कविता : टाइगरको पीर

~ललित राई~

साह्रै ठूलो
र डरलाग्दो
त छैन हाम्रो टाइगर
अनुहारमा कालो अरू भागमा फुस्रो छ, स्यालफुस्रे।

मैले बोलाउँदा पनि आउँछ
तिमीले बोलाउँदा पनि आउँछ
जसले बोलाउँदा पनि आउँछ।
बिचरा आउन त आउँछ।

तर
“टाइगर ला ”- सँग नितान्त हैरान
हत्तु छ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.