~रुपिन्द्र प्रभावी ‘कटु’~
संघर्षले सबैको जिन्दगी सिंगार्छ
निराशाले सबथोक त्यसै बिगार्छ
भाग्यको भर पर्नुहुँदैन मित्र Continue reading
~रुपिन्द्र प्रभावी ‘कटु’~
संघर्षले सबैको जिन्दगी सिंगार्छ
निराशाले सबथोक त्यसै बिगार्छ
भाग्यको भर पर्नुहुँदैन मित्र Continue reading
~रुपिन्द्र प्रभावी ‘कटु’~
सीमान्तकृत वर्गीय जनजीवनका कथाव्यथाका कुशल प्रवक्ता हुन् नयनराज पाण्डे । पाण्डेको घामकिरी अलि ढिलै पढिसकें । ‘उलार’ र ‘लू’कै पृष्ठभूमि तर फरक विषयवस्तु रहेको घामकिरीले तिनीहरुले जत्तिकै तानिरह्यो सुरुदेखि अन्त्यसम्म । मलाई पुस्तकले तान्नुपर्छ । नत्र पछिसम्म नै पढ्छु तर फड्किँदै । घामकिरी भने कतै फड्किनुपरेन । सायद नयनराज पाण्डेको सबैभन्दा ठूलो शक्ति पनि यही हो । गम्भीर विषयवस्तुलाई पनि सरलताको कलाले भर्ने पाण्डेको गुणले जोसुकै सामान्य पाठकलाई स्थिर राख्छ किताबका पानाहरुमा र लाभान्वित भई नै रहन्छ पाठक । Continue reading
~प्रभा मरहट्टा (कोइराला)~
सार
पूर्वीय ध्वनि विधानसम्बन्धी सैद्धान्तिक अवधारण अनुसार राजेश्वरी खण्डकाव्यको कवितांशमा ध्वनित विविध अर्थको खोजी यस लेखमा गरिएको छ। राजेश्वरी खण्डकाव्यबाट छनोट गरिएको एउटा श्लोकबाट प्रकट भएका विविध ध्वन्यार्थमध्ये काव्यांशमा ध्वनित हुने राजनीतिक सन्दर्भ, पूर्वीय आध्यात्म दर्शनको सन्दर्भ, सामाजिक सन्दर्भ, मानवतावादी स्वर आदिका कोणबाट काव्यांश विश्लेषण गरिएको छ। यी विविध कोणबाट काव्यांश विश्लेषण गर्दा फरक फरक ध्वन्यार्थ प्रवाहित भएको पाइन्छ ।
१) विषय परिचय
‘राजेश्वरी’ (२०१७) काव्यका रचनाकार माधवप्रसाद घिमिरे हुन् । माधवप्रसाद घिमिरेको साहित्यिक Continue reading
~प्रभा पोखरेल ‘स्वेशा’~
धुँवै-धुँवाँले पोतिएको अनुहार;
बिस्फोटले खाइसकेको हृदय;
बारुद गोलासँग साटिएका अङ्ग-अङ्ग;
पवित्र मन भइ पो सकेछ लथालिङ्ग;
भाँचिएको मुटु कुँडिएका चाहना;
कहाँ हराए ति निर्दोष स्वच्छ भावना? Continue reading
~खडानन्द शर्मा~
सुन सुन पाच सुन सत्यजुग गयो
कलिजुग लागेको सवाई कहन्छु
बुझिनसक्नु कलिको रङ्ग
चौथो प्रहरमा पा¥यो भताभुङ्ग
डगमग पृथिवी भयो कम्पमान
भतगाउन लाग्यो देउताको थान Continue reading
~सङ्कलन : प्रणव आकाश~
एकादेशमा एउटी राजकुमारी थिइन्। निकै सुन्दरी उनको नाम थियो- बेङ्टुर्या रानी।
दरबारमा उनको दाजु र भाउजू मात्र थिए। दाजुले खुब माया गर्थे। उनलाई तर भाउजूले भने देख्यो कि गाली गर्न थाल्थिन्। टुहुरी नन्दलाई खुब सताउँथिन्। यो कुरा दाजुलार्इ राम्रोसँग थाहा भए पनि श्रीमतीको अगाडि केही बोल्न सक्दैनथे।
कृष्णजन्माष्टमीमा सबै सखीहरु कृष्णजीको व्रत बस्नका लागि नयाँ नयाँ कपडाहरु सिलाउन थाल्छन्। राजकुमारीसँग सिलाउनका लागि नयाँ कपडा हुँदैन। उनी रुँदै भन्न थाल्छिन्, ‘भाउजूले माया गरेको भए मैले पनि भाउजूसँग माग्थेँ होला।’ Continue reading
~विनोद रोका~
हामीलाई,
मान्छे र परिवेश चिन्न संजयका आखा चाहिन्छन
त्यसैले हामी आफ्नो घर,परिवार र सेवक बाहेक अरुलाई चिन्दैनौ।
कथंकदाचित चिन्ही हाल्यौ भने पनिर्
इष्र्या वा डाहाले कसैलाई भन्दैनौ।
हाम्रै संस्कारबाट बनेको हाम्रो देश
धृतराष्ट भन्दा फरक छैन,
त्यसैले देशमा राजतन्त्र, प्रजानत्त्र एवं गणतन्त्र जे आएपनि Continue reading
~होमर श्रेष्ठ~
ए नयनलाई नदेख भन्नेहरु
ए कलमलाई नलेख भन्नेहरु
खै म हजुरहरुलाई
कुन भाषामा सम्बोधन गरुँ !
हिउँदको बर्फिलो मौसम
जमेको खयरमसी
वासन्ती उत्सवसँगै पग्लिएको छ
तरङ्गित भइरहेछ श्वेत कागजमा
लाखौँ सशक्त वर्ण बनेर Continue reading
~Sushmita Chhettri~
Crouded roads all i see,
still sense of solatair in the air
noises are from here and there
but the silence is hard to bear.
people buying and selling in the fair.
can i bargain with my soul dear? Continue reading
~इन्दिरा चाम्लिङ्ग~
जति बग्छ बगोस आँसु सम्झनामा रोइदिन्छु
मनभरिका पीडा आज आँसुले नै धोइदिन्छु
तोडिदैनन् वाचाकसम, मोडिदैनन् बाटाहरु
सत्य-सत्य म आगो पनि छोइदिन्छु Continue reading
~मोती चाम्लिङ~
धूर्त मान्छेले कांढी दोहोलो निर्धाहरुको
कुर्शी बुर्कुसीको एउटा नाटक नियाल
स्तब्ध लाश पडिरहेको सन्नाटामा
मुस्कानका सप्तरंगी अट्टहासहरुलाई हेर
नथामिदै अश्रुमा भेलसरी नयनको Continue reading
~मनोज गजुरेल~
माओवादी मोर्चै मोर्चाको भिडमा थप केही मोर्चाहरु प्रस्ताब गरेको छु ।
नेपाल व्राम्हण मुक्तिमोर्चा
अन्तराष्ट्रिय छेकुवा (छेत्री-कुमाईं-वाहुन) मुक्तिमोर्चा
राष्ट्रिय जनै मुक्तिमोर्चा
अखिल नेपाल यौनकर्मी मोर्चा
बिद्रोही सिपाहीं मुक्तिमोर्चा Continue reading
~पुरुषोत्तम सुवेदी~
शुगन्धले भरीपूर्ण छेउ तिमी हर पल
दुर्गन्धमा मडारियकी छेउ तिमी पल पल
मुर्ख लाई अमृत बांडेकी पनि छेउ तिमी
सत्जनको दोहोलो काढेकी पनि छेउ तिमी Continue reading
~टंक वनेम~
सगरमाथाको नाङ्गो शरीर
सिन्ध नदीको क्रोध
र
हाइड्रोजन साइनाइटको वारुदी गन्ध
विज्ञानको यथार्थ भूमिमा उमारिएको सभ्यता
जहाँ
कोपारिन्छ प्राकृतिको सुन्दरता
रमाउँदै मनाइन्छ Continue reading
~अन्जु अञ्जली~
सम्झिएर रोएँ आज दुःखेर फेरि रोएँ
झर्दा झर्दै आशु सगै डुबेर फेरि रोएँ
बिदाईमा रुनु हुन्न सम्झाउदै बाटो लाग्यौ
मन न हो एकान्तमा लुकेर फेरि रोएँ Continue reading
~नरेश नाति~
कहाँ तिम्रो संसार कहाँ मेरो संसार
जीउने हाम्रो जिन्दगी उस्तै नै कहाँ छ र
तिमी माथि आकाशमा उडी हिड्ने चरी
मेरो जीवन वतासमा पात उडे सरी Continue reading
~चोक गुरुङ~
झोला मेरो माग्ने भाडो
झोला मेरा छाक टार्ने भाडो
टन्न भरी झोला बोकेर
र्पासल बाड्दै हिड्ने भाडो
एक देश देखि अर्को देश
एक ठाउँ देखि अर्को ठाउँ Continue reading
~Eagam Khaling~
A young girl who had come to the bank of a river to take a short walk writes on the dry sands of the bank with her index finger—‘I love Arun’, just below that, she writes again Continue reading
~यकिना अगाध~
नेपाल देशमा राजनीतिक परिवर्तनसँगै राजनैतिक शक्तिको आडमा संस्थागत रुपमा भ्रष्टाचार मौलायो । जनताहरु वेचैन हुन थाल्यो । चुनावैविच्छे सत्ताधारीहरु परिवर्तन भए, तर सबैको व्यवहार एउटै रह्यो । आफू वरिपरिकोलाई पोस, आफू मोटाउ, विपक्षीको जरा उखेल, बस्, अरु त तपशीलका विषय मात्र । यो देखेर ब्रम्हादेवलाई असह्यै भएछ । उसले त्यो कुर्सीमा विराजमान व्यक्ति आराम गर्न गएको मौका छोपेर आफूले एक घन्टाको लागि सत्ताको बागडोर आफ्नो हातमा लिएछ ।
ब्रम्हादेवले शक्ति हातमा लिने वित्तिकै न्यायालय, सेना, पुलिस, अख्तियार, कर्मचारी सबै सबै ठाउँमा आफूप्रति Continue reading
~जीतबहादुर कटुवाल~
सदियौँदेखि तिमी र म
कुम जोडेर असल मित्रताको
अभ्यास गरिरहेका छौँ ।
हातेमालो गरेर
सहअस्तित्वको बिउ छरिरहेका छौँ ।
तिमीलाई दुख्दा
मेरो नयनबाट अश्रुपात हुन्छ । Continue reading
~सदानन्द अभागी~
सुधारस मिल्न गयो मस्तैसँग पिएँ प्यारी
यो जीन्दगी के नै छ र तिम्रै लागि जिएँ प्यारी
प्रेमिकाकै कारणले नेपाल आज बन्द थियो
टेक्सी खर्च बच्न गयो पैदल बाटो लिएँ प्यारी Continue reading
~कुबेर काका~
१
बलेको आगो मात्र ताप्ने
ए महत्वाकांक्षीहरु !
चिताको आगोमा
दन्दनी बल्दै गरेको लासले
तिमीलाई आगो ताप्नका लागि
बोलाई रहेछ
चिताको आगो तापेर त हेर । Continue reading
~छविलाल खड्का~
१
पैसा भए बैंश कति झिलिमिली यो शहरमा
बैंश भए पैसा फल्छ झिलिमिली यो शहरमा
लिलामी चढ्यो कौडीको भाउ बिक्रीमा छ बदन
छैन पैसा गयो बैंश लिलिबिल्ली यो शहरमा ।
२
धेरै थिए यो मनभित्र बस्न खोज्नेहरू Continue reading
~डा. टीकाराम पोखरेल~
अनुवाद : माेती राम चाैधरी `रत्न´
‘तै छिनारी बटे ।’ विराज जोरसे बाेलल । ‘का ? का िछनार काम करनु मै ?’ ढिरेसे पुछ्ली सानु ।‘और मुहेमुहे लागटे?’ विराज आपन आवाज बर्हाइल। ‘ढेर बोल्ले नै हु, पुछटु किल । मै किहिसे छिनार काम करले बटु ?’ सानु स्पष्टीकरण मग्ली । ‘ढेर ना बोल । महि रिस ना लगा आब । ढेर हुइटा आब।’ विराजके रिसके आगे सानु चुप लागल रही ।
विराज एक्केली बर्बराइ लागल–‘अफिसे समयमे अइना नैहाे, समयमे भात पकैना नै हाे । ना लुग्गामे परेस लगाइल हाे, ना घर सफा–सुग्गर हाे । मोबाइलमे केल कट्रा झुलल रना हाे ? के बा हँ ताेर मोबाइलमे झुलल रना Continue reading
~श्रवणकुमार ढुंगना~
गरीबका त्यति ठुला सपना के नै हुन्छन र?
एकमुठ्ठी गास,
तीन हात बास
र एकसरो कपास !
कुरा सुनेर तिमी हास्छौ
मेरो त मन्दिरको देउता सँग भाक्ने पनि त्यहि
राजाको दरबारमा माग्ने पनि त्यहि । Continue reading
~प्रकाश सापकोटा~
मलाई कसैले सोधे
एमसीसीको पूर्ण रुप
म भन्छु- मलाई चिन्ता छ
सहयोगको सहनाई बजाउँदै
शान्त सहरमा साम्राज्य जमाउन,
स्वाभिमान र स्व-अस्तित्वमा
सुस्त-सुस्तरी अंकुश लगाउन Continue reading
~रेखा पन्त~
कैले काली कैले सानी भनि सताउँछ
ए!प्यारी दिलकी खानी भनि सताउँछ
उर्वर्शी र तिलोत्तमा परिहरुमा
देख्दा नजर नजानी भनि सताउँछ Continue reading
~तिर्थराज जोशी~
राक्षस जस्ता आफन्तले
उसलाई देउता लागेको भनेपनी
वा देउता मानिने मान्छेले
उसलाई भुत लागेको भनेपनी
यसो भनेपनी
उसो भनेपनी
जे भनुन् तिनिहरु
ऊ बौलाहा नै हो। Continue reading
~डा.मेघराज ढकाल~
आगाको घर हो कतातिर भनौँ हो माइती हो कता ?
बाबा सूर्य थिए र ताप उनको रन्किन्छ ज्वाला यता
पग्ल्यो झोल बन्यो छुट्यो नियतिले जो सौर्यपिण्डै भने
लप्का चट्ट खसी पदार्पित हुँदा पाखा र डाँडा बने ।
१
आगाकै भर बस्दछन् घरघरै प्राणी र मान्छेहरू
आगो छैन भने कतै जगतमा बाँच्दैन मान्छे अरू
आगैमा अडिएर दङ्ग छ यहाँ विज्ञानको खोज ता
जाने मित्र भयो नजाँनिरहँदा वैरी अनेकौँ यता । Continue reading
~Sudha M Rai~
Translation : Mandeep Lama
1
Clasping a number of plots for stories
The mind dashed
To the store-house of words.
Syllabus
As they are paralyzed on their own
Incapacitated with polio Continue reading
~महेश ‘मौन’ जी क्षेत्री~
कोरे पत्र अभिवादनको रतन्धोलाई
जो पिलाउँदै थियो दूध सर्पलाई
वरदान र अभिशाप नचिन्ने अन्धो
मुस्लो ओडेर ढुङ्गा प्रहार गदैै थियो
ज्यानमारा मुर्दाको बारीमा Continue reading
~अजित क्षेत्री~
धेरै पहिले
हातमा मसाल र लाठी लिएर
अनिदो पहाडमा जम्मा भए
एक हुल बुख्याँचाहरू
र,त्यो बुढो घरमा हमला गरे
आगो लगाए
नारा लगाए
जिन्दावाद
मुर्दावाद
भीड जम्मा भयो
भीडमै मिसिएँ म पनि । Continue reading