Tag Archives: sangrahalaya

कविता : म विद्रोही ?

~सुनील बाबु श्रेष्ठ~ चरा जस्तै फुत्रुक फुत्रुक रमाउदै उफ्रदै भर्खरै घरबाट खेल्न निस्केकी निर्दोष कोपिलाहरू आफ्नै घरको कान्लामुनि लडिरहेका छन रक्ताम्य भएर सोचौला तिमी यी कलिला मुनाहरु भर्खरै रजस्वला भएकी छे र, साक्षात्कार गर्दैछे जवानीसंग । ए भ्रमित शासकहरु !

Posted in कविता | Tagged | Leave a comment

कथा : सुन्तलाको स्वाद

~यकिना अगाध~ ‘ला तँलाई सुन्तला !’ माइली लुङगेलीले सुन्तला खान मागेर हैरान पारेको छोराको गालामा एक चड्कन लगाइन् र बरबराईन्– ‘चाखिस् सुन्तलाको स्वाद ?’ छोराको गालामा हानेको तिनको हात भुँइमा बेस्सरी बज्रिदा तिनी बेहोसी तन्द्राबाट ब्युँझिईन् । हिजो बेलुकी छोरी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : खाते

~प्रभा पोखरेल ‘स्वेशा’~ उफ्!! यो बादल नि कस्तो अगति पाराले लागेको हो। न झमझम बर्सन्छ, न घामले दर्शन दिन्छ। कस्तो बिचैमा अड्किएजस्तो मौसम! पानी परेपनि आज मज्जाले भिज्नेथिइ। दर्केर पानी परोस्, उ आँखा चिम्लेर भिजिरहोस्। आँखा, नाक, ओठ, सारा अङ्ग-अङ्ग … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : पर्खिरहेका हुन्छन आमाहरु !

~सुनील बाबु श्रेष्ठ~ जाडोले कठा़ङ्ग्रीएका लेकका धुपिहरु जस्तै यतिबिघ्न जाडोमा चाउरिएका अनुहारमा सयौ रेखाहरु बोकेर सुनसान घरको पिडिमा एकोहोरो टोलाईरहने ती एक्ली बुढी मान्छे कसकी आमा होला? छेऊमा गएर सोध्छु, ‘आमा जाडो भएको छैन?’

Posted in कविता | Tagged | Leave a comment

गजल : सबै छन् त्यत्ति हो

~रेखा पन्त~ छन् आफन्त सबै छन् त्यत्ति हो मात्र बोलाउदा बोल्दैनन् त्यत्ति हो कुल्चिने उफ्रिने टेक्ने यही छाती सम्झिछन् खेल्ने आँगन त्यत्ति हो

Posted in गजल | Tagged | Leave a comment

कविता : पर्खाई

~राजेन्द्र समन~ तिम्रो पर्खाईको मैले कदर गर्नै पर्छ म त बिदेशिए, भासिएं, यहि रमाएं तर तिमी बीना थकान पर्खिरह्यौ म आउने बाटो तिमी हेरिरह्यौं तिम्रो महानताको मैले कदर गर्नै पर्छ अनेक बहानामा मैले तिमीलाई बिर्सिने प्रयास गरिरहेछु तर तिमी मलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आखिर

~रीता सञ्जेल~ आखिर मानव जीवन नै हो र पनि कसैलाई सानो झ्याल त कसैलाई खुल्ला आकाश पो भाग परेछ । आखिर प्रकृति नै हो कतै समथर त कतै अग्लाहोचा भुभाग छ कहिँ सुविधा त कतै असहज पो परिरहेछ ।

Posted in कविता | Tagged | Leave a comment

दीपक सुवेदीका तीन मुक्तकहरु

~दीपक सुवेदी~ १ सारा मेरै साम्राज्य हो भनि खोक्नु किन ? पित्तललाई सुनै हो भनि बोक्नु किन ? अकबरीमा कसी नलाए भैहाल्थ्यो नि कुकुर बनी मान्छेलाई नै टोक्नु किन ? २ घोडा चढ्न नजाने, गिर्ने गर्छ मान्छे

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : फुरुङ्ग फुर्बानहरु

~फुर्बान रायमाझी~ आखिर रोप्न र छोप्न मिल्ने अनि रोपेको ओइलाउन थालेपछी कहिकतै माटो चुहिन थालेपछि धोइपखाली महँगो मुल्यको स्टिकर टाँसेर कतै छोपिनुपर्ने नछोपिए पनि कतै नच्यातिनुपर्ने ठाँउमा च्यातिएपनि नयाँ फेसन भन्दै धमाधम बेचिनेछन हाम्लाई मन पर्ने दामी पाईन्टहरु हाम्रो शहरमा।

Posted in कविता | Tagged | Leave a comment

कथा : डर

~प्रकाश लामिछाने~ ‘फेरी गाउँ डुल्चस यस्तैगरी?’ ‘नाँइ आमा….जान्न….’ ‘फेरी बाँदर लखेट्न जान्चस यस्तैगरी?’ नाँइ आमा…. अब जान्न।…..साँच्ची आमा, अब कतै पनि जान्न हजुरलाई नसोधी……।’

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पिकासो केटी

~पञ्चम अधिकारी~ त्यो दिन पनि सोनियाको हातमा एउटा म्यागजिन थियो र एकाग्र पढीरहेकी थिई । प्रबलले पानाको हाइलाइट झट्ट पढ्यो र सोच्यो- यो केटी जहिले पनि यस्तैयस्तै पढिरहेकी हुन्छे । प्रबलकी नयाँ साथी सत्यकथाकी अम्मली थिई । ती सत्यकथाहरू ज्यादाजसो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : छातीमा कविता

~कौशिला रिसाल~ म आमाको गर्भाशयमा नौ महिना रोकिएको रजस्वलाको मानव आकार हु । मेरो बाको एकथोपा शक्तिशाली विर्यलाई आफ्नो गर्भाशयमा नौ महिना हुर्काएर

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : सहिदभूमि

~विनय कसजू~ काठमाडौँ पहिलो पल्ट घुम्न गएको गाउँले केटोले सहिद गेट देखेपछि टँुडिखेल वरिपरिका घोडा चढेका फर्ूर्तिला मर्ूर्तिहरुतिर देखाउँदै सोध्यो, “ती पनि सहिदहरु हुन् कि -“ सात सालको क्रान्तिपछि नेपालमा चार जना सहिद घोषित भए । सहिद गेटमा राजाको सालिकमुन्तिर … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : एक रुपियाँ

~भूपेन्द्र खड्का~ एक रुपियाँ एक सय पैसा पाँच पैसामा गन्दा बीसवटा गाई पैसा दस पैसामा गन्दा दसवटा चरी पैसा पच्चीस पैसामा गन्दा चारवटा जै पैसा पचास पैसामा गन्दा दर्ुइवटा स्वस्ितक पैसा एक रुपियाँले केही किन्न सकिन्न, सबै किन्न सकिन्छ सुख-सयल, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

अनूदित कथा : तीनजना शिक्षक–तीन अचम्मका झलक

~लक्ष्मीकान्त वैष्णव~ अनुवाद : महेन्द्र महक पहिलो झलक : पहिलो शिक्षक शिक्षक (मास्टर) रित्तो झोला बोकेर खाद्यान्न भण्डार केन्द्रमा लाइनमा लागेको छ । उसका अगाडि र पछाडि थुप्रै मान्छे पनि लाइनमा उभिएका छन् । धेरै बेरदेखि मास्टर लाइनमा उभिएको छ । उसको पछाडिका … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : कत्रो साइज

~अर्जुन पराजुली~ सकारात्मक संकेतले “…” कहिले गर्ने हो ? बिन्तिपत्र चढाउने साइत कहिले पर्ने हो ? प्रतिगमन सच्चिन सुरु फेरि कहिले गर्ने हो ?

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : अनुभव अछुत हुदाको ……

~ध्रुव गजुरेल~ मुक्तिनाथ दर्शन गर्न जाने सल्लाह अनुसार कलंकीबाट पेजरमा सम्पर्कको लागी खवर आयो यहि महिनाको पहिलो शुक्रवार गाडी छुट्दैछ जाने भए पैसा र सामान लिएर तु आओ . एक जना वृद्धले पैसा वुझेर हामीलाइ जिम्मा लगाए

Posted in कविता | Tagged | Leave a comment

गजल : टाढा जाउ ठाउँ छैन

~सिर्जना सिंखडा~ धिक्कारेर जिन्दगीलाई टाढा जाउ ठाउँ छैन। नानाथरी आलोचना बस्न मिल्ने गाउँ छैन।। भित्रभित्रै दुख्छ घाउ मलम छैन यो बजारमा। साना तिना उपचारले निको हुने घाउ छैन।।

Posted in गजल | Tagged | Leave a comment

गीत : मुटुभरि मायाँ

~सीता अर्याल~ शिरैभरि आशिर्बाद मुटुभरि मायाँ भुगोलले छेक्ने छैन आमा तिम्रो छायाँ सपनामा देखेँ आमा गलो सुक्योकी पोल्याछ कि मुटु आमा टाउको दुख्योकी दुखी हुँदा मुसार्दथ्यौ त्यही शितलु हातले

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : बाँच केबल अर्काका लागि

~कुबेर काका~ १ हाम्रा दुर्गन्धित शहर गाऊँ र बस्तीहरूका हरेक गोरेटा,गल्ली र सडकहरूमा दुर्योधनको अहमता र अहङ्कार मुछिएर पाइला राख्ने ओभानो ठाउँ भेटिँदैन । विचार बोक्नेहरूका वादका पाप्रा उक्किएर कसैको आकृति ठम्याउन सकिँदैन ।

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : तिम्रो लागि

~कृष्ण राजभण्डारी ~ धेरै दिन भो नभेटेको, मनमा न्यास्रो लागिरा’ छ । जवानीको धुपले हो कि भित्र प्यास जागिरा’ छ । आउछु भन्थ्यौ आएनौ नि?

Posted in गीति कविता | Tagged | Leave a comment

सदानन्द अभागीका दुई मुक्तकहरु

~सदानन्द अभागी~ के छ मित्र के छ मित्र शान तिम्रो हेर आज भोली नजानेको कहाँ हो र ऐतिहासिक झोली आप्mनो धरातलाई यदि बिर्सि गयो भने मूल्याङ्कनमा पर्न जान्छ रित्तिएको सोली कसैले कसैलाई

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : जून

~अनमोल मणि~ त्यो जून तिमीले हेर्दा तिमीजस्तो हुन्छ एक्लो एकान्ते बादल जस्तै उड्छ सम्झना र पानी जस्तै दर्किछ पीडा तिमी भित्र पनि म भित्र पनि,

Posted in कविता | Tagged | Leave a comment

कथा : अपरिचित मान्छे

~राजु स्याङ्गतान~ उपत्यका बाहिरबाट काठमाण्डौंमा केहि गर्छु भनेर आउँनेहरुका लागि बाह्रमासे डिउटी हो कोठा खोज्नु । गाउँ घरमा लठेप्रोले जिवनसाथी सजिलै पाउला तर यहाँ कोठा पाउँन मुस्किल छ । बल्ल-बल्ल पाए पनि विविध अड्चन झेल्नु पर्छ । करिव तिन हप्ता … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : हामी कहाँ छौँ ?

~गोविन्दप्रसाद आचार्य ~ खुर्सानीको धुलो पनि विदेशको खाने झरना र नदीनाला विदेशले लाने बसन्तको ऋतु लाग्यो हरियाली पनि हामीसँग पानी लाने हेर कति धनि ? हाम्रो पानी गाग्रोभरि घामलाई पठाएको हामी पानी खानु पर्ने उसले अड्कलेको

Posted in कविता | Tagged | Leave a comment

गजल : एक्लै भएँ म

~बिभोर बराल~ सहरको भीडमा पनि एक्लै भएँ म छेउमै छ सागर तर प्यासै रहेँ म अरुको बारेमा सोच्न कसलाई फुर्सत यहाँ खाटा परेका घाउहरु कोट्याउँदै बसेँ म

Posted in गजल | Tagged | Leave a comment

कथा : लछ्मी जी को नर्क यात्रा

~बिक्रमादित्य~ लामो मार्लोब्रो चुरोटको धुवाको मुस्लो हावामा पोको पर्दै पानिमा उठेका भुल्काहरुजस्तै गरी डल्लो परी बिलाउदैछन्। यता मोटा मोटा चोर औँला र माझ औँलामा च्यापीएको मार्लोब्रो चुरोट सल्कदै आफ्नो जीन्दगी खत्तम बनाईरहेछ र उता राता ओठमाथि बाक्ला,काला र तीखा जुगाँ, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : तिमी मेरो हैन रहेछौ

~सौरभ रिजाल~ थाहा पाए तिमी मेरो जीवन साथी हुने छैनौ मलाई कतै दुख्यो भने अब तिमी रुने छैनौ

Posted in नेपाली गीत | Tagged | Leave a comment

Translated Poem : Motherland

~Namrata Guragain~ Translated by Sharad Acharya Motherland is not the selective alcoholic drink That you take to ease your tension of the day Neither it is a prompt cup of bed tea You drink as you awake of keep the … Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

कथा : स्पेस निडलको सुई ठमेलतिर घुम्दा

~अश्रु सिन्धुलीय~ १.मैले रोजीलाई सियाटलको टावर मुनि एक्लै बसेको भेटेँ। अनायास आँखा जुधेपछि अमेरिकन पारामा हाइ–हेलो भनियो। संयोग कस्तो पर्‍यो भने उसले कफी खाने ठाउँ र हाम्रो एउटै पसलमा एउटै लाइनमा परेको रहेछ। फेरि आँखा जुधे, अबको हाइ दोस्रो भयो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : भन्यौ धेरै धेरै बाँच

~राजेन्द्र चोथाले~ पिलाई विषको घुँट्को भन्यौ धेरै धेरै बाँच देखाइ हाँसोका स्वप्ना छर्‍यौ मुटुभरि काँच त्यो गोमन के विषालु छ, त्यो तिम्रो मुटुको सामु तिमीमा दस होला त्यो विष, त्यो सर्पमा भए पाँच

Posted in गजल | Tagged | Leave a comment

थारू भाषी गजल : तब तुफान आई

~मेन्जावीर चौधरी~ जब यी कलम चली तब तुफान आई जब यी गजल बनी तब मुस्कान आई आऊ तुहाथमेहाथ काँढमेकाँढ मिलाऊ तब जाके हमार एकताके सान आई

Posted in थारू गजल | Tagged | Leave a comment