~कञ्चन पौडेल~
रसिक छ्न यि युगल जोडी, शान्ति का प्रतिक
प्रेमले मगन भएर कस्तो बसेका नजिक ।
सृस्टिका फुल क्या राम्रो सँग रमेर फुलेका
सास्वत सत्य उजागर गर्दै प्रेम ले झुलेका । Continue reading
~कञ्चन पौडेल~
रसिक छ्न यि युगल जोडी, शान्ति का प्रतिक
प्रेमले मगन भएर कस्तो बसेका नजिक ।
सृस्टिका फुल क्या राम्रो सँग रमेर फुलेका
सास्वत सत्य उजागर गर्दै प्रेम ले झुलेका । Continue reading
~कृष्ण अविरल~
बिहानको १० बजेको थियो । भर्खरै अफिस पुगेर कम्प्युटर खोल्दै थिएँ । मोवाइलमा चिरपरिचित धुन बज्यो । हेरेँ सुनिताको नम्बर । हेलो भन्ना साथ आत्तिएको स्वरमा उनले भनिन्– ‘तपाई एकछिन म कहाँ आउन सक्नु हुन्छ ?’
‘जरुरी केही थियो कि ?’
‘म बाँच्न नसक्ने भएँ सरोजले आज.. ‘एक्कैचोटी भक्कानिएको आवाज आयो । फोन राख्नासाथ ट्याक्सी लिएर हतारहतार दौडिएँ उनको निवास एकान्तकुनातिर । मनभरि त्रास उम्लिरह्यो । पुग्नुभन्दा अगावै सुसाइड गर्ने हुन् कि ? भनेर अत्तालिएँ । किनकि उनको संघर्षूपूर्ण जीवन र लोग्नेसँगको कटुसम्बन्धको बारेमा पहिल्यै केही कुरा थाहा थियो । म पुग्दा उनको फ्ल्याटको मूल ढोका बन्द थियो । Continue reading
~झमक घिमिरे~
अक्षरका माला उन्दा बहर बनी आयौ तिमी
कल्पनाको सागरमा जहर बनी आयौ तिमी
उत्साह र उमंगका कुरा त मिलनमा हुने
मेरो जीवनमा बाँच्ने रहर बनी आयौ तिमी Continue reading
~ध्रुव पन्थी~
मलाई थाहा छ,
हिसाब खोज्न थालेँ भने
मेरो ‘वासलात विवरण’ कहिल्यै मिल्ने छैन
सरले त पढाउनुभएको थियो –
‘सम्पत्ति’ बराबर ‘दायित्व’ र ‘सेयर’
तर जतिपल्ट गणना दोहोर्याए पनि
त्यो बराबरी भेटिने छैन
‘नाफानोक्सान विवरण’ जतिसुकै राम्रो देखिए पनि Continue reading
~अमर नेम्बाङ लिम्बू~
वर्षौँ पहिले
श्रावण महिनाको एक दिन
स्थानीय त्रिवेणी दोभानमा
जलाएको थियौँ हामीले
मेरी स्वर्गीय मुमाको लाश ।
मुमालाई दोभानमा झार्दा
कुखुरीको एउटा सानो चल्लोलाई पनि झारेर
ढुङ्गाघारीमा छाडेका थिए मलामीहरूले Continue reading
~रमेश गौतम~
उभिएको छु
गतिहीन
एउटा उष्ण बगरमा
र
नियालिरहेछु
माछाहरुको क्रीडा
उष्णता र पीडा!
स्थिर पानी
र पानीको स्थिरता!
सामुन्नेको झाडीका
चराहरुको चिरी-बिरी!
गोमन चालहरु!
न्याउल पीडाहरु!
एक साथ हेरिरहेछु Continue reading
~सृजन सापकोटा~
“भगवानले सबै देख्छन् बाबु!” – हर्क बुढाले मतिर फर्केर भने। किन त्यसो भने मलाई थाहा छैन, तर मेरो आँसु थामिएन। म दरिद्र भएर रुन थालेँ। बगिरहेकी मैली बागमतीमा मेरा आँसु विलिन भए। बागमती झन मैलिइन्।
केदारनाथ तिर्थ जाँदा हाम्रो बाबु-आमाको दुर्घटनामा निधन भएको थियो। सानै थियौँ, त्यति याद छैन बा-आमा बितेको। त्यस्ताका हर्क बुढा हाम्रा भगवान साबित भए। म र मेरो भाइ टुहुरा भएपछि उनैले हामीलाई काठमाडौं ल्याएका हुन। नाताले हर्क बुढा हाम्रा मित-बा हुन्। पहिले काठमाडौं आउँदा हामी गौसालामा डेरागरी बस्थ्यौ। आर्थिक अवस्था राम्रो थिएन। हर्क बुढा नजिकैको काठ-मिलमा काम गर्थे। कुस्ठ रोगले गर्दा उनको एउटा खुट्टा ठुटो थियो, कमजोर र रोगी थिए। त्यही पनि, Continue reading
~भूपी शेरचन~
सानै हुरीमा बैंशको सपना
सिमलको भुवा झैँ उडी गयो
तिमि के गयौ खुशीले पनि
मलाई आँखा तरी गयो
सानै हुरीमा…
धेरै हाँसे साँच्ची नै रुनु पर्दोरहेछ Continue reading
~प्रकट पगेनी~
तप्प तप्प जलबिन्दु चुहाएर के निस्कियौ
स्नीग्ध कञ्चन कोमल अहा ! नुहाएर के निस्कियौ
भाग्यमानी रैछ साबुन फिँजैफिँज भै बरालियो
जुन साबुनलाई अङ्ग-अङ्ग छुहाएर के निस्कियौ
पानी पनि आगो बन्छ कामदेवको आशिष पाउँदा Continue reading
~तृष्णा कुँवर~
‘चुनरीके केहु अरहर बेरामें दबोच लेहलस, अब का मुँह लेके यी गाँवमे जियल जाई?’ (चुनरीलाई कसैले बेज्जत गर्यो अब के मुख लिएर यो गाउँमा बस्नु ? ) झिनका बतासजस्तो भएर खरको झुप्रोभित्र पस्यो। दिनभरि खेतमा बैठौनी (रोपाइँ) सकाएर थकाइ मार्न नपाउँदै चौकामा गुइँठा सल्काउनै आँटेकी झिनकीको कानमा तातो झिर रोपियो।
बलिरहेको हातको ढिबरी पत्तै नपाई भुर्इंमा खसेर अँगेनाभरि मट्टीतेल छताछुल्ल भयो । घरै डढाउने हो की झैं गरी चुलामा आगोको ज्वाला दन्किदा पनि जोइपोइ बेखबर एकअर्कालाई हेरेर केही ट्वाल्ल परिरहे। स्कुलबाट फर्केपछि साँझपख सधैं चुनरी घाँस काट्न निस्किन्थी, एउटा गाई र दुईटा बाख्रा अधिंयामा पालेकीले घाँस ल्याउनुपर्ने जिम्मा उसैको थियो। Continue reading
~च्याङबा तामाङ~
चुनाव हाजी ज्यो ज्यो आले ठिमला काइरान ढ्वागे दारेम
ताम्सालिङला बु ह्वारारी छोर्बा छोरङान स्वागे दारेम ।।
ग्यार्जा तोङजा नाङसिन थान्जी कथित ग्लेठिमसे
नाङबा प्लेबा बाँझो री ह्याङ डिक्सी ख्वागे दारेम ।। Continue reading
~राकेश कार्की~
जब तिम्रो आँसुको महत्व हुँदैन
बगिरहन्छ अविरल कसैलाई छुँदैन
अलि अलि माटोले लुकाइदेला
अलि अलि घामले सुकाइदेला
तिमी एक्लै हुन्छौ केवल तिम्रो मनमा Continue reading
~मुक्ति गौतम~
मृत्यू के थियो त्यो?
तिमीले जित्नसक्ने
हाँसेर बरण गर्यौ तिमीले,
कायर थिए उनिहरु
जो हारे
रेटेर गए तिम्रो घाँटी।
डरपोकहरु,
निशस्त्र तिमीसंग
भय र त्राशले Continue reading
~पारिजात~
जीवनको पूर्व–पश्चिम
कुनै यात्रा यस्तो भएन
जहाँ पाइतालामा काँडा नबिझेको होस्,
जहाँ औलामा ठेस नलागेको होस्
दश बिसौनी एक पुल्टुङबाजी नडराई हिंडिरहेका
सहयात्रीहरु देखेपछि
जीवनप्रतिको कलिलो अनुभूतिलाई एउटा
माइल ढुंगामा यसरी लेखेर आएको छु,
एकथरीको जीवन
विजयबाट शुरु भएर पराजयमा अन्त हुन्छ Continue reading
~दिपेन्द्र घिमिरे ‘तरङ्गी’~
छ नेपाल राम्रो अरू देश भन्दा
गरौं आज सारा यहाँ काम धन्दा
उकाली चढौं है अगाडि बढौं है
छ यो देश प्यारो र माया गरौं है
बुझौं स्रोत खोजौं करोडौं कुमाऊँ
बलौ दीप जस्तै र हामी रमाऊँ
सुधारौं सपारौं सबै क्षेत्रलाई
यहाँ फल्छ मोति बुझौं दाजुभाई Continue reading
~श्यामल~
असीवर्षे उद्या ढोली राति एघार बजे हामी सुतिरहेको घरमा आयो र ढोका ढकढ्क्यायो । अपरिचित ठाउँमा यसरी अबेर राति कसैले ढोका ढ्कक्याएपछि एक छिन मेरा सहयोगीहरू डराएझैं गरे । तर मैले को हो यतिबेला भनेर सोध्दै ढोका उघारिदिएँ । उद्या दैलोमा टुक्रक्क बसेको थियो । उसको दाहिने कानको लोतीमा सुनको मुन्द्री टल्किरहेको थियो । मैले भनें, ‘उद्या दाइ, यतिबेला के परेर आउनुभो त ?‘
ऊ निकै उदास देखिएको थियो । उसका आँखा डब्डबाएका थिए । ऊ मलाई हात जोडेर पुकारा गरिरहेको थियो । भनिरहेको थियो ‘प्रभु, पानी खान पाइएन ।’ Continue reading
~राजेश नेपाली~
सुन्दरता र अस्तित्व कहाँ हुन्छ फुल झरेपछि
बोटै मर्छ खडेरीले मालीलाई नै हरे पछि।
सामु हुँदा सामन्तलाई मालिक भन्दै पुजा गर्ने
नवर्षीने गर्जीरहन्छौं उसले खोला तरेपछि।
आफू–आफू काटाकाट गछौं कुर्ची पाउनलाई Continue reading
~तीर्थराज अधिकारी~
गर्मी छल्न
बटुवाले छाता उघार्दा
आसपासका कोही तर्सिन्छन् भने
दोष कसको ? Continue reading
~नरनाथ लुईंटेल~
अभूतपूर्व गतिमा लोकतन्त्र चलायमान भइरहेको छ । लोकका पालकहरु लोकतन्त्र सुदृढीकरणमा निर्लिप्त छन् । आपसमा बेजोडको सहकार्य र सहमति कायम भएको छ । लोकतन्त्रको जगेर्नाका निम्ति सबका सब अहोरात्र खटिरहेका छन् । यस्तो बेलामा निद्राहराम हुनु नाजायज हुँदै होइन । खलनायकी पारामा स्वयम नायकहरु लोकतन्त्रको रक्षाका निम्ति उपद्रोसँग जुटिरहेका छन् ।
आजकाल यो मुलुकमा दिनहुँजसो ऐतिहासिक महत्वका कामहरु भएको देखेर साराका सारा जनता जनार्दन खुसी छन् । सरकारी अड्डाहरुमा घुस लिन र दिन मन लागे जति पाइन्छ– जसरी गैरसरकारी स्कुल र कलेजहरुमा भर्ना फिस र ट्युसन फिसको सीमा छैन । सरकारले सीमा बन्धन राखिनै हाल्यो भने पनि त्यो त खाली देखाउनका निम्ति मात्रै हुुने गर्छ । कार्यान्वयन गर्नका लागि होइन भन्ने कुरा सबैलाई थाहा छ । Continue reading
इलामको पद्य साहित्यको संसारमा जीवनहरि शर्मा नौलो नाम होइन । सुम्बेक–७ मा २०१७ सालमा जन्मनु भएका साहित्यकार शर्माले ‘टिष्टाको सन्देश’ र ‘तिलक प्रथा’ गरी दुई वटा सामाजिक खण्डकाब्य प्रकाशित गरिसक्नु भएको छ भने ‘अधम’ नामक फुटकर कविता संग्रह प्रकाशनको अन्तिम चरणमा पुगेको छ। जस्बीरेस्थित बालमण्डल उच्च माविमा सामाजिक बिषयको शिक्षण गर्ने शर्माले आफ्ना कृतिमा समेत सामाजिक खालका बिषयबस्तुहरु नै उठाउने गर्नु हुन्छ।
साहित्य यात्रामा कहिलेदेखि लाग्नु भयो ? Continue reading
~भावना पोखरेल~
प्रकृतिका शालीन सिमाहरू नाघेर
कुल्चदैनन् परेवाहरूले सभ्यताका मानक
कसले भन्नसक्छ परेवाहरूको राष्ट्रियता हुँदैन
एक पेट चारो खाज्दै नौडाँडा काटेर गए पनि
परेवाहरूले बिसिदैनन् आफ्नो वस्तीको माटो
परेवाले कब्जा गर्दैनन् अर्काको आकास
र खसाल्दैनन् जमिनमा प्रलयकारी विस्फोटनहरू Continue reading
~गोपाल पौड्याल ‘अकिन्चन’~
रातासारी हरिया पोते
हातभरी चुरा छन्
पोख चेली तीजको दिन
जति मनमा पिडा छन्
आफ्नै चाड आफ्नै संस्कार
दिल खोलेर हासी देऔ
आफ्नै भाका आफ्नै ताल
छम छम नाचिदेउ
जति सक्छौ सजाउ आज
पहिरन र श्रिगार
नदेखाउनु तिमीले
घमण्ड र अहम्कर
जति सफा तिम्रो मन छ
उचा राख विचार
ब्यथा पिडा जे जति छन्
सबै आज पखाल Continue reading
~आजाद अजनवी~
के भर पानी खर झै सल्किन सक्छ
अनि आगो नदी झै छल्किन सक्छ ।
जे पनि हुन्छ प्रेममा धनसम्पति भए
गाई पनि बोका संग पल्किन सक्छ । Continue reading
~भोगेन एक्ले~
तनावमा छु
आजको अस्त
भोलिको उदय
या भनौं बिपना र सपनाको ठीक बिच
उभिएर खुब तनावमा छु
विगतको समीक्षा
आगतको सम्भाबीयताको अध्ययन
वर्तमानको हरेक क्षणमनले मगजलाई घोची रहन्छ
यथार्थमा आदर्श गल्ने पो हो कि
खसेर भीरबाट सुन्दर कल्पनाहरू
थेचारिएर मन थलिएर
बा कुँजिने हुँ संधैलाई
खुब तनावमा छु Continue reading
~विमला तुम्खेवा~
यो बाटोको अन्तिम बिन्दु
यो आकाशको क्षितिज
र
उसले कुल्चिएर गएको पाइतलाको खत
कसरी हरायो
कतै,
समुद्रको तूफान भएर ।
पीरले पोतिएको उसको कालो अनुहार
पृथ्वीको कुन रेखामा पर्छ
सपनाको निख्खर सेतो घोडा चढेर हुत्तिएकी थिई
तूफानजस्तो
जङ्गलका यी चोर बाटोहरूमा
हिजोजस्तो केही छैन
लोग्नेको मृत्युँसगै
आफ्नो भन्नु ट्यारलीङ्गको रातो साडी छ Continue reading
ठेलागाडीको सामान आफ्नो डेराकोठामा पुर्या्ई सकेपछि अनिलले एकपल्ट लामो सास फेरेर रित्तो खाटमा बस्दै कोठाका बीचमा थुप्रो लागेका सामानतिर हेर्योख। डेरा सर्ने कामजस्तो झन्झट उसलाई अरू केही पनि लाग्दैनथ्यो तर घरबारविहीनहरूको भाग्यमा लेखिएको बराबर अर्काको घरमा आफ्नो घर बसाल्नु पर्ने दुर्भाग्यमय परिपाटीबाट ऊ पनि जोगिन सक्ने संभावना अवश्य नै थिएन। ऊ एक ठाउँबाट अर्को ठाउँमा नसर्न हरसम्भव प्रयास गर्थ्यो। घरधनीसँग कहिल्यै मनमुटावको वातावरण सिर्जना गर्दैनथ्यो। भाडा समयभन्दा अगाडि नै दिन्थ्यो। Continue reading
~भैरबनाथ रिमाल “कदम”~
जिन्दगी बित्यो रुमल्ली त्यसै संसार यात्रामा
हार जितको कुनै पहेलीसंगै भौतारी यात्राामा ।।
आँखामा आँसु मनमा पिर सिवाये केही छैन
झल्किन्छ फगत दिलको घाऊ झन निको हुँदैन Continue reading
~उस्ताद खलिलुल्हा खलिलि~
अनु : केशव सिग्देल
म धर्तीमा झरेको तितो फल हुँ
जो जकडिएको छु समयको पञ्जामा।
ए स्वतन्त्रताकी छहरा ! तिम्रो कृपा अरु के हुन सक्थ्यो
यो तितो फूललाई गुलियो बनाउनु बाहेक? Continue reading
एक्कासि झस्किएँ म । बसपार्कनजिकको सडकछेउमा र्दुइ तीनवटा बेडिङ र असरल्ल सामानको आडमा उत्तानो पल्टिएको थियो अविनाशको नामअङ्कित साइनबोर्ड – अविनाश शर्मा । हेल्थ असिस्टेन्ट, टी यू ।
अविनाश यहाँ कसरी आयो ? एउटा कौतूहलले पखेटा हाल्यो मभित्र । अविनाश मेरो निकटम मित्र । मेरो गाउँको प्रिय डाक्टर । जसले आफ्नो पेशालाई पूर्णरुपमा गाउँलाई समर्पित गरेको थियो । आर्थिक उपलब्धिभन्दा पनि विशुद्ध सेवामुखी अभियानमा लागेको थियो ऊ । उसको नामको साइनबोर्ड सडकछेउमा देखेपछि मेरा आँखाले बसपार्कको भीडमा अविनाशलाई खोज्यो र खोज्दा-खोज्दै अतीतका धमिला कुहिरोभित्र हराएर फेरि म स्मृतिको गाउँ पुगेँ । Continue reading