बिटु केसी बरालका ११ मुक्तकहरु

~बिटु केसी बराल~Bitu KC Baral

उ भन्थी, के गर्नु जतिनै भएपनि प्रतिभा “बहुमुखि”
सम्बोधन नै गरेन कहिल्यै मलाई भनेर “सूर्यमुखी”
चुडाई दिए लौ जा, फितलो मायाको डोरी
खुला ह्रदय आफ्नो बुझ्यौ, उ थियो “अन्तर्मूखी”

हिड़ने एउटै बाटो हाम्रो उकालि ओरालि साथमा
बढोस माया दिन दुईगुना , चौगुनाले रातमा
संगालेर राख , सम्हालेर राख
यो सिङ्गो मुटु सुम्पे तिम्रो हातमा !!

मेरो अनुपस्थितिको अभाव हेर्न चाहन्छु Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

अनूदित कविता : ‘भगवान’ एक कविता

~जेम्स फेन्टोन~James Fenton
अनु : शिरिष पराजुली

अचानक खानामा कुनै अमिल्दो कङ्कड
मोजा भित्र बिझ्ने तिखो किला
लुलो र कमजोर लाग्यो
पहाड चढ्दा दिने तिम्रो दह्रो हात ।

इज्जत छोप्ने कपडाको गल्ती
चारैतर्फ गल्तीको भयाभय
के यि सबै भनिएका शक्तिशाली
उही भगवानको देन
र आखिरी अन्त्यमा मृत्यु संग मिल्छ । Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कथा : अमेरिकी ‘श्रीमती’

~गोपिचन्द्र कार्की~

सिन्धुलीको रातो माटो खेलाउँदै काठमाडौं आइपुगेको हरिकृष्ण काठमाडौंसँग लड्दै जुध्दै यहीँ थचिन्छ। पासाङ तामाङले बेच्न लागेको फोटोकपी पसल किनेर चलाउन थाल्छ। बौद्ध धर्मका अनुयायीहरु प्रायः त्यो पसलमा फोटो कपी गराउन आउथे। त्यसो त विदेशीहरु पनि आकलझुकल आइरहन्थे। यही आसले उसले यो पसल किनेको हो। ऊ बारे भन्नु पर्दा भर्खर २४/२५ मात्र लागेको, खाइलाग्दो जीउडाल भएको, हिस्सीलाग्दो गोरो वर्ण भनेर हुलिया दिन सकिन्छ। थप भन्नु पर्दा मेहनती र मिजासिलो पनि छ। फोटोकपी गर्न आउनेहरु पनि उसको हाउभाउ र व्यवहार देखेर सबै खुसी नै हुन्थे। उसको स्वभाव नै भनुँ, आइमाइहरु देखेपछि भने ऊ बढी नै आफनोपन देखाउन खोज्छ।

हरिकृष्णको जीवनको लक्ष्य भनेको पैसा अलि अलि कमाएर विदेश हानिने नै थियो। ऊ सबैसँग यही भन्थ्यो- म कहाँ यहाँ बस्ने मानिस हुँ र। दाहिने हातले प्लेन उडेको हाउभाउ देखाउँदै भन्थ्यो, मौका मिल्ने बित्तिकै सुइत्त हुनु पर्छ। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

आधुनिक गीत : बोझ लाग्ने नलाग्ने

~कृष्ण प्र. पाण्डे~Krishna P. Pandey_1

बोझ लाग्ने नलाग्ने सबै बोकेर जाऊ यादहरु
लापर्बाह छु भुल्न सक्छु बोकेर जाऊ यादहरु

होला केही मेरो पनि त पिरतिमा सानो योगदान
लैजाऊ लैजाऊ सबै नै भो माग्दिन केही भिख-दान
हक लाग्ने नलाग्ने सबै लिएर जाऊ यादहरु Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : चेलीको पीडा

~कल्पना पौडेल ‘जिज्ञासु’~Kalpana Paudel Jigyasu

दुर्गम जिल्लाको विकट गाउँमा एक निम्न वर्गीय परिवारमा जन्मिएकी थिइन् मिना । कान्छो भाइ गर्भमा हुँदा लाहुर गएका बाउ अझै फर्केका थिएनन् । तीन जना बहिनी मुनि जन्मिएको भाइ पनि अहिले पाटी बोकेर स्कुल जान सक्ने भएको थियो ।

दिनभरि साहूको मेलामा मुजुरा गरेर बेलुका घर फर्किंदा चोयाको डोको कम्मरमा बाह्रहाते पटुका, खद्दडको सारी, उनीको पछ्यौरा, नाम्लो लगाएर बोकेकी तामाको गाग्री, उकालीओरालीमा छचल्किँदै पोखिने त्यो पानी, डोकाका प्वालजस्तै भएको ती ढाकाका चोलीका पाटाहरु अनि भिजेका कपडा, सुईँया सुस्केरा हाल्दै पिँढीमा पानीको गाग्री बिसाँउदा मिनाकी आमालाई रातको १० बज्ने गथ्र्यो ।

भाइ बहिनी आमाको बाटो हेर्दाहेर्दै भोकै निदाउँथे । साहूको मेलामा खान दिएको ‘अर्नी’ सबैका आँखा छलेर Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : अन्तिम शब्दहरु

~राजन काफ्ले~

तिम्रा लागि
सत्य रहस्यमै रहनेछ
बोल्नै परे
झूठो अभिनय गर्नेछु
क्षमा गर
मेरा अन्तिम शब्दहरु
Continue reading

Posted in कविता | Tagged | Leave a comment

सत्य कथा : सातौं नम्वर

~सीताराम नेपाल~Sitaram Nepal

“बर्बाद हुन लाग्यो भनेर म कराएको करायै छु । तिमी भने कानमा तेल हालेर बस्या छौँ बाई ।”

रागिनी खराल अलि हडबडाई –“ऊ त आउनै लाग्यो । हाम्रो मोज गर्ने दिन जानै लाग्यो ।”

यो सुन्ने बित्तिकै –‘म यही दिन पर्खेर बसेको कति भैसक्यो ? तँ हुस्सुलाई के थाहा ?अब त कहाँ जालिस् मत्स्यमैयाँ मेरै सातौँ नम्बरको ढडियामा’मनमनै प्रशन्न हुदै बलवीर भ्लोनले आश्चर्य मानी टोपल्यो–“ अकस्मात किन अनमरिनु प¥या होला हगि !”।

“लौ न प्यारा केही त गर ?” Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : भुइँचालो र फूल

~चन्द्र गुरुङ~Chandra Gurung

एउटा फूल
राखिदेउ त्यो सुनसान काखमा
गएको छ निदर्यी भुइँचालो यहाँ उपद्रो मच्चाउँदै ।…
आफ्नो सन्तानको यादमा रोइरहने
उजाड मरुभूमि बनेको यो आमा मनमा
चलोस संवेदनाको बतास ।
अर्को फूल टिपेर
सिउरिदेउ त्यो तरुनीको केशराशिमा ।
बेपत्ता प्रेमीको यादमा तडपिरहने एक्लो साँझ, Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : परुष वचनले छाती फाटयो

~लक्ष्मी प्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

दप्किरहेछन् शीतका दाना !
कविले गरीकन गिल्ली गाना !
झूसे, पोहाला, छुच्चो भन्छन्,
दाँजी कुसुमसँग विषसरि गन्छन्,
हुँला असुन्दर, पीरो तातो !
रोप्दछ कसले ? हेर्दछ कसले ?
अछूत जातको नित अपयशले
निन्दित, वर्जित, त्यक्त कुनामा
फस्टिरहेछु विष नमूनामा
परित्यक्त जिमिनै जडले समात्यो
परुष वचनले छाती फाटयो !
Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आगोको यात्रा हिंडेर

~बिष्णु सुवेदी ‘दोलखे’~Bishnu Subedi 'Dolakhe'

आगो नै टेकेर
आगो नै चपाएर
यहाँ सम्म आइपुगेको म
आगोको यात्रा हिंडेर !

आगो बालेर सपनाहरुमा
आगोले नै नुहाइरहेछु
जीवनको रङ्ग डढाएर
आगो नै ओढिरहेछु Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : घाँस काटिरहेकी ऊ

~ज्योति जंगल~Jyoti Jungle

निहुरिएर उमेर काटिरहेकी छे
र, हात लागेको छ
एकमुठ्ठी हरियो घाँस ।

बेखबर छे, आफ्नो रूप
आधा शिर उचालेर
बाहिर आउन खोज्छन् छातीहरू
निधारको पसिना तप्प–तप्त खसिरहन्छ Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : रमितानगर

~विजय महर्जन ‘श्रीजय’~Bijay Maharjan

एकादेशमा एउटा रमितानगर भन्ने ठाँउ थियो। त्यहाँ एउटा इँट्टा खसेछ। घटना यती नै हो। भएछ के त भन्दा रमितानगरको एउटा पूरानो कोही नबस्ने बङ्ला रहेछ त्यही बङ्लाको इँट्टा खसेको रहेछ अनी त्यही इँट्टाले नजिकैबाट हिडिरहेको यात्रीको पुर्पुरोमा लागेछ। यात्री दुखाइमा चिच्याउन थालेछन् । “होइन के भयो?” गाँइगुँइ हल्ला फैलिन थालेछ र दुइचार जना जम्मा भएछन्। सबैले “के भयो? के भयो?” भन्दै यात्रीलाई घेर्न थालेछन् । के को भिड रहेछ यो भनेर अरु बटुवाहरु पनि त्यतै तानिएछन्। हेर्दा हेर्दै एउटा भीड जम्मा भएछ।

“ए भाइ के भयो तिमीलाई कसरी इँट्टाले लाग्यो?” भीडबाट आवाजहरु आउन थालेछ।

“यत्रो बर्ष भयो अहिलेसम्म यो घरको इँट्टा खसेको सुनेको थिइन, होइन कसैले इँट्टाले हिर्काएको हुनुपर्छ।” Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित कविता : हिमाली मानिस

~हान डोङ्ग~Sen Wei
अनु : केशव सिग्देल

बालक हुँदा उसले आफ्नो बाबुलाई सोध्यो
‘हिमाल पारि के छ?’
उसका बाबुले भने, ‘हिमालहरु’
‘हिमाल र हिमालहरु’
उसले कुनै शब्द निकालेन, तर टाढासम्म दृष्टि पुर्यायो
र पहिलो पटक, हिमालले उसलाई थकित बनायो।

उसले सोच्यो यो जन्ममा ऊ हिमालबाट बाहिर निस्कन सक्ने छैन
हुन त समुन्द्र पनि छ, तर धेरै टाढा
र ऊ अब केही जोडी दर्जन वर्षमात्र बाँच्नेछ Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : बाह्र बज्यो

~शिरिष लामिछाने~Shirish Lamichhane
 
घण्टाघरले फेरी बजायो
मध्यरातको घन्टी
ट्वाङ् ट्वाङ्
आवाज प्रश्टिंदै छ
वरपर परपर
आवाजले रानीपोखरी छचल्कियो
र गर्जियो आकाश
बिजुली चम्कीँदाको उजयालोमा
उजिलियो रत्नपार्क
आफ्नो सर्वाङग देखाउँदै
मस्कियी भोटाहिटी
र उत्तेजनाको पासोमा कैद भयो जमल।

पवित्र प्रेम छ Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : झुकेनौ लडयौ र जित्यौ

~पुन्यराज पुडासैनी~Punyaraj Pudasaini

हाम्रो नेपालग्राम गाऊ एकदमै शान्त र सुन्दर गाऊ थियो | विबिध जात जाती र समुदायका मानिस हरुको बसोवास रहेको यो गाऊ नमूना गाऊ थियो | यस गाऊ को एउटा विशेषता के थियो भने जून सुकै काम गर्दा पनी सबै गाउले मिलेर एक मत निर्णय का साथ गार्डा थे , यही कारण ले गर्दा गाउले राम्रै ख्याति कमाएको थियो |गुरंग को रोधी मा बाहुनले मादल बजाउने , राइ को धन नाच मा मगरले सगुन तयारी गर्ने माझिको माघी मा क्षत्री ले कोसेली लैजाने ,मुस्लिम को रमजान मा हिन्दुले सहयोग गर्ने एकदमै सुन्दर थियो यो गाऊ | Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सुन्दर सपनाको संसार

~भवानी पौडेल~

आमा
तिम्रो मलिन चेहरामा
लाली पोतिएको थियो
तिम्रो जीर्ण र रोगी शरीरमा
यौवन भरिएको थियो
तिम्रा उदास आँखाहरूमा
रोशनी चम्किरहेको थियो
तिम्रा काला ओठहरूमा
गुलाब फुलिरहेको थियो
तिम्रो अँध्यारो जीवनमा
जुन चम्किरहेको थियो
तिम्रो घरको मझेरीमा
संगीत बजिरहेको थियो Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : पुकार

~दिपेन्द्र घिमिरे ‘तरङ्गी’~

परहित गर्ने, जनहित गर्ने
नियमित राम्रा, सतबिज छर्ने
अबसर ल्याऊँ, सुदिबस ल्याऊ
दिल खुश पारौँ र बिजय छाऊ ।

सुख सुविधाका सुमधुर बाजा
नवनीत खोजौँ हरचीज ताजा
कलितम फ्याकौँ झलमल पारौँ Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

स्वदेश गान : जङ्गी निशान

~गोपालप्रसाद रिमाल~Gopal Prasad Rimal

रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो
जिउँदो रगतसरि यो बल्दो यो शान हाम्रो

हिमाल झैँ अटल यो झुकेन यो कहिले
लत्रेन यो कहिले जंगी निशान हाम्रो Continue reading

Posted in स्वदेश गान | Tagged , | Leave a comment

कथा : क्याफे वान

~जीवन देवान ‘गाउँले’~Jiwan Dewan 'Gaule'

‘नेपाली सांस्कृतिक धमका २००८’-को मैझारो कार्यक्रम क्याफे वानमा हुदैछ भन्ने खवर पाए पछि हामी तीन जना त्यता तिर हान्नियौं । म देवुलाई पछ्याउदै थिए भने सोम मलाई । क्याफे वानको दोस्रो तलामै गेट पाले बसेको रहेछ, उनले हामीलाई पास मागे । हामीले आयोजक मध्ये एक जनाको नाम बतायौं तर आर.एम. ५० नतिरी तिनले धर दिएनन् । जीऊ जनंङ्गी आर.एम. ५० तिरेर अर्को तला उक्लिदा आनन्द कार्की गाउदै थिए,-‘लाग्छ मन हेरीरहु एकनाश तिमीलाई ।’ कार्यक्रम शुरु भैसकेको रहेछ । हामी तीनजना एउटा कुनामा उभिएर माहौल अवलोकन गर्यौ ।

मलाई कार्यक्रम स्थलको वातावरण देख्दा कुनै रात्री क्लवमा पसे जस्तो लाग्यो । त्यसैले सँगैको साथीलाई भने,-‘देवु ! के हो यार, डिस्को जस्तो छ नी ?’

‘डिस्को त हो नी ।’ उसले मेरो अनुमानलाई पक्का बनाई दिदै भन्यो,-‘कतै खाली छ कि ! एउटा टेवल खोजेर बसौं ।’ Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

Poem : Gods Are Dying

~Bhuwaneshor Sharma~

Down the Heaven Road,
I encountered Jesus on a narrow alley;
Surviving in an artificial oxygen pipe,
He suffered chronic asthma.

Further down was Mother Teresa,
Beside the shadow of eucalyptus,
She’s refused an entry to heaven
For her service in Kolkata’s gutters……..
Nearest to heaven stood Allah
He was suffering hypertension Continue reading

Posted in Poem | Tagged | Leave a comment

कविता : प्रिय

~विजय महर्जन ‘श्रीजय’~Bijay Maharjan

जाने भए जाउ तिमी म देखि टाँढा,
म तिम्रो सपनासंग बाँच्नेछु प्रिय।

मेरो बहुपासमा बाँधिने हातहरू टाँढिए पनि,
ती हातका स्पर्शको यादमा रमाउनेछु प्रिय। Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : फेरि भेटौंला

~सन्तोष खतिवडा~Santosh Khatiwada

जेष्ठ महिनाको प्रचण्ड गर्मी, हाम्रो गाडीको एयरकण्डिसन कच्चा भएकोले हो या गर्मी ज्यादा भएकोले हो गाडीभित्र पनि हामी पसिना पसिना भएका थियौं । पोखराबाट हिंडेको करिब ६ घन्टापछि बुटवल पुग्दा गाडीमा रहेको एफएम रेडियोले अघिल्लो दिनको मौसमको विवरण बताइरहेको थियो । मेरो त्यो दिनको गन्तब्य नेपालगञ्जमा ४६ डिग्री सेन्टिग्रेड तापक्रम पुगेको सुन्दा यात्रा कष्टप्रद हुने कुराले म सशंकित भएको थिएँ ।

मेरो यात्राको सहयात्री सुरज र म त्यो रातको नेपालगञ्जको बसाईपछि भोलिपल्ट बिहानै सल्यानको सल्लिबजारको लागि प्रस्थान ग¥यौं । छिन्चुदेखि करिब ४५ किमिको त्यो यात्रा अत्यन्तै रमाइलो भइरहेको थियो । भेरी नदीको तिरैतिर रफ्तारमा गुडिरहेको हाम्रो गाडी सल्लिबजार पुगेर रोकिँदा Continue reading

Posted in नेपाली कथा | Tagged | 1 Comment

तामाङ गजल : नेबा डान्बा खाबा

~प्रेमलाल दोङ् तामाङ्~Premlal Dong Tamang

थारेङ थारेङ तासाई ए ङा एला नेबा डान्बा खाबा
ङाला मिन लासी एदा ङोमा पेबा डान्बा खाबा

छे सिङ लाबा निउ लासी एङा मायाला ताम लाबा
दुईरी दिमरी आदोकामा आमसे केबा डान्बा खाबा Continue reading

Posted in तामाङ गजल | Tagged | Leave a comment

कविता : हिउँमारा तापमान

~बासुदेव अधिकारी~Basudev Adhikari

बीस बर्षपछि
नाम्चे पुग्यो सोनम
उसले हिमाल हे-यो
हिमालको पयर हे-यो
र धुरूधुरू रोयो
ऊ सँगसँगै रोयो हिमाल
उष्णाताले बाफिएर
प्रदुषणले गाँजिएर
रूवाइको आत्मियताले बाँधिएर उनीहरू
नाङ्गा भुतुङ्गा केटाकेटीले
हेरिरहे तिनको रूवाइलाई
किन रोएका हँ सोनम र हिमाल?
किशोरहरूले कुरै बुझेनन् तिनको
किशोरहरूले आँशु ने देखेनन् तिनको Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : खुसी पाउँदो रहेनछ

~निमेष निखिल~Nimesh Nikhil

जिन्दगीले सधैंसधैं खुसी पाउँदो रहेनछ
बेदनाले मुटु जल्दा धुवाँ आउँदो रहेनछ
….
जतिसुकै छाँटे पनि आदर्शका कुराहरू
भोको पेट देशभक्ति गीत गाउँदो रहेनछ Continue reading

Posted in गजल | Tagged | Leave a comment

निबन्ध : क्याट माने बिरालो

~शंकर लामिछाने~Shanker Lamichhane

एक अमेरिकन मित्र काठमाडौँबाट प्रस्थान गर्दै थिए । हामीसँग निकै हेमचेम थियो । उनले सायभिज-सङ्कर बिरालो पालेका थिए । अब त्यसलाई उचित वासको टुङ्गो लगाउने समस्या पर्‍यो तिनलाई । हाम्रो सहायता मागे ।

एक प्रकारले म कुकुर, बिरालोप्रेमी हुँ । ती दुवै जनावरको केही अंश सायद ममा अवस्थित छ । जे होस्, मैले बिरालो स्याहार्ने जिम्मा लिएँ । हुन त बिरालो नदेखेको वा बिरालोउपर प्रबन्ध नलेखेको पनि होइन स्कुली जीवनमा, तथापि बिरालोको केही गुण, अवगुण रहेछन्, जो मलाई थाहा थिएन ।

जस्तै, त्यो बिरालो थियो । बाथरुममा हग्ने । उसको निमित्त काठको बाकस बनाएर त्यसमा बालुवा Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : ऊ कहा आयो र ?

~विनिता कडेल~

गोपाल रिमालकी
कविताकी आमाले भनेअनुसार
ऊ कहाँ आयो र ?

त्यसको साटो हूलमूल र आतंक सिर्जंदै
हुर्दुंगे पो आयो
सत्यको हतियार टल्काएर
आउनुको साटो पुरुषार्थी
अरुले भिडाएको
हतियार धारण गरी आतंकले
उत्पात पो मच्चायो
ऊ कहाँ आयो र ? Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जोगाऔं मातृभूमि

~गोपीकृष्ण खनाल~

सुन सुन दाजु भाइ म केही भन्छु ,
जालि र फटाहाको फट्यायीँ कहन्छु ।
पाटी नेता सबै मिली ब्रम्हलुट गर्छन्,
जनताले दुःख पोखे उनै अाँखा तर्छन् ।।१।।

कानुन र नियम जति पाखा लगाई दिए,
घुसखोरी र चाप्लुसीलाई काखी च्यापी लिए ।
जनता छन् भोकै नाङ्गै नेता महलमा,
कस्ता दिन आए प्रभू फस्याँै दल्दलमा ।।२।। Continue reading

Posted in कविता | Tagged | Leave a comment

पुस्कर लोहनीका ४ हाइकुहरु

~पुस्कर लोहनी~Pushkar Lohani

हरेक पल्ट
रात रोएको सुन्छु
इनार भित्र

सपना लाग्यो
तिमीलाई पिउँदा
रित्तो कचौरा Continue reading

Posted in हाइकु | Tagged | Leave a comment

कथा : अन्त्यहीन प्रतिक्षा

~माया ठकुरी~Maya Thakuri

ससाना सेता बुट्टा भएको गुलाबी रङको घाँघर लाएकी एघार वर्षीया सुमीको कम्मरदेखि माथिको भाग र टाउको हरबखत एकनाससँग हल्लिरहन्छ । मुखबाट राल चुहाउँदै लगातार हुँ हुँ हुँ गरेर आवाज निकालिरहन्छे । ‘छोरी हेर ! यता मतिर हेर त’ यो खीर कति मिठो छ । मैले तिम्रा लागि भनेर आफैँले पकाएकी हुँ । अलिकति चाखिहेर त’ ।’

ओछ्यानमा ठूलाठूला तकियाको आड लिएर निर्विकार रुपमा शून्यतिर टोलाइरहेकी छोरीको ध्यान आफूतिर खिच्ने निरर्थक प्रयास गरिरहेकी हुन्छिन् शान्ता । नौ वर्ष हुन लागेको छ सुमी यसरी नै चेतनाहीन मस्तिष्क र अधमरो शरीर लिएर बाँचिरहेकी । आमा भएकी हुनाले मात्र होला यतिका वर्ष बितिसक्दासम्म पनि शान्ता छोरीको हृदयविदारक अवस्थामा आत्मसात् गर्दै कुनै एक मुहूर्तमा छोरीको चेत खुल्छ कि ?’ सामान्य अवस्थामा आउँछे कि ?’ भनेर हृदयमा ठूलो विश्वास लिएर त्यो सुखद क्षणको प्रतीक्षा गरिरहेकी छन् । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : परिवर्तन यहाँ

~शम्भुशरण भुजेल~

नव परिवर्तन यहाँ जब आयो त
स्थानीयहरुकन लुप्पा ख्वायो
आशेपासे सबलाई छकायो
असह्य महँगी चर्कायो ।
अन्तैको धाक लगायो
ढाँट र छलले जिल्लायो
नव परिवर्तन यहाँ जब आयो त
अपरिचितताको ढव देखायो ।

नक्कल झक्कल खुब बढायो
स्वाँंग स्वाँगले धन रित्यायो Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : कविले….

~ज्ञानुवाकर पौडेल~Gyanuwakar Paudel

विचारको खेती थालेछ कविले
अक्षरको माहुरी पालेछ कविले

छाडेर चहार्न अब मठ-मन्दिर
कस्तो यो क़दम चालेछ कविले Continue reading

Posted in गजल | Tagged | Leave a comment