~संगीता भट्टराई~
मन्दिरा हतार हतार कलेज को लागि निस्कन्छे,आज उसको कलेज मा पहिलो दिन हो | भर्खर मात्र एस एल सी को बोर्ड परिक्षा उर्तिण गरेर गाउबाट काठमाडौँ पढ्न भनेर आएकी छे , नयाँपरिवेश, नयाँ रहनसहन उसलाई यो कोलाहलमा मिसिन केहि असहज भएको छ| शहरको वातावरण संग यस अघि उ त्यति नजिकिएकी थिइन| अघिल्लो दिन उसको दाइले कलेजमा एडमिसन गर्न जादा उसलाई पनि संगै लग्नु भएकाले मात्र उसलाई कलेज सम्मको बाटो थाहा छ |
उ आफैलाई केहि सहज बनाउदै कलेज को गेट सम्म पुग्छे, आफैलाई एकपटक तलदेखि माथि सम्म नियाल्छे, अनि भित्र पस्छे, सबैजना नौला भएकाले उ एक्लै बसेकी छे, केहि महिना अघिसम्म गाउकै चन्चले बोलेर नथाक्ने उ आज चुपचाप एक आज्ञाकारी बच्चा भाति शान्त भएर बसिरहेकी छे, उ सोच्दछे जीवन मा परिवर्तन भनेकै यहि रहेछ क्यार,सबैजना सबैसंग प्राय नौला नै थिए तर उसलाई भने उ मात्र एक्लै कसैलाई नचिन्ने, एक अर्को परिवेश को हो भन्ने लागेको थियो | Continue reading →