~शिरिष पराजुली~
साहित्य यस्तो एउटा फूलबारी हो जहाँ हरेक प्रकारका फूलहरू फूल्छन्; केही राता, केही हरिया, केहि पहेंला अनि कसैको पात ठूलो, कसैको लाम्चो, कसैको खिरिलो । फूलबारीमा अनेक फूल फुल्नुपर्छ भन्ने कुरा हामी सबैलाई मान्य छ त्यसैगरी ति फूलले छर्ने सुवासले हामी सबैलाई आकर्षण गर्छ तर व्यक्ति पिच्छे त्यही फूललाई ग्रहण गर्ने प्रक्रियाको पनि आत्मसात हामी सबैले गर्नैपर्छ ।
जसरी-जसरी थरीथरीका फूलले फूलबारी मनमोहक बनाउँछ त्यसरी नै हाम्रो नेपाली साहित्यको फूलबारी यस्तै फूलहरूले आकर्षित भएको कुरामा कसैको दुई मत नहोला तर सुवास छर्ने फूल बिच देखिएको वैमनश्यताले कतै नेपाली साहित्यको आकाश यिनै दुर्गन्धित वास्नाले प्रदुषित पार्ने त होइन भन्ने चिन्ता आजका नव लेखक, साहित्यिक जमात, विद्यार्थीमा पर्न थालेको मैले महसुस गरेको छु । एक साहित्यको विद्यार्थीको हैसियत र सामाजिक संजालमा सक्रिय रहेको कारणले भनौं म विभिन्न साहित्यिक कार्यक्रममा सहभागी हुने र साहित्यका धुरन्धरको नजिक हुन सौभाग्य पाएको छु। विभिन्न सभा, Continue reading →