोरिरहेछ समय
अन्धकार भविष्यको गर्भमा खण्डीकृत भाग्यरेखा ।
यी तिनै सडक हुन्
जहाँ पोखिएका छन् पसिना Continue reading →

Posted in कविता | Tagged | Leave a comment