कथा : मान्छे हराएको सूचना

~लेखनाथ काफ्ले~Lekhnath Kafle

घर पूर्व रामेछाप, पकरबास। म भर्खरै कलेजबाट स्नातक। म सँग उच्चतम अंक, उच्चतम आशा र उच्चतम हौशला र बेजोड कल्पना शक्ती छ। जब म कल्पनामा बेसरी डुब्छु, कल्पना भित्रै सपना देख्छु। म बेरोजगारहरुको लाममा एक जना पनि थपिएको थिए, केही गर्ने फैसलाका साथ।

साथी संगीहरु कोही बिदेश हान्निए, कोही आफन्तका सहयोगले राम्रा नोकरीमा लागे। माथिल्लो पदमा भएका भनेका मेरा आफन्त एकजना हुलाकमा हल्कारा छन, बस तेत्ति हो। तिनैको छोरो “भुल्के” र म काठमाडौ हानियौं। किर्तिपुरमा डेरा भेटियो। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

छोक : सलाई

~आर. आर. चौलागाईं~R R Chaulagain

मैले तिमीलाई सलाई दिएँ
अँध्यारो छ
कोर
उज्यालो पार
र भोकै पनि छौ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : प्रथम खगोलीय शिखर सम्मेलन

~भुवन त्रिपाठी~BhubanTripathee

“मार्च १० को कार्यक्रमको तयारी पूरा भयो ?” पहिलो पटक संयोजक निकोलसले प्रत्यक्ष रूपमा भेटेर कार्यक्रमको बारेमा जानकारी मागेका थिए । सबै कुरा प्रविधिले प्रत्यक्षरूपमा जानकारी दिइसकेको भए पनि विशेष महत्त्वको कार्यक्रम भएकाले यसरी सोधेका थिए । यसको मर्म राम्रैसँग बुझेको थिएँ ।

“हजुर बोस, सम्भव भएसम्मका सम्पूर्ण प्रविधिहरू जडान गर्ने कार्य सम्पन्न भयो ।” भन्दै उनको सबैभन्दा नजिकको सहयोगीको नाताले उत्तर दिएँ । त्यसपछि संयोजक निकोलस सरासर आफ्नो कार्यकक्षतिर फर्किसकेका थिए । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : अखबारमा एकाबिहानै

~साम्ब ढकाल~Samba Dhakal

चराहरूको चिरबिर कलरव कोलाजले

घरकरेसा नसजिँदै

आँगनको धुलोमाथि लुरे हक्करले

ताजा अखबार फ्यात्त हुत्याउँछ।

अखबारमा त छिरोलिएका आँसु ओभाएकै रहेनछ

अखबारमा त आततायीले बगाएको आलो रगत सुकेकै रहेनछ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : अप्सरा

~पुष्कल श्रेष्ठ~Pushkal Shrestha

न्वारानको नाम जेसुकै भए घरका र वाहिरका सबैले उनलाई अप्सरा भनेर बोलाउँथे। अप्सरा जन्मँदै साच्चिक्कै लोककथामा वर्णित अप्सरा जस्ती नै थिई। त्यसैले उनले यो नाम पाएकी हुन्। असाध्यै मिलेको जीउडाल, धपक्क बलेझैं लाग्ने तेजिलो अनुहार र ‘न-न-न’ गर्दै सधैं हाँसिरहने स्वाभाव भएकी अप्सरालाई काखमा लिएर खेलाउन सबैजना तछाँड-मछाड गरेर लाग्थे। उनलाई देखेपछि ‘छोरी त अप्सरा नै पाई’ भनेर उनको बाबु आमालाई सबैले फुर्काउँथे। साच्चैकी अप्सरा जस्ती छोरी पाएकीमा उनका आमाबाबु र परिवारका अरू सदस्यहरू पनि कम्ति खुसी थिएनन्।

उनलाई देख्ने जतिले भन्थे, ‘‘छोरी पाउनु त अप्सरा जस्ती पो पाउनु।’’ Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

Poem : O Mountains !

~Shankar Lamichhane~Shanker Lamichhane

Keep forever now
My footprints as souvenirs –
I am on my way to the valley now.
I’m so very grateful
You have carpeted my trails with gold-leaves;
I am so very grateful
That you flowered the rocks with orchids.
Please remember
Some one came to scale
Your heights and depths Continue reading →

Posted in Poem | Tagged | Leave a comment

यौनकथा : कसको भन्ने खै ?

~पुष्कर लोहनी~Pushkar Lohani

दिउँसो बाहिर जाने काम थियो, त्यसैले सबेरै नुहाइहालुँ कि भनेर बाथरुमभित्र पसेँ । दाह्री काटेँ । अनि बिस्तारै लुगा फुकाल्दै टपभित्र गएँ । धेरैबेर लगाएर आनन्द मान्दै र कल्पना गर्दै नुहाइ नै रहेँ । सम्झिँदै जाँदा आफूले चिनेकाहरुको अनुहारले नलघारेको पनि होइन ।

“कति बेर लगाएको ? दुई–तीन पल्ट भइसक्यो फोन आएको”

“नुहाउन लागेको छ भन्दिए भइहाल्छ नि ।”

“पत्याउँदैनन् के गर्ने मैले ।”

“कसको ?” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : हास्य पात्र !

~उत्तम कृष्ण मज्गैंया~Uttam Krishna Majgaiyan

नृप फालेर के नौला बनेका भूप हौ तिमी ?
यद्वा जोकर झैं लाग्ने नमुना खूब हौ तिमी !
गरेनौ काम क्यै मौका तिमीसंग थियो जब
भरोसा गर्न सक्ने खै रह्यो आधार के अब ?
योग्यता भन के तिम्रो ? दल , बंडा र चाकरी ?
राजनीति भयो तिम्रो मानौं कमाउ-नोकरी !
साँढेसरि जुधाएर तमाशा हेर्न खोज्दछौ
टुक्राटुक्रा बनाएर नेपाली-मन भाँच्दछौ ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

चिन्तन : के छैन र मसँग ? 

~स्मारिका पौडेल~

जब हामी भक्तिभाव, माया–प्रेम, राग–अनुरागको चरममा पुग्छौं तब हामी फेरि स्टार्टिङ प्वाइन्टमै पुग्छौं । जब हामी सिद्धियो भनेर दंग पर्छौं नि तब फेरि सुरुवातमै पुगेर रोकिएका हुन्छौं । यो कुरालाई यसरी बुझौं । हामीलाई भोक लाग्छ, हामी पकाउँछौं मीठा मीठा परिकारहरु स्वाद मानी मानी खान्छौं तर के यत्तिमै सिद्धिन्छ त ? के त्यो खाएको पेटमै रहन्छ त सधैं ? के आजै अन्त्य हुन्छ त सृष्टि ?

के यतिमै सीमित छ त सृष्टि ? महापुरुषहरु भन्ने गर्छन् नि यो संसार एक मायामोहको जन्जाल हो तर के यो मात्र पूर्णता हो र ? उसो भए पूर्ण के हो त ? यो सृष्टि मायामोहको जन्जालै हो भने हामी किन उठ्दैनौं यसबाट ? किन ? Continue reading →

Posted in विचार मन्थन|चिन्तन | Tagged , | Leave a comment

कविता : एउटा आँखा

~दिपा एवाई राई~Deepa Yewai Rai

अन्धकार रातमा
माधुर्य छर्ने जुन झै
दिनको प्रतिनिधित्वमा
उदाउने सूर्य झै
कलाका
सृजनाका
मायाका आँखाहरुमा
म खोजि रहेछु
एउटा आँखा
जसले देख्नेछ
बुझ्नेछ
र परिभाषा गर्ने छ मलाई
जो म यहाँ
सदियौदेखि
मानवबिच हराई रहेकी छु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

देउडा गीत : भोट्यादाईका राडी काम्ब्ला

~चन्द्र कुवँर ‘चन्द्रमा’~Chandra Kuwar 'Chandrama'

भोट्यादाईका राडी काम्ब्ला , जुम्लिदाईका पाखी ।
मेरो माया अझै पनि , तुई ठौर छ बाकी ।।

दालभात खानु टप्परिमा , साग खानु दुनामा ।
तेरो माया राख्याकै छु , मुटुका कुनामा ।। Continue reading →

Posted in देउडा गीत | Tagged | Leave a comment

कविता : मेरी गॉऊकी ठुली

~विनय गौतम~Binay Gautam

मेरो गॉउको सम्झनामा हराएकी ठुली
मलाई गॉउको खबर सोध्छे।
गॉउमा बालाई कस्तो छ?
आमा आरामै हो?
अनि चौतारीको पिपल ?
पंधेरामा पानी?
हामीले पढेको स्कुल?
बाटाका छेऊमा गाडेका बिजुलीका पोल?
म स्तब्ध हुन्छु।
के जवाफ दिऊं,
सत्य सधै सत्य हुन्छ। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : लोक गान

~लोककवि बिरुबाबु~

जान्नेभन्दा तान्ने मान्छे
बढ्न गए यहाँ धेरै धेरै
छाडापनले घर जमाउँदा
साँढा बढ्न गए धेरै धेरै ।

न भूतकालको ज्ञान छ यस्तालाई
न छ भविष्यको चिन्ता
पात पातमा नाची केवल
बोल्छन् बनेर फिरन्ता । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बेकार छ

~शुभ बोहोरा~

हरामहरुको रजाइँ चलेको बेला
रामको ‘नाउ’ बेकार छ
बर्बरहरुको कजाइँ चलेको स्थानमा
बुद्धको उपदेश बेकार छ
विवेकहीनको मनपरी गराइमा
शिवको चेत बेकार छ ।

यहाँ जुनसुकै वादको पनि Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अगडम बगडमहरु

~सुगम शाही~

रातो वस्त्र लगाएर
सोझासाझाकन तर्साएर
बर्बरहरुलाई उकासी
रजाइँ गर्न खोजिरहेछन्
धूर्त अधमहरु
लुट खसौटको नीति
खोज्छ तोड्न संयमको रीति Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : मनको सारा अँध्यारो

~आभास~Aavaas - Achyut Prasad Phuyal

मनको सारा अँध्यारोलाई कुचो लगाई बढारुँला
साथ पाऊँ विन्ती हजूर जुनी सँगै गुजारुँला

फूल टिपी माला गाँसे दुई दिनमै ओइली जाला
चोखो प्रितलाई देउता भाके सस्तो चर्चा फैली जाला
औँसीको यो मध्य रातमा रुपको झूटो गाथा किन Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : अन्तिम लडाइँ

~सरिता तिवारी~Sarita Tiwari

हे देवी !
देखाइदेऊ
यो दैत्यहरूको साम्राज्यमा
तिम्रो बिराट कालीरुप

दुई हातमा चम्चमाइरहेको त्रिशूल
क्रोधले धप्धपाइरेका आँखा
रगत लप्लपाइरहेको जिब्रो
घाँडा घुँडा छुने खप्परको माला
भष्मले पोतिएको अर्धनग्न जीउ !

बालखैदेखि देखेकी हुँ
दसैाघरहरुमा राखिएका तिम्रा मूर्ति Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : परिवर्तित मन

~बिन्दू प्याकुरेल ‘लुना’~Bindu Pyakurel 'Luna'

-जिन्दाबाद! जिन्दाबाद !!

-मुर्दाबाद ! मुर्दाबाद !!

-पाइँदैन ! पाइँदैन !!

-चाइँदैन ! चाइँदैन !!

-राजीनामा दे ! राजीनामा दे !! Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : बसाईं

~सुवास कोइराला~

अब त त्यो गाउँको माटै बसाइ सर्छ होला ।
शहर पसे बटुवा सब बाटै बसाइ सर्छ होला ।

पसिना र पाखुरी सब मुग्लान तिर बिक्रि भए ।
खेती गर्न मान्छे खोज्दै फाँटै बसाइ सर्छ होला ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : ख्याति कमाउन

~बिकुबाबु प्रजापति~

ख्याति कमाउन
सगबगाइरहेका पाइन्छन्
आजभोलि बहु अवतारीहरु
उल्टो सुल्टो जुनसुकै
चाल चलेर होस्
या सक्कली नक्कली
जुनसुकै माल बेचेर होस्

‘जाति भनाउन छटपटाइरहेका
देखिन आउँछन् अव्यवहारीहरु
स्वदेशको धज्जी उडाएर होस्
या विदेशको गुन गाएर होस् ।
संगाती बढाउन रन्थनाइरहेका
भेटिन आउँछन् छलकारीहरु । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

देउडा गीत : खालिगडा लवामाली

~चन्द्र कुवँर ‘चन्द्रमा’~Chandra Kuwar 'Chandrama'

खालिगडा लवामाली , देउताको थान पन ।
चन्चल मन बैरागी नहो , अब त मान पन ।।

डाँडा खेल्ला लवामाली , स्कुल पढ्न्या दिन ।
आकाश पाताल एकै गर्दो , यती घुम्छै किन ।। Continue reading →

Posted in देउडा गीत | Tagged | Leave a comment

कविता : भूगोल

~अमन महर्जन~Aman Maharjan

भन्न त सबै पृथ्बी गोल छ नै भन्छन,
त्येसैले होला मान्छे भन्नेहरु
सुखको खोजिमै बिलाउँछन
सदा बिचरित मनहरू
यदि ताँतिमै टुंगिँछन भने
कसले पो सोच्छ र आजको
पराई कुन आफन्त Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नातावादको अङ्कगणित !

~शिरिष पराजुली~Shirish Parajuli

सर नमस्ते !
‘नमस्ते’ भन्दा नै सर मबाट टाढिए,
मैले आफैंलाई सुघें–
कतै किर्तिपुरले मलाई दुर्घगन्धित त बनाएन
तर हैन म भित्र महङ्गो पर्फ्युम बास्ना छ ।
सोचें, सर मबाट किन टाढिए ?
अनि मनमा नानाथरी अङ्कगणित खेल्छ ।

म जन्मनु अगावै प्रजातन्त्रले खुट्टा तन्काएछ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : म उत्तर आधुनिक समाजवादी ‘गजु’

~सुकुम शर्मा~Dr Sukum Sharma_Gobinda Sharma

अप्ठेरो रहेछ ! जत्ति पढे पनि उत्तरआधुनिक समाजवाद छर्लङ्ग भएन । समाजवादको रङ र ढङ्ग व्यक्तिवादमा सर्लक्क आउँदा उत्तरआधुनिक समाजवादी भइन्छ भन्ने गमेर म लेख्न बसेको होइन । म समाजवादी लेखनका मार्गबाट विस्थापित भएर वा लेखनको विकेन्द्र बुझेर पनि उत्तरआधुनिक समाजवादी हुन खोजेको होइन । यहाँ शब्द र अर्थका सागरमा रनभुल्ल परेर तमासा हेर्ने मन खोतल्न पनि म लागि परेको छैन । बरु व्यष्टिमा समष्टि र समष्टिमा व्यष्टि भर्ने सङ्घीय संरचनाको आधार लिएर उत्तरआधुनिक समाजवादी चिन्तनको जग निर्माण भएको स्पष्टोक्ति दिन लागि परेको हुँ । कुरो अब चुरो भएर आयो ! सङ्घमा बहुलता छ ! त्यो बहुलता व्यक्तिमा व्यष्टि छ र एकतामा समष्टि छ । परम्परागत केन्द्रहरूमा स्वतन्त्रता खोजेर म उत्तरआधुनिक भई टोपल्छु । अब मेसो सर्यो उत्तरबाट, कुराको गाँठो पर्यो दक्षिणबाट ! जे भए पनि म उत्तरआधुनिक समाजवादी! अब पढ्नुहोस् मेरो घोषणापत्र ! Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : मधेस

~नारायण तिवारी~Narayan Tiwari

मधेसले मलाई गाली गर्छ
म भन्छु-
जसले सधैँ अँगालोमा राख्यो
उसलाई किन गाली
जसले गर्छ तिमीलाई गाली
उसलाई पो गर्नुपर्ने हो
तिमीले गाली
सायद मधेसलाई थाहा छैन
उसलाई र मलाई एकैपटक सराप्ने Continue reading →

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : अल्पायुका स्रष्टा हिरामणि शर्मा पौडेल

~डिल्लीराम मिश्र~

कला साहित्य समाजको आँखा हो र यसको अभावमा मानिस अन्धो हुन्छ । कला साधनाको माध्यमबाट जनतालाई जागरुक बनाई समाजको पुनः निर्माण गर्न सकिन्छ भन्ने शाश्वत मान्यता राख्ने समालोचक एवं अनेक भाषाका अध्येता हीरामणि शर्मा पौड्याल परमधाम भएको पनि आज २२ वर्ष बितिसकेको छ ।

नेपाली समालोचना र भाषा क्षेत्रका अत्यन्तै क्रियाशील अध्येता पौड्यालको निधन ४४ वर्षको कलिलो उमेरमा २०४६ साल कात्तिकमा भएको हो । उनको जन्म वि.सं. २००३ साल पुसमा चितिपानी फलेवास पर्वत जिल्लामा भएको हो । त्रिभुवन विश्वविद्यालय केन्द्रीय नेपाली विभागमा उपप्राध्यापकमा कार्यरत शर्मा Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : छौं हामी बदमास

~युद्धप्रसाद मिश्र~Yuddha Prasad Mishra

व्यथा दूर भई निम्न वर्गमा
शान्तिको लिन सास
आयो क्रान्ति ठूला-ठालुको
उडे होस हवास

लाखौं झुपडीका प्रगतिमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : धेरै बेश

~विचित्र मुल्मी~

मीठो मसिनो कुरा बकेर
राष्ट्रिय व्यक्तित्व कहाइनुभन्दा
विकार र विकृति विरुद्ध लडेर
अप्रिय व्यक्ति भनाइनु नै
अहिलेका लागि धेरै बेस ।

तारिफजीवी त यहाँ
निकै नै देखिन आउँछन्
शण्ड मुशण्ड बनी जो देखाप-यो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जो पनि

~विचित्रा रार्इ~

जो पनि झिट्नै खोज्ने बा !
ढाँटी, छली, तर्साइ धम्कार्इ
आफ्‍नो विशेषता देखार्इ
जो पनि रेट्‍नै खोज्ने बा !

नैतिकता पुरानो आदर्श भइसक्यो
भनेर म्याद पनि गइसक्यो
मानेर स्वतन्त्रता निर्लज्जता Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : रीत

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~Yogendra Raj Sharma 'Prakar Antar'

एकजोर चरासँग
तिमीले जवानी साट्यौ
चरा भएर उड्ने बेला
बचेराहरुले केही छाडेर गए
तिम्रो काखमा ।
जब तिमी सुक्यौ
उनीहरु उड्ने बेला
तिम्रो पतझर हाँगामा
यौटा पुरानो गुँड थियो
ती तिम्रै छातीको प्वालमा बस्थे
त्यहाँ केही मसिना प्वाँखहरु थिए
ती उडे
केही न्याना यादहरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : रातो राहदानी भित्रका सपनाहरु

~लारा राइ~Laxmi Rai 'LARA'

हाजरा, कालो बुर्का ओढ्दिन। काँधसम्म छाँटेको स्टेप कट कपाल। गाजलु ठुला आँखा। त्यो गाजलु आँखाको परेलीमा अल्झिएको आँखीभौंको सुक्ष्म रौंलाई हटाईदिंदै मैले सोधें–“हाजरा, उसो भए बेलायती रातो राहदानी पाएर तिमीलाई औधी खुशी लागिरहेको छ, हगि?”

‘हो, एकदम खुशी छु।’ यद्यपि, प्रष्ट हुन सकेकी छुइनँ, संतुष्टि र प्राप्ति के हो यो रातो राहदानी मेरा लागि? शरणार्थी बनेर बर्षौं बेघर बिताएका समयका प्रत्येक पीडाले मलाई यो स्थितिबोध दिइरहेको थियो कि, कहाँ र कसरी अटाउन सकिन्छ यो जीन्दगीलाई। आफैंसँग प्रतिप्रश्न गर्दैछु– एउटा सचेत ‘नागरिक’ र केवल, ‘मान्छे’ मात्रै भएर बाँचिदिनुले के साँच्चै नै गहन तथा ब्यापक अर्थ बोकेको हुन्छ? Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

स्वदेश गान : तान चलाउनु चर्खा काट्नु

~श्यामदास वैष्णव~shyamdas baisrva

अरुको भरमा पर्नु हुदैन आफ्नै भरमा जिउनु
दर्बिलो खुट्टा टेकि सबले गर्विलो आँखा पार्नु

रैतिहरूमा शीप बढ्यो भने देशको नसिब खुल्छ
हिमचुलीको सुन्तल घामझै हाम्रो देश बन्छ

(तान चलाउनु
चर्खा काट्नु
रुवो उमारी कपडा बुन्नु
आफ्नै नाँच र गानमा रम्नु –
स्वाभिमानी भै हिड्नु) २ Continue reading →

Posted in स्वदेश गान | Tagged , | Leave a comment