कविता : त्यो मृत्यु हो !!

~दुर्गा राइ~

मलाई डर लाग्दैन,
त्यो मृत्यु साच्चो हो
मैले बाचेको पनि
अनी तिमीले बाचेको पनि
केवल मृत्यु हो ! त्यो मृत्यु हो !!

जन्म यो शब्द मा
अपुरो अर्थ छ
मृत्यु ले नै यस्लाई पुरा बनाउछ,
त्यसैले मैले
मृत्यु प्राप्ती गर्नै पर्छ Continue reading →

Posted in कविता | Tagged | 1 Comment

कविता : सातो उडेका वैंशहरु

~दीपक जडित~Deepak Jadit

रात ओढेर अँध्यारो
कसरी निदाउने हुन् खै
यि सुकुमार वैंशहरु ?
हेर त निष्ठुरी समय
उल्टो फर्किरहेछ
फिँजाएर क्रुर हत्केलाहरु ।

के ठेगान्
कहाँ कतिबेला
निमोठ्ने हो यस्ले
किशोर रहरहरुको घाँटी
चुक भरेर रात जस्तै
ह्रदयको मानोभरी
फैलिइरहेको छ कालो समय
सम्साँझै जुठेल्नामा प्रेम घोप्ट्याएर । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी गलत छौ

~सन्दिप बडाल~

तिमीले सोच्यौ होला,
तिम्रो प्रेममा म बिक्षिप्त भएको छु
तिमीले दिएको धोकाले मुर्छित भएको छु
र ढलिरहेको छु ओछ्यानमा
एउटा जिउँदो लाश बनेर
पौडिन नसकी डुबिरहेछु
आफ्नै आँशुको बिशाल सागरमा
तर तिमी गलत छौ, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : देशको सुरक्षा

~सुरञ्जन घिमिरे~Suranjan Ghimire

देशको सीमा सुरक्षार्थ
सुगठित शरीरलाई खाकी कपडाले छोपेर
काँधमा बन्दुक भिरिरहेकी
तिमीलाई बन्दुक पट्काउन डर लाग्दैन ?
गाजल पोतिएका आँखा
कञ्चन हिमालझैं टल्किने दाँत
मन्द गुलाबी रङ्ग पोतिएको ओठ
तिमीमा पक्कै एउटा कोमल मन त छ नै
तर, तिमी हातमा बन्दुक बोकेर उभिईरहेकी छ्यौं । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : तपाईँको नाम के हो ? यदि सोध्न सकिन्छ भने !

~मनु ब्राजाकी~Manu Brajaki

“तपाईँको नाम के हो ? यदि सोध्न सकिन्छ भने !”

“यदि सोध्न सकिँदैन भने तपाईँको नाम पनि मेरै नाम हो अर्थात् सगरमाथा बहादुर नेपाली। तपाईँका पूर्खा पनि मेरै पूर्खा जस्ता थिए, परापूर्व कालमा। कुनै डाँडाकाँडा, खोँचखाँच र तराई समथरमा बसेर कुटोकोदालो गर्दै सनातनको बिडो थामेका।”

“तर तपाईँ पनि आजभोलि म जस्तै आधुनिक हुनुभएको छ। आधुनिकता मैले ल्याइनँ, त्यस्तै तपाईँले पनि ल्याउनु भएन। यो त रेल मोटर चढेर टुप्लुक्क आइपुग्यो। आजसम्म पनि हवाइजहाज चढेर आउँदैछ। तपाईँजस्तै म पनि सनातनको भूमिमा सनातन नै रोप्दै थिएँ। एक्कासी ऐँजेरु पलायो।” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : हजार सूर्योदयको बिहानी !!

~बलदेव भट्ट “बिहानी”~Baldev Bhatta 'Bihani'

रातो चन्द्र र सूर्य आकाशमा रहून्जेल
जितका रेखा कोर्ने हाम्रो चलन
नालापानी देखि रंगशाला सम्म जीवित छ !
रक्तिम उमंग आजको साँझ
उनिहरु माझ चेतनाको दियो बाली आउछ
बसन्तको बिहान जित को लहर बोकि उचलिन्छ !!

एकताको सपना बिभाजित रात संग Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : मनमा छोएर हल्का

~सुविद गुरागाई~Subid Guragai

लहर आयो गयो मनमा छोएर हल्का ।
जांदा–जांदै माफी माग्यो रोएर हल्का ।

किन आयो किन गयो ? भनेन केही,
जिन्दगीमा अनुभूति भएर हल्का । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : पागल आईमाई

~यज्ञराज कार्की~Yagyaraj Karki

हिजो अस्ती झै,आज पनि त्यो पागल आईमाई हाम्रो घरको गेटमा आएर कराउन थाली । म झ्यालको पर्दा खोलेर उस्ले फतफताई रहेको शब्दलाई कान थापेर बुझ्ने कोशीस गर्दै छु तर अहंँ एउटै शब्द बुझिने होइन । जिङ्ग्रिङ्ग कपाल,ठाउँठाउँमा च्यात्तिएको मैलो चोलो, एकसरो बेरिएको मैलो निलो फरिया अनी हड्डी कड्डीमात्र देखिने दुब्लो पातलो शरीर । त्यो आईमाईको उमेर कती होला ? म अन्दाज लगाउने कोशीस गर्छु, ४५ या ५० ।

================

म अस्ट्रेलियाबाट नेपाल फर्किएको आज ५ दिन भयो । ३ बर्षको बसाईँपस्चात् कलेज बिदा मनाउन नेपाल फर्किएकी छु म । एयरपोर्टमा मम्मी लिन पुग्नु भएको थियो- स्कुटर लिएर । घरको गेटमा आइपुग्दा त्यो पागल आईमाईलाई पहिलो पटक देखेकी थिएँ । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : नाक

~रमेशप्रसाद तिमल्सिना~

नाक हाम्रो शरीरको एक अभिन्न अङ्ग हो । शरीरका पाँच ज्ञानेन्द्रीयमध्ये नाक पनि एक हो । राम्रोसँग चिन्ने हो भने मुखभन्दा माथिको डाँडोलाई नाक भनिन्छ । नाक दुई आँखाको सीमानामा अवस्थित छ । तपाई टाउके जङ्गलको यात्रालाई छोट्याउँदै निधारेचौर र निधारेचौरबाट पनि यात्रा अगाडी बढाउने हो आँखेभञ्ज्याङमा पुग्न सक्नुहुन्छ । त्यहाँबाट पनि यात्रा अगाडी बढाउँदा नाकको टापुमा पुग्न सकिन्छ । जहाँ ठूलो पहरो र दुईवटा गुफा छन् । गुफाबाट सिङाने खोला बगिरहेको हुन्छ बाघद्वारबाट बागमती बगे झैं ।

कोही लेखकले भुँडीका बारेमा लेखे, कोहीले टाउकाका बारेमा लेखे । कोहीले जुँगाका बारेमा पनि लेखेका छन् । तर टाउकैमा रहेको नाक भने हेलामा परेको मैले फेला पारे । अण्डरलाईन गर्ने जुँगाका बारेमा लेख्नेले Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : विश्वास

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~Yogendra Raj Sharma 'Prakar Antar'

१.
मलाई
आस्थाका बिम्बहरु मन पर्छ
फूलका पत्र-पत्रहरु,
त्यहाँ अडिएका शितका थोपाहरु,
बिहान उदाउने घाम
र त्यही शितको ऐनामा
त्यसको प्रतिबिम्ब !

मलाई प्रतिबिम्बहरुमा विश्वास छ
केही बिम्बहरु भयानक हुन्छन्
के भयानक हुँदैमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : फेरीएको शब्दको परिभाषा

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

फेरीएको शब्दको परिभाषा ,
सहिष्णुता रुपान्तरण भै रहेछ असहिष्णुतामा
मानवमा मानवता स्खलन हुँदा
अराजकताले प्रश्रय पाईरहेछ
सुशासनको सुगा रटाईमा
सेवा प्रदायको नशा नशामा
कुशासनले आवास बनाई सकेछ
शब्दजालमा रमाउने प्रहरले
आफ्नो जवानी छताछुल्ल पार्दै
शब्द शब्दले शब्दलाई नै गिज्याई रहेछ ।

भो नकोट्याऊ अतितका घाउहरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : तिमी जिवनभर मेरै मनको साथी भयौ !

~राज थापा~Raj Thapa

म तिम्रो जीवन साथी हुन नसकेर केभयो
तर तिमी जिवनभर मेरै मनको साथी भयौ !

पहिलो प्रेमको न्यानो मायाँ छुट्यो तिमी सँग
हात छोइ बिदा भयको याद होला तिमी सँग ! Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : चेली ! केवल तिम्रा निम्ति

~पवन भण्डारी ‘किरण’~

व्यभिचारको चौघेरामा
घेरिएकी विवश नारी।
तिम्रो क्रन्दनमा
असह्य चिच्च्याहटमा
मृत्युको एक गुहार सुनें
नौली बुहारी बनेर
भित्रिएको घरमा
अलच्छिनी पद पाएको देखें
बालविवाहको पींडा खप्न नसकी
प्रसुतिगृहमा लास भेंटे।

तिम्रो अत्यास, प्यास र भोकलाई
तृप्तिमा बदल्न चाहें
तर के नै छ र?
म निर्धोसँग
फोस्रो आश्वासन र सान्त्वनाबाहेक Continue reading →

Posted in कविता | Tagged | Leave a comment

स्वदेश गान : नेपाली नेपालको माया

~गोपाल योन्जन~Gopal Yonjan

नेपाली नेपालको माया छ कि छैन
धेरै खेल्यौ नेपालको तिमी छाती माझ
तिम्रो छातीमाथि पनि नेपाल छ कि छैन

हाम्रा पुर्खा सत्लज देखि टिस्टा सम्म हाँक्ने
हामी किन बाँच्नलाई अरुको मुख ताक्ने
हामी बिनै बाँच्न सक्ने हाम्रा बैनी आमा
आज छोरी लाज नबेच एक घुँट मदिरामा Continue reading →

Posted in स्वदेश गान | Tagged , | Leave a comment

कविता : पर जा पर जा

~युद्धप्रसाद मिश्र~Yuddha Prasad Mishra

भ्रष्ट प्रशासन पर जा पर जा
रक्त क्रान्तिको घन्क्यो बाजा
उठ्यो बबण्डर हुँदै सशक्त
महल अटारी अस्तब्यस्त

सामन्तीले संगीन रोप्यो
जनजागृतिले दुनियाँ छोप्यो
झुपडी भन्दछ शहरै घेर्छु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : रहर

~गोबिन्दबाबु तिवारी~Govinda Babu Tiwari

लास परेको खवर पाएर प्रहरी प्रमुख र सरकारी वकिल आफ्ना सहयोगी सहित ३६नास्थलमा पुगे । त्यहाँ  एकत्रित भिडलाई सिपाहीहरुले तदारुकताकासाथ छिमलेर लासको दायाँबायाँको १०x१५ मिटर सम्मको भू-भागलाई प्रमाण सुरक्षित गराउन रातो रिबनले घेरा हाले ।

भिडमा मिश्रति प्रतिक्रियाको खुसुर फुसुर र खस्र्याकर्खुस्रुक् चर्कै थियो ।

एउटाले सुस्केरा हाल्यो – विचरा १  यत्रो उमेर मै खुत्रुक्क भो ।

अर्कोले सान्त्वनाका भाका छोड्यो –  यस्तै हो, अजम्मरी को छ र । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : देशभक्त

~गोविन्द प्रसाद आचार्य~

जो यो देशको पानी खान्न देशभक्त बनिरहेछ
जसलाई हैरानीको छिटो पर्दैन हैरानी हटाउने प्रतिज्ञा गरिरहेछ
छि किन सुसेल्छन् नक्कली सुस्केराहरू !
नजोडिने हृदय साइनो बिनाको नाता जोडेर गाँस्न खोजिरहेछ
न तडि्पएकाहरूबाट तड्पाएका ढ्वाङ् फुकिरहेछ
माटोमा एक थोपा पसिना नचुहाउनेहरू श्रमिक बनिरहेछन्
जसलाई कहिल्यै रूनु पर्दैन तिनैले आँसुको भाका
बुझ्ने नाटक गर्छन्
जो एक पाइलो हिंड्दैन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : आजसम्म भुल्दै आयौं

~शुशिल एकीकृत~

व्यक्तिगत चाहाहरु आजसम्म भुल्दै आयौं
देशभक्त खोज्दै हामी गाउँबस्ती डुल्दै आयौं

संघीयता लाद्ने भए राष्ट्रलाई टुक्राउन
देशलाई बचाउन काँडाबीच फुल्दै आयौं Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : मासिन्छ कि देश मेरो

~बासु ढकाल~ Basu Dhakal

बन्दैछ कि धुजा धुजा
आजभोलि देश मेरो
मासिन्छ कि डर लाग्छ
त्यों नेपाली भेष मेरो

बाँड्नै परे नेपालीको
मन बाँडे हुन्थ्यो
शीप रुपी पौरखको
धन बाँडे हुन्थ्यो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : कोलाज : कटारी

~कृष्ण शाह यात्री~Krishna Shah Yatri

कुनै समय ‘सगरमाथाको द्वार’ भनेर चिनिन्थ्यो कटारी बजार । मैले बाल्यकालमा यही बाटो हुँदै गन्तव्य सगरमाथा बनाएका विदेशी पर्यटकको लस्कर अनेकौंपटक देखेको छु । तिनलाई सबैले ‘अम्रिकाने’ भन्थे । अम्रिकानेहरूको भाषा नबुझे पनि उनीहरूको बोली, लवाइखवाइ र केटाकेटीहरूलाई गर्ने माया र व्यवहार देखेर दङ्ग पथ्र्यौं । महाभारत र चुरेको बीचमाजङ्गल र खोलाको घेरिएको उदयपुरको सानो उपत्यकाझैं लाग्ने दुन क्षेत्र हो – कटारी ।

मेरा बा २०२१ सालमा नारायणी अञ्चलबाट बसाइसराइ गरी कटारी झर्नुभएको हो । नारायणी नदीले घरखेत डुबाएपछि व्यापारको सिलसिलामा कटारी आउनुभयो र यतै रम्नुभयो । हामी उहााका सबै सन्तान यतै जन्मियौं । अहिलेको कटारी बजार ऊ बेला दिउासै बाघ, भालु र हात्ती लाग्ने बाक्लो जंगल थियो । बाको मुखबाट सुनेको मैले । Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : प्रेमास्पद चार वर्षहरू…

~अभिमन्यु निरवी~Abhimanyu Nirabi

हो म मरिसकें । तर मेरी श्रीमती र छोरीको मनमा म अझै जिउँदै छु । जब छोरीले हरेकपल्ट बाबा खोइ भनेर सोध्छे । तब म जोडले चिच्याउँछु– म याँ छु’ । तर न छोरीले सुन्छे, न कसैले । रामधुनीको चिहान डाँडामा मेरो लास गाडिएको छ । त्यसकै आडको एउटा दर्शनढुंगामा लेखिएको छ – कर्मशील तुम्बाहाम्फे (२०४०–२०६१) । मसँग त्यो पहिलेको सग्लो शरीर छैन । मसँग घर, परिवार, मैले बोक्ने सेतो छडी र मेरा प्रिय किताबहरू छैनन् । छ त एउटै आत्मा र त्यहाँ हरदम सलबलाइरहने श्रीमती र छोरीको माया ।

२०५८ साल  Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाल कथा : उपमाको भविष्य

~बिन्दु ढकाल~

उपमाको घर सप्तरी राजवीराज हो । उनी कक्षा पाँचमा पढ्छिन् । ज्ञानी, इमानदार र पढाइमा निकै तेज छिन् । मिठो स्वरमा गीत पनि गाउँछिन् । बालगीत प्रतियोगिताहरूमा धेरैपल्ट उत्कृष्ट भएकी छन् । उनको मामाघर काठमाडौं हो । मामा घरमा बूढा हजुरबा र हजुरआमा मात्र बस्नुहुन्छ । उपमाका मामा डाक्टरी पढ्न काठमाडौं बाहिर बस्नुहुन्छ । मामा घरबाट उति टाढा छैन उपमाको स्कुल । उनी त्यही स्कुलको होस्टलमा बस्छिन् ।

लामो बिदाबाहेकका सानातिना बिदामा मामा घरका हजुरबा र हजुरआमासँग बसेर रमाउँछिन् । Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

अनूदित कविता : अनुरोध…..

~ज्ञानेन्द्र स्थापित~Gyanendra Sthapit

पर्ख !
न जाऊ !
मेरो अनुरोध किन सुन्दैनौ तिमि?
कि तिमीले सबै बिर्सी दियौ
संगै बाच्ने संगै मर्ने भनेका ति बाचा हरु….
सुखद भबिष्य को सपना बोकेका हाम्रा ति अनगिन्ती रात हरु…..
बसन्त ले भरिएका ति सुखद क्षणहरु…….
न्यानो घाममा खेलिएका ति समुन्द्रका लहरहरु…..
दुवै मिली बनाएका ति बरफ का मान्छेहरु…
या ति सब थिए मात्र मेरा एक अनन्त सपना
या ति सब थिए तिम्रा लागि मात्र एक खेल l Continue reading →

Posted in अनूदित कविता | Tagged | Leave a comment

स्वदेश गान : म मरे पनि मलाई….

~लक्ष्मण लोहनी~LaxmanLohani

म मरे पनि मलाई, मेरो देशको माया छ
यो छाती भरि मुरी का मुरी, नेपालको माया छ
म मरे पनि…

म खेलें जहाँ म हुर्कें जहाँ, त्यहि आगन प्यारो छ Continue reading →

Posted in स्वदेश गान | Tagged , | Leave a comment

गीत : जन्मेर कोखमा

~तुलसी घिमिरे~Tulsi Ghimire

जन्मेर कोखमा कसैको, हुर्कन्छ काखमा कसैको २
भाग्यको लेखा कस्तो, भाबिले के लेखिदियो २
जन्मेर कोखमा कसैको….

कसले छोडेको, कसको नासो हो यो
जिन्दगीको अनौठो नाता
को हो आफ्नो, को हो बिरानो Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

बाल कथा : सानीनानीको कथा

~यज्ञराज कार्की~Yagyaraj Karki

एकादेशमा- एउटी 7 बर्सिय सानी नानी रहिछन- बाबा आमाकी कान्छी छोरी । उनको एउटा दाजु र दिदी पनि रहिछन । दाजु दिदी र आमाबुवाले अतिनै माया गर्थे । जमिन मा खुट्टा पर्न दिदैनथे – भुइको चिसो लागेर बिरामी हुन्छिन भन्ने डर, काँडा बिज्ला भन्ने डर, लडेर चोट लाग्लाकी भन्ने डर त्यसैले त आलो पालो काँधमा बुइ गरिरहेन्थे । ति सानी नानीलाई भने जमिनमा दौडन मल लाग्थ्यो- बेफिक्री धुलोमा खेल्न मन लाग्थ्यो- बगैचाका फुलहरु चुम्दै हरिया दुबो र झारहरुमा लडीबुडी गर्न मन लाग्थ्यो । उनलाई बोकेको मन पर्दैनथ्यो ।

नानी पातलि थिन्- त्यसैले उनका बाबु आमा र दाजुदिदी उनी मोटाएको हेर्न चाहन्थे । बिहान उठे देखुन नसुतुन्जेल मिठा मिठा खानेकुराहरु पकाउने-ल्याउने र खुवाउने गर्थे । उनकी दिदी बाहिर कतै गयो कि त रित्तो हात कहिल्यै फर्कन्नथिन – बहिनी को लागि केही न केही मिठाइ लिएर आउथिन र फकाइ फकाइ खुवाउथिन । दाजुले पनि त्यस्तै गर्ने । मम्मी र बाबाले पनि केही न केही खानेकुरा कोसेली स्वरुप ल्याइदिने Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

गजल : जलाएर जानेलाई

~दीक्षा रिसाल ‘बुकी’~Diksha Risal 'Buki'

मेरो मुटु आज फेरि जलाएर जानेलाई
बिनामौसम हुरी बतास चलाएर जानेलाई

कसले भन्ला यो मुटुको उथुल पुथुल उसैलाई
मेरो मनमा प्रेम बनी पलाएर जानेलाई Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : झाँझरमारे

~भुवन त्रिपाठी~BhubanTripathee

सतीको श्राप परेको ठाउँमा राम्रो काम गर्न कहाँ पाइन्छ र !”

यो वाक्यले घरिघरि झकाइरहेको निद्रा पनि भङ्ग हुन्छ। फेरि कोल्टो फेरेर सुत्ने प्रयास गर्छु, अँह निद्रा नै पर्दैन।

“मेरो व्यक्तिगत हितको निम्ति मात्र हो र ?”

“बुझ्नेहरूले त्यस्तै बुझे त के गर्छस?”

“प्रष्ट रूपमा भनेपछि त बुझ्नु पर्छ नि!”

“नबुझेकालाई पो बुझाउँदा बुझ्छन, बुझी-बुझी बुझ पचाँउनेलाई के गर्ने ?” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : कहिले के, कहिले के

~बिनिता कपाली~

दुःखले ‘सुख’ सम्झाउँछ र कहिले
कहिले सुख दुःखको याद गराउँछ
अन्धकार र उज्यालोको खेल
समयले हामीमा देखाउँछ ।

दिनको उज्यालोले कहिले
‘रात’ निम्त्याएको पनि देख्छौं
‘रात’ काटेपछि सूर्यकिरण
धरतीमा विस्तारित पनि पाउँछौं । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Poem : This Night

~Shankar Lamichhane~Shanker Lamichhane

Like a torn leaf of notation
A piece of sky
Is glued over here.

It is its song
thant the waves murmer
And sing out to the shores. Continue reading →

Posted in Poem | Tagged | Leave a comment

कविता : सलहको सभा

~गोविन्दप्रसाद आचार्य~

सलहका हुलले माटो पनि राख्दैनन्।
सिर्जनाका बोट बिऊ पनि जाग्दैनन्।।
सलहको सम्मेलनमा राम्रा कुरा हुँदैनन्।
माटो खाने सलहले काम गर्र्दैनन्।।

सलहका हुलले फुलका पात खाइसके।
फूल फुल्ने बसन्तमा आगो लाइसके।।
सलहका हुलले हरियो त हरियो।
भोकाएका सलहका फेला परियो।।

सलहले पाएका हेर बाली खाएको।
माटो खाने सलहका दिन आएको।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : हातमा छुरी थिएन

~रवि प्राञ्जल~Ravi Pranjal

फूल थियो यो हातमा छुरी थिएन
स्वीकार गर्न कसैलाई मञ्जुरी थिएन

आँखालेनै मनका कुरा सबै बोलिदियो
मुख खोली रहनु जरुरी थिएन Continue reading →

Posted in गजल | Tagged | Leave a comment