Category Archives: समीक्षा

समीक्षा : भाषिक एकीकरणमा भानुभक्तको भूमिका

~डा. बाबुराम अधिकारी~ आजभन्दा २०२ वर्ष अगाडि विसं १८७१ असार २९ गते गण्डकी अञ्चलकै तनहुँ जिल्लाको रम्घा गाउँ चुँदीबेसीमा धनञ्जय आचार्यका सुपुत्रका रूपमा भानुभक्त आचार्यको जन्म भएको थियो । उनको ५४ वर्षको उमेरमा १९२५ सालमा आफ्नो जन्मस्थानमा नै देहावसान भएको … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : पूजा नाटकमा नारी शक्तिको महत्ता

~रामप्रकाश पुरी~ १. अदम्य नारी शक्ति : स्त्रीवादबाट मुक्त रही नारी र पुरुष दुवैको समान गरिमा, काम–पेशा र दायित्वहरूप्रतिको समान मूल्याङ्कन र दृष्टिकोण, केही प्राकृतिक रूपमा भएका व्यवस्थाहरू वाहेक मानवीय विवेक र तजबीजका आधारमा हुने विभिन्न क्षेत्रका व्यवहारहरूमा समान अधिकार, … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

समीक्षा : समकालीन नेपाली कविताका आन्दोलन र प्रवृत्तिहरू

~स्पन्दन राजा~ १. ‘समकालीन’ शब्दको अभिप्राय ‘समकालीन’ र ‘समसामयिक’ शब्द पर्यायवाचीका रूपमा देखापर्छन् । कतै समकालीनका ठाउँमा ‘उत्तरवर्ती’ शब्दको पनि प्रयोग पाइन्छ । समकालीनको तात्पर्य ‘समान, उही वा एकै समय, बेला वा बखतको’ भन्ने हुन्छ । सन्दर्भ र प्रसङ्गअनुसार ‘समसामयिक’ … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : ऐतिहासिक उपन्यास र डायमनशमशेर राणा

~ज्ञानेन्द्र विवश~ नेपाली साहित्यमा ऐतिहासिक उपन्यास लेखनको प्रारम्भ राणाकालीन समयमै भएको पाइन्छ । इतिहाससँग सम्बन्धित अथवा ऐतिहासिक कालखण्डका सेरोफेरोलाई समेटेर लेखिने उपन्यासको आगमन डायमनशमशेर राणाबाटै भएको हो । यसअघि टुकराज-पद्मराज मिश्रकृत रजबन्धकी -१९९६) र रामकृष्ण कुँवर राणा -१९९९) का दर्ुइवटा कृति प्रकाशित … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : लोकगीत र यसका विशेषता

~रवि प्राञ्जल~ विश्वमा साहित्यिक वा सृजनात्मक रचनाको आरम्भ पद्य वा गेयात्मक रचनाबाटै भएको  पाईन्छ । पश्चिममा होमरको इलियड, ओडिसी देखि पूर्वीय संस्कृतको आदि ग्रन्थ ऋग्वेद पनि पद्यात्मक नै छ । ऋग्वेदबाटै सामवेदको उत्पत्ति भएको मानिन्छ भने सामवेदकै विकसित रुपमा चार … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : “पूजा” नाटकमा विचारको प्रभाकारिता

~रामप्रकाश पुरी~ १. “पूजा” नाटकको राजनीतिक सङ्घर्षसम्बन्धी दृष्टिकोण नाटककार जीवन शर्माले मुक्तिकामी जनताको वर्तमान सङ्घर्षलाई राजनीतिक रूपले अग्रभागमा ल्याइदिएका छन् । राजनीतिक चेतना विना मुक्तिको आन्दोलन चल्न सक्दैन । जुन वर्ग अपेक्षित रूपमा चेतनाबाट जागृत छैन, आफ्नो शोषणको कारणलाई बुझ्न … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : कवि मोहन कोइराला र घाइते युग

~तिलक अधिकारी~ नेपाली कविताको आधुनिक काल वि. सं १९७५ सालबाट शुरु भई परिस्कारवादी धारा, स्वच्छन्दतावादी धारा, प्रयोगवादी धारा हँुदै समसामयिक धाराको निरन्तरतामा अघि बढिरहेको छ । नेपाली साहित्यलाई आजको अवस्थासम्म आइपुग्न तथा नेपाली साहित्यलाई निश्चित उचाइमा पुर्‍याउन विभिन्न भाषिक आन्दोलनहरुले … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : बेलायती नेपाली साहित्य : नोष्टाल्जियादेखि चिन्तनसम्म

~मिजास तेम्ब~ परदेश रहँदाको नियास्रोपन, आफन्त र परिवारजनसँगको विछोडमा उर्लिएको अतीतमोह आदिको लेखनबाट शुरु भएको डायस्पोरिक साहित्य लेखन हाल आएर साहित्यमा नविन चिन्तन र प्रयोगसम्म पुगेको देखिन्छ । देशभन्दा बाहिर बसेर लेखिएको साहित्यलाई डायस्पोरिक साहित्य मान्यो भने बेलायत पनि नेपाली … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : साहित्यिक सहिद कृष्णलाल अधिकारी र मकैपर्व

~धनराज भट्टराई~ नेपाली साहित्यलाई समयानुकूल, गतिशील तथा जीवन्त बनाउनका लागि समयसमयमा नयाँनयाँ चिन्तन एवं विचारधाराहरूको प्रादुर्भाव हुँदैआएको पाइन्छ । समयको प्रवाहमा जब सामाजिक-सांस्कृतिक मूल्यमा परिवर्तन आउँछ अनि विश्वसाहित्यमा आएको परिवर्तनको प्रभाव अकाट्य बन्न पुग्दछ । परिणामस्वरूप विभिन्न साहित्यिक आन्दोलन र … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

समीक्षा : नेपाली साहित्यले उत्पन्न गरेको एक विश्वतरङ्ग नजिक उभिएर

~डा. गोविन्दराज भट्टराई~ बसन्त ऋतु विदा हुने एक बिहान भ्यालमा बसेर माथि बाघभैरवको गजूरतिर एक दृष्टि लगाएँ । फेरि एक दृष्टि इन बक्सका इमेलतिर दिएँ । माथि सल्लेरी पनि बिस्तारै हल्लिरहेको छ। यो मौसमका चरा कराएको सुनिने गरी झ्यालबाट सिरसिरे … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : महाकवि लक्ष्मीप्रसाद देवकोटा र उनको ‘भिखारी’ कवितामा मानवतावाद

~रुपिन्द्र प्रभावी ‘कटु’~ परिचय : नेपाली माटोमा जन्मेका कैयौँ प्रतिभाहरुमध्ये ‘अग्रणी नाम’का रुपमा स्थापित नाम हो – लक्ष्मीप्रसाद देवकोटा । वि.सं. १९६६ कार्तिक २७ गते लक्ष्मीपूजाका दिन पिता तिलमाधव देवकोटा र माता अमरराज्यलक्ष्मीदेवीका साहिँला सुपुत्रका रुपमा काठमाण्डौंको डिल्लीबजार, धोवीधाराटोलमा जन्मेका तीर्थमाधव … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : हास्यव्यङ्ग्यात्मक लोककविताका रूपमा उल्टी सवाई

~डा. जीवेन्द्रदेव गिरी~ परिचय र सङ्कलन नेपाली लोकसाहित्यको फाँटमा अनेक बान्कीहरू उपलब्ध छन् । यसको आदिरूप अभिलेख परम्परासँगै वा अझ अघिदेखि नै प्रचलित भएको मानिन्छ । (सुवेदी, २०६०ः१९) । यही परम्परामा ‘उल्टी सवाई’ पनि गाँसिन आइपुगेको छ । उल्टी सवाई … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : मिथ इबरा

~राजा पुनियानी~ आईबी राई दार्जीलिङे साहित्यको बाघ “आईबी राई दार्जीलिङे साहित्यको बाघ हो,” केवलचन्द्र लामाले भने। त्यसकै अर्को वर्षतिर यसो पनि भने – “आईबी राई बिना नेपाली साहित्यको के कुरा! राई त फेनमेना हो नि भाइ।” निक्कै पछि यसो पनि भने, “कत्ति मीठो बोल्छ … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

समीक्षा : नेपाली साहित्यमा तत्वलेखन

~बिर्ख ‘क्रान्ति’~ क. तत्वलेखनः अनुभूतिको सार लेखन जीवनयात्राका घटना, अनुभूति र विचारहरु विद्युतभन्दा तीब्र गतिमा बगिरहे । तर जीवनोपयोगी लोभलाग्दा अनेकौं तरङ्गहरू त्यत्तिकै खेर गए महाकालीको पानी, बिजुली र गरीबी जस्तै । ती तरङ्गहरू कागजको पर्खालमा थुनिहाल्न पाए, प्राकृतिक सम्वाद … Continue reading

Posted in समीक्षा | Leave a comment

समीक्षा : रमेश विकलले लेखेकाे “लाहुरी भैँसी” कथाको विश्लेषण

~अज्ञात~ कथाकार रमेश विकलले लाहुरी भैँसी कथामा गरीब लुखुरेको सोझोपन,गाउँका ठूलाठालुको शक्ति देखि डराउने दास मनोवृत्ति तथा उनीहरुको षड्यन्त्रकारी प्रवृत्तिलाई उतालेका छन् । गाउँमा शक्तिशालीहरुले सोझो गरीबहरुलाई कसरी शोषण गर्दछन् भन्ने कुरा देखाउँदै तिनै सोझा र निमुखा गरीबहरुमाथि सहनुभूति प्रकट … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : ‘खेलिबस्छु खेल कति’: एक पठन

~इन्द्रबहादुर राई~ समालोचकले लेखकले लेखेको कथा कहिल्यै पढ्दैनन्। पढ्न सक्तैनन्। कुनै दुइ समालोचकले कसै लेखकले एउटै कथाको समालोचना गर्दैननन्। समालोचकले कुनै कथालाई जस्तो बुझ्छन् उनले त्यसै बुझाइको कथाको समालोचना लेख्छन्, आफूले पढेको (बुझेको) कथाको समालोचना। पाठकवर्गले त्यसै गर्छन्। कथाका तटस्थ … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : प्रकाश काेविदकाे ढिकी कथा विवेचना

~अज्ञात~ कथाकार प्रकाश कौविदद्वारा लिखित ढिकी सामाजिक कथा हो । यस कथामा एउटा ग्रामीण उद्यमी परिवारमा रमाइलो चित्रण गर्दै व्यक्तिको मानसिक्ता प्रति पनि इङ्गित गरेका छन् । यो कथामा बिशेष तीनजना पात्र-पात्रा छन् । उनीहरुमा सुमति उनको विमारी पति वा … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : धचको धोको

~ईश्वरी ज्ञवाली~ थोरै लेखेर धेरै योगदान बटुल्ने नेपाली साहित्यकारहरूको पङ्क्तिमा धनुषचन्द्र गौतम अग्रस्थानमा पर्छन् । नेपाली साहित्यमा धच गोतामेका नामले प्रख्यात् उनको कथ्य, चित्रण र शिल्पशैलीका दृष्टिले पृथक् महत्त्व छ । जहिले पनि साहित्यलाई कल्पनाको जहाज होइन, सामाजिक जगमा उभिएर … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : नेपालमा मातृभाषामा प्रगतिशील साहित्य

~रामबहादुर बुढा~ भाषाशास्त्रीहरूका अनुसार नेपालमा चार प्रकारका भाषा परिवारहरू छन्– १. भोट–बर्मेली (चिनियाँ–तिब्बती)– मगर, तामाङ, नेवार, गुरुङ, राई, लिम्बु, शेर्पा, चेपाङ, छन्त्याल, थामी, धिमाल, जिरेल, थकाली, सुनुुवार, ब्यासी, लेप्चा, राजी, पहरी, मेचे, हायु लगायत । २. भारोपेली– नेपाली, मैथिली, भोजपुरी, … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : ऐतिहासिक महत्त्वका युद्ध कथा

~मनप्रसाद सुब्बा~ यस क्षण म संवत् १९९२ (ई. १९३५)-को शारदा वर्ष २, सङ्ख्या २,३ र ४ हातमा लिएर बसेको छु। मूल प्रति होइन, फोटो कपी। नेपाली साहित्यको आधुनिक युगलाई उत्थित गर्ने काममा ऐतिहासिक महत्वको भूमिका खेल्ने साहित्यिक मासिक शारदा बल्ल … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : नेपाली साहित्यमा रमेश विकलको योगदान

~डा. खगेन्द्रप्रसाद लुइटेल~ १. परिचय चन्द्रशेखर शर्मा चालिसे र उनका तीनमध्ये माहिली श्रीमती छायादेवी चालिसेका जेठा सन्तानका रूपमा १९८५ साल कार्तिक भाइटीकाका दिन काठमाडौं जिल्लाको गोकर्ण आरुबारीमा जन्मिएका रामेश्वर शर्मा चालिसे नेपाली साहित्यमा रमेश विकलका नामले सुप्रसिद्ध छन् । डेढदुई … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

समीक्षा : किराँत राई मिथक लेम्लेम्मा

~चन्द्रकुमार हतुवाली~ ‘लेम्लेम्मा’ बान्तावा भाषाको शब्द हो । लेमलेम भनेको गुलियो, मिठास र माको अर्थ हुन्छ महिला । अर्थात् मीठो बोलेर आकर्षण गर्ने र प्रभावमा पार्ने मानव रूप महिला नै हो । लेम्लेम्मा मानवका थरीथरी रूप धारण गर्न सक्ने दैविक … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : थारु लोकरामायणको मौलिक स्वरूप ‘रौँनक पैयाँ’

~डा. गोविन्द आचार्य~ थारू लोकजीवन आफ्नै भाषा र संस्कृतिले सम्पन्न छ । नेपालको तराई तथा भित्री मधेस र भारतको विशेषगरी उत्तरप्रदेशतिर बसोबास रहेको यस जातिको संस्कृतिमा स्थानअनुसार सामान्य पृथकता पनि पाइन्छ । थारू जातिको संस्कृतिमा छिमेकी भाषा-संस्कृतिको प्रभाव पनि भेटिन्छ … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : प्रयोगधर्मी कथामा इन्द्रबहादुर राई

~महेश पौड्याल~ इन्द्रबहादुरले कतिवटा कथा लेखे त्यो अध्ययनको एउटा पाटो हो । तर उनले दिएका तीन सङ्ग्रहमा उनी तीनरूपमा प्रस्तुत भए, जसको प्रभाव नेपाली कथासाहित्यमा ठूलो पर्न गयो । विपना कतिपयले राईलाई एउटा सशक्त यथार्थवादी कथाकारका रूपमा प्रस्तुत गर्याे र दार्जिलिङका … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

समीक्षा : सिद्धिचरण श्रेष्ठको ‘आँसु खण्डकाव्य’ले उब्जाएका लहरहरू

~डा.नेत्र एटम~ हरेक क्षण हाम्रा आँखाहरू आफ्नै आँसुले पखालिन चाहन्छन्, जसले गर्दा हामी जीवनलाई अझैँ स्पष्टसँग देख्न र पहिचान गर्न सक्छौँ ।                                      … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : सर्वश्रेष्ठ कविका प्रतिनिधि कृति

~डा. कुमारबहादुर जोशी~ प्रत्येक वर्ष लक्ष्मीपूजा नजिक आउँदा हामी महाकवि लक्ष्मीप्रसाद देवकोटालाई सम्झन पुग्छौं । यो दिन उनको जन्म दिन हो । विसं १९६६ कात्तिक २७ गतेको यही दिन अर्थात् लक्ष्मीपूजाको दिन उनको जन्म भएको थियो, काठमाडौंको डिल्लीबजारमा । त्यसैले … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : द्रौपदीको दुःख

~अभय श्रेष्ठ~ पूर्वीय साहित्यमा रुचि राख्नेमध्ये धेरैलाई ‘महाभारत’ सर्वाधिक प्रिय किताब हो । यसकी पात्र द्रौपदी सर्वाधिक महत्वपूर्ण पात्र । उनी नारी उत्पीडन, दलन, सहनशीलता र बौद्धिकताका प्रतिमूर्ति हुन् । प्रतिवाद क्षमता पर्याप्त हुँदाहुँदै पनि उनी पुरुषसत्ताको पाँग्राले नराम्ररी किचिएकी … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : बालसाहित्यकार विजय चालिसे लेखक

~धनराज भट्टराई~ चिनारीः विक्रम सम्वत् २००८ साल असार २२ गते आषाढ शुक्ल तृतीयका दिन काठमाडौँ जिल्लाको उत्तरपूर्वी गाउँ आरुबारी भन्ने ठाउँमा जन्मेका विजय चालिसेको पिताको नाम रामेश्वर शर्मा चालिसे (साहित्यिक नाम रमेश विकल) र माताको नाम सुशिला चालिसे हो (विजय … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

समीक्षा : ‘पापिनी आमा’ खण्डकाव्यको विश्लेषण

~माधव बियोगी~ सुन्दर खण्डकाव्यको सिर्जनामा माधव घिमिरे अग्रपङ्तिमा आउने स्रष्टा हुन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदनपछि सबभन्दा बढी चर्चामा रहेको खण्डकाव्य ‘गौरी’का स्रष्टा समेत रहेका माधव घिमिरेका अन्य खण्डकाव्य राष्ट्रनिर्माता, धर्तीमाता, पापिनी आमा, राजेश्वरी आदि सबै उत्कृष्ट छन् । उनको … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : लुसुन : सतत सङ्घर्षशील लेखक

~इस्माली~ नेपाली साहित्यका पाठकहरूका लागि लु सुन (ल्यू सुन, लु श्यून) नौलो नाम होइन । ‘आह क्युको साँचो कथा’ र ‘एक बौलाहाको डायरी’ जस्ता अमर आख्यान कृतिहरू लगायत यिनका थुप्रै फुटकर रचनाहरू नेपालीमा अनुवाद भएका छन् । लु सुनका कृतिहरूलाई … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

समीक्षा : रुद्र खरेलका व्यङ्ग्य निबन्धको विषयक्षेत्र

~नरनाथ लुइँटेल~ नेपाली हास्यव्यङ्ग्य लेखनमा अत्यन्त गुरुत्व राख्ने स्रष्टा रुद्र खरेलको व्यङ्ग्य कलाका बारेमा त्यति धेरै मूल्याङ्कन एवम् चर्चा भएको छैन । खरेल आफैँ पनि अलि बढी नै अन्तरमुखी स्वभावका स्रष्टा भएका कारण पनि यसो भएको होला । अनि खरेलका … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

समीक्षा : संयमका प्रतीक गोविन्द गोठाले

~इन्द्र माली~ गोविन्दबहादुर मल्ल ‘गोठाले’ नेपाली वाङ्मयका एक शिखर पुरुषको नाम हो । उनको योगदान नेपाली साहित्यमा मात्र हैन नेपालभाषामा पनि रहेको पाइन्छ । हुन त गोठालेको दुवै भाषामा लेखन हुनु कुनै आश्चर्यको कुरा छैन । यो एक किसिमको पुर्ख्यौली … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment