देउडा गीत : काँ मैना भोजन खान्छै

~दिपक साउँद~Deepak Saud

काँ मैना भोजन खान्छै, काँ मैना उणन्छै
काँ मैना घर छ अचेल, काँ मैना बसन्छै

मैना तेरा फेरन्या बन, मइ हू पानी मुल Continue reading →

Posted in देउडा गीत | Tagged | Leave a comment

कविता : जयजयकार गरौं

~त्रिशंकु~

भुच्चुक कोर्कालीहरु सन्काएर
तिनबाट अनेक उपद्र गराएर
जे जति गडबड गरियो यहाँ
त्यसको निम्ति जयजयकार गरौं ।
निर्घिनी देश भँडुवाहरुको

अनेकतन्त्रको नाम लिएर
भ्रमपूर्ण विविध षड्यन्त्र रचेर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : धाँधली

~डा. टीकाराम पोखरेल~Dr Tikaram Pokharel

सुनसान मध्यरात । उनी मस्त निन्द्रामा थिए । हठात् उठेर खै को नि के–के बर्बराउन थाले । श्रीमतीले आवाज मात्र सुनिन्, कुरा बुझिनन् । कुरा नबुझेपछि श्रीमानलाई घच्घच्याउँदै सोधिन्– ‘हजुरलाई के भयो हँ ?’

श्रीमतीको आवाजले उनी झल्याँस्स ब्युँझे र भने– ‘धाँधली भो धाँधली । हो ममाथि धाँधली भो ।’ उनी निरन्तर कराइरहे– ‘धाँधली, धाँधली, धाँधली…।’

श्रीमानजी यसरी मध्यरातमा बर्बराएको देखेर श्रीमती डराइन् । उनले आत्तिँदै सोधिन्– ‘कहाँ, कसले धाँधली ग¥यो, के धाँधली भो ?’ Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : अब जीत यो थीर रहला

~पुरुशोत्तम बाबु~

जितै को उत्सब्को बिजय घडीको आश खुशीको
बुन्यो मन्ले राम्रो तरङ्ग मनमा गजबको
हेरिरहुँ लाग्ने नेपाली सुखको आनन कला
देखी रहुँ मैले जीत अब नेपाली सुख पला

उतै हेर्छन आँखाहरु सब पनि आश गरदै
खुशी छन ति सारा नयनहरु ति ज्योति भरदै
उमङ्गको हात पनि उठिगो त्यो झन्डा सहितै
देखी रहुँ मैले अभय नेपाली सान सहितै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : प्रवास

~मुकेश बराल~

ऊ अझै उत्सुक हुन्छ, प्लेनको उडानको उचाइ क्रमश घट्दै गर्दा। प्लेन अडिन्छ बिस्तारै भर्‍याङ्बाट ओर्लँदै अलि अप्ठ्यारो अनुभव हुन्छ, तातो हावाले उकुसमुकुस हुन्छ। लामो लामो सास लिँदै आँफैलाई सन्तुलित बनाउँछ।

दुबई आउनु उसको कुनै रहर थिएन, न त बाध्यता। नयाँ ठाउँमा घुम्दाको अनुभव लिनु थियो उसलाई। पहिलो पटकको प्लेनको यात्रा, नयाँ मुलुक त्यो पनि मरुभूमि अनी समुद्रमा , मानिसहरु कसरी बस्न सक्छन यही कौतुहल थियो।

आँखा तिर्मिराउने घाम, अगस्त महिनाको प्रचन्ड गर्मीमा अत्तालिनु स्वाभाविक थियो। नयाँ भाषा, नयाँ भेष भएका मानिसहरु नजिक पर्दा सतर्क हुन्थ्यो। एअरपोर्टको लिफ्ट अनि लबिमा अलपत्र परेका Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : गोधुली क्षितिज र डायनोसर नियति

~टेकेन्द्र अधिकारी~Tekendra Adhikari

हामी जहां छौं
हामीले पाइला टेकेको धर्ती यही हो
हामी लडेको माटो यही हो
पूर्खाले प्राणको बाजी लगाएर
जोगाएको अस्तित्व पनि यही हो
सुदूर क्षितिजमा चम्केको जून देखेर
आशाको तन्द्रामा जीवन काट्दै
हामीले हेरेको क्षितिज त्यही हो
मुटुभन्दा प्यारो माटो हुन्छ
माटोको अस्तित्व खोज्दै भौतारिंदा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छोक : फरक

~सुरञ्जन घिमिरे~Suranjan Ghimire

तिमीलाई सबै कुरा ठीक छन् जस्तो लाग्छ किनकी
तिम्रो कोठाको भित्तामा टाँगिएको
फोटो फ्रेम ठीक छ
तिमीलाई सबै कुरा ठीक छन् जस्तो लाग्छ किनकी
तिम्रो कोठाको घडी ठीकसँग चलिरहेको छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : सिद्धान्तवादी

~अनमोलमणि~Anmolmani

अपवाद नै भन्नु पर्छ उनलाई अमेरिका जाने सोख थिएन।

नेपालीका लागि अमेरिका ‘नशा’ लागेका बेला पनि उनलाई अमेरिका जान मन नलाग्नु अपवाद नै थियो। जानु नजानु उनको इच्छा। तर विनयध्वज अमेरिका नगएपछि सहरमा उनको निकै चर्चा भयो।

उमेरले ४५ छिचोलिसकेको थियो। शारीरिक तन्दुरुस्तीका लागि उनी प्रत्येक विहान चिसो हावामा हिंड्थे। बाटोमा कोही न कोही चिनेको मान्छे भेटिहालिन्थ्यो। उनीहरुलाई विनयध्वजको सञ्चो विसन्चो भन्दा अमेरिका नजानुमा बढी चासो थियो। भैट्यो कि अमेरिका नजानुको कारण सोधी हाल्थे। उत्तर नसकिँदै उनीहरु भन्थे—’तपाईले अमेरिका नगएर ठीक गर्नु भएन विनय जी।’

यी सब कुरालाई उनले त्यस्तो ठूलो वास्ता पनि गरेनन्। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : चर्को मध्यान्न

~सुविद गुरागाई~Subid Guragai

२०६५ साल भदौ २ गते मङ्गलबार दिउँसो १२ः३० बजे
यो त्यही बेला हो
जतिबेला तिमीलाई आभास थिएन
कुनै प्रलयको
तिम्रो बलौटे विश्वासमाथि
एउटा थोपा पहिलो धक्का दिन
उत्तेजित भइसकेको थियो
रति विश्वास थिएन तिमीलाई
तित्रीगाछी भङ्गालोले नाघ्ने बेला भयो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : हजुर मुस्कुराईस्यो

~प्रकट पगेनी~Prakat Pageni Shiva

टाढैबाट मलाई हेरी हजुर मुस्कुराईस्यो,
नजिक आई हेरी फेरि हजुर मुस्कुराईस्यो

हजुरको नाम प्रकट भन्ने सुन्न पाउँदा म धन्य भएँ
मेरो नाम मृदुला भन्दा हजुर मुस्कुराईस्यो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

बाल कथा : परदेशी

~नारायण तिवारी~Narayan Tiwari

“एउटा पिउसो छ, त्यो टाइममा खाँदैन !” आमा भाइका निम्ति ज्यादै चनाखो रहने गर्नुहुन्छ – तर मेरा निम्ति …. ?

हामी केटाकेटीका नाउँमा घरमा केवल दुईजना छौँ – भाइ र म । भाइ १० वर्षको छ र म बाह्र वर्षकी ।

भाइले स्यानैमा साइकल पायो । माउथ हार्मोनियम पायो । घडी पायो । अझै पाउँदै छ । जे चिताउँछ त्यही पाइहाल्छ भाइ । म के पाउँछु ? अथवा मैले के पाएँ ?

एकपल्ट ज्यादै लडाईं गर्दा मरेर सानो गुडिया किनिदिनुभएको थियो मलाई आमाले ! तर त्यसपछि त आमा मतिर हेर्नु नै हुन्न । केवल भाइका अनुहारमा टिकेका हुन्छन् आमाका दृष्टि ! Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : भ्रष्टाचारको भाङ्: ब्यङग्यको चाङ्

~गणेश घिमिरे ‘मार्मिक’~Ganesh Ghimire Marmik

मेरो हातमा एउटा जिम्मेवारीसहित एउटा व्यंग्य निबन्ध संग्रह कृति प्राप्त भएको छ । कृतिकार नेपाली साहित्यका एक सशक्त हस्ताक्षर युवराज मैनालीका रचनाहरु चाहे विभिन्न अखवारहरुमा स्तम्भका रुपमा हुन् या साहित्यिक पत्रिकाहरुमा, चाहे कथाकृतिमा होस् या समालोचना विधामा यत्रतत्र पाठकहरुमाझ छाएको भेटिन्छ । बिद्रोही स्वभावका मैनालीजी जसरी बोलचालमा समाजका विकृति विसंगतिहरुप्रति असन्तुष्टी ओकल्ने गर्छन् । उनका कृतिहरुमा भने त्यस्तो भेटिंदैनन् । तर उनको त्यो भावना र विचार भित्रभित्रै उकुसमुकुस भएर मनभित्रै गुम्सिरहेको रहेछ, जुन कुरा प्रस्तुत निबन्ध संग्रहमा छतातुल्ल भएर पोखिएको हामी पाउँछौं । हाम्रो समाजमा विद्यमान् सबैखाले विकृति र विसंगतिहरुलाई सकेसम्म नछोडीकन विभिन्न शीर्षकअन्तर्गत व्यंग्यात्मक शैलीमा उनले प्रस्तुत गरेका छन् । पहिलोपटक कथा संग्रह लिएर नेपली साहित्यका Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कविता : मेरो साथ छिन मेरी आफ्नै आभा

~सन्दिप बडाल~

मेरो साथ छिन मेरी आफ्नै आभा
त्यो सुर्य निदाए मलाई के भो र?
शितल शान्त शशी मेरै हृदय नभमा
घटीबढि उदाए त्यो चन्द्रमा के भो र?

चमचम मेरी रत्न मेरै आँखा-नानी भित्र
टिमटिम तारा गगनमा जगमगाए के भो र? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सुत्नु मेरो नियती

~हस्त गौतम मृदुल~Hasta Gautam Mridul

सुत्नु मेरो नियती होइन तै पनि सुतेकै छु।
निरही यो जीन्दगीमा मृत्युलाइ थुतेकै छु।
खै कहाँ छन मैले उठाएका ति मान्छेहरु
खै कता थन्किएका छन मेरा ति सृजनाहरु

खोक्रा आदर्शमा रमाउन सिकेको यो युगमा
बाध्यताले सुत्नु परेको छ मृत्य कुरी दैलोमा Continue reading →

Posted in कविता | Tagged | 1 Comment

कविता : बा ले घडी किनेका छैनन् !!

~समर्पण श्री~Samarpan Shree

कयौँ साल भो
बा ले घडी किनेका छैनन्
फाटेको सुरुवाल पनि टाल्दै टाल्दै
इज्जत धानेका छन्
*****
बा टोपी महिलियो
मैले भने
छाड् “यो त मेरो उचाइ हो, उचाई घटाउनु हुन्न बाबु”
****
बा स्वाभिमान को प्रतिक हुन्
हर दिन माटो खाए् र
साँझ सन्तानको पेट पालेका छन्
****
लेखपढ गरेका छैनन्
तर सबै बुझेका छन्,तिम्रो र हाम्रो परिवेश Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : खोजी मेरो

~जानकी घिमिरे~

मेहनत गर्ने उद्धोगको खोजी मेरो
हा, बाँझो चउरको छेउ भेटेको छु ।

वर पिपल रोपेर चौतारीमा लेट्नु पर्ने
हातैले छेकी घाम सियालको रहर मेटेको छु।

कर्ममा व्यस्त जीन्दगी जीउने सपना थियो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : आरुका फूल र होलीका स्मृतिहरु

~लारा राई~Laxmi Rai 'LARA'

आज मलाई पुनः आरुका फूलका स्मृतिहरु दोहोर्‍याउन मन लागेको छ। त्यसो त जन्मदेखि नै मेरो सम्बन्ध आरुका गुलाफी फूलहरुसँग रहेको छ। किनकी,मेरो जन्मताका हाम्रो पुरानो घरको आँगनको डिलमा ड्याम्म गुलाफी आरुका फूल फूलेका थिए रे ! क्रमशः कयौं साल त्यो बोट गुलाफी हुँदै कति बसन्त पार गरे हेक्का रहेन तर अनायसै आज मलाई ती फूलहरुको मोह जागेको छ। भावनात्मक सम्बन्ध जागृत भएको छ।

समय र उमेरसँगै मैले जब फूलहरुलाई प्रेम गर्न थालें हुँला संभवतः त्यही आरुका गुलाफी फूललाई मैले महत्व दिएको हुनुपर्छ। एउटा नजानिंदो आकर्षण ! त्यसैले यतिका वर्षपश्चात् शरद दाइको पत्र हात लाग्दा केही वर्षअघि फूपुले मेरो लागि रोज्नुभएको ठिटोप्रतिको मेरो अरुचि पनि त्यही आर्कषण र आशक्तिको आसय हुनसक्छ या स्वंय म आफै भ्रममा थिएँ। आजपर्यन्त फूपुको गुनासो छ- उहाँले रोज्नुभएको लाहुरे ठिटोसँग मैले किन बिहे गरिनँ- थाहा छैन खै! कुन्नि किन अहिलेको मितिसम्म चाहिं। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : सगरमाथाको देशदेखि अन्टार्टिकासम्म

~विश्व अधिकारी~

मानव जातिको प्रभावबाट तुलनात्मक रुपमा निकै कम प्रभाव परेको यस महादेश को ९८% भाग हिउँले ढाकेको छ। विज्ञानले गरेको अहिलेसम्मको खोजले त्यहाँ मानव बस्तीको कुनै प्रमाण त भेट्टाउन सकेको छैन तर त्यहाँ पाइने केही जीवहरु भने उक्त ठाउँमा हजारौं वर्षदेखि रहेको प्रमाणहरु छन्। यसरी भन्नुपर्दा उक्त ठाउमा मानव जाति भन्दा पनि सूक्ष्म जीवहरु नै पहिले पुगेका थिए र शायद उनीहरुमा रहेको अति विषम परिस्थिति सहन गर्न सक्ने शक्तिले होला, अहिलेसम्म पनि अन्टार्क्टिकाको जुनसुकै अवस्थामा पनि जीवित नै रहेका छन। Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : मन र मैन जल्दा

~मिना नेपाल~

धेरै खुशी लाग्नु पर्ने खुशी धेरै लाग्या छैन्
सयौं मैन बाल्दा पनि कालो किन भाग्या छैन् ?

मैन जलि राख भए अँध्यारोले छोप्ने डर छ
सिधा–साधा जनताको मनभित्र अन्योलको घर छ ।

तराई जल्दा पहाडमा लप्का आउँछन् हेर
हिमालमा लप्कासँगै धुँवा पुग्छ धेर । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : ‘घाँसी’ एक बिम्ब

~शिरिष पराजुली~Shirish Parajuli

‘साहित्य’ सुन्दैमा गह्रौं शब्द,
भन्छन् साहित्य बिजुलीको चम्काइ
होइन काँडा बिच फूल्ने फूल हो
जुन फूल ठालूको भयो
साना त सधैं काँडा भए ।

म सोच्छु भानुभक्तलाई,
र मनमा प्रेम जाग्छ
रामायण, बधुशिक्षा उनकै देन
उनी सर्वत्र मानिएका र कहलिएका Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : यार मण्डली

~श्यामदास वैष्णव~shyamdas baisrva

व्याप्त भएझै लाग्छ अहिले
जताततै नै यार मण्डली
यद्यपि भन्न उचित नहोला
काम नलाग्ने सञ्चार मण्डली ।।

मुखले देश र जनहितको
कुरा गरी टोपल्ने
कामले भने
देश र जनहित विपरीत लाग्ने
देखिन लागेका छन् यसबेला
अनेकौं अनेक अवतार मण्डली Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : भन्सार

~यमुना अर्याल~Yamuna Aryal

“भन्सारमा त पैसाको बोटै छ की क्याहो कैलाशे तैँले त कमाउनु कमाइस्, यसो हामीलाई पनि चान्स मिलाइदेन ” सँगै खरिदार पास गरेर हुलाक विभागमा पोष्टिङ् भएको केशबले प्रश्न ते¥साउँछ । “हेर केशव भन्सारमा त यी मूला सचिवको भन्दा बढी कमाइ हँदो रै’छ, भन्सारमा काम गरेर अरु ठाऊमा सरुवा हुनुप-यो भने त एकपटक फेन्ट हुन्छु होला म त । कति न सचिव भए भन्दै फूर्ति लगाउँछन काठमाण्डौमा जावो एउटा घरसम्म बनाउन सक्दैनन । अस्ति देखिनस् पुतलीसडकमा लुखुरलुखुर पहिलेको भूपू सचिव हिडिरा’थ्यो । अहिलेसम्म भाडा तिरेर बस्छ रे भन्या । जावो सरकारले दिने महिनादिनको तलवले के पुग्छ र ? उतिबेला निकै सोझो कर्मचारी भो मोरो मुख्य सचिव हुन पनि सकेन । चाकडी गर्न जान्दो रैनछ कसका बुद्धिले मुख्य सचिव हुनु ? लुरुलुरु पढ्यो सचिव सम्म भो , उसलाई पुग्यो रिटायर्ड भो बूढो । यस्तो पाराले नेपालमा चल्दैन केशव । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : हजुरलाई

~राम शरण श्रेष्ठ~Ramsharan Shrestha

मुटु भित्र सिंहाशनमा, बसाउँकी हजुरलाई ।।
प्रेम पत्र रातो गुलाफ, पठाउँकी हजुरलाई ।।

लुकि छिपी दिल भित्र, पसुँ पसुँ लाग्यो आज
कि त आई मनको कुरा, बताउँकी हजुरलाई ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

संस्मरण : त्यो भित्ते लेखन

~जनकराज सापकोटा~

स्कुलको उत्तरपश्चिम कुनामा माहुरीको गोलोझैं विद्यार्थीको झुन्ड थियो । आकाश ताकेर उडिरहेको हवाइजहाज हेर्न एक टकले आँखा सोझाएझंै सबैका आँखा स्कुलको भित्तामा सोहोरिएको थिए । हेडमास्टर र अरू शिक्षक पनि त्यही भीडमा मिसिएका थिए । सबैको अनुहारमा अनौठो कौतूहल थियो । शान्त भीडलाई हेडसरको बोलीले चिर्‍यो, ‘रातारात कसरी लेख्न सक्या ? जात त ज्याद्रा हुन् ।’ ‘हो, अचम्मकै हुन्,’ अरू सरहरूले सही थपे । त्यसपछि हेडसरले थपे, ‘अब नसकिने भो । खाने भए देश ।’ ‘हो, खाने भए’ धेरै सरहरूले एकै स्वरमा भने ।  Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

छोक : बाध्यता

~ज्ञानेन्द्र स्थापित~Gyanendra Sthapit

बाध्यता ले भरिएको यो जिन्दगिमा
बाँच्नु पनि एक बाध्यता
अनि
दुइ मुखे र दुइ जिब्रेहरु लाई
बिश्वास गर्नु पर्ने बाध्यता Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : बिहान नभै बतासले

~नगेन्द्र थापा~Nagendra Thapa

बिहान नभै बतासले शीत किन सुकाई दिन्छ २
जस्तै मेरा पिरहरुले गीत सबै लुकाई दिन्छ २

छायाँ परे परे जस्तो, चेहराको ऐना भित्र २
कहिलेकाहीं बिर्सी दिन्छु, बितेका अनेक चित्र
कसैले हारी सके, जिती सके जिन्दगिमा २ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : रिट

~नयनराज पाण्डे~Nayan Raj Pandey

मेरो निर्माणधीन चलचित्रको कथा यस्तो थियो– ‘सहरमा प्रभात र अजय नामका दुई आत्मीय मित्रहरू छन् । सँगै कलेज पढ्छन् । एउटै कक्षामा एउटै विषय पढ्छन् । प्रभातकी आमा शान्तिदेवी र अजयका पिता दलबहादुर दुई भिन्न आदर्श र चिन्तन बोकेका दुई राजनीतिक पार्टीका प्रमुखहरू हुन् ।

शान्तिदेवीको पार्टी सरकारको नेतृत्वमा छ र दलबहादुरको दल प्रतिपक्षमा । देशको राजनीतिमा त्यतिबेला समस्या उत्पन्न हुन्छ, जब दुवैका पुत्र अर्थात् अजय र प्रभात देशको फोहर राजनीति र अभिभावकहरूको कठोर अनुशासनबाट आजित भएर काठमाडौंबाट भाग्छन् । छोराहरू भाग्नुको दोष शान्तिदेवीले दलबहादुरमाथि र दलबहादुरले शान्तिदेवीमाथि लगाउँछन् । विवाद चुलिन्छ । व्यक्तिगत झगडाले राजनीतिक रूप लिन्छ । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : चिसो वर्तमान

~आजाद अजनवी~Aajad Ajnabi

फेसबुक
एक डबका जाँड
र लोडसेडिङ
उस्तै नै छन् दिनहरू
छैन केही फरक
उस्तै नै छ बाटो
नेताहरूको भाषण
महँगी
र र्सर्टिफिकेटको फोटोकपी पछाडि
सक्कलबमोजिम नक्कल ठीक छ
सबै ठीकै देखिरहेछु
ममाथिको सिङ्गै आकाश
उडिरहेका चराहरू
अनि पल्लो घरकी तरुनी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्तर्व्यथाको तूफान

~युद्धप्रसाद मिश्र~Yuddha Prasad Mishra

र्घर्के दर्शन सब पुरातन भई झुल्के उज्याला दिन
ताता खून उठी सजीव बदला आए हिजोका लिन
जित्नुको परिपाटितातिर युवा जाँदै गए गर्जिदै
आए केश खुला भएर युवती हातमा हँसिया लिदै

पीडाका अनुभूतिबाट उठने तूफान प्रत्यक्ष भो
शोषणको प्रक्रिया खत्तम्तिर सबैको एउटै लक्ष्य भो
शोषक् वर्ग समूल नष्ट हुन गो दुर्दान्त बेला घटी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सोनु मैन बत्ती निभ्ला है

~आभास~Aavaas - Achyut Prasad Phuyal

आकाशले
भरखर घुम्टो खोलेको छ
क्षितिजबाट
भरखर बास्ना ओर्लेको छ
म गोधूलिको यात्रामा निस्कँदै छु
सोनु
कोठाको मैनबत्ती निभ्ला है
मैले
मैन नजिकै
सपनाको फाइल राखेको छु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : लिभिङ टुगेदर

~राजेन्द्र थापा~Rajendra Thapa

सरिताले कति सोच्ने ? सोच्दासोच्दै १५ दिन बितिसक्यो । सोचेको सोच्यै छे । पैले रोई उसले । दिनभरि रोई, रातभरि रोई । भोकै रोई, प्यासै रोई । पैले पवनलाई सम्झेर रोई । पछि आफूलाई सम्झेर रोई । आफ्नो भावी जीवन सम्झेर रोई । त्यसपछि पवनसित बिताएको जीवन सम्झेर रोई ।

रुँदारुँदै अरू रुन नसक्ने महसुस भएपछि सोच्न थाली । कैले पवनलाई सोची, कैले आफैलाई सोची । पवन र आफ्नोबारे सोच्दा सोच्दा अरू थप सोच्न नसक्ने भई ।

त्यसपछि सोच्न बन्द गरी । नसोचेरै मौन रहन खोजी । पेटको बच्चा छट्पटिएजस्तो लाग्यो । तीन महिनाको बच्चो किन छट्पटेको हो ? बेलै भएको छैन छट्पटिने † आमाको मुटु छट्पटेको हल्लनले हल्लेको Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सपना

~नारायण योगी~

एक दिन म सानै छँदा बुबाले
गैह्री खेत जोत्दै भन्नु भयो–
बाबु यो धरतीभन्दा ठूलो केही छैन
मैले उहाँको कुरा त केही बुझिनँ
तर घाँटीमा भिरेको सानो मादल
खुशीले ट्याङ्ग पारेँ
म अलि अलि बुझ्ने भएपछि
बाँसको कलमले
क माने कान्लो
ख माने खन्यु
ग माने गरिब
घ माने धरती लेखेँ Continue reading →

Posted in कविता | Tagged | Leave a comment