कविता : समय-प्रस्थान

~जोतारे धाइबा~Jotare Dhaiba

मनतातो हाउभाउसहित
एकैफेरा जाग्नु छ अकस्मात् सुर्योदयसँग
र निभ्नु छ कुनै साँझ जस्तो चिसो एस्ट्रेमा,
ताप्नु छ आफैँलाई भरदिन
हाल्नु छ आकाङ्क्षाको तरल-तरल बग्दैजाने तेलधारा
थप्नु छ खिइँदै गएको ठूटे उत्साहमा नयाँ सलेदो

यसरी नै त जिउनु छ,
यसरी नै त घर्कदै जानु छ-
समयको सेतो जुल्फीको टुप्पाबाट फेदीतिर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छोक : भविष्यवक्तासँग

~टेकब कोइराला~Tek B Koirala

तिमीले मेरो अतीतलाई पढ्यौ
मैले कुनै प्रतिवाद गरिन
तिमीले मेरो वर्तमानलाई पढ्यौ
मैले कुनै प्रतिकि्रया गरिन
तर
मेरो भविष्य थाहा पाउन
मलाई कुनै उत्सुकता छैन
किनभने Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : मज्जा बेग्लै थियो

~प्रकट पगेनी~Prakat Pageni Shiva

हातमा समाई उनलाई खोला तार्नुको मज्जा बेग्लै थियो
सारीको सप्को अलि माथि सार्नुको मज्जा बेग्लै थियो

वारिबाट पारिसम्म छोटो बाटो भएपनि
आले टाले गर्दै बेला टार्नुको मज्जा बेग्लै थियो Continue reading →

Posted in गजल | Tagged | 1 Comment

कविता : बादशाहको मृत्यु

~अनमोल मणी~Anmolmani

जन्मोत्सवको भोज मनाएर खुसीहुनेहरु
होस गर
छिट्टै व्युँतिनेछन् हत्या गरिएका निर्दोष आत्माहरु
र खुले आम मारिने छ यौटा निरंकुश राजा ।

पाता कसेर काटिएका र गोलीले उडाइएका छोराहरु
वा जबरजस्ती नङ्ग्याएर ओछ्याइएका छोरीहरु खोज्दै
हातमा निर्दोष आफन्तका तस्वीर बोकेर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा: अन्तिम मान्छे  

~नव सिलवाल~Naba Silwal

“ति मी मलाई छाडेर कसरी जान सक्छौ यसरी ? हामी जीवनको अन्तिम सँघारमा पुगिसकेका त छैनौँ ।”
सकिता कदाचित् आवेशमा थिइन । ऊ आफ्नो अनुनयलाई कृत्रिम आवरण दिइरहेकी थिई । आवाजमा न्यानो अनुरोधभन्दा औपचारिकता बढी मिसिएको थियो ।

मीनबहादुर चुपचाप उभियो ।

ऊ प्रतिरोध जनाउने परिस्थितिमा थिएन । ऊ जीवनको यो परिच्छेदलाई यहीँ छाडेर अगाडि बढ्न चाहिरहेको थियो । सायद सकिताको स्वच्छन्दता र अराजकताबाट पर अलग इतिहासको हिस्सा बन्न चाहन्थ्यो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : समुन्द्र भरी

~गोविन्द गोदार~

समुन्द्र भरी पानी नै त हुन्छ
मुटु भरी माया –माया
घाम लाग्दा उज्यालो नै हुन्छ
रुख मुनी छायाँ
तिमीले हेला गरे पनि
लागी रहन्छ माया – माया

कल्पनाको सागरमा पनि Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : प्रतियोगी कविलाई सुझाव

~निर्भीक रार्इ~Nirvik rai

(खेलकुदको जस्तो कविताको प्रतियोगिता नहुने)

पुरस्कार थाप्ने अवसर मिल्न त परै जावोस्
वाचन गर्ने मौकाको आसले पनि
कविता प्रतियोगितामा तिमीले कविता नभिडाउनु ।
निर्णायक मण्डलको आँखाहरुले
कमसेकम एक खेप पिइदिने आसले प्रतियोगितामा
कविता भिडाउनु सम्म ठीकै हुने । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बाल कथा : जिराफको कथा

~चण्डी सुवेदी~Chandi Subedi

एकादेशमा एउटा जंगल थियो रे। त्यो जंगलमा लामो घाँटी भएको जिराफ बस्दथ्यो रे। त्यो जिराफ दिनभरी खेलेर बस्दथ्यो रे। अनि त जाडो मौसम आयो रे , अनि त जताततै भयो रे। तर त्यो सानो जिराफले जहिले सुकै हान सोदे (छोटा बाउला ) को मात्रै टिशर्ट लगाउँदथियो रे। मामुले जति सम्झाए पनि मान्ने हैन नि। त्यो सानो जिराफले को मामुले ,बाबाले सबैले लाम बाउले कमिज लगाए पनि त्यो सानो जिराफले हान शोदे मात्रै लगाउने भन्दो रहेछ रे।

अनि एकदिनको कुरा हो ,एकदमै जाडो रहेछ रे। अनि त्यो सानो जिराफले त नागा सोदे लगाउँदिन नागा सोदे लगाउँदिन भनेर झगडा गरेछ रे। अनि एकदम जाडो भएछ रे अनि त्यो सानो जिरफ्ले एकछिन पच्ची Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : घरमा एउटी परी आएकी छ

~सन्दिप बडाल~

सजिएको मुलढोका नाघी, ऊ भित्र आउँदा
सजाएर राखेको कोक्रोमा सुस्तरी सुस्ताउँदा
बिस्तारै आँखा खोली, मलाई हेर्दै मुस्काउँदा,
मैले थाहा पाएँ, घरमा एउटी परी आएकी छ
उसले आफुसँगै मेरा, खुशी बोकी ल्याएकी छ

ऊसँगै हर समय बिताउन पाउँदा
उसका आँखामा हेर्दै संसार भुलाउँदा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : साथ दिने कसम

~सार्थक सिम्खडा~Sarthak Simkhada

तिमीले हाइ भन्दा हेलो मैले भन्दिएकै हो
अपरिचित भएरपनी मित्रताको हात थामिदिएकै हो
एकोहोरो तिम्रो नजर घरी घरी मलाई पर्दा
असहमतिमै भएपनी मन्द मुस्कान छर्दिएकै हो

बरपिपलको चौतारीमा घन्टौ मलाई तिमी कुर्दा
बाध्यतामै भएपनी हात समाइ हिडिदिएकै हो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : झस्किन्छु

~कृष्णकला वनेम ‘करिना’~Krishnakala Banem 'Karina Subba'

झस्किन्छु तिम्लाई सम्झी अधेरी त्यो रातमा
संसारलाई बिर्सी दिन्थे तिम्रो त्यो साथमा

मीठो गीत सुनाउँथ्यौ छाती माथी टाँसी
मायाँ गरि सुम्सुम्याउँथ्यौ मेरो केश रासी
ओठहरु चुमी दिन्थ्यौ गोधुली त्यो साँझमा Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : बा ! उठ भूकम्प आयो

~सन्दीप खत्री~Sandeep Khatri

७ सात वर्षको दिपु साथीहरुसँग घर अगाडि आगनमा थियो । शनिबार आएपछि उसलाई ठूलै चाड पर्व आए जस्तो हुन्छ । त्यसैले शनिवार भएकाले आफ्ना सहपाठीसँग रमाईलो गर्दै खेल्दै थियो । यत्तिकैमा उसको बुबा श्यामप्रसाद भित्रबाट हक्कानिदै बाहिर आएर दिपु भूकम्प आयो भाग भन्दै दौडियो । विचरा त्यो सात वर्षको नावालक दीपुलाई के थाहा भूकम्प भनेको । उ ट्वाल्ल प¥यो एक छिन त । पछि सबै भागेपछि उ पनि दगु¥यो । उसलाई निकै रमाईलो लाग्यो । सबै भागाभाग । जमिन हल्लीयो, सबै कराउन थाले उसले रमाईलो मानीरह्यो । कसैका घर लडे, कसैको मन जल्यो त कसैको घरमा सामान्य क्षति । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

नेपाली उपन्यास : अद्भुत प्रेम परीसँग

~राजनप्रसाद निरौला~Rajan Prasad Niraula

अद्भुत प्रेम परीसँग | नेपाली उपन्यास | राजनप्रसाद निरौला


रातभर पानी प-यो; कदाचित् डर पनि भयो । सबैजना आगोको वरिपरि बसिरहे, कोही रापका कारण निदाए पनि ।

उनीहरु ठूलठूला चट्टानले घेरेको, बीचमा निकै फराकिलो ठाउँ भएको ओडारमा छन् । यसभित्र यसताकाका समकालीन मानिसहरू धेरैजना एकैठाउँमा बस्छन् । त्यति सुरक्षित स्थान हैन यो, चट्टान र माटोको भित्ताबाट प्रायः पानी रसाइरहन्छ । ठाउँ ठाउँ भत्केको छ । माथिल्लो भागबाट माटो पनि झर्छ । यो प्रकृतिको सृष्टि हो तर कतिपय ठाउँहरूलाई हातले खोतलेर वा फलामका औजारले खनेर, खोपेरआफ्नो अनुकूल बनाएका छन् । एकछेउमा साझा वा सामूहिक औजार र हतियारहरू राखेका छन् । भित्रै अग्ला होँचा ठाउँहरू छन् । चट्टानलाई खोपेर खोपीहरु बनाएका छन् । एउटा खोपीवाट अर्को खोपीमा जान सकिने साना साघुँरा सुरुङ्गहरु छन् । कहिँ कहिँ फलेक जस्ता काठहरू पनि ओछ्याइएका छन् । उज्यालोको Continue reading →

Posted in नेपाली उपन्यास | Tagged | Leave a comment

कविता : झोला

~संगीतश्रोता~Sangeet Srota

झम्के साँझमा
ढकढक्यायो कसैले मेरो डेराको ढोका
चुकुल खोलेर हेरेँ
सँघारछेउमै देखियो एउटा अनौठो झोला
र भन्यो-
‘गुड इभिनिङ कविज्यू, गुड इभिनिङ ‘
देखेँ, त्यो झोलामा थियो
चे ग्वेभाराको रातो तारा अंकित टोपी
त्यही झोलामा थियो
महात्मा गान्धीको चस्मा र सुकिलो धोती
त्यहीँ थियो, गौतम बुद्धले ओडेको चिवर
र, श्री ३ जंगबहादुरले चलाएको तरबार । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पहिरोको माखेसाङ्लो

~ठाकुर बेलवासे~Thakur Belbase

पहिरोको माखेसाङ्लो रहेछ मान्छे
पहिरोको मध्यभागबाट यात्रा गरेर
पहिरोमै अडेको बासमा पुग्नु छ ।

जीवनको यति लामो यात्रामा
नभेटिने होइनन् सहयात्रीहरू
सबैको मन
कुनै दुर्गम पहाडी क्ष्ाेत्रमा खनिएको नयाँ मोटरबाटोजस्तो छ
पाइलापाइला ठूलठूला इच्छाका पहिरोहरू गइरहने ।

जीवन नसम्झेर पहिरो
मस्र्याङ्दी बग्न खोज्दा पनि त
पहिरोबाटै बग्दो रहेछ मस्र्याङ्दी पनि Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कैदी नं २१

~राजु स्याङ्तान~Raju Syangtan_1

वर्षौं पुरानो
बार्दलीको डिलमा बसेर
एउटा पन्छी कराइरहेको छ
गोपीकृष्ण कहु पट्टु
गोपीकृष्ण कहु पट्टु ।

उसको आफ्नै
सुनको दरबार छ
चाँदीको थाली छ
र छ, छेस्कारूपी हीराको बिछ्यौना पनि ।

हुरीमा, धूपमा, झरीमा,
निष्पट्ट रातमा, उजाड बिहानीहरूमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : लौ आमा म आएँ

~कल्पना खनाल~

आमा-
वर्ष है दिनको यो ठूलो चाड, तीज है आयो नी
वर्षा है मासको खोलाले मीठो, गीत है गायो नी
झल्झली आउँथ्यो आँखामा मेरो, यही मुहार गाजलु
सम्झी नै रहन्थ्यो मनले मेरो, यही आँखा मायालु Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : शैलेश

~शिरिष लामिछाने~Shirish Lamichhane

घडीको टिकटिक
अनि रातको रमझम
विदेशको बसाइँ
अनि गाउँको घरजम
आफ्नो साइकल
घनश्यामको गाडी
बैकुन्ठेको रोलेक्स
आफ्नो खाली नाडी!
रामेकी बुढी
आफ्नो रित्तो भुँडी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : मैले माया नगर्ने ऊ

~अजबी राधा~

वास्तवमा मैले चिनेकै छैन ऊ को हो भनेर। नाम, थर, ठेगाना, केही थाहा छैन। ऊ जो भए पनि मलाई के सरोकार। मलाई त निदाउने बेलामा उसको बोली चाहिन्छ। उसको सुमधुर हाँसो चाहिन्छ, जसले मलाई आनन्द दिन सहयोग गर्छ। उसको परिचय थाहा नभए पनि फोनमा गफ गर्न थालेको वर्षै भएछ। कहिलेकाहीँ भेट्ने आशक्ति बढेर आउँथ्यो, देख्‍ने इच्छा चुलिन्यो। तर हामीहरु पृथ्वीको दुई ध्रुवमा विभाजित थियौँ।

ऊ आफ्नै दुनियामा त म आफ्नै संसारमा थिएँ। खै कसरी उसले मेरो नम्बर पायो, म भन्न सक्दिनँ। तर जुन दिन आत्मीय भावको बोली सुनेँ, त्यसपछि मेरो मन चाहीँ ऊतर्फ दौडिन थाल्यो। राजधानीमा बसेर फोन, बाइक, पैसा, कम्प्युटरसँगै दौडिने उसको दैनिकी क्रमशः मसँग घण्टौ गफेर सन्तुष्टि लुट्न अभ्यस्त Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

छोक : के यो वैदिक धर्म हो ?

~शिवगोपाल रिसाल~

बोकादि काट्नु नै धर्म यदि साँच्चै हुने भए
बगरेजति धर्मात्मा धर्मवान हुने थिए
बोको, खसी र च्याङ्ग्रादि बिरालो पनि हैन रे Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : हरियो मरुभूमि

~प्रकाश थाम्सुहाङ~Prakash Thamsuhang

टङ टङ टङ टङ
सखारै कारखानाबाट बज्छ घण्टी
आओ आओ तिमीहरु
एउटा सायरन सूचना
सँधै हतारमा हुन्छिन् उनी
टायममै पुग्नु छ कमान ।

कम्मरमुनी बेरेर प्लाष्टिक
ओढेर बर्षादी
पिठ्यूँमा बोकेर टोकरी
टिप्दै साथीहरुको पछि–पछि
जस्तो लस्करै हिंडदैछ कमिलाको ताँती । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : प्रलयको भाखा

~बलदेव भट्ट “बिहानी”~Baldev Bhatta 'Bihani'

अजम्बरी जीवन देख्ने
उन्मक्त आकांक्षा संग
हजार सपनीका संसारहरु तीर दौडिदा खेरी
थकित दिन कलात्मक अन्त्यको बाटो देखाउछ !!

सपना नै त हो, गीत प्रलयको भाखा
दिनानुदिन पाइतालामुनि नुहिन्छ,
परदेशका बस्तीबाट घर आगन हेर्दा हेर्दै Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

व्यङ्ग्य कथा : हामी लड्न तयार छौं, आओ….

~रोबिन मानन्धर~Robin Manandhar

‘म्याँ….म्याँ…..’ बोका करायो । त्यत्तिकैमा उताबाट आवाज आयो,‘कुखुरी काँ…’ लगत्तै अर्काेतिरबाट आवाज आयो,‘भ्वँ….भ्वँ…..।’

बोकाले भन्यो,‘ए भाले भाई ! तिमी कहाँबाट आएको ?’ भालेले उत्तर दियो,‘म पारिगाउँबाट आएको ।’ यत्तिकैमा राँगो बोल्यो,‘के मर्ने बेलामा कराई रा’को तिमीहरु ?’ अनि भालेले भन्यो,‘हामी भन्दा त चाँडो तिमी मर्छाै ।’ ‘को चाँडो मर्दाे रहेछ, हेरौं न त’ राँगोले भन्यो । बोकाले अलि न्याउरो अनुहार पार्दै भन्यो,‘हो भनेको दशैं दशैं भन्छन्, अनि हामीलाई मारेर मनाउँछन्, कस्तो दशंै है यो मानवजातिहरुको ।’, ‘खै कस्तो कस्तो आफु बाँचेको भए भन्थे नि, दशंै भनेको यस्तो हुँदो रहेछ भनेर’ भालेले भन्यो । बोकाले भन्यो,‘अनि हामीलाई मारेर के पाउँछन् त ?’ भालेले भन्यो,‘हाम्रो मासु खाएर मोज गर्छन् नि अरु के हुनु ?’ यत्तिकैमा राँगोले जवाफ दियो,‘तिमीहरुलाई त्यति पनि थाहा छैन, हामीलाई मारेर हाम्रो बलि चढायो भने उनीहरुको पाप क्षमा हुन्छ रे, त्यही भएर हामीलाई मन्दिर अगाडी लगेर बलि चढाउँछन् ।’ Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : कसले गर्दो हो त्यत्ति?

~भरत पोखरेल~

आमाले संतानको माया गर्दछिन जत्ति,
कसले गर्दो हो त्यत्ति?
कसले गर्दो हो त्यत्ति?

मन रुंदामा पनि तिनी दुनियाँको सामु हास्दछिन,
मनमा उर्लेका रहर मनभित्रै दबाई राख्दछिन,
संतानको निकोमा नै आफ्नो भविष्य देख्दछिन,
तिनको उन्नति खातिर सब सुख सयल त्याग्दछिन, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : एक युगमा एक दिन

~सुविद गुरागाई~Subid Guragai

आधा गिलास भरियो
आधा बाँकी छ
आधा माग पूरा भो
आधा सङ्घीयता आयो
आधा गणतन्त्र संस्थागत भो
आधा मधेस आयो
आधा लिम्बुवान पाइयो
आधा थरुहट हुने भो
आधा मगरात मिल्यो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : भरे राती

~प्रकट पगेनी~Prakat Pageni Shiva

किन अहिल्यै हतारिन्छौरु बसौला नि भरे राती
दुबै ज्यानले दुबैलाई कसौला नि भरे राती

साँझपख पिउने बेला आयौ एक्लै एकान्तमा
यी ओठले ती ओठलाई डसौला नि भरे राती Continue reading →

Posted in गजल | Tagged | Leave a comment

बाल कथा : बोलक्कड कछुवाको कथा

~चण्डी सुवेदी~Chandi Subedi

एकादेशमा एउटा जंगल थियो। जंगलमा एउटा पोखरी पनि थियो रे। त्यो पोखरीमा एउटा कछुवा थियो। त्यो कछुवा एकदम बोलक्कड थियो रे। जहिले पनि क्याउं क्याउं नगरी बस्नै सक्दैन थियो रे।

एकदिन कुरा हो टाढाबाट दुईवटा पानीहाँस पानी खान त्यो पोखरीमा आए रे।

अनि त्यो गफाडी कछुवा त त्यो पानी खाइराखेका हाँस भएको ठाउँमा गयो रे। र अनि भन्यो।

“ हेलो साथीहरू , आज कस्तो राम्रो दिन हगि ?” – कछुवाले भन्यो। Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : अचानक उर्लेका हृदयका भावना..

~सन्दिप बडाल~

अचानक उर्लेका हृदयका भावनालाई,
रोक्न असक्षम भएझैं लाग्छ
अनायासै बढेको मनको उष्णतामा,
विस्तारै पग्लिंदै गएझैं लाग्छ
खै कहाँ हरायो मेरो अटलता, मेरो अडिगता?
हृदयको अस्तित्व बदलिँदै गएझैं लाग्छ
विस्तारै पग्लिंदै गएझैँ लाग्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्झनामा बाँचीरहोस्

~सार्थक सिम्खडा~Sarthak Simkhada

नाङगै आयौ नाङगै गयौ
रुँदै आयौ रुवाएर गयौ
छाडेर आकृति नजरमा
आँखामा आसुँ दिलाएर गयौ

न रुँदै गयौ न हाँस्दै गयौ
देखिन मैले खै कसरी गयौ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : प्यासी चम्पाकली

~सुबिसुधा आचार्य~SubiSudha Acharya

“यता सुन्नुस् न भन्याँ, कता हराउनु भो तपाईं ?”

काला माछाको कत्लाझैँ टलक्क टल्केको पिंडुलामा तोरीको तेल घस्दै बोलाउँछे चम्पाकलीले आफ्नो लोग्नेलार्ई ।

“फेरि के चाहियो र बोलाएकी ?”

एक चाङ जुुठाभाँडा बोकेर दैलाबाट निस्कदै भन्छ ऊ, उसको मुहारमा अलिकति दिक्दारी लेपिन्छ घिसिक्क, कालोमा फाट्टफुट्ट सेतो मिसिएको दारी जमिनबाट एक इन्च उठ्छ जुरूक्क । कपाल ननुहाएको पनि लामै समय भयो कि जस्तो छ हेर्दा अति नमिलेको । मैलो कमिजको फेर स्याहार्दै रछ्यान ढुङ्गामा टुसुक्क बस्छ र जुठा भाँडा मस्काउन थाल्छ खरानी र लुँडाले । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : घाइते सिपाही

~अप्जसे कान्छा~Apjase Kanchha

अरु जस्तै हिडने तिम्रो खुट्‍टा छैन
बाँकी जीवन भर्ने बुट्‍टा छैन
देशको बाटो बनाउन हिडेथ्यौ युद्धमा
खुट्‍टा हुनेहरु तिम्रो सहरा हुने हो कि होइन

संसार हेर्ने तिम्रो दृष्टि छैन
फेरि पैला जस्तो हुने सृष्टि छैन
देशको आँखा जोगाउन लडेथ्यौ तिमी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : जस्तो लाग्यो कान्छी

~सन्तोष स्पन्दन~Santosh Kafle 'Spandan'

सम्झनाको डेरा सरेजस्तो लाग्यो कान्छी
बसन्तका पालुवा झरेजस्तो लाग्यो कान्छी

दुवै मीली भाँडाकुटी सिमलिले बारेको त्यो
टुसाएको ममता मरेजस्तो लाग्यो कान्छी Continue reading →

Posted in गजल | Tagged | Leave a comment