~टीका भण्डारी~
‘गाउँ–गाउँबाट उठ, बस्ती–बस्तीबाट उठ , यो देशको मुहार फेर्नलाई उठ‘
‘संघर्ष हो जीवन, जीवन संघर्ष हो, जीवनदेखि हारेर बस्छु नभन, जीवनदेखि थाकेर मर्छु नभन’ (स्वर संगीत रामेश), (मनभित्र के छ ठुली किन बोल्दिनौ (गुलाम अलीको स्वर), आँधी–बताससँग जुधेर, धेरै नि टाढा छ हामी पुग्ने ठाउँ, लगातार हामी हिँड्दै जाऊँ, हिँड मेरा दाइ हो झम्पल बोकेर, हिँड मेरी दिदी हो डोको बोकेर, स्नेहका मुना नारीका मन, अनिकाल लाग्यो भन्छन्, हारेको छैन हिम्मत, साना–साना
ढुंगा–माटोजस्ता प्रगतिशील गीत लेख्ने गीतकार हुन्, श्याम तमोट । गीत मनोरन्जनको विधा मात्र होइन, यसले व्यक्ति र समाजको रूपान्तरण र परिवर्तनमा भूमिका खेल्नुपर्छ भन्ने मान्यता बोकेका तमोटले बाल्यकालदेखि नै गीत लेख्न थालेका हुन् । उनले लेखेका गीतहरूले प्रजातन्त्र स्थापनार्थ आन्दोलनको ज्वारभाटा सिर्जना गर्न अहं भूमिका खेलेका छन् । श्याम तमोट प्रगतिवादी एवं प्रगतिशील धारका सर्वाधिक लोकप्रिय गीतकार हुन् । उनी नेपालका गाउँ–बस्ती र कुना–कन्दरामा अत्यन्तै भिजेका गीतकार हुन् । ‘गाउँ–गाउँबाट उठ बस्ती– Continue reading →