संस्मरण : अनि म भएँ गोठाले

~गोविन्द बहादुर मल्ल ‘गोठाले’~Govinda Bahadur Malla Gothale

‘त्यसको भाले’ कथाबाट मेरो साहित्यारम्भ भएको हो । त्यही कथाले नै मलाई आजको यो ‘गोठाले’ बनायो । त्यो शारदा मासिकमा छापिने सुरसारमा थियो । प्रेसमा त्यसको ‘कम्पोज’ पनि भइसकेको थियो । यो प्रसङ्ग विसं १९९७ को हो । ठीक त्यसैबेला मलाई पक्रेर लगियो । त्यस समय प्रजा परष्िाद्ले पर्चा छरेको थियो । मैले पनि पर्चा छरेँ । र, मलाई समातेर लगियो । त्यस समय भवानी भिक्षुले शारदा हेर्नुहुन्थ्यो । उहाँले आशङ्का गर्नु भयो, “मेरो नाममै कथा छापियो भने म सरकारी चेपारोमा त पर्छु पर्छु, स्वयम् शारदा पनि पर्न सक्छ ।” तर, उहाँसँग त्यो कथा नछाप्नुको विकल्प पनि थिएन । त्यसैले भिक्षुले मेरो कथा पनि छापिने, शारदा को प्रकाशन पनि बच्ने नयाँ जुक्ति निकाल्नुभयो । फलतः उहाँले मेरो साहित्यिक न्वारान गरेर मलाई ‘गोठाले’ बनाइदिनु भयो । Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : मेरो दृष्ट्रिकोणमा तिम्रो बहु अस्तीत्वहरु

~तीर्थ संगम राई~Tirtha Sangam Rai

बिहानीको पारीलो घामसँगै तिमी के उदायौ
एक हुल ब्वाँसोहरु तितिर बितर भएको देखें
तिमीले ती ब्वाँसोहरुलाई खेदि-खेदि धपायौ
तर मैले त तिमीमा नै ब्वाँसोको आकृती देखें
तिमी ूतिमीू नै हौ परीचय दिईहरनु पर्दैन
तिमी सायद योद्धा हौला मलाई केहि फरक पर्दैन
माफ गर मैले तिम्रो चेहराहरुमा…।।
अहिले पनि ब्वाँसो नै देखिरहेछु………१॥

अमन र शान्तिको लागि कतिको सिउँदो पुछ्यौ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : आज मायालुको

~विश्व बल्लभ~

आज मायालुको हो दर्शन पाएर
मेरो आशा लौ पलायो
हराभरा भएर जीवन उदायो

यो साँझ झुम्दैछ यो रात रमाउँदैछ
यो मधुमासमा यो दिल आत्तिंदैछ
नसोच केही म छु तिमी छौ यो साँझ छ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

व्यङ्ग्य कथा : टुप्पीबाजे

~होम सुवेदी~Hom Subedi

टाउका भरिका कपालमध्ये पाँचभागको एक भाग बराबरको टुपी थियो मेरो । कालो र बाक्लो कपाल थियो । कपालका अरु विशेषता के थिए खुइलिएको तालु पढेकाले थाहा पाइहाल्छन् । टुपी थियो मात्र । यसलाई धार्मिक विधिले शिखा पार्ने काम भने मैले छाडिसकेको थिएँ, देखावटीका रुपमा मात्र शिखा पार्दथें । अरु अरु साथीहरु आफ्नो खायोजियोको बाटो केकेबाट गर्छन् मेरो भने त्यही टुप्पीबाट खायोजियो र पढाइको मेलो भएको थियो बाहुन चरी भएको कारण । अरु अरुले आफ्ना उपनामहरु केकेबाट जोड्छन् मेरो भने त्यही टुप्पी नै उपनामको कारक बनेको थियो ।

बिहान बेलुका धोती फेरेर, टुपीको शिखा बाँधेर मन्दिरमा घन्टी बनाउँदै बडो लयालो स्वरमा आरती गाउनु मेरो दैनिकी थियो र यसैबाट मेरो गुजारा चलेको थियो, यो धोती चाहिं नलाउनु परे पनि हुने भन्ने कुरा Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged | Leave a comment

कविता : भञ्ज्याङलाई चिठी

~ध्रुवसत्य परियार~Dhrubasatya Pariyar

मेरो प्यारो भञ्ज्याङ
मायामय भावमा
र, भावमय मायामा
असीमको तर्कमा
माया नै माया र माया नै माया
सम्झना त छँदै छ
यो मान्छेको जीवन र जगत
सम्झनाबाहेक के बाँकी रहन्छ र ?

जुन हाम्रो भावनात्मक सम्बन्ध Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : हराए कोही

~राकेश कार्की~Rakesh Karki

आफ्नै देशभित्र हराए कोही
बचाउ भन्दै रोए कराए कोही

औँला ठड्याउने बङ्गारा भाच्नेसंग
लग लग काम्दै डराए कोही Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : भेट्न छिट्टै आउनु

~पदम भण्डारी~Padam Bhandari

पश्चातापले जलिरा’छु, भेट्न छिट्टै आउनु
मैले ठूलो भुल गरेछु, मेट्न छिट्टै आउनु

अप्ठेरोमा सहयोग गर्नु, लाई स्वार्थ ठान्यौ
यहि हो मौका सोझोपन ल-पेट्न छिट्टै आउनु Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : अछुत मान्छे

~अनिल बराइली~

विभेद विरुद्ध अभियान ।
खोइ कहाँ लेखेको छ
अछुत भनेर ?
मैले त कतै भेटिन
सानो ठुलो जात हुन्छ भनेर
नसा नसामा रातो रगत बगेको छ
यो कस्ले बनायो जात ?
ए,
खोलि हेर आखाको पट्टि
नियाली सबैलाई
केमा छ भिन्नता , Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

गीत : पाइला

~प्रवेश लामिछाने~Prabesh Lamichhane

ती साना पाइला अनि हजारौं सपनाहरू
सपना बुन्दै हिँड्ने चञ्चल कल्पनाहरू
सुन्दर ती कल्पना अनि अनेकन मालीहरू
ती साना पाइला अनि हजारौं सपनाहरू

आफ्नो अस्तित्व खोज्दै हिँड्ने निश्चल आँखाहरू
निश्चल ती आँखा अनि स्वाभीमानी भाकाहरू Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

नियात्रा : कोशी तर्दै कन्चनपुर

~कुमार खड्का~

यतिखेर म बौलाएको सप्तकोशी तर्दै कन्चनपुर पुगेको सम्झिदै आङ् जिरिङ्ग हुने यात्राको कुरा गरिरहेछु । लोकसेवा आयोगको परीक्षा दिन म दमकबाट बागलुङ्तिर हानिएको थिएँ । यो यात्राक्रममा कोशी तरेर सप्तरीको कन्चनपुर पुगेको सम्झना विचित्रको छ । मानिस आफ्नो भाग्यको खोजीमा र सुनिश्चित भविष्य बुन्नका लागि नसोचेका अप्ठ्याराहरुसँग जुध्नुपर्दोरहेछ । यो यात्राले मलाई सिकाएको छ ।

सरकारी जागिरको मोह कसलाई हुँदैन र । अग्रजहरुको सल्लाह र आफ्नो सपना अनुसार मैले यसपालि लोकसेवा दिने विचार गरेको थिएँ । मेरो कार्यगत क्षेत्र पशु तथा कृषि व्यावस्थापन भएकाले ना.प्र.स. नायब प्राविधिक सहायक पदका लागि भिड्न गइरहेको थिएँ । यो लोकसेवा म्युजिकल चियर खेलजस्तो रहेछ । Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

गीत : आमा भएर

~चाँदनी शाह~Chandani Shah

आमा भएर बोकिहेर सन्तानका पीरहरू
आमा भएर बाँढिहेर सन्तानका खुसीहरू
आफ्नो लागि त सबै बाँच्दछन् यस लोकमा
अरूको लागि बाँचिहेर सन्ताप अनि दुःखमा

एकपल्ट नियाली हेर आमाका दुवै आँखामा Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

Essay : Untrodden Path

~Khagendra Bhattarai~Khagendra Bhattarai

Two roads diverged in a wood, and I
I took the one less travelled by,
And that has made all the difference

Unlike Robert Frost in his poem ‘The Road Not Taken’, it must, however, be difficult for many to make such a choice. Umpteen choices come our way as we become conscious and begin to understand our circumstances. Only the right choice at the right time will help make life more comfortable. Continue reading →

Posted in Essay | Tagged | Leave a comment

मुक्तक : देशभक्त

~ध्रुव पन्थी~Dhruba Panthi

देशभित्र बसेकै भरमा देशभक्त भैटोपल्नेहरु धेरै छन्
देशबाहिर बसेर देशप्रेमका असारे गीत गाउनेहरु धेरै छन्
आफ्ना ठाउँमा सबै इमानदार भैदिएको भए किन यस्तो हुन्थ्यो र? Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

कथा : पतिव्रता

~रवि रोषी~Rabi Bhatta Roshi

घरको आर्थिक अवस्था त्यति मजबुत नभएको कारणबाट उसले कतार जाने निर्णय ग¥यो । फलस्वरुप, उसको कतार जाने भिसा पनि लाग्यो । आफूलाई माया दिने साथमा रहेको खसम कतार गएपछि नितान्त एकांकी जीवन बिताउनु पर्ने सन्तापमा हरेक रात श्रीमान्को छातीमा टाँसिएर रूँदै उसकी श्रीमती भन्ने गर्थिन्–
“हामी गरिब छौँ त के भयो र ? के विदेश जानुमात्र गरिबीको निवारण हो र ? तपाईं र म यहीँ आफ्नै देशमा संघर्ष ग¥यौँ भने त यहीँ सुन फलाउन सकिन्छ नि ?” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विकल्पहीन

~पारिजात~parijaat_3

यहीं कतै शहरकै छेउछाउमा भए पनि यस यात्रालाइ कठिनतम यात्रा मान्नुपर्छ। यस यात्राको यात्री हो लक्ष्मीपरे डल्ली, जात भैगो जात नभनौं जातले उसलाई केही दिएन। यस विकराल यात्रामा ऊ एक्ली छैन, उसँग एउटी टुकुटुकु हिंड्ने र एउटी काखे छोरी जम्मा तीन यात्री। कुनै कल्पनाशील व्यक्तिले कल्पना गरून् एकसय विघा जमीनमा योजनाबद्ध लगाइएका रंगीबिरंगी गुलाफका खेती र त्यसको सुगन्ध। मन्द गति सवारीमा बसी गुलाफ फूल्ने सिजनमा उसले त्यस खेतीको यात्रा शुरू गरोस्। अघि पछि , अगाल बगाल सुन्दरता, रंग र सुगन्ध।

यस्तो यात्रा सहजै परिणत हुन्छ … आत्मविभोरता डल्ली लक्ष्मीपरेको यात्रा यसको ठीक प्रतिकूल छ। यो यात्रा सय विघा जमीन जति लामो छैन तर जटि घुम्तीहरूले गर्दा यसलाई सय विघाभन्दा दश खन्ड लामो तुल्याइदिएको छ। यहाँ बालुवा नभए पनि यसलाई मरूभूमिको यात्रा भनिदिए फरक पर्दैन तर लक्ष्मीपरे डल्ली ऊँटमा चढेकी यात्री होइन। ऊ पैदल छे र उसको दायाँ बायाँमाथि तल भनौं जता छाम्यो Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

तामाङ गजल : मइला राँगु बङ हबा !

~खोजराज गोले तामाङ~

छिपिङपिङला ह्वाई थे˜सी मइला राँगु बङ हबा !
बोम्बो म्हेमेला सेरबरी अखे म्हेमेला दङ हबा !!

छर ज्योहो खेप्पा स्हुङ बुझूला थुम्बु नगाला स्या !
म्हेनिङ तिहार हमामी ताफोले म्हेन्दोला लङ हबा !! Continue reading →

Posted in तामाङ गजल | Tagged | Leave a comment

कथा : पर्खाई

~एकराज प्रधान~Ekraj Pradhan

आखिर किन दाइ हामीलाई मान्छे किन गन्दैन यो समाज किन सम्झन्छ हाँसोको पात्र दुनियाँ किन हाँस्छ हाम्रो बोलीमा हाम्रो रुपको के दोष छ जसलाई यो समाजले जनवार समान देख्छ किन दाइ किन ऊ प्रश्नमाथि प्रश्न थप्दै थियो झ्यालतिर फर्केर । म मौन छु । मसँग तत्काल उसका लागि चित्तबुझ्दो जवाफ छैन । बुझेको छु ऊभित्रको पीडा । उसभित्र दन्किएको आगो र जलनलाई Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : होल नाइट

~निराजन शिरीष~Nirajan thapa Sirish

आषाढको एक शुक्रबारको साँझ बिश्वविद्यालयबाट घरतिर फर्कने क्रममा अलि ढिला भो । घरसम्म पुग्नलाई माइक्रो, अनि नगर बस सबैको आवातजावत बन्द भैसेकेको थियो । हिडेर एक घण्टाको पैदल यात्रा गर्ने दुस्साहस मैले गरिनँ । त्यसकारण, ट्याक्सीको पखाईमा त्यसै उभिरहेको थिएँ । आडैमा एउटी युवती आई । मतिर पुलुक्क हेर्दै मुसुक्क मुस्कुराई । मैले पनि मुस्कुराएरै उसको आगमनको स्वागत गरेँ ।

सोधी – “दाई ट्याक्सी कुर्नुभएको ?”

“हजुर ।” मैले जवाफ दिएँ ।

“म पनि ट्याक्सी वेट गरिराखेको हेर्नु न अहिलेसम्म एउटा भेटेको छैन ।” युवतीले दुखेसो पोखी । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिद्रोही आत्मा

~महेन्द्र महक~Mahendra Mahak

……..त्यसपछि उनीहरूले मेरी आमाको लाश घिसार्दै यहाँ ल्याए । जहाँ पहिलादेखि नै तीन फिटको खाडल तयार थियो । गर्भाशयभित्र मैले अर्धचेत अवस्थामा अनुभूति गरिरहेँ–घिस्रिरहेको । अनि म पर्खिरहेँ गर्भाशयमा– कहिलै नजन्मिनका निम्ति ……..। तर, आज इतिहासको अदालतमा यी शब्दहरूलाई साक्षी बनाएर न्यायको पक्षमा वकालत गर्न पठाउँदैछु ……।

न्यायधीशहरूले मेरा साँक्षीहरूको वयान सुन्नैपर्नेछ । यदि न्याय दिइयो भने, सोच्ने छु,– न्याय जीवित रहेछ, दिइएन भने विश्वस्त हुनेछु–मेरी आमाको लाशसँगै उनीहरूले न्यायलाई पनि तीन फिट खाल्डोमुनि गाडिसकेछन् । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : आमाको देह लुछ्नेहरु

~रेशम बि.सी.~

ए आमाको देह लुछनेहरु
उनैको रगतमा
हुल्लि खेल्ने ब्वासाहरु
लुछ शरिरका अंग प्रत्येड्ड लुछ
प्रत्येक रेशा लुछ
आमालाई थिलो थिलो पार
संघीयताको नसामा
चुर्लुम्म डुबेर
ती राता,सेता
अनि काला बुटहरुले
छातीमाथि परेड खेल
आमाको चित्कारमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : म पापी पुजारी

~मेघ बस्नेत~Megh Basnet

म उनको पुजा गर्छु
उनकै सन्तानको बलि चढाउँछु।
ससाना फुलका कोपिला चुड्दा
भन, साच्चै के मैले भगवान् पाउँछु।।

म उनकै पुजा गर्छु
बिचरा कलिलो बाच्छोको भोक मेटाउँछु।
शिवलिङ्गमा पाथी दूध चढाउँदा
भन, साच्चै के मेलै भगवान् पाउँछु।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : शुभकामना शुभकामना शुभकामना

~कृष्ण प्र. पाण्डे~Krishna P. Pandey_1

शुभकामना शुभकामना शुभकामना
शुभकामना शुभकामना शुभकामना

आऊन् सारा दिनहरु हर्षै हर्षको
शुभकामना छ यही नव वर्षको Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

संस्मरण : सीमा छिचोलेको आलिंगन

~सरला गौतम~Sarala Gautam

शारदीय साँझको रमाइलो थियो । हावाको खुस्बु अलग थियो । मेरा दुई खुट्टाको आडमा दुई केटी सुस्ताइरहे । एकतिर नेपालको हिन्दु परिवारकी केटी । अर्कोतिर श्रीलंकाकी केटी जो बौद्ध धर्ममा आस्था राख्छे । म पाकिस्तानकी मुस्लिम केटी । एक मनले सोचें– ठीक यही बेला कोही आएर, देशको सीमा, धर्म वा अरू कुनै नाममा हामीलाई छुटाउन खोजे म के गर्थें हुँला । फगत यही कारणले तिमीहरूको मित्रता वर्जित छ भन्यो भने मैले के ठान्थें हुँला । यो संसार अनाहकमा यति विभाजित छ । पहिलोपटक महसुस गरें र दु:खी भएँ ।’

यसै भनेकी थिई पाकिस्तानकी नूर जेवाले त्यो दिन । पहिलो दिन भेट्दा आफ्नो धर्मको कट्टरतामा गर्व गर्दै बोलेकी ऊ अन्तिम दिनमा आइपुग्दा सार्कको आठवटै देशको मिसिएको मायाले पग्लिसकेकी थिई । उसले कल्पना गरिछ, यी दुई संगिनीलाई आड दिएकै कारण उसको धर्म ऊविरुद्ध खनियो भने ?… अनि भयभीत भइछ । Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : एउटा हटियाको सम्झना

~जयराज भट्टराई~Jayraj Bhattarai

मेरो गाउँ दमक, भाङ्बारीबाट बुधबारे हाट भर्न गाउँलेको लस्कर लाग्छ बिहानैदेखि। दैनिक उपभोगका सामान खरिदने, हाट-रमिता हेर्ने, रमझम गर्ने, जेरी र भुजा खाने ध्याउन्न हरेकका आ-आफ्नै हुन्छन्। यो बजारको रौनकलाग्दो पक्ष भनेको तल पुछारमा लाग्ने पशु बजार पनि हो। पशुहाट भनिने त्यहाँको विशाल फाँटमा टा-टाढादेखि आफ्ना गाईवस्तु, बाख्रापाठा डोर्याउँदै किसानहरु आउँछन्। किनबेचमा जानेको दोहोरीलत्ता हुन्छ हाटमा।

म अलि सानै हुँदाको कुरा हो। एक बुधबार हाम्रो घरबाट पनि एउटा लैनो भैंसी त्यहाँ पुर्याइएको थियो। त्यो दिन बिहानै कुमार दाइले भैंसी र त्यसको पाडी आँगनमा निकाले। बिहानका कलिला घाममा भैंसीलाई मिचिमिचि नुहाइदिए घरका सबै मिलेर।जिउमा सुकेर टाँसिएको पाप्रा गोबरलाई पनि ढड्याउँदै घिरौंलो Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : उदास मेरो जीवन कथा

~भैरबनाथ रिमाल “कदम”~Bhairabnath Rimal kadam

उदास मेरो जीवन कथा कसैलाई भनिन
यो जन्म भरी सहेको ब्यथा त्यो पनि भनिन

बेदना मेरो झन सुन्य केबल पहरा सुसाई
साहरा दिन जिन्दगी देख्ने छन जुन बिजयी
जीवन यो सम्झी गयो परन्तु को देख्छ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : मधुरात

~इन्दिरा प्रसाई~Indira Prasai

“अब तिमी यसरी नहिँड । निर ! तिमी नहुँदा मलाई निराश लाग्छ । अब उनीहरूलाई डुलिहिँड्ने काम गर्न सक्तिनँ भनिदेऊ न ।” आकृतिले आज पनि निराकारका छातीको रौँ उखाल्न खोज्दै भनेकी थिई । निराकारलाई आकृतिले उसका छातीको रौँ दुख्ने गरी तान्दिएको साह्रै मन पर्छ । त्यो रौँ तानिँदा उसलाई अति आनन्द आउँछ । त्यसैले यस्ता एकान्त समयमा आकृति निराकारका छातीका रौँहरू तानेर निराकारलाई तृप्ति दिने गर्छे ।

निराकार हिजो बेलुकी मात्रै आइपुगेको हो । निराकारले महिनामा मुस्किलले एक हप्ता मात्रै आकृतिसँग बिताउँछ । बाँकी दिनहरू भने ऊ संसारका विभिन्न देशहरूमा बिताउँछ । विगत पैँतीस वर्षदेखि निराकार एउटा अन्तरार्ष्ट्रिय गैरसरकारी सङ्गठनसँग सम्बद्ध छ । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विर्यदान

~जय बहादुर घिमिरे~Jay Bahadur Ghimire

अनिल र म कुटुम्बेरी मिल्ने साथी भाइ थियौँ । एस.एल.सी. पश्चात राजधानीमा पढ्न जाने सन्दर्भमा हाम्रो चिनजान भयो । गहिरो मित्रताको लागी उमेर, रुची, आर्थिक हैसियत, शैक्षिक स्तर आदि सवै कुरा मिल्नु पर्छ की कसो हो ? हामीमा यी सवै कुराहरु मिलेको कारण आत्मीक रुपमा साह्रै नजीक भयौ । दुवै अविवाहित १८, १९ वर्षको अल्लारे युवक थियौ, आइ.ए. दोस्रो वर्षका । कुरै कुरामा ठट्टा गर्दा भविश्यमा एउटै साझे श्रीमती ल्याउने सम्मका आश्चर्यलाग्दा गफ गर्दथ्यांै हामीहरु, तर नारायणगोपालले गाएको एउटा गितमा भने झैं – सोचे जस्तो हुन्न जिवन, देखे Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : विवश

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

श्रद्धा र आस्था रह्यो प्रवल ।
ठानेकै थिएँ आस्थाको धरोहर ।
फोहर र कसिंङ्गर नमानी घृणा ।
आत्मसात गरीरहें समीपमा रहेर ।
भावना कुल्चिन, आस्था डग्मगाएन ।
अटल बिश्वास सधै मनमा राखेर ।
गुलाबको फूल ठानेको थिएँ ।
श्रद्धा भक्तिले शीरमा राखेर ।
पलाँशको फूल बनेछौ तिमी । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बिवसता…..

~ज्ञानेन्द्र स्थापित~Gyanendra Sthapit

म
एक अपुरो कथा
आफ्नो अन्त्यको खोज मा
तर के हुन्छ चाहँदै मा यहाँ
जब कि
कलम नै रुकी सकेको छ.

म
एक लक्ष्य बिहिन यात्री
आफ्नो अन्त्य को खोज मा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छोक : वैश

~आभास~Aavaas - Achyut Prasad Phuyal

घोप्टे काँडाबीच फुलेको
एउटा
नाजुक फुल
जसको मनमोहक सुगन्धले
हरेक बैँसालु मन पग्लन्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बोझिलो रात

~विश्व राज भेटुवाल~Bishwa Raj Bhetuwal

बोझिलो रात
चाँदनिको भट्टिबाट
लर्खराउदै निस्कन्छ
सडक किनारामा
उन्मुक्त भएर
र
फाटक खोल्छ गलाको
उन्मादी स्वरहरुमा कासन ठोक्न ।

एइ सुतेका मान्छेहरु
सुत ! सुत ! चिर निद्रामा सुत ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : दुख्वा ‘तोर नाउँ कथि हलही ?’

~सरिता तिवारी~Sarita Tiwari

चुरमुनिया
मोहना
शोभना
कलधरा
या अरु केही
जे पनि हुन सक्थ्यो
तर लेखिएको छ नागरिकतामा मेरो नाम–
दुखा महतो

म जन्मिएपछि लगत्तै
माइले खाएको हो मेरी आमालाई
र छोडेको हो मेरा गालामा अवशेष Continue reading →

Posted in कविता | Tagged | Leave a comment