कविता : ठुल्दाईको सम्बिधान

~दिपा एवाई राई~Deepa Yewai Rai

हउ ! ठुल्ल दाई
तिम्ले तरेको रतुवा खोला
यस पाली त खडेरी परेर
सप्पै सुके छ भन्छन्
गाम घरमा काका-कुल परेछ रे
हिजै मात्र झुमाकी चिठ्ठी पाए
हैन हउ !
गाम जाने कुरै छैन
ठुल्दाईको सम्बिधान कहिले आउने रहेछ ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : धूलाम्मे शहर, धूलाम्मे मानिसहरू

~किशोर नेपाल~Kishore Nepal

कालीघटा छाये सैयाँ, कालीघटा छाये’ : सहरको सबभन्दा पुछारको टोलमा जमानाको वुश रेडियो घन्किरहेको छ । सारै पुरानो भए पनि बडो लक्जरियस छ रेडियो । एन्टिक । नौवटा त ब्याट्री नै खान्छ । पहिले पहिले नौवटा एभरेडी ब्याट्रीले नौ महिना धान्थ्यो । अहिलेको ब्याट्रीले नौ दिन पनि धान्दैन ।

महायुद्धमा बर्मातिर लड्न जाँदा हजुरबाले लाहुरबाट ल्याएका, उनले सुन्नुसम्म सुने । उनी मरेपछि हजुरआमाले सुन्न थालेकी हुन् । रेडियोमा उनी भजन सुन्न खोज्छिन्, रेडियो भने ‘कालीघटा छाये’ मात्र सुनाउँछ । बेला बेलामा भन्छ– ‘ये अल इण्डिया रेडियोका उर्दू सर्भिस है । आप सुन रहें है पुराने फिल्मों के Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : घन्टीहरू

~अमर नेम्बाङ लिम्बू~Amar Nembang Limbu

धेरै वर्ष भयो एक दिन
तुम्लिङको उकालो बाटोमा
घत्र्याकघुत्रुक गर्दै
हिँडिरहेका थिए
तीनचार वटा खच्चरहरू ।

जति जति हिँड्दैजान्थे ती खच्चरहरू
उति उति ठोकिंदैजान्थे मेरा कानमा
तिनीहरूका घन्टीका आवाजहरू । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

अनूदित निबन्ध : क्रान्ति–बेलाको साहित्य

~लु सुन~Lu Xun

मेरो आजको विषय “क्रान्ति–बेलाको साहित्य” हो। यस महाविद्यालयले मलाई बोल्न भनी धेरैपल्ट निम्त्याएको थियो र मैले भने पन्छाउँदै गरेको थिएँ, मलाई के लाग्छ भने तपाईहरूले म एउटा लेखक भएको र मैले केही कथाहरू लेखेको नाताले साहित्य विषयमा केही कुरा सुन्न गर्नुभएको होला साँच्ची भनूँ भने म लेखक होइन, मसँग त्यस्तो कुनै विशेष ज्ञान पनि छैन। मैले गहिरिएर अध्ययन गरेको पैल्हो विषय खानीको विषय हो र सम्भवतः साहित्यको विषयमा भन्दा कोइला–खानीको सम्बन्धमा म राम्ररी बोल्न सक्छु हुँला। वास्तवमा साहित्यप्रतिको मेरो रूचिले मलाई खुव पढ्न लगाउँथ्यो तर मेरो अध्ययनबाट तपाईहरूलाई फाइा हुने कुनै कुरो मैले सिकेको छैन। बितेका केही वर्षहरूमा पेकिङमा मैले भोगेर आर्जन गरेको अनुभवले म हुर्केको पुराना साहित्यिक सिद्धान्तहरूमाथिको मेरो विश्वासलाई हल्लाउन थालेको छ। यो चाहिं विद्यार्थीहरूलाई गोली ठोकी मार्दा र कडा खोजी नीति गरिंदा भएथ्यो र त्यसबेला मलाई के लाग्यो भने सबभन्दा निर्धा र बेकम्मा मानिसहरू मात्र साहित्य विषयमा कुरा Continue reading →

Posted in अनूदित निबन्ध | Tagged | Leave a comment

Poem : Bread

~Shyam Kumar Yadav~

Transformation of a chauvinist into a quisling,
A traitor born by the virtue of the arrogated Mother,
Exanguination from the rented womb,
Indifferent terrae filius, searcing the Beget,
Donor of the life, apathetic in upbringing, Continue reading →

Posted in Poem | Tagged | Leave a comment

गजल : मुटुभरी निलडाम छ दुख्छ …..!

~आजाद अजनवी~Aajad Ajnabi

मुटुभरी निलडाम छ दुख्छ यहाँ मान्छे अचेल/
मलमपट्टी गर्छु भन्दै थुक्छ यहाँ मान्छे अचेल/

खस्न लागे भीरमा हुन्छ रमितेको ताँती ताँती
लुट्न खुसी भने टाढा पुग्छ यहाँ मान्छे अचेल/ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : देश हार्दै छ आज

~देवी नेपाल~Devi Nepal

मेरो छाया रविकिरणको खोकिलामै बिलायो
मेरो माया अलमल भई कोपिलामै हरायो ।
मेरो बाटो ग्रसित किन भो सोध्छ मेरै गुलाब
मेरो माटो त्रसित किन भो दासता दे जवाफ ।।

मेरो आ“खा अझ पनि त्यही काङ्गडा हेर्न खोज्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : सेवा पछ्याउँदै हिँड्छे

~सरस्वती शर्मा ‘जिज्ञासु’~Saraswati Sharma 'Jigyasu'

जीवनभर देशको सेवा पछ्याउँदै हिँड्छे
यै राष्ट्रको उन्नतिलाई सजाउँदै हिँड्छे

बा–आमाको प्रेरणा सङ्घर्षको बाटो बन्यो
उनको अर्ति–उपदेशलाई खन्याउँदै हिँड्छे Continue reading →

Posted in गजल | Tagged | Leave a comment

हास्य-व्यङ्ग्य : गुँदपाक बुलेटिन

~चिरञ्जीवी पौडेल~

बोक्सीको आरोपमा गुँदपाक कोच्याइयो

कथित बोक्सीको आरोपमा सप्तरीकी एक महिलालाई गाउँलेहरुले जबरजस्ती मुखमा गुँदपाक र रसभरी कोच्याएका छन्। महिलाको सिकिस्त अवस्थामा स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : बिनिर्माण

~संजय अधिकारी~

समयको एउटा खण्ड बगेर गयो । त्यो वहावमा दुई चार वटा हिउँद अनि दुई चार वटा वर्षातहरूले मलाई चिस्याए अनि भिजाए । ती अतिसामान्य बितेका पलहरूसँग मलाई कुनै गुनासो छैन । यद्यपि गुनासो पालेर पनि के पो हुने हो र ? भावनाको तहहरूबीच किचिएर रहेको स्मृतिको एउटा पत्र खुल्छ आजकाल, जब म कसैको बगैंचामा वा अन्य कतै पनि गुलाब फूलको बोट देख्छु । गुलाव मेरो अत्यन्त रुचिको फूल होइन । बरु मलाई त फूल नै नफुल्ने बिरुवाहरु अनि टयाक्टसका बोटहरू मन पर्छन् । तर मेरो गमलामा एक पटक टयाक्टस फूलेको थियो । कत्ति चाँडै ओइलाईहाल्यो त्यो सेतो सुन्दर फूल । आँखाभरि हेर्न पनि नभ्याउँदै । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : काईलीको बलात्कृत आँसु

~रामनाथ खनाल~Ramnath Khanal

उसैगरी बग्दैछ काली गण्डकी । त्यो त त्यो उसको नियमितता पनि हो । आकस्मिक आउने हुरी बताँसले उसको बगाईको वेग कहाँ बदल्न सक्छ र ? बग्नुसँग नै उसलाई गर्व छ ।

त्यस दिन पनि काली गण्डकीको बगाईमा पनि कुनै बदलाव आएको थिएन । आकासमा उस्तै रोशनी छाएको थियो । धर्ती उज्यालीने तरखरमै थियो । बास बसेका चराहरु गुँडबाट आहाराको खोजीमा आकाशमा उड्न थालिसकेका थिए । मंसिरमास फाँटमा गहुँ, जौ लगाउन हतारिरहेका किसानहरु पिठ्यूँबाट पसिना चुहाउँदै मलको भारी बोकेर उँधो वेशी झर्दै थिए । तर शिवदाइको दिनचर्या किसानहरुको भन्दा अलि भिन्न छ । काली गण्डकीको Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : परदेसबाट घरमा चिठी !

~ज्योतिराज अधिकारी~Jyoti Raj Adhikari

सानो सानो भन्दा भन्दै
कति ठुलो भएछ
हेर त बाबा बाबा भन्थ्यो आउँदा
अब त चिन्न छोडेछ !
होनी मैले नै सिकाएको हो
उसलाई बाबा भन्नलाई
तिमीले त बुवा भन्नु भन्थ्यौ
आफु चाही बरु बाबा नै भन्थ्यौ !

दाद्दा द्द्द्दा भन्यो
अनि बाबा हो मैले भनें Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : त्यो आधी रात

~सिरुखर्के जेठा~Sirukharke Jetha

“मलेसियामा आइसकेपछि खोलापारिका सायाङ्हरूसँग एक रात नबिताइ कसरी नेपाल फर्कनु ?”

जीवनले अचेल रक्सी त पिउन छाडेको थियो । तर उसको कुरा कुनै रक्स्याहाको भन्दा फरक थिएन । उसको मुखबाट अचेल यो वाक्य प्रायः नै निस्कन लागेको थियो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अध्यारो छायाँ

~किरण गजुरेल~

“हेल्लो”

“म रानो माहुरी हातमा नचाउँदै छु एक्कासी यादले छोप्यो ।”

“कस्लाई खोज्नुभयो ?”

“श्यामजी हुनुहुन्छ त ¤”

“उहाँ त बाहिर गइसक्नु भयो, भरेमात्र फर्किनु होला । केही छ भनिदिनुपर्ने ?”

“भन्न त धेरै भन्नु छ, सायद उहाँलाई तपाईंले ती सबै प्रस्ट्याउनलाई गाह्रो होला । उहाँलाई नै भेट्दा भन्नुपर्ला ।”

“को बोल्दै हुनुहुन्छ ? केही भनिदिनु पर्ने हो कि के हो ?” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : म कसरी बिर्सुं आमा

~निशा खनाल~Nisha Khanal Aryal

प्राणी मात्रको सबभन्दा नजिक र प्रिय आमा नै हुन् । गर्वावस्थादेखि आजीवन अविरल र निस्वार्थ हित चाहनाले आमालाई मायाकी खानी पनि भनिन्छ । शृष्टि, पालन, संरक्षण, शिक्षा तथा सांस्कृतिक प्रदान गर्न आमा नै वास्तविक जिउँदो देवता हुन् ।

प्रकृतिले आमा र उनीभित्र माया नदिएको भए जीव सृष्टिबाट नै ठूलो प्रभाव पर्ने थियो होला । सम्पूर्ण जीव Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : ढुङ्गाको मूर्ति

~जीवन्त रुकु~Rukmani Satyal Bidari

मैले पुज्ने देवतालाई मेरो पीडा थाहै छैन
कति खोजें माया यहाँ तर कतै  पाउदै पाईन

देउता मान्दै बार बार पुकारा  मैले गरिरहें
जस्तो पीडा पाए पनि उसकै लागि हासिरहें
जति हण्डर खाए पनि मैले कहिल्येई केहि बोलिन
मनै भित्र पीडा लुकाई कहीं कतै  केहि खोलिन ।। Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

Essay : Women’s Liberation

~Byanjana Sharma~Byanjana Sharma

The other day my elder sister told me a touching story about a lady who was inhumanly dominated by her authoritative husband. The lady, who happened to be one of our relatives, had no say in her family. Her husband was the sole decision-maker and he did not give her a single credit for her 15-year long contribution to build up a cosy home. The lady relative of ours is a reminder of a large number of Nepali women who suffer a similar fate in the hands of their husbands. Continue reading →

Posted in Essay | Tagged | Leave a comment

गजल : कता ?

~कृष्ण प्र. पाण्डे~Krishna P. Pandey_1

चर्च ,मन्दिर कता प-यो ? गुम्बा प-यो कता ?
चारैतिर छ अन्धकार दैव म-यो कता ? !

न त बोट छ न गमला ,छन् नदेख्ने सबै
नाम निसान केही छैन फूल स-यो कता ?! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : अ-रोदन

~कृष्ण शाह यात्री~Krishna Shah Yatri

  • ऊ जीवनमा कहिल्यै रोएको थिएन।
  • जन्मदा समेत ऊ रोएको थिएन भनेर उसकी आमाले भनेको समेत उसले पटक–पटक सुनेको थियो।
  • परिक्षामा पटक–पटक अनुत्तीर्ण हुँदा समेत ऊ रोएन।

Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

संस्मरण : गजलको राजधानीमा एक मध्यरात

~डा. गोविन्दराज भट्टराई~Dr Govind Raj Bhattarai

पर्मुखज्यू पाल्नुभयो चिल्लो निधार सानू
एउटा छुरी जोडी मया आज कता हानू?

आज गजलको राजधानी ताकेर हिडयौँ। शुक्रवारको दिन, समय ढल्किसक्यो कतिबेला नर्फोक पुग्ने होला? शुरुमा ता रुक्मिणी र म मात्रै थियौँ। पिपल गाउँ पुग्दा जिल्ला गजल सङ्घका अध्यक्ष चढे, खोल्सेनी मोडमा राष्ट्रवादी गजल सेनाका कादर चढे, कालापानी पुल पारीपट्टि गाडी रोकेर गजलिका सिन्डिकेटका युवतीहरू चढे। बाटामा अरु पनि थपिए― आमा गजल मञ्जका साधकहरू, नवकिसान गजलखेतीका स्रष्टाहरू, छेत्र नं. २ गजल सोसाइटिका पदाधिकारीहरू। अव हाम्रो मिनिबसभित्र अटसमटेस भयो, कोही भित्र खाँदिए, अरू Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : धामी उत्रिन खोज्दा

~बालकृष्ण भट्टराई~

रातको एघार बज्यो। मनमा अनेक कुराहरु खेलिरहन्छन्। निद्रा पटक्कै छैन। के गर्ने के गर्ने उसको मन त्यसै अलमलमा छ। दुई दर्जन किताबहरु पढिसक्यो तै पनि लेख्न केही सकेको छैन। आज त जस्तो जानेको लेख्न भनेर बस्छ तर मनमा उब्जेका भावनाहरुलाई कापीमा उतार्न सक्दैन। मनमा एकैचोटि धेरै कुराहरु खेल्न थाल्छन्। तैपनि जस्तो जानेको कोरेर शान्त हुन चाहन्छ। त्यसैले लेख्न बस्छ। प्रायजसो दिनभरि गरेका, देखेका, भोगेका कामहरुलाई साँझमा आफ्नो डायरीमा टिप्ने गर्दथ्यो। तर सधैँ एउटै कुरा मात्र उठेको समय, खान खाएको समय, घुम्न गएको समय, गफ गरेको समय, पाखा बसेको समय यस्तै यस्तै। कुनै नयाँ कुरा छैन। सायद त्यो ज्ञानको अभावले होला कुनै नयाँ कुरा फुट्न सकेन। तैपनि लेख्ने Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : पछाडीबाट

~तारा ज्ञवाली~Tara Gyawali

किन गर्छौ तिमी सधै प्रहार पछाडीबाट
छेक्छु भन्छौ रे बाटो हरबार पछाडीबाट

आफ्नै बुतामा जिउंछु आफ्नै पसिना पिउछु
लगाउंदै पो छौ रे काँडेतार पछाडीबाट Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : मेरै लागि साँचेको जस्तो

~पदम भण्डारी~Padam Bhandari

अंगालोमा बेर्छे खुसी, मेरै लागि साँचेको जस्तो
सेल्फि खिच्दा थुतुनो पार्छे, स्थानीय च्वाँचेको जस्तो

फूलजस्तो रुप भए नि, तिखो काँडा जस्तो बानी
चरा बसेर फूलको डाली, टुक्रा टुक्रा भाँचेको जस्तो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

लघु कथा : मेरो नाती

~हुकुमबहादुर सिंह~Hukum Bahadur Singh

सामाजिक सञ्जालको प्रोफाइलमा आफ्नो पारिवारको फोटा राखो । सबैबाट एउटै प्रतिक्रिया आयो–“एउटा पुर्ण परिवार” । जसलाई अंग्रेजीमा “अ कम्प्लीट फेमिली” भनिएको थियो । यी प्रतिक्रियाहरूबाट मलाई लाग्यो मेरो त्यो फोटाले सारमा उनीहरूको भनाइको पूर्णतामाथि प्रश्न उठाइरहेको थियो ।

तर, रूपमा भने उनीहरू सही थिए, म गलत । किनभने सामाजिक सञ्जालमा मेरो परिवारको फोटा राख्दा मैले मेरा एक छोरी, दुई छोरा, श्रीमति र म गरी पांचजना थियौ । पछि थपिएका मेरो एउटा जुवाई र एक बुहारी र उसबाट भरखरै जन्मेको छोरा –मेरो नातिको फोटा थिएन् । मलाई लाग्यो– “एउटा पुर्ण परिवार” Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : वनबासीको पीडा

~घनश्याम ओली~Ghanashyam Oli

एउटा सुन्दर, शान्त, रमणीय वन थियो । हिमाल, पहाड, तालतलैया, मठमन्दिर, बटवृक्षले वन विश्वकै आकर्षक स्थल बनेको थियो । चराचुरुंगी, पशुपक्षीहरु आनन्दसाथ बसेका थिए । वनमा अत्यन्तै सरल, शान्त र सबैका प्रिय वन राजा थिए । रैतीहरुलाई कुनै दुःख कष्ट थिएन । वनमा कुनै आँधी तुफान आएको थिएन । बटवृक्षहरु मौलाइरहेका थिए ।

चराचुरुंगीहरु हाँसीखुसी नाची विचरण गरिरहेका थिए । वनराजाकै परिवारभित्रबाट केही व्याधाहरु जन्मँदै गए । व्याधाहरुले वन राजाको परिवार नै सखाप पारे । अनि ती व्याधाहरु नै Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : यो शताब्दीको अनौठो व्यंङ्ग

~अजम्बरध्वज खाती~Ajamber Dhoj Khati

यो बार बन्धन केही नभएको खुला सीमानामा
जति पल्ट गए पनि जाउन्
जतिपल्ट आए पनि आउन्
छेकिन्नन् मेरा पाइलाहरु
तर जब जब यो शरहदको सीमाना नेर
म अमीलो भएर पग्लन्छु
अनि छेकिन्छन् मन भित्रै बार लागेर यिनीहरु।

मन भरी बोकेर कष्ट
यहींबाट मेरो रौख–यात्रा प्रारम्भ हुन्छ
यो देश पराई लाग्छ
सबै अनुहार अपरिचित छन्
डर लाग्छ,
जहाँ जहाँ पुग्छु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : पापी समय र निष्ठूरी मायालु

~केदार श्रेष्ठ’गगन’~Kedar Shrestha 'Gagan'

समयको चक्र घुम्दै जाँदा मानवीय जीवन जिउने क्रममा कति दिन हाँसेर, कति दिन रोएर बिताइयो होला, त्यसको कुनै लेखाजोखा छैन ।जुवाडेको हिसाबकिताबजस्तै । बालापनको सखीहरू एकादेशको राजकुमारजस्तै भइसक्यो । को कहाँ के गर्दैछन् ? कस्ता भए ? अत्तोपत्तो छैन । म सम्झन्थेँ समयलाई मान्छेले पछि लगाउनु पर्छ न कि मान्छेलाई समयले । तर, मैले सोंचेजस्तो हुँदोरहेनछ । समय मान्छेको माउते नै रहेछ । करै लाग्दो रहेछ समयको बन्धनभित्र बाधिनको लागि मान्छेले ।

खाना खाइसकेपछि टी.भी. हेरिरहेको छु । आज दिशानिर्देश आउने दिन, त्यसैको प्रतीक्षामा छु । प्रायः दिशानिर्देश म कहिल्यै छुटाउँदिन किनकि म विजयकुमार पाण्डेको फ्यान हुँ । म उनको प्रश्न सोध्ने शैलीबाट अति प्रभावित छु । त्यतिमात्र नभएर यो कार्यक्रम ज्ञानवर्द्धक पनि छ । टी.भी. मा कार्यक्रम सुरु भयो । आजको पाहुना को रहेछ भनि नियालिरहेको थिएँ । तर, आजको पाहुना व्यक्ति नभएर देश रहेछ । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

श्याम राज रानाभाटको ३ मुक्तकहरु

~श्याम राज रानाभाट~Shyam Raj Ranabhat

१
यहि पाराले हो भने देश बन्छ होला र साथी
टुक्रयाएसी नेपाल बाकी रन्छ होला र साथी
देशका लागि झुण्डिएर,गोली खाई मरेकाको
रगतले तिम्लाई स्याबास भन्छ होला र साथी !! Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

कथा : भूल

~जे.बी. शेर्पा ~ J B Sherpa

न्युरोड़ को एउटा व्यस्त चोक , चोकैमा एउटा किराना पसल छ ! पुरानो पुरानो र आकर्षणहिन् देखिने त्यों पसलमा सधै उही फुस्रो बुढो पसले देखिन्छ ! वरीपरी का पसलहरू सबै उज्याला , सजिसजाऊ र आकर्षक देखिन्छ , कपडा,गहना , इलेक्ट्रोनिक्स ,घड़ी ,जुत्ता का पसल हरु , त्यही किराना पसल मात्रै त्यों बिच मा अलग्गै छुटिन्छ नसुहाउदो गरी !

एक दिन त्यही बाटो हिंडी राखने एकजना सज्जन थकान र प्यास मेटाउन त्यही पसलमा छिर्छ , र सबभन्दा चिसो कोकाकोला मांग्छ, प्रतिक्रियाहीन भाव मा कोकाकोला पाउँछ उसले , पिउंछ दुई चार घुट्को घँटी मै अद्किने गरी अनि नाक बाट ग्यांस फाल्दै ताजा अनुभव गर्छ ! क्रमश आँखाहरु दौडाउंछ कौतुहल्तावस Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : गालिबको चिहान

~प्रकाश सायमी~Prakash Sayami

घर वा सपिंग मल बन्ला
हाउजिङ वा आकाशे बजार बन्ला
केही पनि बन्नसक्छ यो भूमिमा ।
धेरैवर्ष पछि
यहाँ गगनमहल बन्ला
वा मल्टिकम्प्लेकसको प्रसिद्ध भवन ।

व्यस्त भरिभराउ
वा हेर्नै नसकिने
अभेद्य मान्छेको भीड होला तर हुनेछ एउटा गजल रेस्त्राँ
तर हुनेछ यहाँ एउटा पुस्तक पसल
त्यो भवनको टाकुरामा रहेको गजल रेस्त्राँमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : मृग तृष्णा

~प्रकाश के.सी.~Prakash KC

यस्तो लाग्दथ्यो, जमीनमाथिको अदृश्य सतहमा लगभग तैरिदैथिई ऊ । शरदीय मन्द पवन, हृदयलाई काउकुती लगाउँदै बहने गर्दथ्यो, पानी परिहाल्ला जस्तो चाहिँ थिएन, तर वातावरण रुझे-रुझेको स्निग्ध भएको थियो र यस्तो हिजो, अस्ति, झन् अस्ति पक्कै थिएन । उत्साह रोमाञ्चक अनुभूति लिएर छातीबाट ‘बेलगाम’ अंगालोभरि फैलिएको थियो ।

किट्टी हाँस्दै आई, जून जस्तो उज्यालिएर अनि आँखाभरि धपक्क प्रीत फुलाएर । उही रक्सी तर लेबल नयाँझैं या उही लेबल तर मात नयाँझैं, प्रशस्तै नवानभुतिले चुर्लम्म डुब्यो समीर, मनसंगै अनि आलिङ्गन र अधरहरुको रहरपूर्ण घर्षणहरुसागै । प्रेम या यौवनका ज्वारभाटाहरुले ‘लथालिङ्ग’ पारेको मनस्थिति सम्हाल्दै, सम्हालिईदै, एकथुप्रो सुकेका पात-पतिङ्गरझैं दूरी, दुई हृदयहरुबीच राखेर, रोडभरि ओहोर-दोहोर गर्दै भरिएका वाहनहरु अनि वाहनभित्रका यात्रीहरुतिर पारदशी
नजरहरु तेसाइरहन्छ समीर किट्टीसंगै ।

वर्षौपछि भेटेको थियो उसले किट्टीलाई, तर यस्तो लाग्थ्यो, ती वर्षका समयहरु किट्टीलाई छुदै नछोईकन बितेछन् क्यारे ! ऊ उस्तै नै ‘फेश’ र ‘डिजाइरेबल’ देखिन्थिई, कम्तिमा यस्तै सोच्दैथियो समीर । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : आख़िर सन्देह किन ?

~नवराज दाहाल~

माया नै मायाको ओईरो बिचमा
अभाब तिमीले देख्यौ कहाँ?
बरु आफु रित्तिदिन्थेँ
तिमीलाई भरिदिन्थेँ।

कदम कदमको मेरो साथमा
अन्धकार तिमीले देख्यौ कहाँ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment