Tag Archives: यज्ञेश – Yagyash

कविता : यो समाज

~यज्ञेश~ यो मानिसको किनबेच चल्ने समाजमा मजबुरीमा, लाचारीमा, बलजफतीमा, जबर्जस्तीमा कयौं बेगुनाह चेलीबेटी बेचिन्छन्, जो लज्जा र अपमानले दिनभरी लुक्छन्, रातभरी दिनलाई कुर्छन्, सबका सामु झुक्छन्, आफ्नो नसीबलाई धिक्कारी सुकुँसुकुँ रुन्छन्, उनलाई अतीतले पोल्छ भाग्यले पिरोल्छ भित्रभित्र भावनाहरुले दुख्छ, अनि … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छोक : आमा तिम्रो याद आयो

~यज्ञेश~ आमा तिम्रो याद आयो, तिम्रो मायाको सम्झना आयो, धेरै टाढासम्म आयो र यसरी आयो कि तिम्रो ममताको आभासले मेरो मन भरी आयो

Posted in कविता | Tagged | Leave a comment

कविता : कोही आऊ

~यज्ञेश~ कोही आमा आऊ यहाँ बुद्ध जन्माऊ, कोही पिता आऊ आफ्नो छोरा पि.एन.शाह बनाऊ, कोही गुरु आऊ कैयौंलाई अर्जुन शिक्षा दिलाऊ, कोही भाइ आऊ लक्ष्मणको प्रेम साथ ल्याऊ, कोही छोरी आऊ भृकुटी बनी आऊ, कोही पत्नी आऊ जानकी भइ नाम … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी

~यज्ञेश~ तिमी दिया हौ कि सोचेको थिएँ अथाह अन्धकारमा सुन्दर बिन्दु, तर महाग्नी रहेछौ कोइला नि नबक्सने खरानी बनाइदिने! तिम्रो आगमन जीवनको शिखर थियो, यात्रा खोंच र खाल्डाहरु, नाङ्गो पहाडलाई हुस्सुको अंगालोमा बाँध्ने

Posted in कविता | Tagged | Leave a comment

कविता : म जङ्गली बन्न चाहन्छु!

~यज्ञेश~ ईश्वरको सृष्टिमा मानिसले टाङ् अडाएकोले वसुदेवझैँ जीवनको कैदी बनेको छु, आधुनिक्ता मेरो थुनुवा हो, सभ्यता मेरो कंश हो, मानिस मेरा दूारपाल हुन्, त्यसैले मुक्तिको खोजिमा म जङ्गली बन्न चाहन्छु! आफ्नो देशको एक मुट्ठी माटो हातमा खेलाउन चाहन्छु,

Posted in कविता | Tagged | Leave a comment

कविता : आजका जोगी

~यज्ञेश~ मलाई छोटा कपडाभन्दा छोटा विचारसँग सरम लाग्छ, मूर्खको बातभन्दा महापण्डितको उपदेश झिज्यार लाग्छ! बहिरालाई मुस्कुराएको वचन सब मिठो हुन्छ, बेवाकूफ दर्शकलाई बकबके लवारपाँडे विद्धवान हुन्छ,

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : फ्रयांकर्फटको ट्राम

~यज्ञश~ फ्रयांकर्फटको सपिङ एरनिामा मलाई छाडेर कुमार पन्तजी हिँडे। ‘के-के किन्ने हो किन्नूस्, सकिएपछि मलाई फोन गर्नूस्, म लिन आउँछु’ भनेर उनी मिटिङका लागि गए। मेरा अगाडि अब प|mयांकर्फटको ठूलो सपिङ एरयिा थियो, जसमा अनेकथरी लुगाफाटा, गहना र सौन्दर्य प्रसाधनका … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : दमौलीको जादुगर

~यज्ञश~ पोखराको फरेस्ट्री क्याम्पसको दुई-तीन चक्कर लगाएपछि मेरो पढाइको हेलिकप्टरले अन्तत: आदिकवि भानुभक्त क्याम्पस दमौलीमा ल्यान्डिङ गरेको थियो । भागेर फिल्म हेर्ने बानी स्कुल पढ्दै लागिसकेको थियो । ०५३ मा एसएलसीको ट्युसन पढ्नका लागि दुई महिना दमौलीको डेरा बसाइले त्यो … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

छोक : आस्था

~यज्ञेश~ आस्था हृदयका कुनाकाप्चामा खोज, खोताल मसीका मन्त्र, बोलीका प्रवचनमा होइन, त्यहाँ सायद,

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : हुटिट्याउँको आकाश

~यज्ञश~ काग, कोइली र चीलजस्ता केही चरा छन्, जसका कथा प्राय: आइरहन्छन् । लेखकहरू यिनलाई र यिनका विशेषतालाई विम्ब बनाएर कहिले कसैको तारिफ गर्छन् त कहिले कटाक्ष गर्छन् । यो स्मृतिको कथाचाहिँ हुटिट्याउँको हो । हुटिट्याउँको एउटा आफ्नै कथा छ … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : ईश्वर भेटिएमा अवश्य सोध्नेछु

~यज्ञेश~ ईन्द्रको स्वर्णगद्दीमा सायद ईन्द्र आफै छन् या ज्यूस छन् या जूपिटर? मृत्यु पश्चातको यात्रामा, वैतर्नि तर्नुपर्ने हो कि सेन्ट पिटरसँग इन्टरभ्युमा जानु पर्ने हो? स्वर्ग पुग्न के-के गर्नु पर्ने हो? ईश्वर भेटिएमा अवश्य सोध्नेछु। भयाटिकन, मक्कामदिना, चारधाम जेरुसुलम, लुम्बिनी, … Continue reading →

Posted in कविता | Tagged | Leave a comment