गीत : फूलको के दोष र

~निर्मला राई परिवेश~

फुलेको फूललाई नजर लाग्छ फूलको के दोष र .
फलेको रुखलाई झटारो लाग्छ फलको के दोष र .
…………………..
खोई कहाँ हुन्छ दियो निभाउने त्यो बतास अदृश्य
मान्छेलाई आफ्नै थाहा हुन्न केही जीवनको रहस्य
बलेको मैनलाई तातोले गाल्छ रापको के दोष र
फुलेको फूललाई नजर लाग्छ फूलको के दोष र
……………………
रोकिन्छ कहाँ अविरल खोला ईर्ष्याले रोकेर
थाक्दैन कहिल्यै मनको झोला आकाक्षा बोकेर
गलेको मनलाई आसुले ढाल्छ पीडाको के दोष र
फुलेको फूललाई नजर लाग्छ फूलको के दोष र

– खोटाङ, सुङ्देल
हाल: बेलायत

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.