कविता : पद र प्रतिष्ठाको मोह

~अजय पाण्डे~

पद र प्रतिष्ठाको लोभले
मान्छेलाई कपटी बनाइरहेछ
एउटाले अर्कोलाई गिराउने
अनेक जुक्ति सिकाइरहेछ ।

सिद्धान्त त यस्ताको गुमिसक्यो
केवल छ बहानामा मात्र
आफू असल भनाउने Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : आगोको झल्को

~दानबहादुर थापा~

आगोको झल्को हो युद्धको निशानी
त्यही आगो सल्केर ए दुष्ट तिमीलाई
पार्ने छ खरानी

सत्यको मार्ग देखाई हिंड्ने
ज्वारभाटासँग लडाई खेल्ने
बिउझाउँदै गाउँ बस्ती विद्रोहको छाल Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : घुर्की

~उत्तम कृष्ण मज्गैंया~Uttam Krishna Majgaiyan

झगडा पनि त्यै गर्छ द्वन्द्व वा युद्ध नै पनि
संझौता पनि त्यैबाट घुर्की तानाहरू पनि
आफैँ धामी र बोक्सीको भूमिका उ निभाउँछ
ढाँटेरै जनतालाई गुमराह बनाउँछ !

स्वप्न छर्दछ आस्थाको आफैँ खस्दछ खालमा
उन्मुक्तिका कुरा गर्छ आफैँ पर्दछ जालमा
नचाएँ भन्छ लौ आफैँ इसारा मिल्छ नाच्द Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : के सक्छु गर्न

~शान्ति अधिकारी~Shanti Adhikari

गरीबको जीवन त्यही माथि छोरी नदेउ न भगवान ।
अस्तित्व छैन मान्छेको यहा हेर्छन नि पापि धन ।।

भनेर साध्य भएन ब्यथा आशु त पानि भो ।
सहन पनि नसक्ने भए यो ज्यानै जाने भो ।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : श्रीमतीको अवस्थामा

~किशोर पहाडी~Kishor Pahadi

बट्टाबाट चियाको
चिया झिकेर
हालेछु तरकारीमा
मसला पो भनी ठानेछु ।

समात्दा समात्दै चिप्लेर
कचौरा टाङ्ग्राङ्ग
खसेछ भुईँमा
पोखियो चारै तिर चरारर…. । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : सुन्तलाबारीदेखि मजरासम्मको श्रमयात्रा

~वीरेन्द्र कटुवाल~Birendra Katawal

आजभोलि उनी अथवा ‘जनक’ उदास देखिन्छन् । सधैँभरि हाँसो–ठट्टा, खुसी र उमङ्गले चम्किरहने उनको अनुहार, सीमसार जस्तै भएको छ । आँखा सधैँ रसाइरहेका देखिन्छन् । अनुहारबाट कान्ति फुङ्ग उडेको छ । नत्र भने २४ घन्टामा १६ घन्टा काम गर्दा पनि उनको अनुहारमा आलस्यता र वैराग्यता देखेका थिएनन्, गाउँलेहरुले । उनी कुखुराको पहिलो डाकमै सुन्तलाबारीमा पुगिसकेका हुन्थे । उनको दोस्रो लटको चिया पिउले बेला भएपछि, बल्ल गाउँलेहरुको उठ्ने बेला हुन्थ्यो । उनको यो दैनिकीमा आमूल परिवर्तन भएको छ, हिजोआज । होइन भने उनको दैनिकी गाउँलेहरुको लागि अलाराम जत्तिकै थियो । तल बारीको पाटोबाट, ‘जानुका ! ए जानुका ! होइन आज चिया ख्वाउने योजना छैन कि क्या हो ? अझै सुतिराकी हो ?’ भनेर कराउँथे । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नौली

~कृष्णराज सर्वहारी~Krishna Raj Sarwahari

— धन्दा नमान यार सोहन। अरे, यार कहिलेकाहीँ त मोज गर।

— मोज रे। हामी पढ्न आएका कि मोज गर्न?

— पढाइ! पढाइ!! पढाइ!!! हैन कति गर्ने पढाइ?

— पढ्न मन छैन भने जाऊँ न त सहर डुल्न।

— हो, त्यसो भन न त। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : गुँड सारेको चरी

~मेघ बस्नेत~Megh Basnet

प्रकोपले उदासिन उसको मन
सायद गुँड पनि भत्कियो होला अनि
पोलेको होला मुटु धिक्कार्दै त्यो जीवन।
गुँड सार्ने तयारीमा जुटेकी छे चरी
जति उजाड उसको वन देख्छे
उति रून थाल्छे बेसरी।

बिचरा चरो छोड्न मान्दैन घर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : के आशा गर्ने ?

~नुरा इस्लामी~

जसले हितचिन्तक सज्जनहरुको
पर्वाह नगरी
दुष्ट र भुच्चुकहरुलाई उकास्यो
तोडफोड र उपद्र गराई
बने बनाएको सबै बिनास्यो
त्यस्ताबाट
स्वदेशको हित होला भनी
के आशा गर्ने ?
कसरी यिनको भर पर्ने ?

स्वाधीन बनेर
उन्नतितिर लम्कन चाहनेहरुलाई Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : अप्रत्यासित

~गौतम उदय~Gautam 'Uday'

भदौको अन्तिम हप्ता कर्णाली प्रदेशका गाउँहरुको दृश्य साह्रै मनमोहक हुन्छ । जाडो सुरु भइसकेको हुँदैन र सर्वत्र हरियालीको साम्राज्य हुन्छ । स्याउका दानाहरुमा बैंस चढ्न थाल्छ । भर्खर नुहाएर घाममा बसेकी षोडसीझैँ स्निग्ध र मनोहारी देखिन्छ प्रकृति ।

तीन दिन अघि मात्र जुम्ला पुगेका प्रतीक शर्मालाई काठमाडौंको कोलाहलबाट मुक्त भएर भूस्वर्गको एउटा कुनामा आइपुगेको सुखानुभूति भइरहेको छ । हतार छैन कसैलाई त्यहाँ । रिस, आवेग, घृणा, तिरस्कार, कुण्ठा, विषाद र इष्र्या केही छैन गाउँलेहरुको अनुहारमा । खलंगा बजारको एउटा चिया दोकानमा बसेर हरेक मान्छेको अनुहार पढिरहेका छन् प्रतीक । अभाव र शारीरिक श्रमले चाउरिएका अनुहारहरुमा पनि एक Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : उनी त राति पो भइछन्

~झंकबहादुर बलामी~

सायद रति रहिछन् क्यारे उनी
रातो रंग प्यारो मानी
रात मन पराउन पुगिछन्
समष्टि कि होलिन् भन्ठानेको त
दलीय घेरामा बेरिन गइछन्
उनी त राति पो भइछन्

नारी अधिकारको उदाहरणमा
अद्र्धनग्न बनाउने प्रचलनबीच Continue reading →

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : औपन्यासिक पात्र – जीवनको पृष्‍ठभूमिमा

~शंकर लामिछाने~Shanker Lamichhane

भन्छन् दान गर्नु बिर्सिदिनु, अनि मात्र पुण्य मिल्छ । कुरा कहाँबाट उठ्छ भने, भर्खर एउटी अन्धी आइमाई केटोलाई डोर्‍याउँदै आइरहेकी थिई । उसलाई मैले एक ढ्याक दिएँ । बच्चोले पैसा हत्केलामा राखेर हेर्‍यो र बिस्तारै भन्यो ‘पाँच पैसा’ । स्वास्नीमान्छेको अनुहारमा न कुनै कृतज्ञताको भाव आयो, न हर्षको, न सफलताको । ऊ ढ्याक जत्ति नै निस्पन्द थिई । परेला चिम्लेकी नै ऊ बिस्तारै घुमी र गई । ठिटोले डोर्‍याउँदै लग्यो उसलाई ।

असलमा यो साह्रै नगन्य एक घटना थियो । र, कहानी कलाको मापतौलमा यस्ताको उल्लेख गरिन्न पनि । र जीवनमै पनि यी जुन नगण्य पात्र छन् यिनलाई सम्झिराखिन्न । तर मेरो परिस्थिति अर्कै थियो, म त्यस बेला जीवनको गहनता र महान्‌ता र विभिन्नताउपर रमिएको थिएँ । मेरो आँखामा एउटा स्मार्ट ठिटोको अनुहार व्याप्‍त थियो र मेरा कानमा उसका बोलीको झन्कार गुञ्जिरहेको थियो । ऊ असलमा स्कूलबाट Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : रातो रगत

~देवी उपरकोटी~ Devi Uparkoti

मान्छेको जात मान्छे नै हो, अरू केही पनि होइन
स्वास्नी मान्छे लोग्ने मान्छे वाहेक अर्को जात छैन

उसको पनि रातो रगत मेरो जस्तै हेर
कसरी ऊ अछुत ! भयो भ्रम भयो यहाँनेर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : समय-असमय

~कुमार सिंखडा~Kumar Simkhada

समयलाई थाम्न सकिएन;
अतः समयलाई लगाम लगाउन सक्ने
सारथीहरूको खोजी भइरहेछ ।
एउटा समय थियो
जहाँ समय नै थिएन, अर्थात् असमय थियो,
समयका पारखीहरूले रगत-पसिनासँग खेलेर
समय आयात गरे –
आज तिनै पारखीहरूमाथि पोखिएर
पशुत्व र पापको दहमा पौडिँदै छ समय,
आफ्नै पालक-पोषकको छाला काढेर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे र उसको स्थिति

~कुसुम खवास~

दुःख आइपर्दा सुख सम्झी
दिन कटाउँदो रहेछ मान्छेले
सुख आइपर्दा दुःख बिर्सी
प्छिको ख्याल गर्दो रहेनछ
मान्छेले ।

यसै कारण नै
दिन पछि रात
आउने गरेको हो, भन्छन् यहाँ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : घर ले’र आईजा

~पदम भण्डारी~Padam Bhandari

बा ले भन्थे कमिनीलाई, घर ले’र आईजा
बुहारी हो भन्छु तर, रक्सी खा’र नआ

घर छोडे पनि घरलाई, चट्टै नबिर्सिनु
घरमा आउने नाममा काम, छोडि धा’र नआ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : अलमस्ती भई बस्नु भएन

~सिम्रिका घले~

नेपाली हुँ भन्ने जतिले
अलमस्ती भई बस्नु भएन
हिम्मत हारी कहिले पनि
लाचारीमा फस्नु भएन ।

हुर्दुंगेहरुको क्रियाकलापले
पराश्रयी बनाउँदैछ हामीलाई
असन्तोषको पेसाले पनि
हैरान गराउँदैछ हामीलाई । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : जीबन देखि धेरै धेरै नै थाकेर

~गोपाल योञ्जन~Gopal Yonjan

जीबन देखि धेरै धेरै नै थाकेर
म मुर्दा भएको तिमी आज हेर

यहाँ ढुंगाहरु गर्छ इश्वरको अभिनय
कुकुर पनि गर्छ, मान्छेको अभिनय
कल्लाई मान्छे भन्ने, कल्लाई देब भन्ने
यो परिभाषा आज च्यात्तिएको हेर Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : नेपाल हुनु त यस्तो पो हुनु

~श्रुणुति सिंह~Shrunyuti Singh

आज वर्षौपछि म नेपाल फर्कँदैछु। म अति खुसी छु। खै, म कसरी बताऊँ। यसलाई अभिव्यक्त गर्ने मसँग कुनै शब्द नै छैन। जे होस् म अकल्पनीय खुसीले मात्तिएकी छु। मलाई कता-कता लागिरहेको छ- मेरो जन्मभूमिमा धेरै परिवर्तन आएको हुनुपर्दछ। जताततै परिवर्तन आइरहेको बेला नेपालमा चाहिँ परिवर्तन नआओस् पनि कसरी? साँचो अर्थमा भन्ने हो भने नेपालमा पनि धेरै परिवर्तन भएको म देख्न चाहान्छु। तरपनि, आफूले विताएका हरेक पल ताजा गराउन सकियोस् भन्ने लोभले होला, मैले देखेका, भोगेका र विताएका ठाउँ र परिवेश आज पनि जस्ताको तस्तै भइदिउन भनेर म भित्रभित्रै कामना पनि गरिरहेकी छु। मनभित्रका यी दुई परस्पर विरोधी विचारहरूबीच मल्लयुद्ध चलिरहेको छ। मेरो परिवार, आफन्तहरू, साथीभाइ र छिमेकीहरू कस्ता-कस्ता भए होलान्? को-को के-के गरिरहेका होलान्? मनमा अनेक विचार र प्रश्नहरू उठिरहेका छन्। देश फर्किएको यो पल मेरा लागि कहिल्यै नमेटिने कौतुहलै कौतुहलको विषय बन्न पुगेको छ। शायद यसैले Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : उद्घोष

~श्यामदास वैष्णव~shyamdas baisrva

साहस छ
भने आफूमा
हरमान्छे
सगरमाथाको प्रतीक बन्न सक्छ
निष्ठा छ भने धरतीमाथि
हर प्राणी गाथा बन्न सक्छ ।
आवश्यकता छ केवल
सचेतनताको यहाँ
होश छ भने हर व्यक्तित्व
बुद्ध यहाँ बन्न सक्छ ।
विवेकशील छ भने हर मान्छे
हितकारी शिव बन्न सक्छ ।

सोची विचारी हेर्दा
ईश्वरत्वको प्रतिनिधित्व Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : बेदना झल्काउने गाउँघरको तीज

~यमुना अर्याल~Yamuna Aryal

मेरो गाऊँमा तीज आउनु भन्दा एक महिना अघिदेखी एक दिन बिराएर गाउलेलाई पाएक पर्ने घर वा स्कुलमा तीजका गीत गाउने र रमाइलो गर्ने परम्परा छ। पश्चिम पहाडको अर्जै पोखरावारीका डाँडापाखा छहरा यतिबेला तीजमय बनिरहेका छन्। महिलाको मात्रै पर्व भनिए पनि गाऊघरका बुवा, दाई भाई, अंकल, हजुर बुवा समेत जम्मा भएर आमा दिदी बहिनीहरुलाई हौसाउने गर्छन । दिनभरी मेलापात गएर थकित आमा दिदी बहिनीहरु राती नौँ दश बजेसम्म एकै ठाऊँमा जम्मा भएर बेदना पोख्ने प्रचलन छ। Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : तपाईँले किताव निकालेको छ?

~चर्चित ढुंगेल~Charchit Dhungel

केही महिनाअघि प्रज्ञा भवन कमलादीमा ‘एनसेल नेपाली लिटरेचर फेस्टिवल–२०१२’ मा जाने मौका मिल्यो। फेसबुकबाट घनिष्ट भएका मित्र रमेश कँडेलसँग प्रज्ञाको गेटैमा भेट भयो। मैले उनलाई चिनिहालेँ। उनले मलाई चिनेनन्। मैले अनुमान लगाउन भनेँ। केही बेर उनी चिनेजस्तो, सम्झेजस्तो गर्न थाले तर मेरो नाम भन्न सकेनन्। ब्यस्त समयमा चल्तो मान्छेलाई किन अल्झाइरहनु भनेर आफैँले आफैँलाई चिनाइदिएँ। उनी दुवइबाट फर्किएर नेपाली साहित्यको सेवा खातिर एउटा प्रकाशन संस्था दर्ता गर्न लागिपरेका रहेछन्। Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : जहाँ समय रोकिन्छ !

~जे.बी. शेर्पा ~J B Sherpa

सुन प्रिये , आउ !
सब्बै छोड़ी दिउँ ,
जहाँको त्यहीँ , जस्ताको त्यस्तै ,
भूली दिउँ , त्यागी दिउँ सब ,
चुँडाली दिउँ सब बंधन हरु !!!

जसले तिम्रो र मेरो
अनमोल पल हरु ,
हाक्का हाक्की नै लुटेर लगी रहेछ ,
रंगीन दुनिया ,
डढेलो लगाईं रहेछ , धमिलो पारी रहेछ ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : अलमल, ढलपल नीति

~लहडकान्त सिलवाल~

अलमल, छलफल, ढलपल नीति
आपसमा उत्पन्न गराउँछ भीति
जसले तोड्यो सास्वत स्थिति
दर्शाउने कसले उसप्रति प्रीति ?

अदक्ष र अज्ञहरुको जोश
उम्लेको देखिन्छ गुमाई होश
यस्ताको भर पत्यारमा
कसरी रहने हो मन जिती ?
अलमल… Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : हाम्रो उज्यालो गाउँ

~राजेन्द्र प्रसाद लामिछाने~Rajendra Prasad Lamichhane

आफ्नो अस्तित्वलाई
पैतलामुनी दबाएर
बराजुहरूको निमेकमा
ढुनमुनिँदै परान फेरिरहेको
हाम्रो उज्यालो गाउँ।
‘तिमीले केही गर्न सक्छौ’ भनेर
न कसैले भने
‘हामीले केही गर्न सक्छौं’ भनेर
न हामीहरूले नै सोच्यौं Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : साथमा तिमी पनि आयौ

~उमा गौतम~Uma Gautam

ओठभरि मुस्कान ल्यायौ साथमा तिमी पनि आयौ
धेरै आए जिन्दगीमा तिमी मनको धनी आयौ

सपनीमा बिपनीमा संगै रोयौं सगैं हासौं
जनमजनम तिमीलाई नै साथ दिन्छु भनी आयौ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : देशभक्ति

~दिवाकर रिमाल~

ज्वालमूखी विस्फोट हुन्छ, जनसागर जुटेपछि
असम्भव नि सम्भव हुन्छ, एक भएर उठेपछि
हराभरा हुनुपर्ने उजाडिँदै गयो किन ?
प्रकृतिको धनी पनि बेसहरा भयो किन ?
नभएको जुटाउनेले भाको पनि लुटेपछि
ज्वालमूखी विस्फोट हुन्छ, जनसागर जुटेपछि
असम्भव नि सम्भव हुन्छ, एक भएर उठेपछि

गरिव देशका सिमित मान्छे धनात्तीमा चिनिसके Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा फरक यात्रा

~मुक्तान थेबा~Muktan Theba

लु हो……..च्याङ्बा !
यो त हुँदै भएन………..
किन बोकिरहन्छौ च्याङ्बा
तिम्रै आयु मागिरहेको पुरातन झोला
र, बनिरहेछौ झोले ?
त्यही झोलाले किच्चिँदा
तिम्रो कति म्हेमेहरुले
आधाबाटोमा आफ्नै सपनाहरुको मलामी बन्नुपर्‍यो
हिसाब छ च्याङ्ब तिमीसित?
त्यही हत्यारा झोलाको सामु आत्मसमर्पण गर्दा
डिकेन्द्रले अस्तिमात्र
झोलाहरुको दरबार अघिको पटाङ्गीमा आत्महत्या गरेको बिर्स्यौ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : बदलिएको आकृति

~निश्चल काउचा~Nischal Kaucha

मलाई चुरोटको धूँवा भनेपछि पटक्कै मन नपर्ने । सूर्य चुरोटको धूँवा उडाउँदै मेरो कुईनामा आफ्नो छाती ठोस्दै सिक्नेचरले भरिएको गिलास उचाल्दै आकृतिले भनिन् । ‘चियर्स’ मैले मन नलागी नलागी भरि गिलास उठाए र ‘चियर्स’ भनेँ । उतापट्टि जगल्टेले उसै गरि ‘चियर्स’ भन्यो ।

हामी ठमेलमा थियौं । जगल्टेले मतिर हेर्दै सोध्यो । ‘कुन फ्लेवरको हुक्का तान्ने यार ?’ म भने केही बेर अगाडि पुरानो अमेरिकन दुताबास हुँदै ठमेल आउँदा भीड छिचोल्न नसकेर एक छिन संचय कोषको भवन अगाडि बाईक रोक्दा एक हूल दिनका कुमार रातका कुमारीहरु आएर ‘लाने हो ?’ भनेर सोधेको कुराले मन चिमोटिरहेको थियो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : शान्ति तिमी छिट्टै आऊ

~मीनराज ज्ञवाली~Minraj Gyawali

शान्ति!
तिमी कहाँ छ्यौ?
कुन रूपमा छ्यौ?
तिम्रो अनुपस्थितिमा
यहाँ अशान्ति बढेको छ
इज्जत जोगाउनै गाह्रो परेको छ
म एक्लिएको छु
निसासिएको छु
त्यसैले
शान्ति तिमी छिट्टै आऊ ।

हुन त मलाई थाहा छैन
तिमीसँग मेरो के साइनु पर्छ भनेर
तर तिम्रो न्यानो सानिध्यता
मलाई अझै याद छ
यदि तिमी
मेरो पनि हजुरआमा हौ भने
आफ्ना नाति नातिनीहरूलाई Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : नभनिएका कथा

~निशा केसी~Nisha KC

अंकल भरे आउँदा मलाई हिजोजस्तै चकलेट अनि चुइगम ल्याइदिनु है!’ सानीले फुलबुटे फ्रक हल्लाउँदै बालसुलभ भावमा भनी। ढोकामा तार्चा मारिसकेपछि मोहन अंकल सानीको छेउमा पुगे।

सानीको कपाल स्नेहले सुमसुम्याउँदै भने, ‘ल! ल! हुन्छ! खोइ त अंकललाई पप्पी?’ दुबै आँखा चिम्लिएर अंकल भुईंमा टुक्रुक्क बसे। सानीले हत्तनपत्त आफ्नो ओठ मोहन अंकलको गालामा जोडेर च्वाक्क गरी। अनि टेरिवेयर च्यापेर खेल्न दौडिई। मोहन अंकल बिस्तारै उठे। सानीको निश्छल पप्पीलाई मनमनै Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : बिहानीका घामसँगै

~ललिजन रावल~Lalijan Rawal

शीतको थोपा उडिगयो, बिहानीका घामसँगै
मेरो नाउँ जोडिएला, फेरि तिम्रो नामसँगै ।

बोटहरु नाङ्गा भए, बाग फेरी उजाड भयो
फुलेका ती फूलहरु, झरिगए यामसँगै । Continue reading →

Posted in गजल | Tagged | Leave a comment