कविता : तस्विर

~बिदुर अधिकारी~

सुन्सान ठाउँ,केही धक् नमानी
पल्टि रहेछौँ,दुई जिन्दगानी
सम्झी बिगतका,इतिहांसलाई
तस्विर हेर्छु,खूब याद आई

हामी गरीबको,कही छैन ठाउँ
सरकार भन्द्यौ?,कुनठाउँ जाउँ
हुँदैन क्या हो,गरिब्को भलाई
तस्विर हेर्छु,खूब याद आई Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : म सानी छँदाः पहाडका कथाहरु..

~लारा राई~Laxmi Rai 'LARA'

प्रशस्तै आधार प्रदान गरेकै हो जीन्दगी बाँच्न यो शहरले। तैपनि, कृतघ्न बनेर भन्दैछु-”आत्मीयता” कहिले पाइनँ यो शहरभित्र। खपत गरेकै हुँ मैले, यौवन र जिन्दगीका उर्जाशील समयहरु यो शहरमा। दोस्रो-घर मान्ने प्रयास पनि गरेकी हुँ कैंयनपटक। करिब डेढ दशक बसाईका अवधिभित्र कहिले अपनाउन सकिनँ आफ्नो “घर” भनेर यो शहरलाई। केवल “बसेरा” मात्रै भयो यो शहर मेरा लागि। जानकारीका लागि, मेरो “बसेरा” भूगोलको यो एउटा कुना, मेट्रोसिटी हङकङको बीचमा छ।

परिचितहरुको भीडले विन्दास स्वभावकी भन्छन्। के भन्छन् कुन्नि अर्धपरिचितहरुको जमातले ? थाहा भएन। जो बिल्कुल चिन्दैनन् तर “घमण्डी” भन्दारहेछन्। थाहा छैन, कुन आधारमा। मेरी आमाको लागि भने, “अटेरी, जिद्दी तर प्यारी कान्छी छोरी” हुँ म। आमा पूजनीय हुन्छिन्। वन्दनीय हुन्छिन्। आमाको Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : मोटर गुड्ने बाटो

~विष्णुप्रसाद धिमाल आजाद~Bishnuprasad dhimal

पुर्याउ चाँडै हाम्रो गाउँमा मोटर गुड्ने बाटो
दश औंला घोटी पुर्याउ खान सँधैलाइ आँटो

पंक्षिहरु चिरविर स्वरमा राष्ट्रिय भाका हाल्छन्
नदिहरु हुहुंकार गर्दै नयाँ मार्ग खोज्न थाल्छन्
पयौं फुल्दा लेक लेक बुकि वेसि फुल्छ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : म ढुङ्गा बिचको तरुल ….

~राज बरसिंग थापा~

कंठ कंठ बाट निस्किरहेका
यी पिडाका सब्द
कसले सुन्ने
ढुंगा बिचको तरुल जस्तै म
न त ओल्टे न त कोल्टे
उखु चुसे पछी फालियको
सोयला सोयला जस्तै
दिन दिन सुकी जानु जस्तै
मेरो गुमेको भरिलो रसीलो …
यौवन कसले फेरी फिर्ता
दिने
ढुंगा बिचको तरुल जस्तै म
न त ओल्टे न त कोल्टे .. . Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : फर्किएको खुशी

~नोवल निरौला~Nobal Niraula

है पियारी !
गोली र वारुदमा रुमल्लिएको वेला
तिमी र म,
शान्ति फर्काउन
सँगै उडेका हैनौ ?

तिनीहरुका मन कुँडिएको समय!
भाईचाराको नारा भुलेको दशक
दानवताको विचार मौलाएको वखत
शान्त मैदान रणभूमी वनेको क्षण
हिजो झै लागिरहेछ साथी ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आफ्नै कठघरामा घण्टाघर

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~Yogendra Raj Sharma 'Prakar Antar'

त्यो रात
नारायणहिटी देख्ने
घण्टाघर थियो ।
त्यता गोली चलिरह्यो-
ड्याङ, ड्याङ, ड्याङ, ड्याङ….
यता ऊ
बजिरह्यो आर्तध्वनि-
ट्याङ, ट्याङ, ट्याङ, ट्याङ….

ऊ जागा बसेर
निदाईरहेको शहर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बाल कथा : स्याल र बाघ

~राजेन्द्र बस्नेत~

कुनै जंगलमा दुइटा स्याल थिए । उनीहरू एकदमै मिल्ने साथी थिए । एकअर्कालाई दु:ख पर्दा सहयोग गर्थे । खानेकुरा खोज्न जाँदा पनि सँगै जान्थे ।

एक दिन उनीहरू खानेकुरा खोज्ने भनी निस्किए । बाटोमा दुवैजना गफ गर्दै हाँस्दै हिँड्दै थिए । उनीहरू हाँसेको एउटा बाघले सुन्यो । त्यो बाघ धेरै दिनदेखि भोको थियो । स्यालको आवाज सुन्दा साथ ऊ स्यालहरू भएतिर लाग्यो । Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

गीत : आँखा छोपी नरोउ

~कालीप्रसाद रिजाल~Kali Prasad Rijal

आँखा छोपी नरोउ भनी भन्नु पर्याछ
मुटु माथि ढुंगा राखी हास्नु पर्याछ

भोलि उठी कहाँ जाने केहि थाहा छैन
फर्की आउने हो की होइन केहि थाहा छैन
बाचा छिट्टै आउंछु भनी गर्नु पर्याछ
मुटु माथि…. Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

युगल गीत : तिमी एक फूल

~गोपाल योन्जन~Gopal Yonjan

तिमी एक फूल हौ भने म फूलको पराग
दुइ बेग्ला बेग्लै गीतका मन एक मधुर राग २

मेरो सुख हो तिम्रो प्यारमा पाएका हर जलन
युग नै म भुल्न सक्दछु २ म पाउन यो मिलन Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : वसन्तको रंग र साकुराको स्मृति

~कृष्ण थापा ‘कृष्णपक्ष’~Krishna Thapa - Krishnapakshya

ओ साकुरा !
तिम्रो हाँगाभरि मुस्काएका प्रसुनहरू
र यो वसन्तको मौसम
स्मृतिको सुदुर वस्तिबाट
म सापटी मागी रहेछु
केही गुलाफी रंगहरु,
दिन्छौ ?

यसपाली मेरो ‘फागु’
म तिम्रै सम्झनामा खेल्न चाहन्छु ।

के लेखुँ म ? रात छिप्पिदैछ …. फेरि यो पाना पनि च्यात्छु । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : छिन्नभिन्न अतिशयोक्ति

~बलदेव भट्ट “बिहानी”~Baldev Bhatta 'Bihani'

यौबनको खेति हत्केला को साहारा
युगावतार को प्रारम्भ गर्छ
चमार को दैलो बाट हराएको संस्कार
राजिखुशी समय को फरिया उचाल्दै हिडे पछी
हातका औलांहरु बीच तिम्रो बर्चस्वो
छिन्नभिन्न अतिशयोक्ति लिएर आउछ||

रोगाक्रांत मनस्थिति हरु का खम्बा
स्वेत-मार्ग को बाटो तहशिलको बिजारोपण गर्छन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सन्ध्या साँझ

~बिन्दु प्याकुरेल ‘लुना’~Bindu Pyakurel 'Luna'

कसरी बयान गरु यो सन्ध्या साँझको !
कुन रुपमा उतारु !
म भित्रको अर्को मन केही थाकेको छ यती बेला
पिठ्यु भरी कर्तब्यको भारी बोकेर
मस्तिस्क सुछ्म कोस कोस मा नेपाल लाई सजाउदै
त्यो अनबरत पाइला
सन्ध्या साँझ मै त रोकिन्छ
अनी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : मनमा छोएर हल्का

~सुविद गुरागाई~Subid Guragai

लहर आयो गयो मनमा छोएर हल्का ।
जाँदा–जाँदै माफी माग्यो रोएर हल्का ।

किन आयो किन गयो ? भनेन केही,
जिन्दगीमा अनुभूति भएर हल्का ।

नीलो–नीलो हुँदै थियो चाहना मेरो, Continue reading →

Posted in गजल | Tagged | Leave a comment

छन्द कविता : आखिरीपल

~बिक्रम श्रेष्ठ “सागर”~ Bikram Shrestha 'Sagar'

आखिरीपल घात माझ बिचमा निम्ता भयो दैवको।
छाडी जान सकूँ म प्राण सहजै सारा सबै वैभव।

आँसू पात्र बनेर साथ सबले पर्खी बसे काल त्यो।
चिन्ता पीर रहेन साथ अब लौ मूठ्ठी भरि स्वासको। Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : माया त रहिरहनेछ

~सन्दिप बडाल~

मैले प्रशंसा नगरुँला, तिम्रो कोमल तनको
मैले वास्ता नराखुँला, तिम्रो भरिलो जोवनको
तिमीले त्यसमा पीर नमान्नु, ती जालान् एकदिन क्षीण भएर
माया त रहिरहनेछ सधैँ, तिम्रो मेरो मनको

म तिम्रै हाँसोसँग मात्र रमाइरहुँला
म तिम्रो शरीरसँग मात्र रत्तिरहुँला Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नियति काठमाडौको

~पशुपती कार्की~

काठमाडौ,
थाहै पाउदैन डाँडा पर के हुदैछ,
अनविज्ञ छ छितिज पारी के भयो,
उदासिन छ झुपडीमा बस्नेप्रति
ब्यर्थ रटान दिन्छ राष्टियता को,
रातदिन,बाटोमा,गल्लिमा,चौरमा
मौन बस्छ सिमा मिचिदा
नारीमाथी अन्याय हुँदा,
बरु सँरक्षण मै ब्यस्त छ,
कालोबजारी,अपराध र भ्रष्टाचारको,
चराचुरुङ्गी,जिबजन्तु भाडाकुडा हरुको। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : स्वाभिमान

~दीप्स शाह~Deeps Shah

आँधी बोकेर असमन्जस्यतामा अल्झिरहेको छ उसको मन। शायद जीवनमै पहिलोपटक होला यसरी ऊ कुनै कुरालाई लिएर टोलाउन पुगेकी नत्र त सबैले उसलाई सानैदेखि भन्ने गर्थे “यो हक्की छे ,तुरुन्तै तर ठीक निर्णय लिना सक्छे।” कैयन कुराको बाढी मनमा उछाल्दाउछल्दै झल्याँस्स अविन(उसको लोग्ने) सँगको संवादमा आएर यसरी झस्की, मानौं विद्युतीय झट्का लागेको होस्। कति सजिलै अविनलाई सान्त्वना दिई उसले, कति सजिलै ढाडस र आश्वासन दिई उसले कि सबै जोरजाम समयमै हुन्छ भनेर। गरोस् पनि के, लोग्ने स्वास्नी भनेकै साथ र सहाराको लागि हो, समस्याको समाधान लोग्नेकै मात्र जिम्मेवारी होइन भन्ने मान्यता राख्ने उसले अहिले यो प्रमाणित नै गर्ने समय आएको थियो,बस् ऊ यही गर्दैथिइ। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : जन आवाज

~सुदेश सत्याल~Sudesh Satyal

एक्लै हासिरहेर अर्थ छ र के देशै दुखेको भए
के होला शिर उच्च खै सगरमाथा नै झुकेको भए ।
जे जे होस् न निधरमा हरघडी यै मृत्तिका लाउला
गर्नेले उपहास नै गरिरहुन् राको लिदै आउला ।।

यस्तो सृष्टि गरेछ लौन कसले उल्टो बग्यो गण्डकी
पछ्याए पनि कालले जतिसुकै खोजौ नयाँ जिन्दगी ।
चड्ने चड्छ सधैं सधैं शिखरमै झर्ने झरे तापनि
बाच्नेले कति काम गर्नु छ यहाँ मर्ने मरे तापनि ।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा दासको घोषणा–पत्र

~राजु स्याङ्गतान~Raju Syangtan_1

आफ्नै चिहान माथि चुपचाप निधाइरहेको
यस युगको असली दास हुँ म

कोर्रा लगाएको छैन आज
तर कुटिएको छु आफ्नै हातले
नेल देख्दिनँ खुट्टामा
तर बाँधिएको छु आफ्नै मस्तिष्कले
निधारमा छैन कुनै मूल्यसुची
तर बेचिएको छु प्रत्येक पल

यो तातो पृथ्वीलाई पसिनाले पगालेर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : अनाथ

~राजन पण्डित~

म रमाउन चाहन्थे, उनीहरु कमाउन। समयको परिबन्दमा म फँसेको थिए, बडेमानको कुर्सीमा उनीहरु बसेका थिए। म अनभिज्ञ थिएँ उनीहरुलाई ज्ञान रहेछ। मेरो व्यथा, पीरमर्कामा डलर फल्दो रहेछ। म आगो हुँदा उनीहरु पानी भए, मैले दुःख पाउदा उनीहरु दानी भए। र पनि मलाई अत्यास लाग्यो। गाउँको कुनामा छि छि, च.च. र हाइ हाईको पात्र अनि सहरको कन्टेनरमा गरेको सत्र। अझ कताको यो गगनचुम्बी महल, मुसा चल्ला दरवार भनेको त सुनेथेँ तर यथार्थ मैमा आइपर्‍यो। हिनताबोध भयो त्यसैले त कुर्कुच्चा ठोकें। लाग्यो कुकुरलाई घिउ पच्दैन भनेको यही हो। रातभर सोचेँ, केवल सोचेँमात्र। के थाहा भोलि घुम्ने मेचमा पो बस्न Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : त्यो पल

~सार्थक सिम्खडा~Sarthak Simkhada

तिम्रो निदार रातो टिकाले भरिएको पल
मेरो बैतरनी गरिरहेको हुन्छहोला
तिम्रो घरमा नौमती बाजा बजेको पल
मेरो घरमा एकोहोरो सङख बजिरहेको हुन्छहोला

तिम्रो घरमा जन्तीको लश्कर आएको पल
मेरो घरमा मलामिको लश्कर आइरहेको हुन्छहोला Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो कविताको उपयोगीताहरु

~निर्भीक रार्इ~Nirvik rai

(म कवि भएको औचित्य)

मेरो कविताहरु मेरो गुरुहरु भएको ।
जसले ज्ञानको राँको बाली
अँध्यारोमा मलाई डोर्‍याउने ।
मेरो कविताहरु मेरो अभिभावकहरु भएको ।
जसले गलत बाटोमा हिँड्न मलाई रोक्ने । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बाल कथा : सिंह खरायो कथा

~चण्डी सुवेदी~Chandi Subedi

एकादेशमा एउटा जंगल थियो रे। जंगलमा एउटा सिंह राजा थियो रे। समय बित्दै गयो र सिंह पनि बूढो हुदैँ गयो र शिकार गर्न सकेन। अनि उसले जंगलका सबै जनवारलाई बोलायो र भन्यो ।

” सुन सबै जना , बूढो भएँ , अब मा शिकार गर्न सक्दिन , तिमीहरू एक एक गरेर मेरो मा आउनुपरेको अवस्था , अनि म तिमीलाई खान्छु। “

अरू जनावरले सिंहको कुरा सुनेर माने र अर्को दिनदेखि एक एक जना गरी सिंहको घरमा जाँदा भए। Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

गीत : जीवनमा साथ दिने

~कृष्णकला वनेम ‘करिना’~Krishnakala Banem 'Karina Subba'

जीवनमा साथ दिने वाचा गर्यौ किन
डोर्याएर बिच बाटोमा साथ छोड्यौ किन

जस्तो परिवेशमा पनि साथ दिन्छु भन्थ्यौ
बिर्सीयौ तिमीले भने मरी दिन्छु भन्यौ
यो मनमा चोट दिन मायाँ लायौ किन Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : आमाको चित्कार

~अविचन्द्र र्इङनाम~Abichandra Ingnam

कहालिएर चिच्याउदै रोइ रहेछिन आमा
भन्छीन आउबचाउ मेरो अश्मितालाई
बिभिन्न रङ्ग र रुपका भए ता पनि
मेरा सन्तती नै हौ तिमीहरु सबै
भबिश्य तिमीहरुकै लागी हो – २

ति क्रुर हिंस्रक आत्मा घाती निर्दयीहरुले
काटन लागे ति मेरा हिडने खुट्टाहरु अनि
दुश्मनहर संग लडने ति मेरा हातहरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सैदान्तीक मृत्यु

~अप्जसे कान्छा~Apjase Kanchha

ढुङ्गा
कट्टी
बन्दुक
मोर्टर
रकेट
मीसाइल
अणु बम
रासायनिक बम
जैविक बम
दार्शानिक बम
राजनैतिक बम
थाहा भएका
थाहा नभएका
विनाशक बम
बनाउने
चलाउने
जुनसुकै देश Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : मेरो बाल्यकालको कुरा

~लेखनाथ गौतम~Lekhnath Kafle

जताततै बाहुनले पेलेको, बाहुनले शोषण गरेको, बाहुनले शासन गरेको, बाहुनले अत्याचार गरेको अनि बाहुनले दलित, मधेसी, जनजाती र पिछडिएका जातजातिविरुद्ध अमानवीय व्यवहार गर्दै सँधै उनीहरुलाई पीडित बनाएको कुरा सुनिराखेको यो बेलामा म भने अलि भिन्नै प्रसंग, भिन्नै अवस्थाको बारेमा तपाईंहरुलाई सुसूचित गराउन चाहन्छु। कतिपयलाई यै पनि बाहुनबादी लाग्ला। कतिपयलाई हो र यस्तो पनि भन्ने भ्रम पनि पर्ला।

कतिपयलाई काल्पनिक कथा हो जस्तो पनि लाग्न सक्छ। तर प्रस्तुत गरिन लागेको यो कथा भनौँ वा लेख एउटा सानो गाउँको, पढ्नु पर्छ भन्ने मध्यम वर्गीय परिवारको र जातिले बाहुन जातको एउटा बालकको मनमा तत्कालीन अवस्थामा उठेका ज्वारभाटा र आवेगहरुको समष्टी रुप हो। न यो Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : माया र घृणा

~र्इश्वर चाम्लिङ~Ishwor Chamling

माया गर्छ यो मन माया गर्नेहरूलाई
घृणा गर्छ यो मन घृणा गर्नेहरूलाई
किन घृणा गर्नु कसैलाई…

घृणा नै पाउनलाई…घृणीत हुनलाई
माया गरेर सबैलाई के घाटा हुन्छ तिमीलाई Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आवेग

~बिमल गिरी~Bimal Giri

तिमी सङ्गको मेरो
प्रेमको उर्लदो आबेग
जिन्दगीको मिठो अनुभुती
साझ बिहान
बिभत्स रोइरहेछ
धरमराउदै अगाडि बढिरहेछ
सडकका किनारहरुमा
तोलिन्दो र धुपिका
बुट्टाहरुमा ।

किन रुन्छन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : ति बुढी आमा

~चम्पा देवी खड्का~

बर्ष दिनको यती ठुलो चाडमा बुढी आमा टुक्क्रुक बसिन हनुमान ढोकामा
चाडको दिन टाढा कहिबाट छोरी आईपुग्छेकी भन्ने ठुलो आशामा
सबैका छोरी रातै र पहेलै भएर गये मेलामा
आफ्नो त छोरी खाली हात आ छ केही छैन झोलामा
चाड पर्ब पनि धनीलाई आउछ गरीबलाई यस्तै हो
गरीबको लागि दुख्ख मात्र छ दिन रात उस्तै हो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : निलो पल्सर

~सुरञ्जन घिमिरे~Suranjan Ghimire

शुरुमा मेरो भट्टी सानो थियो । सानो यसर्थमा कि–म त्यतिबेला अहिलेका जस्ता ब्राण्डेड रक्सी बेच्दिनथें, शिवाय लोकल । मन नभएर होइन, लगानी नभएर । त्यहि भए पनि मैले कुनै पनि ग्राहकहरुलाई–‘आज रक्सी छैन’ भन्नु परेन । तर व्यापारलाई लगानीकै आधारमा सानो र ठूलो छुट्याइन्छ न कि ग्राहकको सन्तुष्टि या वस्तुको पूर्ति–परिमाणबाट । यो अर्थशास्त्रीय नियम मेरो पेशासँग प्रत्यक्ष सरोकार राख्ने तत्व हो । यद्यपि, यस्ता तथ्यगत कुराहरु मलाई फोकटिया लाग्न थाल्छन्, जब उसको याद आइदिन्छ ।

उ त्यतिबेला एसएलसी बिर्गेकाले घरमै बस्थ्यो । उ के पढ्थ्यो, कति पढ्थ्यो मैले चासो राखिनँ । देहातमा रहेको मेरो भट्टीमा हरेक दिन उ के आकर्षणले आउँथ्यो मलाई थाहा भएन । एउटा कुरा के भने उ त्यतिबेला चुरोट तान्थ्यो–खुकुरी । चुरोट तानेको कसैले नदेखुन् भन्ने उसको अभिप्रायलाई मेरो भट्टीले सानो आश्रयसम्म दिएको थियो भन्ने लाग्छ । भट्टीमा उ अन्तिमतिरको बेञ्चमा बस्थ्यो । शुरु–शुरुमा उसले Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : टुँडालमा लागेका धमिराहरू

~वैरागी जेठा~

मेरो मुटुकाट्ने आँसीहरु
झुमिमरहेछन्
भुजेलका आँगनमा
माखाहरुझैँ
मशालकाआँखाहरु
थलाजुङ,हर्मे हेरिरहेछन्
मसँगै
भुजेलका टुँडालमा
चमेराझैँ झुण्डीएका धमिराहरु
मेरा छातीमा बुटबजारिरहेछन्
मेरो यात्रा रोक्न
कुँइत्रो लागेका कपडाझैँ Continue reading →

Posted in कविता | Tagged | Leave a comment