Category Archives: समीक्षा

समीक्षा : तीन घुम्तीका घुमाइहरू

~युवराज मैनाली~ वातावरणको छेदन पुञ्ज व्यक्तित्व हम्मेसि भेटिँदैन । वरपर मात्र होइन टाढा टाढासम्म प्रभाव पारिरहेको छ, पारिरहने छ । विशिष्टता र साधारणतर्फ बिचार्दा पनि साधारण प्रभाव तत्त्वमा सहजसँग समाहित रहन कहिले नसकिने पनि हुँदो रहेछ । विशिष्टतामा कुन प्रभावतत्व … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : विश्वेश्वरप्रसाद कोइरालाको ‘सान्नानी’ कथामा प्रजातीय अध्ययन

~राजेन्द्र गिरी~ लेखसार प्रस्तुत आलेखमा साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको ‘सान्नानी’ कथामा प्रजातीय अध्ययन गरिएको छ । यो समाजशास्त्रीय सिद्धान्तको मान्यतामा आधारित अध्ययन हो । समाजशास्त्रले साहित्यको समाजसँग रहेको वा रहने सम्बन्धको खोजी गर्दै त्यसको व्याख्या विश्लेषण गर्दछ । कलासाहित्यलाई व्यक्तिगत प्रतिभा … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

समीक्षा : ‘नरेन्द्र दाइ’ उपन्यासका पात्र

~कृष्णप्रसाद कोइराला~ प्राज्ञिक जगत्मा नदीको जलप्रवाहको गति झैं निरन्तर चर्चा र सम्झना भइरहने नाम हो, विश्वेश्वरप्रसाद कोइराला (१९७१ : काशी, भारत – २०३९ : काठमाण्डौं ) । नेपाली साहित्य र राजनीति दुबै क्षेत्रमा समुज्वल नक्षत्र भएर चम्किरहने र राष्ट्रिय तथा … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : यौनिक लेखनमा लहसिए लेखकहरु

~लोकनाथ भुषाल ‘घायलश्री’~ कुनै बेला थियो, जतिखेर नेपाली पाठकहरु सुवास घिसिङको ‘नीलो चोली’मा उल्लेखित यौनिक सन्दर्भ पढेर रोमान्चित हुन्थे । टेलिभिजन र मनोरन्जनका अन्य साधनहरु सर्वसुलभ नभइसकेको तीसको दशकमा प्रायः पाठकहरुको सिरानीमुनि घिसिङ र युधिर थापाका उपन्यासहरु भेटिन्थे । उनीहरुका … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : आधुनिक नेपाली कविता र कवि : एक चर्चा

~शरद प्रधान~ आधुनिक नेपाली कवितालाई सर्वेक्षण गर्दा यसको इतिहास विस्तृत पाउँदैनौं । तर यस लेखको उद्देश्य आधुनिक नेपाली काव्यको इतिहासलाई केलाउनु होइन आधुनिक नेपाली कवि र उनीहरुको काव्य प्रवृतिलाई चर्चा गर्नु हो । चर्चा गर्नु पूर्व म आधुनिकताको परिचय दिन चाहन्छु । आधुनिकता व्यापक अर्थमा आर्थिक, सामाजिक राजनैतिक र … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : लिम्बू लोकपद्यमा केसामको अध्ययन

~मधुराज केरुङ~ १. विषयप्रवेश लिम्बू लोकपद्यमा विभिन्न प्रकारका छन्दहरू छन् । अहिलेसम्मको खोज अन्वेषणमा चौध पन्ध्र वटाभन्दा बढी लिम्बू लोकछन्दहरू पाइएका छन् । हाक्पारे, पालाम्, ख्याली, नुवाप्मा र ताम्के, तुवाहरूजस्तै केसाम पनि एक किसिमको लिम्बू लोक छन्द हो । लिम्बू … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : बौद्ध जातक कथा बारेमा

~जीवनकुमार शाक्य~ जातक या जातक पालि या जातक कथाहरु बौद्ध ग्रंथ त्रिपिटकको सुत्तपिटक अन्तर्गत खुद्दकनिकाय को १०औँ भाग हो । यि कथाहरुमा भगवान बुद्धको पूर्व जन्मको कथाहरु छन्। विश्वको प्राचीनतम लिखित कथाहरु जातक कथाहरु हो जस्मा लगभग ६०० कथाहरु संग्रह गरिएकोछ । यो ईस्वी संम्वत देखि से ३०० वर्ष पूर्वको घटना हुन । … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : पालि भाषाको साहित्य

~जीवनकुमार शाक्य~ पालि साहित्यको विकास यात्रा त्रिपिटकमा केहि यस्ता उल्लेख पाईन्छ जस्ले बुद्धको जीवनकालमा नै धर्म को केहि प्रकरणहरुको व्यवस्थित पाठ गरिने थाहा भएकोछ। उदाहरणार्थ, उदानमा वर्णन छ कि एक पटक सीण नामक भिक्षुबाट स्वयम् भगवानले सोध्नुभयो कि तिमीले धर्मलाई कसरी बुझ्यौ ? यस्को उत्तरमा त्यस भिक्षुले १६ अष्टक वर्गहरुलाई पूरै स्वरको साथ गाएर सुनायो । यस्को भगवानले प्रशम्सा पनि गर्नुभयो । विनयपिटक आदि ग्रन्थहरुमा बहुश्रुत, धर्मधर, विनयधर, मातृकाधर तथा पंचनेकायिक, भाणक, सुत्तंतिक जस्ता विशेषणहरुको प्रयोग पाईन्छ, जस्ले स्पष्ट छ कि बुद्धको उपदेशहरुको धारण, पारणको परम्परा उहाँको जीवनकाल देखि नै चलेको थियो । यस परम्पराको आधारमा बुद्धको उपदेशहरुलाई सुव्यवस्थित साहित्यिक रूप दिनको लागि तीन पटक संगीतिहरु … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : लमजुङ्ग, ठाडो भाखा र द्यौबहादुर !

~बद्रीनाथ भट्ट~ नेपाल अधिराज्यभित्र केवल लमजुङ्ग जिल्लामा परम्परागतरूपमा रहँदै आएका दुरा जनजातिको बारेमा थोरै मात्र अध्ययन अनुसन्धान भएको छ । जसले गर्दा दुरा संस्कृतिभित्र लुकेका महत्वपूर्ण प्रतिभाहरू ओझलमा परेका छन् । हुन त नेपालको शाहवंशीय राजाहरूको पुर्खाहरूमध्ये यसोव्रह्मा शाहलाई कास्कीबाट … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : मनोवैज्ञानिक साहित्यस्रष्टा : पोषण पाण्डे

~डा. नारायण चालिसे~ हामी अहिले अतीतलाई बिर्सेर वर्तमानमा रमाउने यान्त्रिक समयमा उभिएका छौं । हिजोका गौरवमा भन्दा वर्तमानका सुगन्धहीन फूलका रमझममा आफूलाई हराउँदै लैजाने आत्मघाती यात्रामा छौं कि झैँ पनि लाग्छ घरि घरि । निश्चय पनि हिजोको भरमा मात्र उभिएर … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

समीक्षा : कवि सिद्धिचरण र जूनकीरी

~विष्णुप्रसाद शर्मा~ जस्तै हओस् प्रकृति नूतन, स्वच्छ ताजा जन्माउँछे सरस भार र स्नेह साजा बाँझो रहन्छ, नभए मनभित्र प्रेम हो प्रेेम नै सब कुरा मधु-दिव्य धाम । कवि सिद्धिचरण श्रेष्ठको उत्कृष्ट नव्यकाव्य जूनकीरीभित्रका कैयन कलात्मक सुन्दर श्लोकमध्येको एउटा श्लोक हो, … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

लेख : कविता के हो ?

~कृष्ण प्रधान~ १ ➽ कविता भनेको सुत्रमै लेखिन्छ । यो कथा,कुथुंग्रीजस्तो गल्प होइन न निबन्धजस्तो छड.्छड.् छहरा बगेको नदी । कतिपय बिम्बले कतिपय प्रतीकले र कतिपय अन्दाजले पनि बुझ्न सकिन्छ कवितालाई । संक्षिप्तता, सुत्रवद्धता कविताका अनिवार्य आचार हुन् । रह्यो … Continue reading →

Posted in लेख, समीक्षा | Tagged | Leave a comment

समीक्षा : थारु साहित्यको गोरेटो

~कृष्णराज सर्वहारी~ थारुभाषा नेपालको चौथो ठूलो भाषा हो। २०२८ सालमा आधुनिक कविता, गीत, कथा, लेख समेटिएको ‘गोचाली’ पत्रिकाको उदय भयो। यसले साहित्यमार्फत् पञ्चायत व्यवस्थाविरुद्ध आन्दोलनको हुँकार गर्‍यो। यो नै थारुभाषाको पहिलो पत्रिका थियो। यद्यपि, गोचाली प्रकाशन हुनुअघि नै २००७ सालमा … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : युगकविको तुलना अरु कसैसित हुन सक्दैन

~कालीप्रसाद रिजाल~ हाम्रो रिजाल परिवारमा उच्च अध्ययनका लागि काठमाडौँ आउने म पहिलो व्यक्ति हुँ । पूर्वी तराईका प्रायः सबै उच्च अध्ययनका लागि त्यसबेला भारत जाने गर्थे । त्यसमा पनि हाम्रो हजुरबुबा-हजुरआमा काशीबास गरिरहनु भएकाले मेरा काका, दाइ सबैले वनारसमा अध्ययन … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : गीतमा युगकवि मेरो प्यारो ओखलढुङ्गा

~दीपक विहीन~ कविहरुको भीडमा गीतकारहरु हेपिने समय थियो, त्यो बेला । आफू ठूलो देखिन अरुलाई होच्याउने संस्कार ‘राल्फा’ आन्दोलनमा लागेहरुलाई पचेन । त्यसैले पनि उनीहरुले थालेका थिए, कवितालाई नै गीत बनाउने अभियान । यद्यपि, राल्फाले खासै अर्थ नदिने अमूर्त शब्दहरुमा … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : कविताबाटै विद्रोह

~चित्तरञ्जन नेपाली~ नेपालको काव्यजगत्मा सर्वप्रथम ‘क्रान्तिविना यहाँ हुँदैन शान्ति’ -मूल नेपाल भाषामा : क्रान्तिविना थन ज्वीमखु शान्ति)ं भनी हुँकार गर्ने अग्रणी क्रान्तिकारी कवि हुन्- युगकवि सिद्धिचरण श्रेष्ठ । यसरी नेपाल भाषाको कवितामा सबैभन्दा पहिले उनले ‘क्रान्ति’ शब्द प्रयोग गरे, त्यो … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : दौलत विक्रम विष्ट र उनको साहित्यकारिताको आकलन

~डा. विष्णुप्रसाद पौडेल~ सार– यस लेखमा दौलत विक्रम विष्टको सङ्क्षिप्त परिचय प्रस्तुत गर्दै उनको साहित्यिक लेखनको थालनी र विकास कुन कुन विधामा के कस्तो रहेको छ भन्ने कुरा सघन सर्वेक्षणात्मक र अनुशीलनद्वारा देखाइएको छ । यस अनुसार विष्ट बहुमुखी साहित्यकार … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

समीक्षा : साहित्यमा ज्ञानदिलदासको देन

~विमल लामिछाने~ परिचयः नेपाली कविताको प्राथमिक कालको उत्तराद्र्ध वा दोस्रो चरणतिर देखापरेका जोसमनी सम्प्रदायका सन्त कवि ज्ञानदीलदास हुन् । ज्ञानदिल दास जोसमनी धार्मिक–आध्यात्मिक जागरण र अभियानका एक सशक्त सन्तकवि हुन् । उनको जन्म सन् १८२१ मा नेपालको इलाम जिल्लाको आमचोक … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

व्यक्तित्व समीक्षा : सन्त कवि ज्ञानदिल दास

~पारशमणी सम~ नेपाली कविता साहित्यको इतिहासमा कवि ज्ञानदिल दास र जोसमनी सन्त परम्पराको आफ्नै स्थान र महत्त्व रहेको छ । नेपाली साहित्येतिहासकारहरूले नेपाली कविता साहित्यको प्राथमिक काललाई वीरकाव्य काल र भक्तिकाव्य कालमा विभाजन गरेको पाइन्छ । भक्तिकाव्यलाई पनि सगुण र … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

समीक्षा : नेपाली लोकछन्द : विगत र वर्तमान

~गोविन्द अर्याल~ विषय प्रवेश शास्त्रीय छन्दका कुनै पनि नियम–अनुशासनहरुमा नबाँधीकन आप्mनै नेपाली लोकसंस्कृति, प्रकृति, जातीय परम्परा र स्थानीयताका आधारमा स्वस्फूर्तरुपमा पैदा भएका मौलिक छन्द नै लोक वा जातीय छन्द हुन् । यसमा नेपाली ग्रामीण जनजीवनका मेला, चाडपर्व, मिलन–बिछोड, आँसु–हाँसो, भाव–अभाव … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : वर्तमान भारतीय नेपाली कविताका स्वरहरू

~डा. राजेन्द्र भण्डारी~ 1.लोकलयास्रितता भारतीय नेपाली कविताको इतिहास डेढ सय वर्ष पुरानो मात्र हो। भारतको सतलजदेछेउको कलहूर भन्ने ठाउँका बासिन्दा रघुनाथ भाटले सन् 1844 तिरै लेखेको एउटा कविता प्राप्त छ। यिनले आफ्ना कवितामा पृथ्वीनारायण शाहको गुणगान गरेका छन्। योगी नरहरिनाथले … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : सन्तकवि ज्ञानदिल दास र उनको अध्यात्मचेतनामूलक काव्यात्मकताः परिचयात्मक निरूपण

~डा. राजकुमार छेत्री~ नेपाली काव्यलेखनमा निर्गुण भक्तिधाराका केन्द्रबिन्दु मानिने जोसमनी सन्तकविहरूमा धिर्जेलदिलदास र शशिधरपछि अगमदिल दास, अखड्दिल दास तथा ज्ञानदिल दास आदि प्रमुख मानिन्छन् । यसका अतिरिक्त यस सम्प्रदायमा आजसम्म परम्परागत रुपले उल्लेख भएका सन्त कविहरूमा श्यामदिलदास, अचलदिल दास, धर्मदिल … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

समीक्षा : कर्णाली प्रदेशका न्याउल्या गीतमा इतिहास र आञ्चलिकता

~डा. मधुसूदन गिरी~ समयको दीर्घतम् महानदीमा भूगोलका रेखाहरू कोरिँदै र मेटिँदै जाँदा रहेछन् । प्राचीन वा पूर्व मध्यकालीन कर्णाली प्रदेश आज छैन । आज यो अलि सानो भूगोलमा साँघुरिएको छ । राजनीतिक प्रशासनिक सीमारेखाहरू साँघुरिएर पनि त्यसको आत्मा भाषा, संस्कृति, … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : बैरागी काइँलाका कृतित्व, व्यक्तित्व : सामान्य परिचय

~अप्सरा लावती लिम्बू~ ब्रम्हाण्डका सृष्टीहरू नासवान छन्,जीववनस्पती सम्पुर्ण । तर मानवजीवन एक यस्तो अलौकिक बरदान हो, जो भौतीक शरीरको त्याग र बिलय पछि पनि आफ्नो काम प्रतिको साधना, तपश्याका कारण सदियौ बर्ष जीविन्त रहन सक्दछ ।तिनै निष्ठाहरूको कारणपुष्तौ पुष्तासम्म अमरत्व … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

समीक्षा : संविधानमा साहित्य

~कुलचन्द्र वाग्ले~ अब बन्ने लोकतान्त्रिक संविधानमा साहित्यको स्थान र मान के हुने ? यसका लागि बोलिदिने कसले ? सङ्घीय संरचनामा मुलुकको रूपान्तरण हुँदा साहित्यको सङ्घीय स्वरूपको विस्तार र स्थापना कसरी हुनसक्छ ? साहित्य स्वयंमा सिर्जना हो, त्यो प्रतिकूल र अनुकूल … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : साहित्यमा श्रम विषय

~कुलचन्द्र वाग्ले~ साहित्य सिर्जना स्वयंमा एक प्रकारको श्रम हो । साहित्य सिर्जनाका लागि बौद्धिक र मानसिक श्रमको प्राधान्य रहन्छ भने शारीरिक श्रमको प्रधानता रहने क्षेत्र वा कार्यहरू पनि छन् । यसको अर्थ भौतिक वा शारीरिक श्रम शून्यको स्थितिमा साहित्य सिर्जना … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : बसाइँ उपन्यास कसरी शोषण–दमनको कथा ?

~डा. टीकाराम पन्थी~ ‘लीलबहादुर क्षत्रीको पहिलो उपन्यास बसाइँ   (सन् १९५७) ले सामाजिक यथार्थवादी प्रवृृत्तिलाई अँगालेको छ । पूर्वी नेपालका पहाडी किसानको जीवनलाई लिएर लेखिएको यस उपन्यासमा किसानवर्गले बसाइँ सर्नुपर्ने बाध्यता र परिस्थितिको मार्मिक र याथार्थिक चित्रण पाइन्छ । पहाडी जीवनको … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : प्रकाश कोविद : जसले किताब छरेर आँसु बटुले

~शरद प्रधान~ ६१ वर्षसम्म बाँचेका उनले सयौँ पुस्तक लेखे । जे लेख्थे, भाइरल हुन्थे । यस्तो समय थियो, साहित्यमा रुचि भएको तर उनलाई पढेर भावुक नभएको भावक भेटाउनै गाह्रो । प्रतिभाशाली र बहुरंगी कोविदको लेखनमार्गका स्पिडब्रेकरसहित : मोती दिएर आँसु … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

समीक्षा : थारु भाषा साहित्यमा माेती रत्नकाे उपस्थिति तथा याेगदान

~भावना चौधरी~ १. विषयप्रवेश मोती रत्न (२०६०) को साहित्यिक यात्राको हनुमान चौधरीको सम्पादनमा रहेको झोपडी पत्रिकामा प्रकाशित एक “सीखे परल” कविता शीर्षकको कविताबाट आरम्भ भएको हो । उनको गद्द्यांश विधाको लेखनयात्रा हितुवा शीर्षकको कथा २०६५ को जल्मौती पत्रिकामा प्रकाशित भए … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : कालेबुङको उपन्यासबारे एक छोटो अध्ययन

~नवीन पौड्याल~ विषयप्रवेश – साहित्येहासका विभिन्न प्रकार हुन्छन् । स्थलगत वा क्षेत्रीय साहित्यिक सर्वेक्षण पनि यसको एउटा प्रकार हो। यस्तो साहित्येतिहासको निम्ति आवश्यक कुरा हो। यसको आफ्नै महत्त्व हुन्छ। यसले कुनै एउटा जिल्ला वा त्यसभन्दा सानो भूभागको साहित्यिक गतिविधि र … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

समीक्षा : लेखभन्दा लेखक भिन्न

~कुलचन्द्र वाग्ले~ लेखकहरूको एउटा कोणबाट निकै आलोचना हुँदोरहेछ । त्यसो त लेखक, साहित्यकारहरू समाजका लागि सम्मानित व्यक्तित्व हुन् । स्थापित योगदानका आधारमा राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमासमेत लेखकलाई सम्मान प्राप्त हुन्छ, सम्मान प्रदान गरिन्छ । लेखकलाई पनि विद्वान् मान्ने अर्थमा बुझ्ने हो … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : अध्ययन र समर्पण

~कुलचन्द्र वाग्ले~ अध्ययन र समर्पण दुई भिन्न विषय जस्ता देखिन्छन् । यसो भए पनि एकले अर्कोलाई अर्थात् अध्ययनले समर्पणलाई र समर्पणले अध्ययनलाई विकसित गर्ने कुरामा यी दुई विषय अभिन्न पनि छन्, सहयोगी पनि हुन् । नेपालमा अध्ययनशीलताको कमी छ भन्ने … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment