~बिच्छिमान नकर्मी~
व्यापक भएझैँ लाग्छ अहिले
दलीय रुपमो चार मण्डली
यद्यपि भन्न सकिन्न यिनलाई
उपद्र रच्ने गैभार मण्डली ।
मुखले यता देश र जनताको
हितको कुरा गर्ने
कामले भने
देश र जनहितविरुद्ध लाग्ने Continue reading
~बिच्छिमान नकर्मी~
व्यापक भएझैँ लाग्छ अहिले
दलीय रुपमो चार मण्डली
यद्यपि भन्न सकिन्न यिनलाई
उपद्र रच्ने गैभार मण्डली ।
मुखले यता देश र जनताको
हितको कुरा गर्ने
कामले भने
देश र जनहितविरुद्ध लाग्ने Continue reading
~तीर्थ संगम राई~
चार आँखा जुधे पछि
किरे कशम पनि खायौ
र_िक्स बोकि मेरो आगन
धेरै पटक तिमी धायौ
धरो धर्म तिम्रो कशम
तिमी बिना मरी हाल्छु
भन्दै तिमी रहेक रातमा
चाँदनीको कुरा गथ्र्यौ
तर अचम्म !
बिहे गरेको पहिलो बेत पिछ
तिमीमा एकाएक परिवर्तन आयो Continue reading
~राकेश कार्की~
सगरमाथाको टोपी थाम्न सकिन
दौरा सुरूवालभित्र अटाउन सकिन
बुद्वको दृष्टिले हेर्न सकिन
मादलको भाका बुझ्न सकिन
ढुङ्गेधाराको चिसो पानीले पनि
मन भित्रको तीर्खा मेट्न सकिन
शितल चौतारीमा मायालुसँग Continue reading
~जे.बी. शेर्पा ~
नील गगन !
फुलहरुको मेला !!
तिम्रो संझना !!!
वसंत याम !
चराहरुको गीत !!
मेरो पुकार !!! Continue reading
~जेसुम तामाङ लामा ‘सुशीला’~
छ्यामनोन टिला विसी एसे
तिनी तिल्दा फेसि निजि
ह्रुप तइ खाउ विसी एसे
तिल्दा ग्म्सेन यासी निजि
ङाए प्राङबो विसी एसे
तिनी तिल्दा म्लेसि निजि
चु तिङ एलान विसी एसे
तिनी तिल्दा क्लेसी निजि
ह्रुप तइ खाउ विसी एसे
तिल्दा ग्म्सेन यसी निजि Continue reading
~उमा गौतम~
आसन्तोसी भावनाभित्र हरायौ कि कान्छी
जीवन अनी मृत्यु सग डरायौ कि कान्छी
उकुस्मुकुस चाहनाहरु व्यस्त थिए पोखिनलाई
जमिनसगै बिल्ने आसु झरायौ कि कान्छी Continue reading
~सुधीर ख्वबि~
(जीवनको यात्रामा)
गर्भबाट संसार चियाउँदा
आँकुरा कोमल र अबोध
अनि कपास जस्तै हलुका हुन्छ।
(आमाले )
त्यो कपासलाई
कैयन रात परेली खोलेरै
बाटेर धागो काट्छिन् । Continue reading
~अभय श्रेष्ठ~
अन्तिम भेटको दुःख अवश्य हुँदो हो, अरूणाका आँखाहरू ‘फेवाताल-रूपाताल’ भएका थिए। बिस्तारै त्यसले उसका गालाहरू भिज्न थाले।
यस्तो बेला ऊ अझै राम्री लाग्थी। प्रेम उत्सवमय रहेका बेला बारम्बार म उसलाई रुवाउने रहर गर्थेँ। रुँदा उसको सौन्दर्य अझै खुलेझैँ लाग्थ्यो। ठ्याक्कै सल्मा हायकजस्ती। त्यस्ती फेसुनेबल त के हुन्थी, तर त्यतिकै उन्नत। सल्मा हायकको नाम यसले सुनेकी थिई थिइन, म भने तिनको सुन्दरता र अभिनय दुवैको प्रशंसक थिएँ।
उसका आँखामा आँसुका दागहरू देखिन थाले। Continue reading
~प्रकाश सायमी~
गत हप्ता गायक अरुण थापालाई धेरैले सम्भि्कए। अर्को साता संगीतकार गोपाल योञ्जन–सम्झनामा कार्यक्रम हुनेछन्। तर, योञ्जन र थापाको पुस्तालाई जोड्ने होनहार संगीतकार दिव्य खालिङ गुमनामजत्तिकै बनेका छन्। उनी असारको मध्यतिरै बितेका थिए, आठ वर्षअघि। न उननलाई सांगीतिक समाजले सम्भि्कयो न कुनै प्रज्ञा प्रतिष्ठानले। जातजातिका पार्टी वा कुनै जातीय र धार्मिक संगठनबाट पनि उनलाई सम्भि्कइएन।
नेपालको रंगमञ्चमा क्रान्ति ल्याउने तीन नाटकमध्ये दुई दार्जिलिङबाट आएका थिए– अनि देवराली रुन्छ र रातको प्रथम प्रहर। Continue reading
~हरिभक्त कटुवाल~
मेरो यो गीतमा जुन मुर्छना छ २
त्यो तिमि होइनौ को भन्न सक्छ २
एउटै छ धरती, आकाश एउटै
एउटै छ उछ्वास, चाहना एउटै २ Continue reading
~भिम बिराग~
तिमीले पनि म जस्तै माया दिएर हेर
मायालुको सम्झनामा आफूलाई बिर्सी हेर २
तिमीले पनि….
सुनसान रातसँगै एकान्त भएर हेर २
सागरको लहर जस्तै आशक्त भएर हेर Continue reading
~बिकुबाबु खत्री~
त्यत्तिका मान्छे सहिद भएर पनि
के नै पो लछा-यो ?
जबकि अनियन्त्रित महँगीको सिकार
जनता भइरहेछन्
र भविष्य अनिश्चित देखिरहेछन्
कल्ले के पो सुधा-यो ?
कविहरु तम्सिएर
सडकमा कविता वाचन गर्दैमा Continue reading
~गोविन्दप्रसाद आचार्य ~
शिमल जति बढे पनि घमन्डले चढे पनि
शिमल सेतै फुले पनि सेतै भुवा उडे पनि
अलि बढेर के भायो भुवा उडेर के भयो
सेतै फुलेर के भयो, सेतै झरेर के भयो
(१)
गुलाब मानको हुने शिमल फुलेर के हुने
घोचे पनि गुलाब हो शिमल बढेर के हुने
सेतै फुले के भयो न देवको न प्रित्तको
जति बढे नि के भयो न भित्रको न मित्रको
(२)
न काठको न फुलको न मोल तोलको कतै Continue reading
~आभास~
युगौंदेखि
मैले तिमीलाई
फूलमा खोजेँ
बास्नामा खोजेँ
मिर्मिरेको मधुर किरण
गोधूलिको क्षितिजमा खोजेँ
युगौंदेखि
निशब्द, मौन
मैले
तिम्रैनिम्ति युद्ध लडेँ
आफ्नै रगतको गन्धमा Continue reading
~रारा नेपाल~
तिमी पच्यौ कतै, म पचें कतै
जहाँ पचे पनि हाम्रो दुर्गन्ध मिल्दोरहेछ
जनवाद ल्याउने ल73यथ्यो हाम्रो
तर त्यो भन्दा लाग्यो संसद हो राम्रो
जनयुद्ध सम्झी रोइराछु मैले
आँखा रोएनी भित्र मन खुशी छ अहिले
तिमी फस्यौ कतै, म फसे कतै
जहाँ फसे पनि हाम्रो फसाई मिल्दोरहेछ… Continue reading
~सिर्जना वि.क.~
प्यारो हिमाल
कस्तेा छ तिमीलाई?
मत ज्यूँदै मरेतुल्य भएर
बाँचेरहेकी छु !
तिमीले थाहा पाएकै हौला
मेरो छाती दुखिरहेछ,
मेरा बारहरू ढलिरहेका छन्
मैले गरिखाने बारी खोसिएको छ,
मेरो झुक्दै नझुक्ने शिर
लाजले रातोपिरो भएको छ
वीर पूर्खाको सन्तान भन्न
हृदय आज खुलेको छैन ! Continue reading
~कन्हैया नासनानी~
चारा खोजेर खुवाउँदा–खुवाउँदा हैरान भइसकेको माउ चीलले आफ्नो बचरोलाई भन्यो, ‘बाबु, तिमी हुर्किसकेका छौ । जवान पनि भइसकेका छौ । अब आफ्नो आहाराका लागि आपैंm कोसिस गर्नुपर्नेछ । याद राख, हामी सिकारी चरा हौं । सिकारबिना हाम्रो पेट भर्दैन । तिमी आकाशमा उड । उचाइबाट धेरै देख्नेछौ । देख्ने मात्र होइन, सिक्ने पनि छौ । आकाश चराहरूको पाठशाला हो । आ, बरु होस गर । हिजोआजको आकाश पहिले–पहिलेको जस्तो सुरक्षित छैन । उडिरहेको जहाजमा ठोकिएला । पखेँटा हुने र आकाशमा उड्ने सबै चरा हुँदैनन् भन्ने बुझ । तिम्रा बा जहाजमा ठोकिएरै त मरेका थिए नि । एक्लै तिमीलाई हुर्काउन मलाई कम गार्हो भएको थिएन ।’ Continue reading
~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~
तिमी र म मिल्यौं भने
एउटा भ्रम अवश्य हुन्छ
तर त्यो,
आकाश र धरती मिलेजस्तो
अनन्त र अमर अवश्य हुँदैन
हामी क्षणिक छौं
जवानी मैं हो यस्तो भ्रम रच्ने
जवानी मैं हो प्रेममा फस्ने
बुढ्यौलिसम्म
क्षितिजजस्तो भ्रम रहन सक्छ Continue reading
~प्रवीण खालिङ~
आजभोलि
आमाहरू वोतलमा फिक्का चिया भर्दैनन्
मुखको गाँस घाँटीमै राखेर
संघर्षको तयारीमा लागेका छैनन्
अचेल साइरन बजेको छैन।
कुनै हप्ता
नागा हुने त्रास छैन
हक छुट्टीको लोभ पनि छैन
मुनाहरू त्यस्सै हुर्किन्दैछ
सुस्ताएरै विहान बित्छ,
टोलाएरै दिन Continue reading
सोचाईहरुको समस्थलीमा उभिएर
अन्दाज गर्दा उस्तै-उस्तै
जीवनको गहिराईमा डुबेर
वास्तविकतालाई छाम्दा
त्यस्तै-त्यस्तै
अब भिन्नता के भनौँ
समान मान्छे भएर जिउदाका क्षणहरु
एउटै आकास सबैले ओढे जस्तै-जस्तै
समयको चाल्नोबाट भाग्यवस
छानिएर बाँच्दा
आसाहरु बाँधिन्छन धेरै
जहाँ रङ्गिने सपनाको दुनिया
झन् हुन्छ उस्तै-उस्तै Continue reading
~सरुभक्त~
कुहिरो दूर्घटित छन्
अनिदो मनको देश चितास्तम्भ जलेका छन्
खोई कहाँ लागे हाम्रा राष्ट्रनिर्माताहरु ?
सम्यताहरुको युद्ध ढुङ्गा वर्सिने घरहरु
हेर ! हेर ! वाइबल हातमा लिइहिड्ने जुगाहरु
भागवत् व्यापारमा व्यस्त छन्
ब्रेनड्रेनः गुरुकुलीय व्यामोहहरु
हामी जीउमा मइलका कत्ला बोकेर सेतो Continue reading
~श्याम तमोट~
पहाडका कुरा अनि मधेशका कुरा
बिर्सीसके लिपु लेक बिर्से लिम्पियाधुरा ।
राज गर्ने दाउ कोही रोजी रहेछन्
ओत लाग्ने ठाउँ कोही खोजी रहेछन् । Continue reading
~युद्धप्रसाद मिश्र~
क्रुर यी अस्तिकहरूले रक्त चुसिएको छु सारा
पेट भोको पीठ नाङ्गो हूँ म यौटा सर्वहारा
झोपडीतक छनै पथको ज्यूँदोछु पक्रि किनार
रातभर चम्किरहन्छन् नेत्रमा नौ लाख तारा Continue reading
~Rajan Poudel~
You are incomparable; you are one of a kind
You are sweeter than the sweetest wind
Time passes by but your beauty shall not fade
No matter what, you will always precede the rest
Your beauty goes beyond the mountains Continue reading
~विजय योजीत~
थियो यै अनौठो र फेरी हुँदैछ
यहाँ रात बित्दा अँधेरी हुँदैछ ।
तँ भित्रै तलाऊ छ भन्छन परेली
त्यहीं जल्छ छाती खडेरी हुँदैछ । Continue reading
~बुलु मुकारूङ~
विश्वभरि सङ्गीतको माहौल र चर्चा आफ्नै ठाउँमा रहेको देखिन्छ। आरम्भकालीन दुन्दुभीहरू नै सङ्गीतका साज मानिन्थे। पुङ, के वा केन् आदि नै यथेस्ट साङ्गीतिक सामग्री हुन् भन्ने मानिन्थ्यो। मानव विकासले पुङ-सिंग अर्थात विषाण वाद्ययन्त्रलाई युद्धका लागि उद्योषक बाजाका रूपमा प्रयोग ग-यो। सिपी-शंखलाई पनि धार्मिक अनुष्ठानका लागि मात्र सीमित ग-यो। ठूला-साना ढोलहरूका विकासले प्राचीन नाचगानलाई सुन्दर रञ्जकता थप्दै लग्यो। मानव सभ्यतासँग साथसाथै विकसित भई आएको सङ्गीतले यो युगमा आइपुग्दा ठूलै फेरो मारिसकेको छ।
१५-१६ औं सदीमा आइपुग्दा नपुग्दै विश्व-सङ्गीतमा विशाल परिवर्तन र प्रयोग भयो। त्यही युगमा बाख, Continue reading
~इन्द्र नारथुङ्गे~
सरकार !
जाबो एउटा पाल
र,
दुई छाक चामलको लागि
बल्झाएर पीडाहरु
खोतलेर खाटा बस्दै गरेको घाउ
उभिएर ठिङ्ग लाइनमा
लाउदै न्याउरो अनुहार
क्यामेराको क्लिकसँग साट्दै
भुइँचालोपछिको उदाशी
थाप्नु अपमान र निराशा
भो आउदिन म
राहत वितरण केन्द्रमा । Continue reading
~चन्द्र गुरुङ~
ओ
आफ्नो अनुहारभरि
सुनौलो घाम बोकेर लेकबेँसी गर्ने राजकुमार
जून झैँ लुकामारी खेलिरहने राजकुमारी
बतासझैँ देउराली डाँडाकाँडा उडिहिँड्ने प्रियसी
आऊ, म एउटा देशको कथा सुनाउँछु
यस कथामा–
सेता हिमालका शिरमा टेक्दै टेक्दै
उक्लन्छन् स्वार्थी खुट्टाहरू
आँखाभरि माया बोकेर उभिएको पहाडलाई
ढुकिरहन्छन् लाटोकोसेरो आँखाहरू
लुछिरहन्छ विशाल छाति फैलाई पल्टेको तराईलाई
अतिक्रमणको भेलबाढी । Continue reading
~बिष्णु सुवेदी ‘दोलखे’~
अनामिका,
अघिल्लो साताको सम्बोधनमा तिमी मार्फत लेख्नेहरुको मूल्य खोजी गरेथेँ । धेरै साथीहरुले समसामयिक विषयको सवाल उठान भनेर आफ्नो समेत सहमति रहेको जनाउनुभयो । खुसी लागेको छ । त्यो भन्दा पनि खुसी मैले जुन लेख लेखेको थिए त्यसलाई जस्ताको तस्तै छापिदिएर पत्रिकाका सम्पादकले प्रजातन्त्रमा आफ्नो विमति वा सहमतिलाई राख्ने अधिकारको सुरक्षित गरेका छन् । म तिम्रो पत्र पछि अलिबढि नै लेखौला यो विषयमा । Continue reading
निदरीमा झस्किरन्छु के हुन हो राजै ?
निष्ठुरीको जालमा परेँ मेटिएन यादै
मन भित्र बस्नेलाई निकाले त आजै
हुन्थेन कि यस्तो हाल मन भए सादै
माया मात्र पनि हैन जिन्दगानी हाम्रो
दु:ख केही झेल्नै पर्छ ज्यूनलाई राम्रो Continue reading