कविता : नोस्टाल्जियाको उकुसमुकुसबाट उद्बोधित एउटा अन्तर्वेदना

~अमर नेम्बाङ लिम्बू~Amar Nembang Limbu

द्वन्दकालको एक भयानक रातमा
सन्त्रासपूर्ण नङ्ग्राहरू गाडेर
व्यक्तिको बाँच्नुपर्ने स्वतन्त्रतालाई
अतिक्रमण गर्दै
सर्वस्वसहित अस्मिता लुटिएको थियो
हाम्रो प्यारो घरको।
जुन घटनाको छाल-उपछालमा हुत्तिएर
जिउनपुगेका छौँ आज हामी,
टाढो भूगोलको एक कुनामा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जागृति आयो

~युद्धप्रसाद मिश्र~Yuddha Prasad Mishra

भोका नांगा पीडितहरूको
पीडाको अब आयो आँधी
महल अटारी हल्लिन लागे
हिमगिरिको पनि टुट्यो समाधी

विलासितामा हुन गो हलचल
श्री सम्पत्तिकन लाग्यो ब्याधी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : अनौंठो साँढे

~राम बिनय~ram-binay

उज्यालो घाम ।पुष माघको याम ।हरियो घास भएको चौरमा एउटा गाई चरिरहेको थियो । गाई चराउनै गोठालो नजिकको चौतारिमा एक जना साथी सित बाघचाल खेल खेली रहेको थियो ।

यतिकै बेलामा नजिकको जङलबाट एउटा जख्ख्ड्को ब्वाँसो निस्कियो ।

ब्वासोले यता उता हेर्यो ।त्यहाँ नजिकै एउट सोझी गाई एक नासले चरी रहेकी थिइन ।गोठालो खेलमा मस्त थियो ।यताउता कोही थिएन ।यही मौका छोपेर ब्वासो गाईको नजिकमा गयो ।गाईलाई यसो सुङ्यो । र भन्यो-अहो दिदी तपाईं कती राम्रस्,कति शोभासिलि, तपाईंलाई देखेर कुरा गर्न मनलागेर म आएको ।सन्चै हुनुहुन्छ ? Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बादल, समुद्र र घाम

~बिष्णु सुवेदी ‘दोलखे’~Bishnu Subedi 'Dolakhe'

बादल भुईंबाटै उडेर
आकाश जान्छ
आकाश जाँदा बादलले
सिङ्गो समुद्र पिएर जान्छ
सिङ्गो समुद्र लिएर जान्छ !

बादल पहाडसँग प्रीत लाउँछ
जब बादल
बिस्तारै झर्छ तल
पहाडमा ठोक्किएर समुद्र छाद्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : फागु

~“जीवन्त ” रुकु~Rukmani Satyal Bidari

रातै रङमा रगिएर म लालिगुरास झै फुलु कि?
सेतै रङमा लतपत बनी म पारीजात झै झुलु कि ?
पहेलै रङमा बनी गोदावरी घर आगनिमा फुलु कि ?
हरियो रङमा मग मग तुलसी बनेर पो भुलु कि ?

निलो रङमा रङिदै फागु तिमी सग खेलु कि ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बाल कथा : उन्माद

~अरुण खत्री~

राजु र भरत एउटै गाउँमा बस्थे । उनीहरू सानैदेखि मिल्थे । राजु धनी परिवारमा जन्मेको थियो । भरत गरिब परिवारमा जन्मेको थियो । उनीहरू एउटै स्कुलमा पढ्थे । दवैजना कक्षामा एउटै बेन्चमा बस्थे । राजुकी आमालाई छोरा गरिब परिवारमा जन्मेको भरतसँग मिलेको मन पर्दैनथ्यो । राजुलाई भने भरतसँग मिलेर खेल्न, घुम्न र सँगै स्कुल जाने इच्छा हुन्थ्यो ।

शनिबार भरत राजुलाई भेट्न घरमा पुग्यो । राजुको आमासँग भन्यो, ‘आमा १ राजुलाई बोलाइदिनोस् न ।

‘तिम्रो राजुसँग के सम्बन्ध छ ?’ राजुकी आमाले रिसाउँदै भनिन् । Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

गीत : सबलाई रिझाउँ भन्दा

~गोपाल योन्जन~Gopal Yonjan

सबलाई रिझाउँ भन्दा पसलमा बेचिएछु
मेरो कोहि भएनन्, सबैको म भएछु

भत्केको गोरेटोमा लाखौँ अभागी हिंडछन्
सबैलाई बाटो दिंदा म भीरमा खसेछु Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : सागर भरी छाती चिरी

~महाकवि लक्ष्मी प्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

सागर भरी छाती चिरी पहाडबाट आएँ
तिन तारे सारंगी लिई क्षण भर गीत गाएँ २
लहरसंग मितेरी लाइ मैले छंद पाएँ
कानबात हृदयमा आज गुँड लाएँ २

अघिको म तुना गाउँछु आजको म बाला Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : आज भोलि हरेक साँझ

~भीम विराग~Bhim Birag_1

आज भोलि हरेक साँझ मात्तिन थालेछ२
जिन्दगि देखि जिन्दगि आत्तिन थालेछ२
आज भोलि हरेक साँझ ……

रहरै रहरमा पिएँ बिबस भएर पिएँ२
दु:खमा पिएँ सुखमा पिएँ२
पिउंदिन पिउंदिन भन्दै पिएँ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : शौर्य

~बिपुल सिजापति~Bipul Sijapati

हाइवे छेउको एउटा घर नजिक पुगेपछि मेजर सौरभले सवारीको गति झार्दै लगभग दश कि.मि. को रफ्तारमा लगे । गति कम भएको कारणले कर्णेल सागरले मेजरलाई हेरे । मेजरको शिर दायाँ पट्टि सडक पारिको घर तिर मोडिएको थियो । सागरले पनि त्यतै हेरे । अगाडी देखिएको घरको रौनक लुटिएको थियो, जर्जर दीनहिन उभिएकी बिधवा जस्ती । मेजरले मन्टो घुमाउँदा कर्णेलले पनि त्यही घरलाई हेरिरहेको देखेर अप्ठेरो माने ।“कुमार जर्साबको घर,” मेजरले टीठलाग्दो स्वरमा भने । त्यो घरले उनलाई अतीततमा डोर्यायो ।

कर्णेलले प्रतिक्रियामा भने, “बुझ्यौ मेजर, हामी सेनाका मान्छे शत्रुका व्यारेक र बंकर उडाउनु नै वीरता सम्झन्छौँ, शत्रुको शिर गिँड्नु नै पराक्रम सम्झन्छौ युद्धमा वीरगति पाउनु नै आफ्नो सौभाग्य ठान्छौ, तर Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : देउरालीमा पर्खी बस्छु

~जे.बी. शेर्पा ~J B Sherpa

एकै नजरमा मन दिएँ !
पत्तै छैन यो मन , अचानकै दिएँ !
फूल जस्तै सुन्दर ठानीँ ,
कल्पनामै जिएँ !

इच्छा हरु धेरै थिए , मनमै कुँदि दिएँ ,
सपना को बगैँचा मा तिमी संगै थिएँ !
फूल जस्तै सुन्दर मानी ,
सुवाशले नै जिएँ ! Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

तामाङ गजल : भोट पिन्बा तिल्दा ?

~च्याङबा तामाङ~

तामाङ म्हेम्हेला थेमेसे स्यान्दान भोट पिन्बा तिल्दा ?
म्हारम्हेन छानला तामाङसे ह्राङदान चोट पिन्बा तिल्दा ?

भोट भोट भोट, गण्डु ह्राङनोन सस्तो ताजीम
ह्राङसे ह्राङला थोपथाङ चुङसि नोट किन्बा तिल्दा ? Continue reading →

Posted in तामाङ गजल | Tagged | Leave a comment

लघुकथा : विसंगति

~लाल श्रेष्ठ~Lal Shrestha

बसको यात्रा आरामदायी भै’राख्या थियो। बसको ढोकामा कण्डक्टर र खलाँसी उभिरहेका थिए। अरू यात्रीहरू आ-आफ्ना सिटमा आरामले बसेका थिए। म पनि एउटा सिटमा त्यसरी नै बसेको थिएँ।

दुईजना केटाहरू अमलेखगञ्जबाट गाडीमा चढे। उनीहरू गाडीभित्र के घुसेका मात्र थिए, एक्कासी ह्वास्स रक्सीको गन्ध आयो। दुवैले डण्डीमा समाएर सुरक्षित उभिए। अहिलेको पहिरन न हो, छोटो टी-शर्ट नाइटोभन्दा माथि पुग्यो। त्यसै त फुत्त खस्न-मात्र बाँकी रहेको पाइन्ट झन् तल झ-यो। यसो आँखा डुलाएँ Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : म्हाबरको कार्साङले धोका खाँदैन

~मुक्तान थेबा~Muktan Theba

तिमी लक्ष्मी मानेर दौलतको भिख माग या
माता मानेर ढोग
त्यो तिम्रो मनुले अह्राएको गरे हुन्छ
म मेरो आख्खेले सुम्पेको रिति समात्छु
आख्खेले त लुकिलुकि ढाल्नु भो
म ढाल्छु- खुल्ला चौरिमा

तिमी मलाई पापी भन्छौ होला भन
राक्षस भन्छौ होला, भन
अधर्मी भन्छौ होला, भन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : तिमीलाई हाँसेर

~चाँदनी शाह~Chandani Shah

तिमीलाई हाँसेर बिदा मात्र दिइसकेथें
आशु झरिसकेछन् (म तिनलाई पुछ्न थालें) २
तिमी मलाई छोडी गैसकेको मात्र के थियौ
तिमी फर्कने दिन (म हतारिदै गन्न लागें) २

(यो दुई दिनको विछोड पनि कति नमीठो
के बिर्सिए जस्तो हराए जस्तो नपुगे जस्तो) २ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : मानव अस्तीत्व

~तीर्थ संगम राई~Tirtha Sangam Rai

मेरो शीर माथिको सुन्यता
मेरो पैतला मुनिको भू-गर्भ
मैले टेकेको यो सुन्दर धर्ति

मानव सभ्यता सगै
जीवन उत्पतिका क्रमहरु
राम पिथेकसका सन्तानहरु
यो धर्ति भरी छरीएका अस्तीत्व
मेरो लागि सोच्ने बिषय बनेको छ ।
मेरो लागि अनुसन्धानको भएको छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : प्याज: भूमिका-अभूमिका

~शङ्कर लामिछाने~Shanker Lamichhane

भूमिका

यस सङ्कलनमा परेका रचनाहरूको सिर्जनकाल मेरो जीवनको साह्रै नै अव्यवस्थित काल थियो । व्यवसायको असामयिक र अचिन्तनीय परिवर्तन, रूप लिन खोजिरहेका जीवनका अर्जित दर्शनको आकस्मिक विष्फोट तथा उमेरको प्रौढता – यी सबले एकै पटक मउपर प्रहार गरे । ढाड भाँच्न एउटा मात्रै परिस्थिति पनि पर्याप्‍त हुन्छ एक व्यक्तिलाई – म त झन् तीन बल्ड्याङ खान पुगेँ । चित्ता परेर भुइँमा, मैले उठ्न खोजेको प्रयासमा लर्खरिँदै लेखिएका यी रचनाले मलाई अर्कै गति दिए – शैलीमा, अभिव्यक्तिमा तथा आत्मविश्‍वासमा । एक प्रकारले, नयाँ उखान भन्ने हो भने, यी मेरा कालरात्रिका उज्ज्वल तरिका हुन् । Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

गजल : मुख्याइँ त गर्छन् नै

~पुष्कल श्रेष्ठ~Pushkal Shrestha

मुर्खहरूले मुख्याइँ त गर्छन् नै
लोभीहरूले आँखा त तर्छन् नै

पापीहरूको जगजगी चलेपछि
सञ्जनहरू जालमा पर्छन् नै Continue reading →

Posted in गजल | Tagged | Leave a comment

समीक्षा : कवि भूपि शेरचनको जीवनीको छोटो झलक

~सुकुम शर्मा~Dr Sukum Sharma_Gobinda Sharma

भूपि शेरचनको जन्म विक्रम सम्बत् १९९२ पुस १२÷१० गते धवलागिरि अञ्चलको, मुस्ताङ जिल्लाअन्तर्गत टुकुचे भन्ने गाउँमा भएको हो (परिवर्तन, २०१० भूमिका, कुँवर २०२३ र सुवेदी, २०३७) । सुब्बा हितमान शेरचन र पदमकुमारी शेरचनका कान्छा छोरा भूपि शेरचनको खास नाम भूपेन्द्रमान शेरचन हो । उनले भूपेन्द्रमान शेरचन्द ‘सर्वहारा’ (परिवर्तन, २०१०), ‘सर्वहारा’ (नया“ झ्याउरे, १९५४ ई.), भूपेन्द्रमान शेरचन्द (बी.एम. शेरचन्द, निर्झर, २०१५) जस्ता नाम लेखेका भए पनि घुम्ने मेचमाथि अन्धो मान्छे (२०२५) कवितासङ्ग्रहमा भूपि शेरचन भनेर आफूलाई चिनाएका छन् । आज उनको सम्पूर्ण परिचय कवि भूपि शेरचन भएर रहेको छ ।

भूपि पाँच वर्षका हुँदा उनकी आमाको मृत्यु भएकाले र उनका दिदीबैनी नभएकाले उनी मातृजातिको स्नेहबाट वञ्चित भएको उल्लेख छ (कुँवर, २०२३ ः ८१) । त्यति मात्र नभएर छोरीको आशमा छोरा Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : साथीलाई सघाउने प्रण

~आर. आर. चौलागाईं~R R Chaulagain

तिमी सङ्घर्षका गीतहरू लेख्दै जाऊ
म पालैसित सङ्गीत भर्दै जान्छु
तिमी हतियारमा साँध लगाउँदै जाऊ
म ब्वाँसाहरूका गर्धन रेट्दै जान्छु ।

तिमी खाँटी मटितेल खन्याउँदै जाऊ
म सलाईका काँटीहरू कोर्दै जान्छु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : भद्रगोल स्थिति

~विनिता स्वधर्मी~

भद्रगोल छ अहिले यहाँको स्थिति
हाटहुट लाटलुट चाटचुटले
बिगारिरहेझैँ लाग्छ मति
ऊभन्दा ऊ जान्ने हुँदा
भोगिरहेछन् जनता दुर्गति ।

जो पनि शोषणै गर्न खोज्ने
जो पनि घोषणै गर्न रोज्ने Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : नादिया र परेवाहरु

~मणि लोहनी~Mani Lohani

‘उनी मलाई आत्मघाती बमवर्ष भएको देख्न चाहन्थे ।’

आङ्खना पतिका बारेमा उनले मलाई बताएको कुरा यही थियो । उनका पति अमेरिकी सेनाको सिकार बने । आङ्खनो भूमिमा भएको अमेरिकी हस्तक्षेपको विरोधमा उनका पति अफरोज हुसेन लागेका थिए । अफरोजलाई के लाग्थ्यो भने देशभन्दा ठूलो केही पनि हुँदैन । प्रेम पनि हुँदैन । श्रीमती, परिवार र माया भन्ने कुरा देशभन्दा महान् हुँदैनन् भन्नेमा उनी विश्वस्त थिए । त्यही भएर उनी आफ्नी पत्नी नादियालाई शरीरभरि बम बेरेर अमेरिकी सैनिकको क्याम्पमा पठाउन चाहन्थे । ‘तर मैल मानिनँ’, नादियाले भनी, ‘मलाई उनीसँगको मेरो जीवनको माया लाग्थ्यो । मैले उनलाई पटक–पटक आग्रह पनि गरेकी थिएँ– ‘देश † देश † भन्न छाडिदेऊ । दुई छाक खान पुगिहाल्छ किन पीर लिने ?’ Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : उपद्र सिवाय

~टिमुरमान लामा~

केही रच्न सकेको पाइन्न
दलहरुले
हैरानी सिवाय
केही भोगाएको पाइन्न
छलेहरुले ।
उपद्र..

मुखले जनताको नाम लिने
कामले भने
तिनलाई दुःख दिने
बेइमानी सिवाय
केही बर्तेको पाइन्न
कचिंगलेहरुले । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बांगे कलमका कुरा

~प्रेम ओली~Prem Oli

औठ्याँ बौठ्याँ कुरा
खोजी खोजी झिरिप्प खायो
रोजी रोजी त्यस्तै शब्द
रौसी जस्तै चिरिप्प लायो
हल्लिँदै पल्लिँदै सडकमा आयो
छोरादेखि बाउसम्म
छोरीदेखि माउसम्म
शिरदेखि पाउसम्म सरक्क हेฅयो
तितो, कोक्याउने, टर्रो
पिरो, चिलाउने, झर्रो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

युगल गीत : हे कुन्जमा गुञ्जियो

~माधव घिमिरे~Madhav Ghimire

केटा – हे कुन्जमा गुञ्जियो
केटि – स्वर कोइलीको
केटा – हे बासना छरियो
केटि – बेली चमेलीको

केटा – हराभरा यो बाटिकामा हो, तार मन बिनाको आफै लौ झंकियो Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : विभेदना

~उषा शेरचन~Usha_Sherchan

उसले राष्ट्रिय रुपमैँ आफ्नो प्रतिष्ठा आर्जन गरेपछि एकदिन सञ्चार माध्यम मार्फत उसले सगर्व घोषणा गर्यो —‘बिवाह पूर्व नै कुमार चाहिँ थिइन है म । यो भरिसभामा उद्घोष गर्नकुनै संकोच छैन मलाई कि मेरो पहिलो शारिरिक सम्बन्ध कुनै एउटी सर्वाधिक सुन्दरी यौनकर्मीसँग भएको थियो भनेर । त्यसपछि जीवनमा कतिजनासँग यौन सम्पर्क गरियो गरियो !’

उसले यसरी सगर्व वयान गरिरहँदा —गललल्ल..गललल्ल हाँसोले हलै थर्कियोे । कोही रात्तोपीरो हुँदै नजर झुकाए । कोही जिब्रो काढेर बसे । कोही कोही आफू पनि उही ड्याङकै मुला न हो भन्दै मनमनै गर्व र ग्लानी एकैपटक अनुभूत गर्दै चुपचाप साधु विरालो भएर बसे । केही उत्तेजित हुँदै बलेको आगोमा घिउ थपे । कोही कोही अरुले थपेको घिउमा आफैँ घिउझैँ पग्लिरहे । मान्छे पिच्छेका रुप बेग्लाबेग्लै भएझैँ अनुभूति पनि बेग्लाबेग्लै गरे । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : सिनु र मान्छे

~रवि प्राञ्जल~ Ravi Pranjal

सिनु गनाउँछ
मरेको शरीर को सिनु ।
तर सिनु त्यति गनाउँदैन
जति गनाउँछ मान्छे,
जिउँदै मरेको मान्छे
हर क्षण गनाउँछ डुंगडुंग ।
मान्छेको बिचार गनाउँछ
मान्छेको चेतना गनाउँछ
मान्छेको बिबेक गनाउँछ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : दृष्टी

~आभास~Aavaas - Achyut Prasad Phuyal

मैले टोपी फेरेँ
र फेरेँ मथिँगलका अनेकौँ कचिँगलहरू
सम्यक् भएर यात्रामा निस्केँ

सोचेँ—
मेरा पुराना मांसकोष मरिसके/मरिरहेछन्

म विलकुल Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : मारिया

~मनोज पनेरु~

म उनीहरु बीचको कुनै पनि सम्बाद लेख्न असमर्थ छु किनकि म उनीहरुले बोल्ने भाषा बुझ्न असमर्थ थिँए। तर सधै अभिव्यत्ति बुझ्न भाषा मात्र चाहिने होइन रहेछ। यो मेरो निजी अनुभब हो। भाषा र प्रस्तुती कुनै पनि सम्बादका परिपुरक हुन्। मैले उनीहरु बीचको सम्बादलाई प्रस्तुतिका भरमा बुझ्ने प्रयास गरेँ। एउटा कुरा, Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

आधुनिक गीत : तिमी बाहेक जिन्दगीमा

~कृष्ण प्र. पाण्डे~Krishna P. Pandey_1

तिमी बाहेक जिन्दगीमा बढि आशा छैन
मात्रै यो पनि पिरतीको परिभाषा हैन

मुहार आँफै फूल बन्छ तिमीलाई देखे
वर्षौंको प्यास मेटिन्छ नि तिमीलाई भेटे
तिमीतिरै छ मेरो खुशी अरु दिशा छैन Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : तिम्रै सम्झना

~कल्पना तुम्रोक~Kalpana Tumrok

तिमी आउछौ भन्ने आशमा
चौतारीमा एक्लै कुर्न सकिन
नयाँ बाटो रोजेर
चौतारिलाई छोड्न पनि सकिन ।

छल्किएका नयनहरु,
भिजेका परेलीहरु
एक्लै एक्लै हिडि रछु
बोकेर तिम्रै सम्झनाका तरेलीहरु । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : मलाई धेरै माया नगरेको भए हुन्थ्यो

~विश्वराज अधिकारी~Bishwa Raj Adhikari

मेलै फोनमा भने- सुन्दर जी, तपाँईलाई यो थाहा पाएर आश्चर्य लाग्ला वा नपत्याउनु होला, तर यो साँचो कुरा हो, मैले, मेरो वाइफ उषालाई डिभोर्स गर्दै छु वा भनौ हामी कानूनी रुपमा नै छुट्टिदै छौ। डिभोर्सको प्रक्रिया आउने महिनाको एक गते शुरु गर्दै छु। र यो कुरा उषालाई पनि थाहा छ।

मेरो कुरा सुनेर सुन्दर जी हाँस्नु भयो। हास्दै भन्नु भयो ‘गणेश जी, आज न त अप्रिल महिनाको एक तारिक हो न त गाइ जात्र नै, अनि किन यस्तो हाँसो लाग्दो कुरा गर्नु भएको? झगडा भएर छुट्टिएको सुनेको थिएँ। आपसी अविश्वास ज्यादै बढेर छुट्टिएको सुनेको थिएँ। पर पुरुष वा स्त्रीसँग सम्बन्ध Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment