लघुकथा: चुनौती

~डा बच्चु कैलाश कैनी~

शनिबारको दिन, लण्डनको चिसो मौसम र सबैको व्यस्त जिन्दगी । आजकलको भैतिकबादी संसारमा काम, परिवार र समाजको लागि दिनु पर्ने समयबाट केही समय निकालेर लण्डनको व्यस्त जिन्दगीमा अध्यात्मिक प्रवचन, ध्यान, योग र सत्संगको लागि हाम्रो जमघट भयो ।

सबैको मनमा सायद शान्त र आनन्दमय जीवन जिउने अभिलाषा थियो । कुनै न कुनै रुपमा त्यो दिन आफूलाई सबै कुराबाट अलग गरेर केवल आफ्नै लागि निकालेको समय थियो । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

छोक : उनको डर

~गोरख पाण्डे~

उनी डराउँछन्
के सित डराउँछन् उनी
सम्पूर्ण धन-दौलत
गोला-बारूद पुलिस-फौज हुँदा हुँदै ?
उनी डराउँछन् Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : टाइगरको पीर

~ललित राई~

साह्रै ठूलो
र डरलाग्दो
त छैन हाम्रो टाइगर
अनुहारमा कालो अरू भागमा फुस्रो छ, स्यालफुस्रे। Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : शहिदको नाममा

~दीपा राई~

घरि घरि आफ्नै माटोमा
परायपनको खीलले च्वास च्वास घोचिरहने यो मुटु छ

हामी यता पुसको ठिहीमा
टुलु टुलु आखाले ब्ल्याङकेटको न्यानोभित्रबाट चियाउछौ,
सास फेर्नु पनि गाह्रो हुने ठिही छ,
यतिबेला उता सिमानामा
सास ओठबाट झर्दै फ्रीज हुने
कठ्याङ्ग्रीने ठिहीमा देशको सुरक्षा गरिरहेछ,
हाम्रो गोर्खे योद्धा Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बुख्याँचा को जग्गामा खुशीका जराहरु

~डा.मधु माधुर्य~

भूत तर्साई रहेछ वर्तमान
मुखुण्डो ओढेर आज्ञात भविष्यको…
समवेदनाविहिन “बुख्याँचा ” हामी निर्भिक देखिरहन्छौँ ….

“म” मा खसेर बिलाउन नसकेको म
हामी बनेर फेरी फुटिरहेछु
“बुख्याँचा” धर्मको टेक्नोसेन्टरमा यसरी दुर्घटनाग्रस्त छु …

भगवानले आफुलाई ऐनामा हेर्दा मान्छे देखेको कथाको Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : निष्कर्ष

~अजय पन्त~

ओहो ! यो कस्तो ओझेलमा परेको म
कसका जाउँ कसलाई छोडुँ कस्तो बाध्यतामा परेको म
चाहिने दुवै मलाई जीवनको हरेक मोडमा
जिउने कुनै आधार छैन दुवैको विछोडमा Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : फक्ताङ्लुङ् लिम्बुवान

~कुमार लिङ्देल~

बोली ननिस्कने आमाको काखको
बच्चा झैं
वल्टिपल्टि गर्दै
शदियौं देखि
फक्ताङ्लुङ्को काखमा खेलिरहेछ
एउटा पुरानो देश-लिम्बुवान Continue reading

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : Scarecrow

~Samsher Ali ~
Translation : D.T. Lepcha

Out of my Grandfather’s Lahuray hat,
Father’s Army overcoat,
A clay pot in which mother roasted corn,
And my own tattered trousers. Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

कविता : यो नयाँ वर्षमा म

~योगेन्द्र पोख्रेल~

यो नयाँ वर्ष
नयाँ जोश जाँगरको वर्ष
उमंग र खुशीको वर्ष
तर म नयाँ होइन
मत त्यही पोहोरकै हुँ
केवल कपडा बदलीएकोछ आङमा Continue reading

Posted in कविता | Tagged | Leave a comment

नेवारी समीक्षा : नेवाः समाजय् पुन्हि व गुरु पुन्हि

~गंगालाल श्रेष्ठ~

प्रँचीन इतिहासयात दुवाला स्वयेबलय् गन देशया साम्राज्य अर्थात शासन क्वातुइ अनया जनतातय्गु जीवनय् विदेशी संस्कृति, धर्म व भेष–भूषाय् प्रभाव लाइमखु वा लाकेथाकु । जब शासन छ्वासुया वन धाःसा थजाःगु ईयात ध्यान बियाः धर्म प्रचार, व्यापारी माध्यम व राजनीतिक कमजो–रीया लबः कयाः थःगु संस्कृति, धर्म व सामाजिक जीवन मेगु जातीयता अर्थात परदेशी समाजय् प्रभाव लाकेत स्वइगु खू प्राचीन सामाजिक इति–हासया अध्ययनं सीकेफु । अथे हे नेपाःया लिच्छवि कालया इतिहासयात स्वत धाःसा उगु इलय् भारतया Continue reading

Posted in नेवारी समीक्षा | Tagged , | Leave a comment

अनूदित खण्ड-काव्य : चरी

~गोपाल सिंह नेपाली~
अनुवाद – कुमार घिसिङ

वन – रानी

(1)

जस्तो थियो त्यो नन्दन वन जब अघिका यस जगमा।
त्यस्तै थियो फेरि नन्दन वन कहाँ अघिका यस जगमा।।
त्यस्तै छ फेरि नन्दन वन कहाँ अब, अबका यस जगमा।
त्यस्तै होला नन्दन वन कहाँ, फेरि कहिलेका कुन जगमा।।

(2)

ती सुन्दर थिइ, ती अनुपम थिइ, तनकी छवि मायालु थिइ, Continue reading

Posted in Translated Poetic Novel, खण्ड-काव्य | Tagged , | Leave a comment

गीत : एउटा कुरा म भन्छु

~किरण खरेल~

एउटा कुरा म भन्छु तिमी लाज नमान है त
तिमीलाई नियाली हेर्छु आँखा नचिम्ल है त
एउटा कुरा म भन्छु तिमी लाज नमान है त

बालक छँदै परिका कथाहरू म सुन्थे
बादलसँगै उडेर एक रात मारी सुन्थे Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

मुक्तक : देश जलेको

~बिपिन शर्मा~

जलेको छ सगर अनि यो मन जलेको
जलेको छ मुर्दा अनि जिउँदो तन जलेको Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : एउटी आमाको स्मृति

~प्रवीण राई जुमेली~

जीवन र जगतमा विमर्श गरिने सफलता र सभ्यताका हजार थोकहरु छन्
आफ्नै सन्तानका कुकृत्यहरुको लेखाजोखा गर्दै हिंड्ने अनेकौं मुखहरु पनि छन्
हतार पैसा अहँकार र आत्मालापहरुले थाकेको संसारसित के माग्नु थियो र तिमीले
माया र मोहको त्यान्द्रोमा अल्झिबसेको उमेर चुँडाइदिएर बरु
यद्यपि माटोबाट उठेर माटोमै बिलाइदिनुको निर्णय तिम्रो होइन
यो त सांसारिकताले कपेको अविजित नियम हो सायद
जसलाई स्वीकारेरै जन्मिनुदेखि यताको यात्रा तय भयो तिम्रो Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : मौसम

~प्रमोद धिताल~

यो यस्तो मौसम हो
जहाँ इमानलाई पुष्टि हुन
बेइमानहरु साक्षी बस्नुपर्छ Continue reading

Posted in कविता | Tagged | Leave a comment

शिवप्रसाद गौतमका दुई मुक्तक

~शिवप्रसाद गौतम~

१)जिजीविषा

न मन साटेर जिउनु
न माया मागेर हाँस्नु
बेथा लुकाइ छिपाइ
कसरी कतिदिन जिउनु

२)जिन्दगी Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

कथा : भियतकङको खोजी

~राम बिनय~ram-binay

पहाडी डाँडामुनिको नदीको किनारमा समतल फाँट छ । त्यहाँ एउटा गाउँ छ । गाउँको छेउ र नदीको किनारनिर एउटा सानो झुपडी छ । झुपडीमा दुई दिदीबहिनीको बास छ अर्थात् पसल छ । नदी एकनासले बगिरहेको छ । सुनसान चकमन्न रात छ । रातको करिब ११ बजेको हुनुपर्छ । मुक्तिसेनाको लुगा सिइरहेकी सासाचु एकनासले लुगा सिउने कल चलाइरहेकी छे । चौतर्फी हरियाली प्रकृति मौनतामा डुबेको जुनेली रात छ । चुचु निदाइरहेकी छे । दिनभरिको कामको थकाइले सासाचुलाई निन्द्रा लाग्दैन । अझै निन्द्रा लाग्दैन । एकनासले उसको कलमा खुट्टा चलिरहन्छ । सुनसान रातको धमिलो बत्तीको प्रकाशमा भाइहरुको बिजोग झलमल्ल देख्छे । त्यसलाई सहन नसकेर झन् छिटो–छिटो लुगा सिउँदैछे । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : आँखैमा सपना झस्के

~राजेन्द्र चोथाले~

आँखैमा सपना झस्के
घाऊ पुराना बिउँझेर चस्के |

नसोचेर रुनुपनि पर्लाकी भोलि
लगाए है चाहनाले रंगीन चोली Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

अनूदित बालकथा : राजकुमारी र केराउको गेडा

~एच सि एन्डरसन~
अनुवादकः शान्तदास

एक जना राजकुमार थिए । उनी राजकुमारीसँग बिहे गर्न चाहन्थे । तर उनले बिहे गर्ने राजकुमारी साँच्चैको राजकुमारी हुनु जरुरी थियो । सक्कली राजकुमारी खोज्न उनी संसारभरि घुमे । तर खोजेजस्ती राजकुमारी भेट्टाउन सकेनन् । राजकुमारीहरू त धेरै भेटिए । तर तिनीहरू सक्कली राजकुमारी हुन् कि होइनन् भन्ने थाहा पाउनु गाह्रो थियो । सबैमा केही न केही खोँट देखिन्थ्यो । सक्कली राजकुमारी नभेट्टिएको हुँदा राजकुमार निराश भएर घर फर्के ।

एक दिन साँझ ठूलो हुरी चल्यो । आकाश गज्र्यो । चिर्को पर्यो । घनघोर पानी पर्यो । Continue reading

Posted in अनूदित कथा, बाल कथा | Tagged , | Leave a comment

थारु भाषी निबन्ध : बरा पत्रकार हुइलक

~कृष्णराज सर्वहारी~

२०३२ सालमे त्रिचन्द्र कलेजमे पढेबेर विद्यार्थी आन्दोलनमें जेलजीवनके पहिला भोगाई ढकाल ऊ लेखमें लिख्ले बटाँ । संकटकाल लग्लकवाद बहुत धेर मनैं हिरासतमे अनुभव अपन मनके सन्दुरखमे कैद कैले हुइहीं । मै फेन कौनो दिन हिरासतमे एक रात मामनघर पहुनी खैना मौका पैले रहँु । ऊ पहुनाईक बयान आझ कर्नास Continue reading

Posted in थारु निबन्ध | Tagged , | Leave a comment

कविता : लाहुरी भैंसीको कथा

~रक्ष राई~

फनक्कै सिङ्ग घुमेको
लचक्कै ढाड लच्केको
गमक्कै चांक फुकेको
टमक्कै फाँचो कम्लाएको
यति न हो मेरो हुलिया
नाथे, म लाहुरी भैंसी!

मेरो मास फेरिनु कता हो कता ! Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : फूलको के दोष र

~निर्मला राई परिवेश~

फुलेको फूललाई नजर लाग्छ फूलको के दोष र .
फलेको रुखलाई झटारो लाग्छ फलको के दोष र .
…………………..
खोई कहाँ हुन्छ दियो निभाउने त्यो बतास अदृश्य
मान्छेलाई आफ्नै थाहा हुन्न केही जीवनको रहस्य Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : के छ खबर, हजुरको अचेल

~मिजास तेम्बे~

के छ खबर, हजुरको अचेल
संबन्ध किन, दुरदुरको अचेल

न राग मिल्छ, न ताल मिल्छ
जीवनको धुन, बेशुरको अचेल Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : समुद्र ध्वस्त छाती र साँझहरु

~दीपा लिम्बु राई~

समुद्रको किनारामा
हुत्तिदै आउने छालहरुसँगै
आधि भिज्दै सधैं सधैं
यी यस्तै साँझहरु
ऊ समुद्र एक टकले हेरिरहन्छ ।

समुद्रको पारि क्षितिज
कतै प्रेमिल अवशेष बाँकि छ ? Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : परिबन्धले बाचेको मान्छे

~सुनिता सोयोङ राई~

जुन कुराको जरुरी थियो त्यो मसंग छैन
माया गर्ने मान्छे सबै आफ्नो मान्छे होइन
फरक यति छ आफ्ना र पराया संगका नाताहरु
अटुट होलान तर रगतले एक छैनन् ती सम्बन्धहरु
कसैलाई सेवा गरुन्जेल पाएको माया के माया
पिडा त आफुले गुमाएको कुराको लाग्छ Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : समय र भोगाई

~देवेन्द्र खेरेस~

समय: हावा हो, संधै उडिरहन्छ
समयः पानि हो, सधै बगिरहन्छ
समयः जीवन हो, सधै बितिरहन्छ
समयः कि के हो ?
समयः कि सप्पै हो ?
समयको फेद र टुप्पा नभेटेपछि
एकदिन बित्यो, भन्थे
दुइदिन बित्यो, सोच्थे
तर, युग बितेछ Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : फलानो गाउ जाने बाटो सोधिरहेका गोर्खालीहरु

~दयाकृष्ण राई~Dayakrishna Rai

थेम्स नदीको तीरै तीर
छाती भरि पीरै पीर
बोकेर हिडिरहेका हामी गोर्खालीहरु
खडेरीले मुहान सुकेर कमिलाको ताँती हिडन लागेको
बागमती नदीको यादमा आँसु बगाई रहेका छौं ।

नेपाल आमा !
बरु यो आँसु र पसिना उतै बगाउन पाएको भए Continue reading

Posted in कविता | Tagged | Leave a comment

अनूदित जापानी लोककथा : बूढी आमा

~मात्सुओ बाशो~
अनुवाद : अनुप जोशी

धेरै पहिलेको कुरा हो एउटा गरिब किसान र उसकी बूढी आमा एउटा पहाडको फेदीमा बस्थे । अन्न उब्जाउनको लागि उनीहरूसंग एउटा सानो टुक्रा जमिन थियो र उनीहरू विनम्र, शान्त र खुसी थिए । उनीहरू बस्ने साइनिंग प्रान्तमा एउटा निरंकुश राज्यपालले शासन गर्थ्यो जो वृद्ध मानिसहरूको स्वास्थ्यवस्था र कमजोरी देखेर कायर जस्तै गरी डराउँथ्यो । यसले गर्दा एकदिन उसले एउटा कठोर घोषणा गर्यो । उसले पूरै प्रान्तका बूढाबूढीहरूलाई तुरुन्तै मारिदिनू भन्ने व्यहोराको आदेश दियो । वास्तवमा त्यो बर्बरिक काल थियो र बूढाबूढीहरूलाई मर्नको लागि एक्लै छाड्नु सामान्य नै थियो ।

गरिब किसानले भने आफ्नी आमालाई तनमनका साथ माया गर्थ्यो र यस्तो कठोर हुकुम सुनेर उसको मन Continue reading

Posted in अनूदित कथा, लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

कविता : अब्दुल्ला कुर्दिस

~गणेश राई~

धिक्कार छ
म बाँच्नुको निरन्तरता
यही धरतीमा
जहाँ चुँडियो गुलावजस्तो सुन्दर आय्लान
मेरो मुटुको फूलबारिबाट

धिक्कार होस्
यही संसारसित
कुनै चिज मैले माग्नु Continue reading

Posted in कविता | Tagged | Leave a comment

अनूदित बालकथा : टिनको दरो सिपाही

~एच सि एन्डरसन~
अनुवादकः शान्तदास

उहिले – उहिलेको कुरो, त्यस बेला एक बीस र पाँच गरी जम्मा पच्चीस जना सिपाहीहरू थिए । ती सबै एउटै टिनका पाताबाट बनाइएका थिए, भनौं तिनीहरू सहोदर दाजुभाइ थिए । प्रत्येक सिपाहीले बन्दुक बोकेको थियो । मुन्टो ठाडो पारेर उभिरहेका तिनीहरू सबैले रातो र नीलो रङ्गको बर्दी लगाएका थिए । जुन दिन तिनीहरू यस संसारमा देखा परे अर्थात् तिनीहरूलाई बट्टाबाट झिकेर बाहिर राखिए, तिनीहरूले सबभन्दा पहिलो “वाह रे सिपाही !” भनेर एक जना केटो ताली बजाउँदै कराएको सुनेथे । त्यो दिन त्यस केटाको जन्मदिन थियो र त्यस अवसरमा ती सिपाहीहरू उसलाई उपहारस्वरुप दिइएका थिए । त्यसपछि त्यस केटाले ती सिपाहीहरूलाई लाम लगाउँदै टेबलमाथि ठड्यायो ।

सबै सिपाहीहरू एकनासका थिए तर एउटा भने अलिकति अमिल्दो थियो किन भने उसको खुट्टा एउटा मात्र Continue reading

Posted in अनूदित कथा, बाल कथा | Tagged , | Leave a comment

संस्मरण : हाम्रो सद्भाव अम्बर दाइप्रति

~रामेश श्रेष्ठ~Ramesh Shrestha

म त्यो बेला खोटाङको बुइपामा शिक्षक थिएँ। ट्रान्जिस्टरमा नेपाली गीतहरू सुनिरहन्थें। त्यही बेलादेखि नै गीतसंगीतको माध्यमबाट अम्बर गुरुङ दाइसँग मेरो अप्रत्यक्ष चिनाजानी भयो। शुरूमा दाइको स्वर भारतीय गायक हेमन्तकुमारसँग कताकता मिल्दोजुल्दो लाग्यो मलाई। ‘

ए कान्छा मलाई सुनको तारा खसाइदेउन’ ‘घामजून पंच राखी बाचा मार’ ‘किन यो मन उदास उदास छ मेरो’ ‘म अम्बर हुँ तिमी धरति’ जस्ता गीतहरूबाट उनी हाम्रो हृदयमा बसे।

त्यही समयको कुरा– अम्बर गुरुङले दार्जीलिङमा अपमानित जीवन भोगिरहेका हजारौं, लाखौं नेपाली भाषीको पीडा ‘नौलाख तारा उदाए’ गीतमा राजा महेन्द्रलाई सुनाए रे! यो खबर फैलिएपछि हामीले पनि त्यो Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

समालोचना : अभीष्टको खोज उपन्यासको बिश्लेषण

~अज्ञात~

1. अभीष्टको खोज उपन्यासको सामान्य परिचय :-
अभीष्टको खोज उपन्यास उपन्यासकार भीम दाहालद्वारा रचित उपन्यास हो ! यस उपन्यासको माध्यमद्वारा उपन्यासकारले सिक्किम भारतमा विलय हुनुभन्दा पाँच बर्ष अघिको स्थिति र विलय भइसकेपछिको स्थितिलाई देखाउन चाहेका छन् ! सिक्किममा सन् 1973 देखि राजनैतिक उथलपुथल सुरु भयो जसको परिणामस्वरूप 1975 को मई 16 तारिखदेखि पूर्ण रुपले सिक्किम भारतमा विलय भयो ! सिक्किम भारतको बाईसौ राज्य हुनाका साथै देशको एकमात्र नेपालीभाषीवहुल राज्य बन्यो ! यी कारणले गर्दा देशका नेपालीभाषी समाज र Continue reading

Posted in समालोचना | Tagged , | Leave a comment