कविता : काटमार र डलर

~गोविन्दप्रसाद आचार्य~

हाम्रो दरो विचार सँग, डलर अतालियो
डलरले हार खायो हिंसा बाटो लियो
डलरसँग डराउँदैनौं वर्ग युद्ध लड्छौं
डलरका भुसे विचारसँग डराउँदैनौं

विदेशीले कान फुकेका कन्सुत्ला कराउने
कन्सुत्लालाई देखेर किन डराउने
पूर्वमेची, काली, हिंड्छन् हाम्रो बाटोमा
डलरका दासको आशा हुन्न माटोमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : ओइ मान्छे

~विश्व राज भेटुवाल~Bishwa Raj Bhetuwal

ओइ मान्छे
आउ यहाँ
खन्न एक खाडल
आफ्नो लागी ।

उठाउँ बेल्चा
चलाउ साबेल्
बगाउ पसिना
खन भुमी
बनाउ खाडल
लुकाउन आफुलाई । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : यो सहरमा छिरेदेखि

~र्इश्वर चाम्लिङ~Ishwor Chamling

यो सहरमा छिरेदेखि
कुहिरोले छोप्यो मलाइ तुसारोले थिच्यो
कुल्चिएर आफ्नाले नै सम्बन्धलाई मिच्यो
साइनो सबै बेच्यो

विसाइतमा हिडियो की गाँउको मन दुख्यो
सङ्गालेका सपना-सागर एउटै विना सुक्यो
सहर कस्तो होला भन्थे आज उस्ले किच्यो Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

अप्जसे कान्छाका २२ हाइकुहरु

~अप्जसे कान्छा~Apjase Kanchha

(१)
अप्ठारो बाटो
न जुत्ता भनेजस्तो
बिजोक खुट्‍टा

(२)
मरे या मारे
कुनै निहुमा कोहि
आतंककारी

(३)
कहिले सम्म
भेडा जस्तै बाच्ने
नेपाली वीर Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment

कथा : लाहुरे विरासत

~राई चन्द्र दुमी~Rai Chandra Dumi

एक किसिम होस्टेल खाली भईसकेको छ । पालो बाँधेर बस्ने चौकीदारहरुमात्र ८ घण्टे डिउटी बस्छन । तर समयमै हराउँछन् उनिहरु केवल हजिरा गर्न आउँछन् खातामा । उनिहरुलाई पनि कहाँ होस्टल सुरक्षाको मात्र चासो छ र दशैंको चकाभकमा १५ मिनेटमात्र ड्यूटी बसेपनि मुलगेटको फोन ब्यस्त राखेर घरमा कुरा गरिरहन्छन, किनमेल, अरौ परौ आदि ।

‘हेलो …………’

‘अँ तैंले जमराहरु राख्दै गर, मारकोदिनसम्म खसी महंगो पर्ला म यतायतै बजार पुगेर खसी हेर्दै आउँछु ।’ ………….

ए, आजै लिईहाल्ने ? त्यसो हो भने त्यो मेरो सन्दुकबाट गोडापाँचेक हजार रुपैयाँ अहिले यहाँ पोस्टमा ल्याईदे त….। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : झर्यो जिन्दगि

~कालीप्रसाद रिजाल~Kali Prasad Rijal

झर्यो जिन्दगि फुट्यो जिन्दगि
छल्केर आँखामा बग्यो जिन्दगि २

काँढामा हाँसेको, मिठो जिन्दगि २
सपनीमा नाचेको झुठो जिन्दगि २
रहरको दहमा डुब्यो जिन्दगि Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिमीलाई म के भनुं

~दीपक जंगम~Deepak Jungam

तिमीलाई म के भनुं
फूल भनुं की जून भनुं
उपमा धेरै म के दिउं
तिमीलाई मनकी मायालु भनुं
तिमीलाई म के भनुं

फूल फुलेको मौसममा
यो साँझको शितल बाताबरणमा २ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

स्रष्टा परिचय : गाउँ बस्ती ब्युँझाउने श्याम तमोट

~टीका भण्डारी~Tika Bhandari

‘गाउँ–गाउँबाट उठ, बस्ती–बस्तीबाट उठ , यो देशको मुहार फेर्नलाई उठ‘

‘संघर्ष हो जीवन, जीवन संघर्ष हो, जीवनदेखि हारेर बस्छु नभन, जीवनदेखि थाकेर मर्छु नभन’ (स्वर संगीत रामेश), (मनभित्र के छ ठुली किन बोल्दिनौ (गुलाम अलीको स्वर), आँधी–बताससँग जुधेर, धेरै नि टाढा छ हामी पुग्ने ठाउँ, लगातार हामी हिँड्दै जाऊँ, हिँड मेरा दाइ हो झम्पल बोकेर, हिँड मेरी दिदी हो डोको बोकेर, स्नेहका मुना नारीका मन, अनिकाल लाग्यो भन्छन्, हारेको छैन हिम्मत, साना–सानाShyam Tamot ढुंगा–माटोजस्ता प्रगतिशील गीत लेख्ने गीतकार हुन्, श्याम तमोट । गीत मनोरन्जनको विधा मात्र होइन, यसले व्यक्ति र समाजको रूपान्तरण र परिवर्तनमा भूमिका खेल्नुपर्छ भन्ने मान्यता बोकेका तमोटले बाल्यकालदेखि नै गीत लेख्न थालेका हुन् । उनले लेखेका गीतहरूले प्रजातन्त्र स्थापनार्थ आन्दोलनको ज्वारभाटा सिर्जना गर्न अहं भूमिका खेलेका छन् । श्याम तमोट प्रगतिवादी एवं प्रगतिशील धारका सर्वाधिक लोकप्रिय गीतकार हुन् । उनी नेपालका गाउँ–बस्ती र कुना–कन्दरामा अत्यन्तै भिजेका गीतकार हुन् । ‘गाउँ–गाउँबाट उठ बस्ती– Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

गीत : भएँ पानी विना

~कृष्णकला वनेम ‘करिना’~Krishnakala Banem 'Karina Subba'

जीउँन धेरै गाह्रो भयो आज तिमी विना
जाल भित्रको माछी जस्तै भएँ पानी विना

एकैछिनको पर्खाई लाग्यो बर्षौ जस्तो
सबै साथमा भएपनि केहि छुटे जस्तो
तिम्लाई पनि यस्तै हुन्छ मेरो साथ विना Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : जहाँ हामी

~केशर थुलुङ~Keshar Thulung

यो माटो हाम्रो हो
पसिना बगाउनुपर्छ
यो ढुङ्गा हाम्रो हो
पौरखी बनेर फोड्नुपर्छ
मिलाएर राख्नुपर्छ
अनि मूल फुटाउनुपर्छ
उर्वरताको

यहाँ दुःख छ, पीडा छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अभियुक्त समय र सपनाको तलतल

~शकुन्तला जोशी~Shakuntala Joshi

झरी थामिएपछिको झिसमिसे
पीडाको धराप साँघु बिछ्याएर छातीमा
निर्निमेष हेरिरहेछ ऊ-जूनको दोछाँयामा
कोही फर्केर आउने आशाको
साँघुरो गल्छेडीतिर
उन्मत्त वैंश उम्लिएको
घोडा युगलाई कोर्रा मार्दै
आगोका झरिला कोइला चबाउने
तरुनी अनुहारहरूले Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : जीबनको हरेक मोडमा

~गोपाल योञ्जन~Gopal Yonjan

जीबनको हरेक मोडमा तिमिले मलाई भेट
म भागे जस्तो गर्छु, तिमिले मलाई छेक छेक

म धेरै टाढा हुन्न, तिमिले मलाई खोज
तिमिलाई भेटे पनी, म त छुन्न
तिम्रो नशालु हातले, तिमिले मलाई छोउ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : साउदीको सात लाख

~सन्तोष पौड्याल~Santosh Paudyal

ऊ राम्री छे। असाध्यै राम्री। गामठाममा त खाइलाग्दो जिउ। लरक्क परेको कालो लामो कपाल। र, गोरो छाला भएका तरुनीलाई राम्री मान्ने चलन छ।

हिजोआज पश्चिमा भूत चढेकाले बासजस्तो बतासे ज्यान र कैलो न मैलो कपाल पारेर पनि आफूलाई सुन्दरी दाबी गर्छन्। गाउँमा त्यस्तालाई ठडका भनिन्छ।

रुपा असली नेपाली सुन्दरी हुनबाट कतै चुकेकी छैन। र, उसलाई यसप्रति पटक्कै घमन्ड छैन। अरुले ‘तँ राम्री छेस्‘ भन्दा लाजले उसको मोहोडा रातो हुन्छ। बजार गर्न जाँदा नाइसिलको पाउडर र लालीबाहेक उसको मुखमा केही परेको छैन। तर पनि ऊ गाउँमै सबैभन्दा राम्री छे। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : खोजी

~ठाकुर मान लामा~Thakur Man Lama

कसले लेख्यो यो कबिता
खोज्दैछ यो संसार
बाँच्दा कसैले वास्ता गरेन
बिचित्र छ यो संसार

कति हर्षका शब्द लेखे
स्वीकारेन यो संसारले
कति पिडाका अक्षर कोरे
बुझेन यो संसारले Continue reading →

Posted in कविता | Tagged | Leave a comment

एकाङ्की : छलछाम छात्ते छ पार्टी

~नन्दलाल आचार्य~Nandalal Acharya_1

पात्रहरूः
अध्यक्ष ः छट्टुराज
उपाध्यक्ष ः छत्तीसमान
सचिव ः छयालीसबहादुर
सहसचिव ः छरितकुमार
सदस्य ः छन्नुलाल
सदस्य ः छक्कमाया

(घरधनीलाई जबरजस्ती भगाएको भव्य घरको सुन्दर कोठा छ । आधुनिक सजावटले सुसज्जित कोठाका वस्तुहरू यत्रतत्र छन् । सरसफाइ र वस्तुको उचित रखाइको अभावमा कोठाले दिनुपर्ने रौनक दिन सकेको छैन । हाँसको बथानमा बकुल्ला उभिएझैँ केही न केही अमिल्दो लाग्छ । ७० वर्षे छट्टुराज कसैको प्रतीक्षामा एक्लै बसिरहेका छन् ।)

छट्टुराज ः (मनमनै) २००७ सालपूर्व राणाहरूको पाउ मोलेर भए पनि खुसी र सुखी जीवन बिताइयो । २००७ Continue reading →

Posted in एकाङ्की | Tagged | Leave a comment

कविता : विजयोत्सव

~दीपेन्द्र के.सी.~

फाँटभरि सुलीहरु छरेर
फैलिएको गन्ध,
असीमित कुखुराका;
सुँघेर ह्वाँस्स
अनौठो मादमा,
उर्लिएका हुँइयाहरु
झर्दैछन शहरमा ।
परिवर्तनका झण्डाहरुले छोपिदै
छिर्छन चोक, गल्लीहरुमा
घोकाइएका नाराहरु उराल्दै
उफ्रीन्छन्, वजारिन्छन्, थचारिन्छन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मायालु साइकल

~निर्भीक रार्इ~Nirvik rai

(गुनिलो साइकल तर हेला भएको)
आत्मनिर्भरताको नीति लागु गर्दा
खुट्टाले बाटो वा सडक नाप्दै हिँड्नु उचित हुने ।
तर त्यो अतिवाद ठहरिने ।
साँगुरो वा अप्ठेरो बाटो र एकल वा
नजिकको यात्राको लागि
सबभन्दा गुनिलो बाहन साइकल हुने ।
थोर लगानी, थोर मर्मत खर्च र Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सुनौलो बिहानी

~हस्त गौतम मृदुल~Hasta Gautam Mridul

पूर्णिमाको जुनले पनि दिन छाडयो शितल
सुनौलो बिहानी सुन भन्थे रैछत नी पितल

के के नै परिवर्तन हुन्छ भनी बलिदान गरे
आज तिनै महान शहिदहरु ओझेलमा परे Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : माया

~सन्जिव बराल~Sanjib Baral

मेरो लेफ्ट साइडबाट हिडन, उस्ले भनि।  मैले सोधे किन नि ? माया गर्ने मान्छे सधैं लेफ्ट साइडमा हुनुपर्छ रे के जस्तो तिमि मेरो मुटुमा छौ।  म केहि नभनी उसको बाया पट्टिबाट हिड्न थाले।  बेलुकी को समय नारायणी को छेउमा दिन भरिको थकान मेट्ने मानिसहरु धेरै देखिन्थे।  हामि एकअर्काको हात समाउदै हिड्दै थियौ।  उ मलाई एकदम राम्री लाग्थी थि, उ मभन्दा करिब ४ वर्ष ले कान्छी थि,   अनि एकदम शुशिल, सरल, अनि सुन्दरताले भरिपूर्ण थि । मध्यम परिवार कि उ खासै राम्रा कपडा र सौन्दर्यका  सामान प्रयोग गर्दिनथी।  उसको बाबु उ ८ वर्षको हुदा नै बित्नु भएको आमाले जेनतेन गरि स्टाफ नर्स पढाएकी थिइन्।  लजालु स्वभाब कि उनि खासै धेरै बोल्ने गर्दिनथीइन । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : प्रवासी जीवन

~प्रेम पाख्रीन~Prem Pakhrin

फुले होलान सयपत्री र गदावरी
दसैंलाई स्वागत गर्न
आफ्नो भने थालइसकेको छ
खुशीका पालुवहाँरु मर्न ।।

बसेका होलान सबै नेपाली
टिका र कानमा जमारा सिउरेर
आफु भने बस्दैछु प्रबाशमा
गह भरी आँशु झार्दै निहुरिएर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बाल कविता : बाढी

~नारायण तिवारी~Narayan Tiwari

घरको आँगन मेरो
बाढी पसे पछि
मज्जा लाग्यो मलाई
हेर्छु बसी-बसी

एकै छिनमा देखेँ
घरमा पस्यो पानी
बल्ल थाहा पाएँ
यसले गर्ने हानि Continue reading →

Posted in बाल कविता | Tagged | Leave a comment

Poem : The Snowman

~Ningwa shakti Maden~

Once there was a snowman
Stood outside the door ,
Thought he’d like to come inside
And run around the floor ;
Thought he’d like to warm himself
By the firelight red ;
Thought he’d like to clamber up
On that big white bed .
So he called the North wind;; Help me now I pray . Continue reading →

Posted in Poem | Tagged | Leave a comment

बाल कथा : सुबोधको बानी

~श्रीराम राई~

‘हाम्रोमा त अम्बक छ । खोइ त विक्रम, तिमेरूको ?’ सुबोधले सोध्यो । विक्रमले केही भनेन । फेरि सुबोधले भन्यो, ‘हैन यो के गरेको ? अम्बकको बोटमुनि चप्पल र बोतलहरू पो छन् त । कसले राख्यो हँ ?’

‘मैले मात्रै हैन के । अरू साथी पनि थिए । कसले धेरै अम्बक झार्ने भनेर चप्पलको झटारो हानेको । हाम्रोमा त सबै बोटबाट अम्बक झार्छौं । खाँदो खान्छौं । खान नसकेको टोकेर फाल्छौं,’ विक्रमले जवाफ दियो ।

‘हैन, कुनै–कुनैमा त चोट पनि लागेको छ त । ढुंगाले पनि हानेर झार्छौ कि के हो ? हाम्रामा अझै कति धेरै Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : एउटा नयाँ यात्रा

~यशोदा अधिकारी~Yasoda Adhikari

गणतन्त्रको ओछ्यानबाट उठेर
एउटा विहानी
खाजा सामलको कुम्लो च्यापेर
असजिलो भर्‍याङ् उक्लँदैछ
आकाशमा फुलेको
गणतन्को फूल टिपेर
कपालमा सिउरिनु
विहानीको लक्ष्य ।

हतारमा देखिने
त्यो विहानीले Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : रेखा दृष्टि

~लोक सिंगक~Lok Singakaa

रेखा दृष्टिहरु
उभिएका छन्
यथार्थ रेखीय भुगोलमा
खोल्न-
क्षितिजहरुको वास्तविक प्रतिवेदनहरु
बादलको रंगिन इतिहासहरु
अहोरात्रिका यथार्थ कथाहरु
बत्तिमुनि अध्याराका झंकारहरु
त्यस्तैं दृष्टि रेखाहरु पुगेका छन
यद्घ बिभिसिका-
हैटिहरुमा, काबुलहरुमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : गुलावको फूल

~सुरञ्जन घिमिरे~Suranjan Ghimire

प्रविन भनिरहन्थ्यो–‘तँलाई भावनाले मन पराउँदिन । मलाई पनि यस कुरामा खास आश थिएन । लाग्दैन पनि थ्यो, प्रविनलाई देखाउन मात्र भावनाले मलाई मन पराई दिओस् । अनि म चाँहि प्रविनका अघि यो कुरा प्रमाणित गर्न चाहन्थें कि भावनाले मलाई मन पराउँछे । मेरो मनमनैको यस्तो संकल्प व्यवहारको कुनै उपल्लो चुचुरोतिर बास बस्थ्यो । म भावनाका अगाडि मुख फोर्न सक्दिनँ थिएँ । यद्यपि, उसलाई मन पराउँथे । एक दिन मलाई कक्षाकै कोही साथीले फुक्र्याउँदै भन्यो–‘फागुन २ गते प्रेम दिवस हो, आई लभ यू भन्दै भावनालाई गुलाफको फूल दे ।’

मलाई पनि यो सुझाव अनुकरणीय लाग्यो । कक्षामा सरहरुले एउटै कुरा तीन–चार दिनसम्म सिकाइरहँदा पनि म छर्लङ्ग बुझ्दिनथें तर साथीको यो सुझाव भने एकैचोटीमा प्रष्ट बुझें । लाग्यो–प्रेमको सर्वव्यापी परिभाषा बुझ्न देउताले सबै मान्छेलाई एक÷एक वटा प्रेमिल ह्दय दिएका हुन्छन् क्यार ! Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मेरो प्रण

~टोपबहादुर रार्इ~Top Bahadur Rai

पग्लिएर हिमाल झैं
हाँस्दिन म मेरो देश दुख्दा
काले र कात्तिके झैं
लडि्दन म देशको शिर झुक्दा ।

बोकेर गन्ध वाग्मती झैं
बग्दिन म त्यो श्वार्थी शहरमा
लुटिएर सप्तकोशी झैं
सुसाउदिन म त्यो लहरमा । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : छिनमै शान्त हुन्छ

~सुविद गुरागाई~Subid Guragai

छिनमै लहर उठेर आउंछ छिनमै शान्त हुन्छ ।
छिनमै मुटु दुखेर आउंछ छिनमै शान्त हुन्छ ।

कि लगिदेउ किनार पारि कि दोडिदेऊ एक्लै वारि,
छिनमै बाढी उर्लेर आउंछ छिनमै शान्त हुन्छ । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : म त त्यहि हुँ फरक तिमीमै छ

~रोशन राउत~

म त त्यहि बिहानि हुँ, फरक तिम्रो उमंगमा छ
म त त्यहि साँझ हुँ, फरक तिम्रो तरंगमा छ ।
म त त्यहि दिन हुँ, फरक तिम्रो स्मिर्तिमा छ
म त त्यहि रात हुँ,फरक तिम्रो सुषुप्तिमा छ ।

म त त्यहि जल हुँ, फरक तिम्रो प्यासमा छ
म त त्यहि प्रेम हुँ, फरक तिम्रो अभाषमा छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : स्वप्न पनि कस्तो कस्तो

~कृष्ण प्र. पाण्डे~Krishna P. Pandey_1

स्वप्न पनि कस्तो कस्तो देखियो अनौठो
अरुको त के कुरा खै मैलाई भो नौलो

अंजुलिमा मुटु राखी पर्खेको याद छ
धेरै चोटि तिम्रो नाम रटेको याद छ
आगमन हुँदा तिम्रो लगाएथें दैलो Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

अनूदित कविता : गएराती सपनामा गोउजीलाई देखेँ

~चुन सु~Chun Su
अनु : केशव सिग्देल

ऊ भिडको बीचमा थियो
मुस्काइरहेथ्यो क्षमाभावमा
उसको परिचयदायी मुस्कानका साथ
मानौं उसले कसैलाई दुखित तुल्याएको थियो
जब म ब्युँझे Continue reading →

Posted in अनूदित कविता | Tagged , | Leave a comment

लघुकथा : इतिहास नदोहोरियोस्

~सन्जोग नेपाली~

‘मेरो पक्षमा शक्तिशाली छिमेकी मुलुक छ | मलाई सरकारमा त्यसैले पुर्यायो र टिकाइरहने छ |’उसलाई लागेको थियो | त्यहि भरोसामा तानासाही साशन चलाई रहेको थियो | तानासाहिको जनताले विरोध गर्दै आन्दोलन गर्न थाले | जनताको आन्दोलन पुलिसले दबाउन नसके पछी उसले सेना परिचालन गर्यो | विदेशी आक्रमणबाट देशको रक्षा गर्ने सेना जनता विरुध्द लड्न पर्दा निराश र हतोत्साहित भयो | केही दिन पछी चुप लागेर बस्यो | Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment