प्रिय मान्छे !
म तिम्रा सामु सपथ खान्छु
लिएर जाऊ मेरो फुलको हृदय
नचुँड्दै यसको एक पत्र पनि
पर…….
जहाँ तिनीहरु छन्
कामदारहरु
असल कामदारहरु
बनाऊ यसलाई हतियार
प्रिय मान्छे !
लिएर जाऊ यसलाई
मुर्दाहरुको बस्तीभन्दा बाहिर
पर……. टाढा Continue reading →
ओहो ! आज मेरो जन्मदिन हो रे । आमाले भन्नुभएको । म चाहिँ गएर कहाँ जन्मिएको हुँ र । या मेरो चाहनाले जन्मने पनि त होइन फुत्त । आफैँ, स्वतःप्राकृतिक देन हो मेरो जन्म । न त बाबुआमाको चाहना र आवश्यकता त योजनामा नै थिए म । त्यसै त्यसै रोपिएर उम्रिएकी म । तर पृथ्वी टेकाउन आमालाई कति सकस भएको हुँदो हो । त्यसको भार तिर्न अहम् मान्छेको आयु सक्दा समेत सकेकी छैन । अनि त के गर्व गर्न आफ्नु जन्मप्रति ।
आमाको भार मात्र कहाँ हो र धर्ती माताका लागि पनि केही गर्न सकेकी छैन मैले । त्यसैले पनि जन्मिएको सार्थकता नभेटी म जन्म दिनको उपलक्ष्यमा खुशीयाली मनाउने आँट कसरी गर्नसक्थेँ र । अरुहरुले जस्तो गरेर । Continue reading →
साँझ झमक्क पर्दा सुन्तलीका बाबुआमा घरमा आइपुगे । आज त साह्रै थाकियो, भोक पनि त्यस्तै लागेको छ, म त भात खाएर एकछिन पनि बस्न सक्दिन, सुतिहाल्छु भन्दै सुन्तलीको बाबु घरभित्र पसेर सुन्तलीलाई बोलाए । तर घरबाट कुनै आवाज आएन । ढोका ढप्केर कहाँ गइछ सुन्तली भन्दै वरिपरि छिमेकीकहाँ खोज्न थाले । तर सुन्तलीलाई छिमेकीकहाँ पनि भेटेनन् । गाउँभरि हल्लीखल्ली मच्चियो । एउटी वृद्धाले भनिन्– एक दुईपल्ट एउटा ठिटो उभिएको देखेकी थिएँ, न त्यहीसँग गइछ कि ? केही थाहा भएन । बाबुआमा रुँदै घरभित्र पसे । उनीहरुलाई सुन्तली हराएको पीर बेग्लै थियो भने अर्कातिर घरको बत्ती नै निभेको अनुभव गरे । Continue reading →
सधै झैं उठेर आङ तान्दै बाहिर चौरतिर नजर दौडाए । अहा ! फरक थियो विहानी आज । हुस्सुले ढपक्क ढाकेको ह्युस्टन देखेर भावुक भएछु म । काठमाण्डौ सम्झिएँ । विशालनगर चण्डोलको त्यो घर आँगन ,कहिले छोड़न नपरोस भन्ने लाग्थ्यो । आज सात समुन्द्र पारी पनि मन बुझेकै छ भन्नुपर्छ । एक दशक नत्र त्यसै कट्थ्यो होला र ! हुस्सुले दिलाएको मिठो अनुभूतिमा पलभरकोलागि लाग्यो म काठमाण्डौमै छु । त्यहि विशालनगर चण्डोल जहाँ मैले जीवनको उत्कृष्ट क्षण विताएकी थिएँ ।
काठमाण्डौमा घाम भन्दा प्यारो हुस्सु हुन त कहिले लागेन । तर त्यहि हुस्सुले आज मेरो मन लुटिरहेको थियो । चिसो भनेपछि तिनहात पर भाग्ने मन अनयासै आतुर भयो हुस्सुलाई अंगालोमा भर्न । निस्किएर बाहिर हुस्सुलाई सशरिर स्पर्श गरे । पुष माघको जस्तो बाक्लो हुस्सु कहाँ पाउनु ! तर जति थियो मेरोलागि Continue reading →
“हामी वीर छौं
तर बुद्धू छौं
हामी बुद्धू छौं
र त वीर छौं”
भूपिले उसै भनेका हुन् र !
वीर र बुद्धू दुवै हुनु
हाम्रो वाध्यता
वीर हुनु विगतको वाध्यता
कहिले ‘विश्वयुद्ध’ भन्दै
वीरत्व प्राप्त गर्यौं
कहिले ‘अंग्रेजसंगको युद्ध’ भन्दै Continue reading →
स्थिर बस्तुलाई
दौडिएको मेरो सोचबाट
दौडिरहेको म भन्दिन
बिज्ञान र प्रविधिको विकास
मिसायल तोप रोबोटलाई
अन्तर हृदयको खोज म भन्दिन
घटित र घटनाको प्रमाण यहाँ फेला पर्छनै Continue reading →
शायद निसंकोच खिस्स हाँस्दा हौ
ठूलो जमातको हुलभित्रबाट
सानो तर कसिलो आवाज सुनेर
र भन्दा हौ कठैबरा ।
शायद निस्पि्कक्री अचम्म मान्दा हौ
जान अन्जान भेल बनी बगिरहँदा
ऊ एक्लै भेललाई नै रोक्न खोज्दा
शायद अर्धमनलेे बेवास्ता गर्दा हौ
उसका आन्दोलन र विचारलाई
राष्ट्रिय अखन्डताका लक्षणहरूलाई Continue reading →
आज फेरी अकस्मात किन हो अतीतका ब्यथाहरुले सताईरहेको छ| तसर्थ यो रित्तेका पिडाहरु यी पानाहरुमा पोखेर आफुलाई सान्त्वना दिने असफल प्रयास गरिरहेको छुं| कल्पना… मैले कस्तो प्रेम गरें, त्यो मलाई नै थाहा छैन| तिमी त्यो आजको आधुनिक युगमा आए पनि, म भने बिगतका त्यहि पुराना अमर प्रेमको कोरा कल्पना गर्न पुग्छु| मान्छेहरु भन्छन, आजकलको प्रेममा फूल र भमराको झै क्षणिक प्रेम गर्नु पर्छ रे, सुन्छु यहाँ धेरै यस्तै प्रेम गर्छन रे| तर किन हो किन मलाई यी आधुनिक प्रेमको परिभाषासंग सहमत हुन मन लाग्दैन| तर शायद यो सोचाई केवल मसंग मात्रै सिमित छ| Continue reading →
मेरी मायालु
मसँग उपहार लिएर अरुलाई दिन्छिन्
मसँग पैसा लिएर अरुका लागि किन्छिन्
मलाई हेरेझैं गरेर अरुसँग आँखा झिम्क्याउँछिन्
मलाई पछाडि पारेर अन्यत्र घाँटी तन्काउँछिन् ।
कलम तेरो मसीसँगै बगिरहेछ
मेरो आँसु
अबिरल नदीसरी
केबल, तलतलै
कहिल्यै नफर्कने गरी
कोही बुझ्दैनन् हाम्रो भावना ।
सत्य र शान्तिका निम्ति, सुख र सुविधाका निम्ति
हामी किन जुटिरहेका छौँ
किन उठिरहेका छौँ
हाम्रो केही सीप लाग्दैन कलम
ती मुखालेहरूले
हामीलाई टेर्दैनन् कलम Continue reading →
साँझको समय, गौचरन बाट गाईवस्तुहरु फर्किरहेका थिए, चराचुरुंगी आ-आफ्नो बासस्थान फर्कने तरखर गर्दै थिए। डाँडा माथिको घाम ओरालो झर्दै थियो।
उनी एकदम अत्तालिएकी जस्ती देखिन्थिन्। निधारबाट चिटचिट निस्केका पसिना उनको चिउँडोभन्दा तल खस्न हतारिरहेका थिए, तर त्यो भन्दा पनि बढी उनी हतारिएकी थिइन्। परबाट उनलाई एउटा हुलले पछ्याइरहेको थियो। उनी अत्तालिंदै अगाडि पछाडि हेर्दै, हुन सक्ने दुर्घटनाबाट आफूलाई बचाउन प्रयासरत थिइन्। Continue reading →
गम्भीर चिन्तनमा डुबिरहेका बेला कामरेड अध्यक्षबाट निस्किएको यो वाणीले कामरेड महासचिव र कामरेड उपाध्यक्ष दुवैलाई झस्काइदियो। कामरेडको वाणी सुनेर दुबै जना आश्चर्यचकित हुन पुगे। यस्तो गौरवशाली पार्टी हुँदा हुँदै अर्को पार्टी किन? के पार्टीमा मान्छेहरू धमाधम भित्रिन थालेपछि उनीहरूलाई व्यवस्थापन गर्नको निम्ति नयाँ पार्टी चाहिएको हो? आफूले त भने जस्तो पद पाएकै छन्, के नवप्रवेशीहरूलाई पद पुर्याउनको निम्ति नयाँ पार्टी आवश्यक परेको हो? कामरेड महासचिव र उपाध्यक्ष दुबैको मनमा स्वाभाविक रूपमा यस्ता अनगिन्ती प्रश्नहरू उब्जिए। जेनतेन हिम्मत जुटाएर कामरेड उपाध्यक्षले कामरेड अध्यक्षका अगाडि प्रश्न राख्नुभयो– Continue reading →
साहित्य नै धर्ती, साहित्य नै आकाश हो
आफ्नो मनको भावना निकाल्ने प्रयास हो
आफ्नो मनमा रहेको भावुकताको तलाश हो
त्यसैलाई शब्दमा ढाल्ने कलाको अभ्यास हो
भाषा कविता हैन, सिर्फ एक माध्यम हो
र यदि कवि कुनै भाषा चुन्नमा बाध्य भो
त्यस कृतिको रचना त अवस्य नै होला
तर रहन्न कवितामा असली स्वाद त्यो… Continue reading →
खलेद होसेनीको परिवारले सेप्टेम्बर १९८० मा अमेरिकामा ‘Political Asylum’ को मान्यता पाएर क्यालिफोर्नियामा बस्न थाल्दा खलेद स्कुले ठिटा थिए। खलेद सन १९६५ मा अफगानिस्तानको काबुलमा जन्मिएका थिए। उनका बाबु अफगानी परराष्ट्रमन्त्रालय अन्तर्गतका कुटनीतिज्ञ थिए भने आमाले काबुलस्थित स्कुलमा फारसी र इतिहास पढाउँथिन्। कम्युनिष्ट शासन र तत्कालिन सोभियत युनियनको अफगानिस्तानमाथिको हमलापछि होसेनी परिवारले अफगानिस्तान छाडेको थियो। अफगानिस्तान सधैं युद्धले जर्जर बन्दै आएको इतिहास छ। युद्ध अहिलेसम्म टुङ्गिएको छैन। बरु ओबामाले ३० हजार थप सैनिक अफगानिस्तान पठाउने निर्णय गरेका छन्। अफगानिस्तानमा जन्मिएका तिनै खलेद होसेनीले केही वर्ष अगाडि अफगान युद्ध र कष्टप्रद अफगानी जीवनमा आधारित पहिलो उपन्यास ‘The Kite Runner’ लेखे। पुस्तकले रातारात डक्टर खलेद होसेनीलाई लेखक खलेद होसेनी बनायो। संसारभर चर्चा कमाएको उनको पुस्तक अहिलेसम्म ४२ वटा Continue reading →
चुपचाप चुपचाप घण्टाघरको फेदमा
बस्तै टोलाएकी
म मानुषी
अचेल रित्तो रानी पोखरी हेरेर
एक्लै बरबराउन थालेकी छु ।
तिम्रो घण्टाघरले
अझै माछा फेला पारेको छैन
रानीपोखरी त रित्तिइसक्यो…
उ आफैपनि समय नचिन्ने भइसक्यो
समय त उल्टिरहेको छ ।
म मानुषी त्यही फेदमा बसेर
उल्टो समयको घडीमा
सप्पै सपनाको फासी दिदैछु । Continue reading →
झ्याल छ, पर्दा छ,
दृश्य छ, दृष्टि छ,
अपार सृष्टि छ,
हेर्दैछन् फैलावट
यो सौन्दर्यको
यी नीलिमा नयन
आभाष छ, अभ्यास छ,
आशातित आनन्द
बैभव छ, वैशिष्टयता Continue reading →
रुसयात्राको बारेमा केही लेखौँ भन्छु तर यो हृदयमा धेरै कुरा एकैचोटि उम्लेर आउँदा म अभिव्यक्तिको सङ्कटमा परेको जस्तो हुन्छु। यात्राको अविस्मरणीयता छ एकातिर, अनेक नवीनता छन्, ऐतिहासिकता छ, भिन्न अनुभूति छन् भने अर्कातिर कसरी यो परिस्थितिमा हामी पुग्यौँ, कसरी नेपाली जातिले यत्रा आयोजनाहरू सोच्न थाले, सम्पन्न गर्न थाले, यसले हाम्रो जातीय इतिहासलाई कुन कोणबाट हेर्दा विशेष अर्थ भेटिन्छ जस्ता प्रश्नले मलाई खेदिरहन्छन्।
जेठ महिनाको तेस्रो साता रुसमा आयोजित साहित्यिक सप्ताहमा भाग लिने सौभाग्य मिल्यो। अनेक कार्यक्रम पूर्वनिर्धारित थिए तर ती सबै महाकविकै शतवार्षिकीको अवसरमा आयोजित थिए। प्रा. चूडामणि Continue reading →