कविता : एमसीसी= मलाई चिन्ता छ

~प्रकाश सापकोटा~Prakash Sapkota

मलाई कसैले सोधे
एमसीसीको पूर्ण रुप
म भन्छु- मलाई चिन्ता छ

सहयोगको सहनाई बजाउँदै
शान्त सहरमा साम्राज्य जमाउन,
स्वाभिमान र स्व-अस्तित्वमा
सुस्त-सुस्तरी अंकुश लगाउन
स्लो पोइजनको सुइ
सोझ्याएको पो हो कि !

छपन्न अर्बले छोपेर
छक्याई-छक्याई छातिमा छुरा हान्दै
छेकेर स्वतन्त्रताका बाटाहरू
छिमलेर खुशिका हाँगाहरू
छेपारोको रङ्ग लिएर
छिरेको पो हो कि !

बहसका बिषय बनेका
बिबादका बुँदाहरू बिर्सेर
बुनिएका तानाबानामा बेरिँदै,
बहकिँदै — बहकाउँदै
ब्यर्थको बठ्याइँ गर्नुको साटो
बेलैमा बुद्धि पुर्याएर
बदनियतपूर्ण बाटाहरू बन्द नगरे
बाह्य बक्रदृष्टि अनि बलमिच्याइँले
बित्यासमा पार्ने पो हो कि !

एमसीसी: मलाई चिन्ता छ

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.