कविता : एक रुपियाँ

~भूपेन्द्र खड्का~

एक रुपियाँ
एक सय पैसा
पाँच पैसामा गन्दा बीसवटा गाई पैसा
दस पैसामा गन्दा दसवटा चरी पैसा
पच्चीस पैसामा गन्दा चारवटा जै पैसा
पचास पैसामा गन्दा दर्ुइवटा स्वस्ितक पैसा
एक रुपियाँले केही किन्न सकिन्न, सबै किन्न सकिन्छ
सुख-सयल, अमन-चैन, घर-दौलत
एक रुपियाको घेराभित्र नपर्ने अखरदि वस्तुहरू
तर, सम्भव छ एक रुपियालाई सगाल्यो भने
केही आउदैन अचेल एक रुपियामा
न मुस्कान
न रोदन
न हर्ष
न बिस्मात्
न छोरीलाई झुम्का
न श्रीमतीलाई फरयिा
न प्रेमिकालर्इ ललीपप
अह, केही आउदैन एक रुपियामा

यो एक असत्य हो
यो एक अकथन हो
एक रुपियाँमा सबै आउँछ
एउटा उदाहरण मात्र,
एक रुपियाँ बराबर एक बट्टा सलाई
एक बट्टा सलाई बराबर एकतीसवटा मैनजडित काँटीहरू
एकतीस मैनजडित काँटी बराबर एकतीसवटा राँकाहरू
सलाईबाट आगो
आगो संहारक पनि विध्वंसक पनि
एक रुपियाँले आगो किन्न सकिन्छ
एक रुपियाँको आगोमा रोम जलाउने ताकत छ
एक रुपियाँमा क्यालिफोर्निया खरानी बनाउने शक्ति छ
एक रुपियाँले टेथिस सागर स्मसान बनाउन सक्छ
एक रुपियाँले शरणार्थर्ी क्याम्पहरू डढाउन सक्छ
एक रुपियाँले करोडौको स्मारक क्षति पुर्‍याउन सक्छ
एक रुपियाँबाटै बन्दुक, बारुद र विश्वास खरदि गर्न सकिन्छ
एक रुपियाँ हाम्रै गाउँ, बस्ती र चुलो-चौकाहरूमा
पड्काउन सकिन्छ
एक रुपियाँले नयाँ गणतन्त्र किन्न सक्छ
एक रुपियाँको साम्ार्थ्य सौर्यसामर्थ्य हो
यसले नयाँ नेपाल कोर्न सक्छ
यसले नयाँ नेपाल चोर्न पनि सक्छ
त्यसैले एक रुपियाँमा सबै आउँछ

(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक अङ्क ३०६)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.