~सुकुम शर्मा~
भूपि शेरचनको जन्म विक्रम सम्बत् १९९२ पुस १२÷१० गते धवलागिरि अञ्चलको, मुस्ताङ जिल्लाअन्तर्गत टुकुचे भन्ने गाउँमा भएको हो (परिवर्तन, २०१० भूमिका, कुँवर २०२३ र सुवेदी, २०३७) । सुब्बा हितमान शेरचन र पदमकुमारी शेरचनका कान्छा छोरा भूपि शेरचनको खास नाम भूपेन्द्रमान शेरचन हो । उनले भूपेन्द्रमान शेरचन्द ‘सर्वहारा’ (परिवर्तन, २०१०), ‘सर्वहारा’ (नया“ झ्याउरे, १९५४ ई.), भूपेन्द्रमान शेरचन्द (बी.एम. शेरचन्द, निर्झर, २०१५) जस्ता नाम लेखेका भए पनि घुम्ने मेचमाथि अन्धो मान्छे (२०२५) कवितासङ्ग्रहमा भूपि शेरचन भनेर आफूलाई चिनाएका छन् । आज उनको सम्पूर्ण परिचय कवि भूपि शेरचन भएर रहेको छ ।
भूपि पाँच वर्षका हुँदा उनकी आमाको मृत्यु भएकाले र उनका दिदीबैनी नभएकाले उनी मातृजातिको स्नेहबाट वञ्चित भएको उल्लेख छ (कुँवर, २०२३ ः ८१) । त्यति मात्र नभएर छोरीको आशमा छोरा Continue reading →