कविता : बाटो

~केशर थुलुङ~Keshar Thulung

बाटो
सानो, ठूलो
सबैको लागि
जहाँ निरन्तर हिडिरहन्छन्
कहीँ/कतै पुग्न

होला
कतै नागबेली
कतै साँघुरो/फराकिलो
कतै उकाली/ओराली
कतै सीधा परेको
सबै, आफ्नै गाथा बोकेर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : तिमीले बारे पछि

~तीर्थ संगम राई~Tirtha Sangam Rai

उदास तिम्रो मुहारमा खुसी तिमीले बारे पछि ।
आँशु झार्न हुदैनथ्यो मलाई माँया मारे पछि ॥

हिजो सम्म तिम्रा लागि कयौं रातहरु रोए मैले ।
आज माँया गर्छु भन्छौ अरुले माँया सारे पछि ॥ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

संस्मरण : खरदारेको सम्झना

~कुमार आले~Kumar Ale

हाम्रो बसोबास आठराई माझकिराँत लिम्बूहरुको बस्तिबीच  थियो। र, यही वस्तीको एक रैथाने थियो ― खरदारे।

उसको हुलिया अचम्मको थियो।

आधा आकास देखिने टिलिक्क टल्केको खुल्ला तालु। उ कसैको ससुरा, कसैको काका, कसैको वडौ,  जेठौ,  कसैको निन्बाबाट सम्बोधन  गरिन्थ्यो। हामी खरदारे बुढा भन्थिम। बाआमा र काकाले निन्बा भन्नुहुन्थ्यो। Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : उचाइ

~बिटु केसी बराल~Bitu KC Baral

उचाइमा पुग्न सजिलो हुन्नरे – भन्नेहरू भन्छन्
पुगेपछि संसार आफ्नो मुठ्ठिमा हुन्छ बुझ्यौ – तिमी भन्छौ
त्यसैले त म देखिरहेछु –
सायद उचाइमा पुग्ने होड्बाजिको
यहाँ दौड लागेको छ ,
आकाश छुने आकाँक्षाहरू सगरमाथा भन्दा अग्लो छ
मलाई लाग्छ – Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : घोषणापत्र

~दीपेन्द्र केसी~Dipendra KC

सिउरिन भन्दिनँ एक थुँगा
तिमीलाई
बरू फूलसँग राखिदिन्छु
तिमीलाई
अनि, बल्ल मुस्कुराउँछन्
गुराँसहरू
र, उत्सव चल्छ यो प्रेमलोकमा !
जब यो शीतल हावामा
‘जीवन’को सुगन्ध मिसिएर
आउँछ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेम सम्वेग

~शिरिष लामिछाने~Shirish Lamichhane

फर्कि आयो त्यही ऋतु
जुनमा म कामेको थिएँ
कठयाङ्रिएका औँलाले तिम्रो
तातो चुम्बन थापेको थिएँ

जिउभरी उम्रेका काँडा
डेरै जमाएर बसेका थिए
तिम्रो हातको एक स्पर्षले
सबै शर्माएर लुकेका थिए Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : पात्रहरुसँग एक साँझ

~लारा राई~Laxmi Rai 'LARA'

“युद्धको मैदान–अफ्गानिस्तानमा छु। तपाई ‘युगपुरुष’ भनेर मलाई सम्बोधन गर्न सक्नुहुन्छ।”
फेसबुकको बढ्दो प्रचलनसँगै पुराना तथा नयाँ मित्रहरु भ्ोट्ने–बनिने क्रममा भर्खरै भेटिएका एकजना मित्रले आफ्नो परिचय दिंदै इन–बक्समा लेखे।

‘युगपुरुष’?
अरुको मुलुकको सुरक्षार्थ खटिएको सैनिक। अरुको हैकमबाट सञ्चालित। कमसेकम म चाहिं ‘युगपुरुष’ भन्दिन। पलायनवादी भन्न रुचाउँछु। रुखो जवाफसँगै थप लेखें–
थाहा छ, तपाई युद्ध कस्का लागि र, किन लड्दै हुनुहुन्छ? Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बुद्ध रोएका छन

~विन्दु प्यकुरेल ‘लुना’~Bindu Pyakurel 'Luna'

आज बैशाख पुर्णिमाको दिन
अहिसा का अनुयायी शान्तिका दूत
सिदार्थ गौतम बुद्दको जन्म दिन
कसरी प्रस्फुटन गरु शब्दहरु ! —
आँफैलाई ढाटेर
या
आँफैलाई शान्ताबना दिएर —
ढाटेर कालो रङ्ग सेतो देखिने भए देखी —
अशान्ती शान्तिमा परिवर्तन हुने भए देखी — Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो मेरो दुरी

~अमर भाट~

तिम्रो मेरो बिचको दुरी घट्ने दिन आउला कि ?
तिमि जस्तै सुग्घर ठाउँमा बस्न मैले पाउँला कि ?

भारी बोकी उकाली चढ्दा सवारीमा तिमी झर्छौ
मेरो तनमा गन्ध आउछ तिमीले पो अत्तर छर्छौ
तिम्रो जस्तै जिन्दगीमा बास्ना मेरो छाउला कि ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मायाको आभाष र उत्प्रेरणा

~कृष्णकला वनेम ‘करिना’~Krishnakala Banem 'Karina Subba'

शून्य अनि अन्धकार झैं लाग्थ्यो
यो संसार
यो सारा जीवन
किनकी उजाड लाग्थ्यो वनजंगल
काहाली लाग्थ्यो औसीका अधेरी रातहरु
विना रङगको लाग्थ्यो फूलहरु
देवता विनाको लाग्थ्यो मन्दिर
किनभने वाञ्चित थिए म मायाँबाट
साथमा भएर पनि पाएकी थिइन
बाँचेर पनि जीउँदो थिइन
खित्का छाडी छाडी हाँसेर पनि
ओठमा साँचो मुस्कान थिएन
तर यो सुनसान र अन्धकार झै लाग्ने संसार त Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपाल आमाको पीरले

~रेशम बि.सी.~

नेपाल आमाको पीरले, आमाको पीरले
पुछिदिन आँसु आमाको आज
कस्सिनु छ हेर यी सपुत वीरले

सेताम्म फुलेको यो हिमाल हाम्रो
बचाई राख्नु छ
नेपाली हाम्रँे वीरताको गाथा
सधै उँचो राख्नुछ
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : सम्बन्ध

~मनोज पनेरु~

“संसारमा सबै एकल हुने भए मलाई मेरो कुनै केटा साथी नभएकोमा गुनासो हुने थिएन । तिमीलाई के लाग्छ ।” उसले अंग्रेजीमा बोलेका सम्बादहरु नेपाली भाषामा लेख्दा, उसले ब्यक्त गरेका सबै भाबहरु पुरै अनुबाद नभए जस्तो लाग्छ तर फरक फरक मातृभाषा पृष्ठभूमीका भएता पनि शब्दहरु बाहेक, भाव आदान प्रदान गर्ने अरु कुनै माध्यम हुँदो रहेछ , प्रत्यक्ष कुराकानी गर्दा । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : तिमी घाम नै हौ

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~Yogendra Raj Sharma 'Prakar Antar'

लाग्छ,
धेरै ताराहरु मिलेर
तिमी बनेकी हौ
तिम्रो अनुहारमा
म रातको आकाश देख्छु

लाग्छ,
तिमी घाम हौ
तिम्रो उज्यालोमा
मेरा आँखाहरु हुनुको अनुभूती गर्छन् । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : राजधानी

~आभास~Aavaas - Achyut Prasad Phuyal

यो काँशको कचौरा
भोड्का र उर्वशीले टन्न छ
यसलाई रित्याउन
प्रत्येक साँझ
कोही
मासङ्गल्ली छिर्छन् र आफैंलाई
रित्याउन थाल्छन्
कोही Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : यो साल पनि छा’को छैन

~राजेश नेपाली~

वषौं भयो चुइने छानो यो साल पनि छा’को छैन
धेरै भयो विदेश पस्या छोरा अझै आको छैन

उमेर ढल्न आँटी सक्यो साहुकोबारी धाउँदा धाउँदै
आफ्नै पेट सधै भोको चुलो बोल्न पा’को छैन Continue reading →

Posted in गजल | Tagged | Leave a comment

अनूदित कथा : रेखा

~शशीकला मानन्धर~Sashikala Manandhar
अनु : तुल्सीदास महर्जन

बास्केट बोकेकी रेखालाई देख्नासाथ रविन्द्र मुस्कुरायो । रेखाको कलेज पढ्दाको साथी । जवाफमा रेखा पनि मुस्कुराई । सधैंजसो सन्चो, विसन्चो अनि अरु साधारण कुराकानीपछि रेखा हिँड्न हतारिई ।

‘पख रेखा, आज एकदिन तिमी जान हतार नगर, तिमीसँग एउटा कुरा छ’, रविन्द्रले बाटो छेकेर भन्यो ।

‘जाऊँ, उ… त्यो रेस्टुरेन्टमा गएर चिया पिऊँ, कुरा गरौं’, रविन्द्रले आग्रह गर्यो ।

‘चिया खान नजाऊँ’, रेखाले अप्ठ्यारो मानी । Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कथा : आमा

~निराजन प्रभात~Nirajan Prabhat

गाडीबाट उत्रेपछि सिधा ओरालो लागे तमोर नदीलाई भेट्न,भारी मन अनि पिडाको पोको बेकेर।सधैँ लगेजको भारी लिएर आउने म आज नितान्त रित्तो रित्तो थिएँ,थियो त केबल दुखको पोको मुटुभित्र गाठो परेको बेदना।ओरालो नै ओरालो लागे माझी धारो हुँदै,बाटो भरी पैयु फुलेको थियो,तर ती पैयुले मलाइ शितलता दिन सकेनन दिउन पनि कसरी बिचराहरु पनि त पीडितनै थिए।पैयुले मलाइ बिगतमा हुत्याए,-“आमा यो फुलेको के हो?” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : हिउँद

~उमेश राई ‘अकिञ्चन’~Umesh Rai Akinchan

दिनको आयु छोटिएर क्रुसमा
प्रस्तरको समाधिस्थ छानामाथि
उदाउँछ रातको लकेट
क्रिसमसको पाइलामुनि
फुल्छन् हिउँका फूलहरू

बाँडेर शीतको दाह्री
हराउँछ कतै सान्तक्लज
हुस्सुको सेतो सिरकभित्र
चोइटिएर फप्लेटा घाम
शीतको चश्माले हेर्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बढ्दै जाओ बढ्दै जाओ

~युद्धप्रसाद मिश्र~Yuddha Prasad Mishra

नयाँ निसाना, नवजागृति, नवचेतनाका साझा हो
हलो, कोदालो, खुकुरी, हँसिया, खुर्पि खुँडाका ताजा हो
पीडित जनले नगरी नहुने घोर क्रान्तिका बाजा हो
दलित गलित हुन बाध्य भएका जनमानसका राजा हो

तिम्रा जयकार विक्रमतामा देशवासीका लोलुप आँखा
हाम्रा झुपडी झुपडीका तिमी युवक विश्व लडाका Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रवास र आइमाइ मान्छे

~पञ्च विस्मृत~Pancha Vismrit

भुत्रोको मोलमोलाइमा
अल्झिएका
यी कदम
धुमिल बन्दैगएछन्

लक्ष्य, गन्तव्य
र सपनाहरु

प्रत्येक स्पर्श
प्रत्येक चुम्वन
प्रत्येक आरोह अवरोह Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सनाखत

~बिमल गिरी~Bimal Giri

अतित भन्नु मात्र हो
समय त बगिरहेछ
निरन्तर
अनौठो अनुभुति
बर्तमानको थालनीमा आएर
बगेको नदी फर्कदैन
समयले पर्खदैन
एक धर्सो गल्तिहरुमा
बिगतका काला भित्ताहरुमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : समर्पण

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~Yogendra Raj Sharma 'Prakar Antar'

शहरमा, चेतना बन्धकी छ
तिमीले देखिनौ ?
आर्यघाटमा मात्र
खरानी हुँदो रहेनछ जीवन ।
शहरमा, अनौठो छटपटी छ

म संसारको
सबैभन्दा धेरै पर्यटक हुँ
त्यहीं त हो नि -लण्डन
हिजै त हो गाडी चढेर गएको Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : म जङ्गली बन्न चाहन्छु!

~यज्ञेश~Yagyash Dhwoj Karki

ईश्वरको सृष्टिमा
मानिसले टाङ् अडाएकोले
वसुदेवझैँ जीवनको कैदी बनेको छु,
आधुनिक्ता मेरो थुनुवा हो,
सभ्यता मेरो कंश हो,
मानिस मेरा दूारपाल हुन्,
त्यसैले मुक्तिको खोजिमा
म जङ्गली बन्न चाहन्छु!

आफ्नो देशको एक मुट्ठी माटो
हातमा खेलाउन चाहन्छु, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आउ खेलौँ होली

~राकेश कार्की~ Rakesh Karki

देश विदेश जताततै
यो कस्तो उमंग
आयो फागुन होलीको
थरिथरिको रङ्ग

एकआपसमा मिलेर
भिँडमा रमाइरहे
मौसम नै मज्जा आनन्द
रङ्गमै डुबाइरहे Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : यो सन्देश हामी सबैलाई

~गणेश पुर्बछाने मगर~Ganesh Purbachane Magar

उठ जाग सबै नेपाली दीदी बहिनी दाजू भाई
यो सन्देश हामी आम नेपाली जति सबैलाई
आखिर किन हामी बस्छौ सबै यँहा डराई?
आयो पालो हाम्रो देखाऊ पौरख सबैलाई

अब कतिन्जेल बस्ने एस्तो डरपोक काएर भएर ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मित्र तिमी दलित कसरी भयौ ?

~सुरज दाहाल~Suraj Dahal

मित्र
मैले समानता लेख्दै लेखिन
हामीमा भिन्नता देख्दै देखिन
तिमी भोकमा थियौ
तर मान्छेको मासु खाएनौ
तिमी शोकमा थियौ
तर कसैको लासमा रमाएनौ

मित्र,
तिमी नग्न थियौ
तर कसैलाई निर्वस्त्र बनाएनौ ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : प्रतिरुपण : स्वतन्त्रता

~कुमार सिंखडा~Kumar Simkhada

आकाशमा बादलको छनक एक टुक्रा पनि थिएन । मध्ये भागमा सूर्य झलमलाइरहेको थियो । यद्यपि आङ् सिरिङ्ग पार्ने गरी चिसो हावाको लहर अर्को एक पटक फैलिएर चौर पार गर्दै वरिपरिको पैयुँका रूखमा ठोक्कियो । तिनै पैयुँका रूखहरूबिचबाट कोइलीको आवाज आयो । बसन्त ऋतुको आगमन भैसकेको थियो ।

प्रमेश चौरको बिच भागमा पुग्नै लागेको थियो । बिपरित दिशाबाट एउटा पुरुष आकृति हल्का हात हल्लाउँदै ऊतर्फ आउन लागेको थियो । त्यो कविराज थियो ।

“त, लाग्ने होइन त ?” दश कदम नजिक आइपुगेपछि कविराजले सोध्यो ।

“ठिक छ, म तयार छु,” प्रमेशले मलिन स्वरमा उत्तर दियो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : भाग्यमानी मोरीहरु !

~सागर भाई~

निथ्रुकै भिजेकी उनी रन्थनिँदै घर पुगिन्। आफ्नो रुममा छिरिन्। ढोका ढ्याम्म लगाइन्। हेन्ड्ब्याग फ्यात्त भुँइमा पछारिन्। र ऐना अगाडि उभिएर सयौँ लोला बजि्रएको आफ्नो निरिह शरीर नियाल्दै फत्फताइन् ― ‘असत्तीहरुले मैलाई अचानो देखे। सुनिती, रमी, चन्द्रीलाई एउटै लोला लागेन।

सबैले मै एउटीलाई निशाना बनाउनुपर्ने! भाग्गेमानी मोरीहरु! साँच्चो होलि त पर्सि हो। उफ! भोलि पनि छ Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

स्वदेश गान : नेपालले के गर्यो मलाई

~विश्व बल्लभ~

नेपालले के गर्यो मलाई भन्न छोडिदेऊ
नेपाललाई के गरें मैले सोच्न थालिदेऊ

सृष्टिको विहान सृजना गर्ने शिव त्यो तिम्रै हो
विश्वमा शान्ति फैलाइदिने बुद्ध त्यो तिम्रै हो
विश्वको शिखर उठाइदिने सगर त्यो तिम्रै हो Continue reading →

Posted in नेपाली गीत | Tagged , | Leave a comment

कविता : कुर्सीको झगडा

~डा तारानाथ शर्मा~Taranath Sharma

कुर्सीको झगडा उठेर तगडा नेपाल नै रन्कियो
सारा देशविकासको अब कुरा ठप्पै भयो थन्कियो
गाई कोरली भोग्न बृद्ध जब त्यो साँढे जमेरै बस्यो
ईर्ष्या, भेद र फूटको मुलुकमा सेना डटेरै पस्यो
-१-

कुर्सी, गाई दुवै म धान्दछु भनी अर्कै उठ्यो डुक्रियो
नाङ्गो भो सब राष्ट्र भाँडिन गई धाँजा पर्‍यो टुक्रियो
साझा यो फुलबारि मास्न कसिए हाम्रो बिजोकै गरी
बाँच्ने छैन स्वतन्त्रता मुलुक नै फुट्ने छ ऐनासरी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तिज आयो

~शरद लामा~

तीज को बेला नाचेको मेला हेर्न लाई आयको,
केहि कुरा भन्छु हे बुढी आमा मनमा लायको !!
***********************************
मेरो त माइती दैब ले लग्यो अचाक्ली भयको,
तिमीलाई देख्दा याद आयो आमा माइत मा गयको !!
************************************** Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : कस्तुरी है बास आउँछ

~चेतन कार्की~Chetan Karki

कस्तुरी है बास आउँछ भन्छन २
सुनमाया आउँदैन त्यो किन हो यो दिनैमा
हो…पहिले माया हाँसेर लायौ २
सुनमाया अहिले पो चाल पायौ हो यौ दिनैमा

तिम्रो माया छ एकातिर २ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment