अनूदित कविता : अन्तिम साससम्म

~अल्का सिन्हा~
अनुवाद : प्रमोद धिताल

ग्राहकलाई कपडा दिनुभन्दा ठीक पहिलेसम्म
कुनै सिलाई कुनै बटन
जोडिरहन्छ दर्जी ।

परीक्षकले पुस्तिका खोस्नुभन्दा पहिलेसम्म
सही, गलत केहि न केही
लेखिरन्छ परीक्षार्थी ।

अन्तिम सास जाँदा सम्म
चुक–अचुक निसाना लगाउँदै
लडिरहन्छ सिपाही ।

कसैले छोड्दैन हतियार
कसैले गुमाउँदैन आस
अन्तिम साससम्म ।

(स्रोत : ब्दशिखा डट कम)

This entry was posted in अनूदित कविता and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.