~रोबिन मानन्धर~
‘म्याँ….म्याँ…..’ बोका करायो । त्यत्तिकैमा उताबाट आवाज आयो,‘कुखुरी काँ…’ लगत्तै अर्काेतिरबाट आवाज आयो,‘भ्वँ….भ्वँ…..।’
बोकाले भन्यो,‘ए भाले भाई ! तिमी कहाँबाट आएको ?’ भालेले उत्तर दियो,‘म पारिगाउँबाट आएको ।’ यत्तिकैमा राँगो बोल्यो,‘के मर्ने बेलामा कराई रा’को तिमीहरु ?’ अनि भालेले भन्यो,‘हामी भन्दा त चाँडो तिमी मर्छाै ।’ ‘को चाँडो मर्दाे रहेछ, हेरौं न त’ राँगोले भन्यो । बोकाले अलि न्याउरो अनुहार पार्दै भन्यो,‘हो भनेको दशैं दशैं भन्छन्, अनि हामीलाई मारेर मनाउँछन्, कस्तो दशंै है यो मानवजातिहरुको ।’, ‘खै कस्तो कस्तो आफु बाँचेको भए भन्थे नि, दशंै भनेको यस्तो हुँदो रहेछ भनेर’ भालेले भन्यो । बोकाले भन्यो,‘अनि हामीलाई मारेर के पाउँछन् त ?’ भालेले भन्यो,‘हाम्रो मासु खाएर मोज गर्छन् नि अरु के हुनु ?’ यत्तिकैमा राँगोले जवाफ दियो,‘तिमीहरुलाई त्यति पनि थाहा छैन, हामीलाई मारेर हाम्रो बलि चढायो भने उनीहरुको पाप क्षमा हुन्छ रे, त्यही भएर हामीलाई मन्दिर अगाडी लगेर बलि चढाउँछन् ।’ Continue reading →