कथा : यसरी एउटा नाउँ काटिन्छ

~पारिजात~parijaat_3

सनक्याप र कालो चश्मा लगाएको इञ्जिनीयर ढलानको फरमामाथि उभिएर कराइरहेको छ, “भारतीय ठेकेदारको विश्वास नगर्नुस् है, ज्यामी भोजको ठेक्का कसलाई दिनुभयो?”

घरपति तलबाट मास्तिर हेरेर हाँस्दै भन्छ, “त्यति बुद्धि त मेरा पनि छ नि हौ, भोजको ठेक्का नेपाली नाइकेलाई दिएको छ। ”

“कति दिनुभो?” इञ्जिनीयर सोध्छ।

“मिल्काइदिएँ दशको हिसाबले महंगी हेरिकन साठीजना ल्याउँछु भन्थ्यो” घरपति एकातिर लाग्छ। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : पछि पर्‍यौं दलित

~राजेश नेपाली~

एक्काइसौं शताब्दीमा पनि पछि पर्‍यौं दलित
शोषकको चेपटामा सधै तिमी मर्‍यौ दलित

यिनले पुज्ने मन्दिरमा तिम्रो नाता गहिरो छ
आज तिमी पस्न हुन्न हिजो बुट्टा भर्‍यौ दलित
शोषकको चेपटामा सधै तिमी मर्‍यौ दलित Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : इस्पातका मुटु भिरेकाहरू

~पवन भण्डारी “किरण”~

पूर्वमा रक्तिम लालिमा
रक्तरन्जित आभा पोख्दै
मेरो धर्तीमा टेक्दै थियो।
सयपत्री र लालुपातेसँ,
साइनो तोड्दै मैले
माधवी उद्यानमा
भर्तीको रसिद काटें।

म सधै अज्ञात रहें,
उद्यान भुसुना र उडुसले तृप्त थियो,
कमजोर र सीधा पालुवालाई
निमोठिन्थ्यो, लाचार पारिन्थ्यो
र हर्कुलसहरूलाई
पालनपोषण गरिन्थ्यो
ताकि–
उनीहरू सधै उद्यानमा
निर्धक्क तान्डव नृत्य नाँचिरहुन ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पूर्वस्मृति

~कवी शिरोमणी लेखनाथ पौड्याल~Lekhnath Poudel

हे मेरो प्रिय बन्धु ! आज तिमिले जो लेखका खातिर
लेख्यौ सा–दर पत्र, त्यो सब पढें केही झुकाई शिर ।
ठेगानातिर हेरदा नयनमा देखा पर्यो ‘पोखरा’
जो देख्दा मनमा मिहीं स्मरणका लाखौं फुटे आँकुरा ।।

पैह्ला अङ्कुरमा हिमाल हँसिलो अग्लो अगाडी सर्यो-
साथै पर्वत-शृङ्खला विपुल त्यो चौतर्फि देखा पर्यो ।
लंबा संथर फाँट तालहरुको झल्क्यो ठुलो चक्चकी
फेरी त्यो गडुवा, विजेपुर खुदी, सेती बगेकी लुकी ।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : दासको सपना

~भरत बागलुङे~Bharat Baglunge Paudel

हिजो
जहाँ थियो
आज पनि
उहिं छ
हिजो
जस्तो थियो
आज पनि
उस्तै छ
मालिकको हुकुम विना
पृथ्वी घुम्न सक्दैन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : ग्यालिसवाला पाइन्ट

~अजित बराल~Ajit Baral

दसैं भर्खरै सुरु हुँदै थियो । बिहान चिसो हावाको सिरेटो चल्न थालेको थियो । आकाश फोक्सुन्डो तालजस्तै कञ्चन नीलो हुन थालेका थियो । एक किलोमिटर जति टाढाको बिन्ध्यबासिनी मन्दिरका घन्टीहरू बजिरहेका थिए । र, मानिसहरू बिहानको मन्दिर दर्शन गरेर आ–आफ्ना घर फर्कंदै थिए ।जताततै चाडपर्वको रौनक थियो । तर, घरमा– साकारको घरमा– भने ताण्डव सुरु हुन थालेको थियो । साकार कोठामा लुकेर नीलो ग्यालिसवाला पाइन्ट लगाउँदै थियो, उसका बाले देखिहाले । ‘कहाँबाट आयो यो ?’ पाइन्टतर्फ इसारा गर्दै बा च्याँठ्ठिए । त्यो पाइन्ट पल्लो घरको केटाको थियो, जसको ओंठ काट्टिएको थियो । साकार चुप लागिरह्यो । ‘कहाँबाट पाइस् यो,’ बाले अझ चर्को स्वरमा भने । साकार खङ्ग्रङ्ग भयो ।‘तैंंले चोरेको हो ?’ उसका बाले सोध्न छोडेनन् । ऊ फेरि चुप लागेर बसिरह्यो । उसको अनुहारमा डरको कालो बादल मडारिन थाल्यो ।

साकार जाती नै थियो । आफ्ना बाआमालाई यो चाहियो, त्यो चाहियो भनेर ऊ कहिल्यै माग गर्दैनथ्यो । उनीहरूले जे किनिदिन्थे, ल्याइदिन्थे त्यसैमा ऊ खुसी हुन्थ्यो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : मेरो बेहोशी आज

~ईश्वर बल्लभ~Iswar ballav

मेरो बेहोशी आज, मेरो लागि पर्दा भो
छोपिए पीर सबै, दु:ख सबै पर्दा भो

यो नशा जिन्दगीको, या हो नशा रक्सीको २
के हो यो पिरती हो, नयाँ नयाँ प्रियसी हो
जे थिए स्वप्न सबै नै, पग्लिएर पानि भो Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : लौ सुन म भन्छु

~गोपाल योञ्जन~Gopal Yonjan

लौ सुन म भन्छु मेरो राम कहानी
त्यो एक दिनको घाम सयौं दिनको पानि
लौ सुन म भन्छु…..

म उठ्दा आकाशले मलाई थिची दिन्छ
अघि बढ्दा धरती मलाई खाल्डो खान्छ
म रोएँ यी आँशु रित्याउँ भनेर Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : सोंच

~मुक्ता सापकोटा~Mukta Sapkota

अजिव छ समयचक्र,अनौठो खेल
सोचाई, बुझाई, गराईमा छैन मेल

म के सोच्दछु भैदिन्छ अरुनै केहि
मैले नै पो बुझ्न नसकेको होकी झै

पानीसरि छर्लङ्ग कुरालाई केको बुझाई Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : नियति

~जलेश्वरी श्रेष्ठ~Jaleshwori Shrestha

आज रामदेवीको मृत्यु भएको १३ दिन भयो। १३ दिनको पुण्यतिथिमा आफन्तहरु रामदेवीको घरमा जम्मा भए।

श्राद्ध गर्ने ठाउँमा रामदेवीको ढकमक्क गहना लगाएको तरुनी हुँदाको फोटो राखिएको थियो। त्यस फोटोमा बास्ना आउने सेतो फूलको माला लगाइएको थियो। बलेको धूपको बास्ना चारैतिर फैलिरहेको थियो।

त्यो फोटो रामदेवीका लोग्ने श्यामदासले भर्खर विवाह हुँदा आफूले दिएका भएभरका गहना लगाउन दिई मान्छे बोलाएर खिच्न लगाएका थिए। ती गहनाहरु छोराको अध्ययनका लागि एक-एक गरी उनको शरीरबाट रित्तिएका थिए। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : केही यक्ष प्रश्नहरु ?

~जे.बी. शेर्पा ~J B Sherpa

ड्रग्स को लत झैं ,
चिया , र कफीसंगै ,
नयाँ , ताज़ा र रक्ताम्मे ख़बरहरुले ,
स्वागत गर्छ अचेल ,
पिपासु आँखा र कानहरुलाई ,
मानिस हरुको हरेक सुनौलो बिहानीहरु मा !
हरेक सुमधूर साँझहरुमा !!!

अनि,
भाव बिहीन रोबोट को झैं अनुहार लिएर , Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा घर बनाउनुस्

~यम बहादुर किसान~

मेचीबाट बालुवा ल्याउनुस्
महाकालीबाट पानी ल्याउनुस्
माने-भञ्ज्याङबाट ढुङ्गा र ल्याउनुस्
सुस्त-महेशपुरबाट माटो ल्याउनुस्
राष्ट्रियता भन्ने कुरा तेस्तै हो
राजधानीमा एउटा घर ठड्याउनुस्
गजबको एउटा घर बनाउनुस् ।

– १ –

सरीया पनि चाहिएला हगि? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : पानी पछि घामलाग्दा

~गोविन्द गोदार~

पानी पछि घामलाग्दा बनै घमाईलो
रिसाउदै मुस्कुराउछौ कस्तो रमाईलो

हा…..हा.. कस्तो रमाईलो
आ…..हा.. सारै रमाईलो Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : ठगी

~विपुल सिजापति~Bipul Sijapati

लगभग चार वर्षको अन्तरालपछि फेरि अध्यात्माको फोन आयो । एक मनले त नउठाउँ जस्तो पनि लाग्यो, फेरि सोचेँ, फोन उठाउँदैमा के फरक पर्ला त ? उताबाट निकै नै हौसिएको स्वरमा उनले सोधिन्, “सरोज के छ हालखबर, मलाई बिर्सियौ हगि ?”

“मैले के सम्झनु के बिर्सनु ?”

“अनि के गर्दै छौ ?”

“यत्तिकै छु ।”

“तिमीलाई भेट्ने साह्रै इच्छा छ, त्यसैले त्यहाँ आउँदै छु ।”

“ए, अनि त्यस्तो के पर्यो र मलाई भेट्नुपर्ने ?” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : जिन्दगीको

~तारा ज्ञवाली~Tara Gyawali

कहाँबाट सुक्यो होला मूल जिन्दगीको
फक्रिन्छ कि फक्रिंदैन फूल जिन्दगीको

बिसाउंदा बिसाउँदै पोका अनि भारी
तिर्नै बाँकी हुन्छ महसूल जिन्दगीको Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : स्वर्ग मेरो झुपडिमा सङगी बनी

~सार्थक सिम्खडा~Sarthak Simkhada

उराठमा भौतारिदा पालुवा बनी छाउन् सकिनौ
उजाडमा लरखरिदा कुहिरो बनी छाउन् सकिनौ

प्रेमको सागरमा निर्थुक्क म आँशुले भिज्दा
सिम सिम बर्षातमा झरी बनी रुझ्न सकिनौ
स्वार्थी यो दुनियाँमा निश्चल चोखो माया गर्दा Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : मान्छे नै मान्छेको यो शहर

~तीर्थ संगम राई~Tirtha Sangam Rai

अरव महासागरको बिचमा
रेगिस्थानको यो धरातलमा
घामको तातो राप खपेर
शिशिरको चिसो सिरेटो सहेर
कयौंको सपनाहरु पुरा गर्दै
समुन्द्रि छालसँग बयेली खेल्छ
मान्छे नै मान्छेको यो शहर

टाउकै टाउकाले भरिएको भीडहरु
तरवार गेट को वारी पारी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : खाए जस्तो भो

~पुष्कल श्रेष्ठ~Pushkal Shrestha

नखाएको विष आज खाए जस्तो भो
नआएको जोस आज आए जस्तो भो

जोस भन्नु के हो र फूर्तिफार्ति न हो
नलाएको माला आज लाए जस्तो भो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : प्रोजेक्ट अन्नपूर्ण

~लेखनाथ काफ्ले~Lekhnath Kafle

२६०० ई. सं. जनवरी १

विश्व सरकारको विविधता सम्बन्धी नयाँ परियोजनाले पृथ्वीबासी सबैको ध्यान खिचिरहेको थियो। आज पृथ्वीभरीका सबै सेक्टर र अन्य ग्रह, उप-ग्रहहरुबाट आगन्तुकको रुपमा वेब, डिजिटल र भौतिक रुपमा विषय विज्ञहरुको विशेष भेला बोलाइएको थियो।

मन्चमा एउटा छोटा खुट्टा, लामा हातहरु घुँडाभन्दा पनि तलसम्म पुगेको, टाउको पुरै खुइलिएको, ठुला लामा कान, लामै नाक, खोपिल्टा परेका चम्किला आँखा माथि पावरफुल चस्मा लगाएको अधबैसे जस्तो देखिने मान्छेले केही भनिरहेको थियो। उसले यसरी कुरा टुंग्यायो “विश्व सरकारको नयाँ जैविक-वैचारिक- सांस्कृतिक विविधता सम्बन्धी परियोजना आजैबाट सुरु भएको घोषणा गरिएको छ।” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : मनभित्रकी रानी तिमी

~ध्रुव पन्थी~Dhruba Panthi

मेरो विश्वासकी प्रतिमूर्ति मनभित्रकी रानी तिमी
राराको दहजस्तै शान्त तर कञ्चन पानी तिमी

हाँसो मात्रै कति मीठो ती अधरमा छचल्किएको
एकनास हेरिरहुँजस्तो लाग्ने आँखाकी नानी तिमी Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : हेर तमासा

~सुमी गौचन~

हेर तमासा स्वतन्त्रताको
एउटाले अर्को भन्दैनन्
एउटाले अर्को गन्दैनन्
जालझेलमा प्रवृत्त
दलको चाल छ यता न उताको
(हेर तमासा स्वतन्त्रताको)

पसले मनपरी भाउ गर्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नववर्षको शुभकामना !

~उत्तम कृष्ण मज्गैंया~Uttam Krishna Majgaiyan

नववर्ष निकै सुखसंग बितोस्
तकरार विवाद कुनै नरहोस्
भय कष्टहरू सब दूर रहून्
मनका दुविधा अनि भ्रान्ति हटून् !

युगकै प्रिय गीत बजून् लयमा
जयकार पुकार रहोस् जगमा
रचनात्मक भै शुभ काम बनोस् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : मेरी आदी

~कल्पना गिरी भावुक~Kalpana Giri 'Bhawuk

आँखाभरी आँशु टिलपिल टिलपिल गर्दैछन् । बोलि मधुरो अस्पस्ट अनि अनुहार रातो देखिन्छ । आधा घण्टा जति भै सक्यो एकोहोरो बुथको फोन समातेर गन्गनाइ रहेको । म यता उता गर्दै समय काटिरहेकी छु ! आफ्नो पालो आउने बित्तिकै यहाँका बेलिबिस्तार पतिदेबलाई सुनाउन निक्कै आतुर छु । नर्शले बोलाइन र रुममा जाने आदेस दिईन् ।

म रुममा पसेर बजैलाई सोधें, भोक लाग्यो ? टाउको हल्लाइन मैले खानेकुरा ल्याएर दिएँ उनि खाँदै भन्छिन् नेपाल फोन गरिस त ? अहँ, किन ? बुथमा अघिदेखि एउटा मोटे बसेको छ उसका कुरा नै सकिएका छैनन् म कसरी बोलौं अलिअलि दुखि हुँदै र कठोर हुँदै म उनलाई उत्तर दिन्छु । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्कर लोहनीका ३८ हाइकु-सेन्र्यू

~पुष्कर लोहनी~Pushkar Lohani

१.
भएको भए
मस्तसँग पिउथेँ
आँखा चिम्लिँदै ।

२.
चट्याङ खस्यो
चिरेर दुइ कापा
थेग्रिँदा रातो ।

३.
गहिरिएछ
मस्किएछ हल्लिँदा
खोबल्टे आँखा । Continue reading →

Posted in सेन्र्यू, हाइकु | Tagged | Leave a comment

कविता : शोषणैशोषण

~रस्मी शिवाकोटी~

सर्वत्र व्याप्त भएझैँ लाग्छ
यसबेला शोषणैशोषण
शिक्षामा हे-यो शिक्षामा शोषण
बजारमा गयो बजारमै शोषण
होटल, क्लब अनि क्लिनिकमा पनि
देखिन्छ चलेको शोषणकै रण ।

उद्धार र उपकारको भाव हरायो
सर्वत्र क्षणिक रमझमले खायो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : निलो चरा

~बिटु केसी बराल~Bitu KC Baral

कतैबाट उडी आउछ
स्वतन्त्र भई
मेरै
मझेरीमा डुल्छ
उसको रोजाइको
यो
मेरो सानो कटेरो हेरेर
म
मनमनै मुस्कुराउछु

निलो रङ्गको जादुले
मंत्रमुग्ध हुन्छु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा

~कृष्ण कुमारी पौडेल~

संसारमा सबै भन्दा आमा नै हुन जाती
दिन रात तडपिएकी हुन्छिन सन्तान माथि ।
निथ्रिएर आँफै उनी पियाउछिन छाती
जिन्दगीनै समर्पित गर्छिन सन्तान माथि ।

करुणा कि सागर उनी ममता कि खानि
सधैं निस्छल माया दिने आमा कती दानी । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बखतबहादुर र देश

~भक्तराज न्यौपाने~

बखतबहादुर
निद्रामा बरबराउादै
किन सम्झन्छ
बरोबर
यो टाढा दूरदेशमा बसेर
देशको नाम ?
बिर्सन चाहेर बिर्सन नसकेको
मनको एउटा कुनाभरि पसारिएको
यो देश र गाउाका यादहरु
किन झिकेर मिल्काउन सक्दैन हा !

बखतबहादुर । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : साहित्यिक इगो !

~शिरिष पराजुली~Shirish Parajuli

साहित्य यस्तो एउटा फूलबारी हो जहाँ हरेक प्रकारका फूलहरू फूल्छन्; केही राता, केही हरिया, केहि पहेंला अनि कसैको पात ठूलो, कसैको लाम्चो, कसैको खिरिलो । फूलबारीमा अनेक फूल फुल्नुपर्छ भन्ने कुरा हामी सबैलाई मान्य छ त्यसैगरी ति फूलले छर्ने सुवासले हामी सबैलाई आकर्षण गर्छ तर व्यक्ति पिच्छे त्यही फूललाई ग्रहण गर्ने प्रक्रियाको पनि आत्मसात हामी सबैले गर्नैपर्छ ।

जसरी-जसरी थरीथरीका फूलले फूलबारी मनमोहक बनाउँछ त्यसरी नै हाम्रो नेपाली साहित्यको फूलबारी यस्तै फूलहरूले आकर्षित भएको कुरामा कसैको दुई मत नहोला तर सुवास छर्ने फूल बिच देखिएको वैमनश्यताले कतै नेपाली साहित्यको आकाश यिनै दुर्गन्धित वास्नाले प्रदुषित पार्ने त होइन भन्ने चिन्ता आजका नव लेखक, साहित्यिक जमात, विद्यार्थीमा पर्न थालेको मैले महसुस गरेको छु । एक साहित्यको विद्यार्थीको हैसियत र सामाजिक संजालमा सक्रिय रहेको कारणले भनौं म विभिन्न साहित्यिक कार्यक्रममा सहभागी हुने र साहित्यका धुरन्धरको नजिक हुन सौभाग्य पाएको छु। विभिन्न सभा, Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : एकादेशमा…

~शिरिष लामिछाने~Shirish Lamichhane

बिहान उठ्ने बित्तिकै
पोखराका मान्छेले
कञ्चन माछापुछ्रेलाई हेरेझैँ
म झुलुक्क उसलाई एक नजर हेर्थेँ
माथीदेखी, तलसम्म
अनी फेरी तलदेखी माथीसम्म
केही नयाँ नदेखेपनि
उसको स्वाभाविक आक्रितीलाई
हृदयदेखी अँगाल्न पुग्थेँ
७ बर्ष लामो हाम्रो प्रेम
दिन-प्रतिदिन गाढिदैँ गएकोमा
मेरी प्रेमिका “फेसबुक”प्रति
म आभारी नै थिएँ |
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : टुडिखेलका भाषाण हरु मेरो गीत अनी मेरो यथार्त —-

~बिन्दु प्याकुरेल ‘लुना’~Bindu Pyakurel 'Luna'

यो यही हो चौर टुडिखेल
जहाँ एक हुल हाम्रा सपनाका सारथिहरु
अभिलाषाका रथमा चढेर आउछन
उही मन्त्र दोर्याउछन बारम्बार
जनता ! जनता ! जनता !
अनी फूल स्बरुप पर्चाहरु छर्दै
हामीलाई पूजा गर्दै जान्छन
पर्चा हेर्दै म गुनगुनाउथे
” आशा सपनाहरु
तिमी मै खोजेर
आँखाले हेरिरहे
तिमीलाई नै रोजेर — Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : टाँगा अझै उलार भइरहेछ, प्रेमललवा ?

~श्यामल~Shyamal_1

किताब उलारको २० वर्ष

प्रेमललवा, ननकउ र दरौपदीहरूको नरकतुल्य जीवन र तिनमा जीवित मानवीय संवेदनशीलताका बारेमा नयनराज पाण्डेले उपन्यास लेखेका करिब दुई दशक पुग्नै लाग्दा प्रेमललवाहरू कथित मधेस आन्दोलनको चपेटामा परेका छन्।

शान्तिराजाहरू त छँदैछन्; यादव, ठाकुर र महतो राजाहरूले उसमाथि नयाँ खेलवाड सुरु गरेका छन् । प्रेमललवा नामक नेपाली टाँगावालका हातबाट लगाम खिचेर मवाद आइरहेकी वसन्तीमाथि मोदीको रावणजस्तो बिम्ब सवार भएको छ। र, अहिले टाँगामा रक्सौल, जोगबनी, बढनी, रुपइडिहा, पलियाजस्ता ठाउँका अगणित भाजपा कार्यकर्ताको बोझले टाँगा उलार भएको छ । वसन्तीहरू धमाधम मरिरहेका छन्। ‘पहाडिया अहंकारवादी’ शासकका हातबाट शासन फुत्काएर मधेसका केही जमिनदार, तस्कर र भारतवादीका हातमा निर्णायक शक्ति पुर्‍याउने चलखेल भइरहेको छ। Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment