कविता : नजिक टाढा

~विश्वेश्वरप्रसाद कोइराला~B P Koirala

पानीले निथुक्क भिजेपछि
धरती त्यसै त्यसै चलमलाउन थाल्छ
मुहारमा निन्यारोपन लिएर पनि
इन्द्रेणी मुस्कुराइरहेको हुन्छ
पानीको थोपा बक्षस्थलमा खस्दा
धरती त्यसै त्यसै मोहित हुन्छ
धरती त्यसै प्रफुलित हुन्छ
यौवनको मादकताले धरती Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आराधना

~युद्धप्रसाद मिश्र~Yuddha Prasad Mishra

आँखा अन्तर खोल पूर्व घडीको सल्किसक्यो झोपडी
वाणीको बलको विवेक मतिको आयो परीक्षा घडी
तोडी संकट दुर्ग घोर भुमरी फोरि अगाडि बढी
धावा बोल निमित्त जन्मथलको डाँडा र काँडा चढी

भै उत्तीर्ण अजेय जन्म भरको झोंकेर आफ्नो बल
छातीबाट गराऊ दूर जनको दारीद्रय दावानल
के न्यूनू छ यहाँ भएर हत श्री निर्बोध निर्गौरव Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : गोप्यकुरा

~सागर बस्नेत~Sagar Basnet

बेलुकाको खानापछि टिभी हेर्दैथिएँ, धन्दा र थान्कोमुन्को सकेर रमा शयनकक्षमा पसिन्| मपनि उनको पछिपछि गएर बिच्छ्यौनामा पल्टिएँ, उनी श्रींगारऐनाको अगाडी बसेर खोई के गर्दैथिन| उनले प्रसन्न मुद्रामा सुस्तरी भनिन् “हजुरलाई थाह छ, देवकीले छ नि कुमारेको बच्चा सफा गरेर पो आएकी रे त! पाँचदिन जति भयो कोठाबाहिर निस्किन्नथिई कुरो त त्यस्तो पो रहेछ|”

आश्चर्य त लाग्यो तर मैले बोलीमा र अनुहारमा पटक्कै नदेखाई भनें| “ए हो र? तिमीलाई चैं कसले भन्यो हौ यस्तोकुरा?” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

Poem : Unfulfilled Desires!!!

~Santosh Koirala~Santosh Koirala

I came from a country
People, torn out and poors
Started searching for a job
ringing bells and knocking doors

I got a job here
Working place is quite far
Anyway, I started earning dollars
Now!! I want a new car

I got a new Mercedes
looks like a dome Continue reading →

Posted in Poem | Tagged | Leave a comment

छोक : गैरी गाउँ

~आभास~Aavaas - Achyut Prasad Phuyal

मेरो गाउँको नाउँ
गैरी गाउँ
यहाँ
सूर्य उदाउँछ
आँगन लिप्न
तर गहिरा छन् अझै रातहरु
यहाँ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

स्वदेश गान : जतिको माया

~चेतन कार्की~Chetan Karki

जतिको माया मेचीलाई, उति महाकालीलाई
मायाले बाँधी लौन लौ, कोशी र कर्णालीलाई
अरु त ल्याउन खोज्दैछन्, धरतीमा जूनलाई
होड अनेकौं गर्दैछिन्, जिउंदै स्वर्ग छुनलाई

हामीले मात्रै गोरेटो, खोजेर हिड्न, लाजै हो
भोलिलाई काम नराखौं, देश बनाउनु आजै हो Continue reading →

Posted in स्वदेश गान | Tagged , | Leave a comment

कविता : सूर्यास्तको संभावना

~बलदेव भट्ट “बिहानी”~Baldev Bhatta 'Bihani'

पुष्पशाक टीप्न खाराबाट दुनै हनिएपछि
भालुवांग का भोको बजार
राप्तिको किनार लाइ दोषारोपण गर्छ
मध्य दिनको बादलमाथि आगलागी भएपछि
मैले,
मेरो देशमा सूर्यास्तको संभावना देखेको छु !!

सुस्ता तीरबाट पिडाएको मेरो बस्ती
काली र सेतीसंगै बेचिएर पश्चिमतीर बग्छ
दार्चुलाको उकालिबाट चिढीएको कालापानी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : म तिम्रो सोकेशकी परी होइन

~रामनाथ खनाल~Ramnath Khanal

‘हिजोआज मेरो जीवन यही रक्सीको नशा झैँ लाग्न थालेको छ’ ऊ मदहोसमै बोली ।

थाहा छैन अव कतिञ्जेल बाँच्छु ? बाचुञ्जेल वाइन र ह्विस्कीको नशा अव सायदै मेरो जीवनबाट छुट्छ । उसको मायावी संसारबाट पार पाउने यो नै सजिलो उपाय हुन सक्छ । उसले ह्विस्किको अर्को चुस्की लिई । यो पटक त्यो ह्विस्कीको पुरै चुस्की झनै नशाको गहिराईसम्म पुग्यो र उसको शरीरको तापमानमा पुरापुर अन्तर ल्याइदियो । मथिङ्गलमा झन् ठूलो झन्कार पैदा गरिदियो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : तिम्रो रूप

~बसन्त थापा~

हेरी रहू जस्तो लाग्ने,चुमिरहू जस्तो लाग्ने
हरेक सीमा भत्काएर तिमी सामू पुगु लाग्ने
मन भित्रका सबै इच्छा पोखु पोखु लागिरहने
सर्बस्व लूटाएर भए पनि तिमीलाई पाऊ लाग्ने

अंगालोमा राखीरहुकी,हत्केलामा राखीरहुकी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : म दिलबहादुर लिम्बु

~किराँती भोगेन एक्ले~Bhogen Ekle

हजुर म दिलबहादुर लिम्बु
जिन्दगीदेखि आजित
खुल्ला आकाशमुनि ओतिएको म
आज शिकार भएको छु एउटा सनकी सिपाहीको

यो सम्पतिले पुरिएको सहरमा
सयौँ तले खण्डहरहरुको घुइँचोभित्र
मेरोलागि खाली मात्र म अटाउने
एउटा छिँडी नमिल्दा
हजारौँ रित्तो महलहरुको खिसीट्युरीदेखि दूर
एकलासको एकान्तमा लुकेको म
आज शिकार भएको छु एउटा आततायी शिकारीको Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : खुशीको संसार

~मिलन आचार्य~

खुशीको संसार, हजुरवा बितेसी
मिठो पाकोस भनेर
भविष्य पाक्ने चुलामा
बाले मलाई धेरै बेर भस्र्याउनु भयो
जब हजुरबा जीवित हुनु हुन्थ्यो
जगेर्ना गरेर राखि दिनु हुन्थ्यो
भोग्न नपाएको आफ्नो सुन्दर अतित Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : परदेशमा तन नेपाल मै छुट्यो मन

~जीवन्त रुकु~Rukmani Satyal Bidari

उदाउँछ घाम उसैगरी यहाँ सगरमाथा छोई आउँदैन त्यो ।
बग्छन मन्द पवन पनि, मेरो नेपाल छोइ आउँदैन त्यो ।।
घुम्त्ती घुम्छन उसैगरी , मेरो गाउँको चौतारी देख्दिन म ।
मेरो सलान्दुले मेट्ने प्यास ,यहाँको जलमा भेट्दिन म ।

भेटिन्छन् थरी -थरी तन, नेपाली मन भेट्दिन म ।
टेकिन्छ यो भुमिमा उसैगरी, मेरो माटोको सुवास पाउँदिन म ।।
डुलु म यता उता, मेरै गाउँ बेसीको आनन्द पाउँदिन म ।
फुल्छन फूल थरी थरी, मेरै लालिगुराँसको मुस्कान अरुमा देख्दिन म ।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : रंगहरुविरुद्ध

~ईश्वरी कार्की “वर्षा”~Ishwari Karki Barsha

सर्वत्र सुहाएको यो शान्त स्निग्ध रंग
मेरी आमाको शरीरमा किन सुहाएन ?
किन ऐँठन हुन्छ
आमालाई देख्दा ?
बुबासँगै जलेर खरानी भए
आमाका रंगीन सपना
आमा अचेल सेताम्य देख्छिन् सपना
आफूजस्तै उदास र शून्य ।

यी धर्म-संस्कारका आडम्बरबाट Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : अन्जुलिमा नअटाएको प्रेम

~संगीता भट्टराई~

मन्दिरा हतार हतार कलेज को लागि निस्कन्छे,आज उसको कलेज मा पहिलो दिन हो | भर्खर मात्र एस एल सी को बोर्ड परिक्षा उर्तिण गरेर गाउबाट काठमाडौँ पढ्न भनेर आएकी छे , नयाँपरिवेश, नयाँ रहनसहन उसलाई यो कोलाहलमा मिसिन केहि असहज भएको छ| शहरको वातावरण संग यस अघि उ त्यति नजिकिएकी थिइन| अघिल्लो दिन उसको दाइले कलेजमा एडमिसन गर्न जादा उसलाई पनि संगै लग्नु भएकाले मात्र उसलाई कलेज सम्मको बाटो थाहा छ |

उ आफैलाई केहि सहज बनाउदै कलेज को गेट सम्म पुग्छे, आफैलाई एकपटक तलदेखि माथि सम्म नियाल्छे, अनि भित्र पस्छे, सबैजना नौला भएकाले उ एक्लै बसेकी छे, केहि महिना अघिसम्म गाउकै चन्चले बोलेर नथाक्ने उ आज चुपचाप एक आज्ञाकारी बच्चा भाति शान्त भएर बसिरहेकी छे, उ सोच्दछे जीवन मा परिवर्तन भनेकै यहि रहेछ क्यार,सबैजना सबैसंग प्राय नौला नै थिए तर उसलाई भने उ मात्र एक्लै कसैलाई नचिन्ने, एक अर्को परिवेश को हो भन्ने लागेको थियो | Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

Memoir : Fried Ice-cream and Iced Coffee

~Khagendra Bhattarai~Khagendra Bhattarai

The aroma of food, wafting from the eateries while I walk down the streets after long working hours, takes me back to my home. As I graze on the vast memory of the past that is somehow related to food, it helps me ease my stress and weariness. Say a smell of a roasted corn or a sweet potato in the hearth, a festive occasion in the house or loitering around a village marketplace. Each smell creates an avalanche of memories. Oh! The musky, oily, spicy and a mixture of rich aroma of different flavours remind me of a chatpatiwallah, chholawallahor a paan-pasale(betel-nut shop owner) in the local market. Continue reading →

Posted in Memoir | Tagged | Leave a comment

कविता : के म चुप बस्न सकूँला ?

~ईन्द्र नारथुङ्गे~Indra Narthunge

म जन्मिएको साल
पञ्जिकाधिकारीले छुटायो लेख्न मेरो नाम
सरकारको बहिखातामा
र,
तीन बर्षसम्म
बेखबर हुर्किरहें ।

चार बर्षको उमेरमा
पहिलोपटक प्रयोग गर्यो राज्यले ममाथि Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छोक : हलेदो र हात

~तीर्थराज अधिकारी~Tirtharaj Adhikari

हलेदो भनेर चिन्दा–चिन्दै
कोट्याउन थालेपछि
पहेँलपुर बनेको हातलाई
फेरि पखालेर पूर्ववत् तुल्याउन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : एपीएफ दाइ

~अन्वेश राई थुलुङ्ग~Anbesh Rai Thulung

केहि समय अगाडि म मेरो ज्यादै पूरानो साथीको विवाहको निम्तो स्वीकार्दै झापा चन्द्रगढी गएको थिएँ । लाज पचाएर भन्नुपर्दा म अहिलेसम्म चन्द्रगढी पुगेकै रहेनछु । सोझै म विर्तामोड हानिएँ । विवाहको समय बितिरहेको थियो र उनले भने बमोजिमको समयभन्दा म धेरै ढिलो भइसकेको थिएँ तर पनि मेरा लागि उनका परिचित बुबा–आमा र दिदीहरुसँग भेट्ने इच्छा महत्वपूर्ण थियो । आफू चढेको बसमा अपरिचित ठाँउको म अलि बढी नै खोजीनीति गरिरहेको थिएँ । किनकी मेरो फोन स्वीच अफ भइसकेको थियो र मलाई फोन नम्बर याद थिएन । धनुष मोड कहाँ पर्छ ? कसरी म पुग्छु ? गाडी लाग्छ कि लाग्दैन ? तपाई उत्रिएको ठाउँबाट कति टाढा पर्छ ?

भाग्यले सायद ममाथि दया गरेर होला एक अपरिचित सशस्त्र प्रहरी बलका जवानलाई मेरा सामु राखिदियो । उनी सिभिलमा थिए । गाडीमा हामी बोल्दै गयौं । अलि समयको बोलचालपछि मैले धेरै नै खोजीनीति Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आवश्यकता

~विपुलविक्रम सिजापति~Bipul Sijapati

लगभग चार वर्षको अन्तरालपछि अध्यात्माको फोन आयो। एक मनले त नउठाउद्द जस्तो पनि लाग्यो। फेरि सोचेँ, फोन उठाउँदैमा के फरक पर्ला त। उताबाट निकै नै हौसिएको स्वरमा उनले सोधिन,”सरोज के छ हाल खबर मलाई बिर्सियौ हगि ”

“मैले के सम्झनु, के बिर्सनु ”

“अनि के गर्दैछौ ?”

“यत्तिकै छु।”

“मलाई भेटने साह्रै इच्छा छ त्यसैले त्यहाँ आउँदै छु।”

“ए अनि त्यस्तो के पर्‍यो र मलाई भेटनु पर्ने ”

“किन तिमी मलाई भेटन चाहँदैनौ ” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : धर्ती टेक्नु छैन अब

~बिना तामाङ’सुनगाभा’~Bina Theeng Tamang SUNGAVA

भत्काएर मेरो स्वर्ग,तिम्रो धर्ती टेक्नु छैन अब
खोपीखोपी तिम्रो दिलमा मेरो नाउँ लेख्नु छैन अब

जून हुँ म आफै उज्याली छु चाहिदैंन तिम्रो प्रकाश
जाउ बरु यहाँबाट कालो रात देख्नु छैन अब Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : कविताको सीमान्त

~सुविद गुरागाई~Subid Guragai

थपक्क सडकमा सुतेको थियो
उत्तानो परेर मरेको मान्छे
अनुहारमा रातो पोतिएको थियो
आफू जितेर आएको योद्धाको नासिका वरपर
च्यापच्याप आलो रगत
कसैले दलेको होइन
आलो वंशाणु र क्लोनको अद्भूत क्षमतामा
कमिला आएर लत्पतिन बाँकी थियो
नापिरहेका थिए नीला बर्दीवालहरू
मृत्युदेखि खाल्डोसम्मको दूरी
थपक्क जहाँ टिपर अधकचल्टिएको थियो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अनागरिक

~मुक्तान थेबा~Muktan Theba

यो सिङ्गै आकाश ओढ्छु
धर्ती ओछ्याउँछु
र, एक ढोक्रो सपनाको शिरानी लाएर
निस्फिक्री निदाउँछु-
एउटा अनागरिक निन्द्रा !

हो, म अनागरिक हुँ यो राज्यको
अबैध गर्भबाट जन्मिएको
न्वारनबिनाको एउटा अनाम मान्छे हुँ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : फेरी अर्को युद्ध र क्रान्ति..!

~तीर्थ संगम राई~Tirtha Sangam Rai

रात क्रमश ढल्दै गयो,
हुल मच्छडहरु,
एक हुल हुच्चिलहरु,
अनि……..,
ब्यासोका बथानहरु
बिस्तारै मानवहरुका
शिकार ,
तछाड मछाड गर्दै
गठ बन्धन गर्दै
अराजकताको साजाल लिएर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नमूना

~भिम बहादुर थापा~Bhim Bahadur Thapa

पछुतो भुलेर
प्रहर काटेकैले
बेदना बिर्सेर
बिन्दास बाँचेकैले
सबै माझ-
नमूना बन्छन् परेवा
प्रशंसा गन्छन् परेवा।
**
जिन्दगी विधामा
नौरस नापेकैले
हर रात, बिहानी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अबला नारी

~चम्पा देवी खड्का~

बिचरी ति अबला नारी झुकाई सिर घुडामा राखिछन
मनको पिर बेदना कसलाई पोखुन बिलह भाकीछन
पिरले बिलह भएको बेला एक हातमा राखी एक हातको छाहारि
सबै पात झरी उजाडभएको जिन्दगीमा केही थाहा छैन आशु छ गहभरी
नारी हौ तिमी धर्तिकी छोरी सिर झुकाई नबस
हेर तिमीलाई कसले नङगायो त्यसको पर्दाफास गर्न कम्मरकस Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : चिन्ता र चिन्तन !

~उत्तम कृष्ण मज्गैंया~Uttam Krishna Majgaiyan

बोकेर राष्ट्रको चिन्ता, सपना लोकतन्त्रको
थापेर ज्यानकै बाजी क्रान्तिमा होमिए हिजो
भोकभोकै लडेका हुन्, मरेका कति हुन् कति
समर्पित थिए सच्चा क्रान्तिकारीहरू जति !

तर हिंसा र पैसा औ विदेशी-शक्तिसामुमा
बिकेका ती सबैको भो प्रवेश राजनीतिमा
स्वार्थी तत्पर छन् गर्न ‘क्रान्ति’को मानमर्दन
कसरी झुक्न सक्छन् ती गरी आत्मसमर्पण ?
‘विचार’ क्रान्तिकारीका झोलामा जति जे थिए
आज ती कसरी झिक्दै च्यातिए फ्याँकिदै गरे ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : हुने भएको छ

~माइलाकाजी कोर्काली~

भद्रगोलतन्त्र चलेको बेला
जसले जे गरे पनि
हुने भएको छ ।

शिक्षालयलाई मदिरालय
मदिरालयलाई शिक्षालय
कसैले गराए पनि
हुन्न भनी कसैले
नरोक्ने भएको छ
जसले जे गरे पनि हुने भएको छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : खुशी खोजूँ कतातिर ?

~रवि प्राञ्जल~Ravi Pranjal

व्यथै व्यथा छ मनभरि खुशी खोजूँ कतातिर ?
साउन भदौ छ गहभरि नदी खोजूँ कतातिर ?

आरु फुल्यो बैशाखमा पीडा फुल्यो मुटुभरी
चरो परेछ जालमा चरी खोजूँ कतातिर ? Continue reading →

Posted in गजल | Tagged | Leave a comment

निबन्ध : शिक्षा र गुरु

~निशा खनाल~Nisha Khanal Aryal

गुरु भनेको के हो ? गुरु कस्तो हुनुपर्छ ? व्यक्तिको जीवनमा गुरुको स्थान कस्तो हुन्छ ? मैले यसरी प्रश्न उठाएर कुनै खास एक विषय पढाउने गुरुको चर्चा गरिरहेकी छुइन । म यस्ता गुरुको कुरा गरिरहेकी छु, जुन जीवनको मार्गदर्शक हुन्छन् । जसको सम्बन्धले र वाक्यले मानिसको जीवनलाई नै परिवर्तन गरिदिन्छ । जसको करुणा वा संगत, सम्बन्धले जीवनको यात्रामा महत्वपूर्ण मोड ल्याइदिन्छ । अन्धकारको भयबाट उज्यालोतिर डो¥याउँदै जसले नयाँ जीवन प्रदान गर्छ । सही र गलतको पहिचानबाट मानिसभित्रको अज्ञानता, अहमता हटाउँदै जसरी अँध्यारोमा राखिएको डोरीलाई सर्प भनेर मृत्यु हुने डर भई थर्थर हात खुट्टा काप्दै मुटु चलन नसकेको अवस्थामा ज्ञानरुपी दियोको सानो प्रकाशले यथार्थलाई औंल्याई आँखा उघारिदिँदा निर्धक्क हुन्छ मानिस । हो त्यस्तै ज्ञानी जसले अन्धकारबाट उज्यालो प्रकाशतिर लगाउने गुरुको कुरा गर्दैछु म । Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : देश दुख्यो

~बिटु केसी बराल~Bitu KC Baral

देश दुख्यो
बन्द बाकस भित्र
खाडी देशबाट आएका
लासका कोसेली
देख्दा देख्दै , जान्दा जान्दै
तछाड मछाडको लामो लाइन
फेरि उही सपना देख्ने
विवश आँखाहरू
कठै मेरो देश !
न शान्ति दिन सक्यौ
न विकास Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो गाउँ

~कुलचन्द्र वाग्ले~

मेरो गाउँ
जसले सहरमा हिँड्न सिकायो,
जो स्वयं हिँड्न सक्थेन
लडीबुडी खेलाउँदै
उसले मलाई हिँड्न सिकायो,
तातेताते गर्दै उभिन लगायो
दरो खुट्टा टेक्न सिकायो,
बर्खामा हिलो
हिउँदमा धेरै बेर कुहिरोको चिसो ओढ्ने
गर्मीको तातोमा फुस्रोधुस्रो तर
बर्खादेखि हिउँदसम्म हरियो फाँट Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : सधैभरी हुन्छ शान

~निर्मला अवस्थी~Nirmala Awasthi_1

सधैभरी हुन्छ शान
नगुमाऊ स्वभिमान।।

जीवनमा अघि बढ्न
गर्नु हुन्न अभिमान Continue reading →

Posted in गजल | Tagged | Leave a comment