व्यङग्य निबन्ध : बासीफल

~चर्चित ढुंगेल~Charchit Dhungel

तपाईं पात्रो हेर्नहुन्छ ? म जस्तो पात्रोको दाइनो र बाइमात्रो बुझ्नुहुन्न कि ? खैर, मावलमा हजुरबा÷मामाहरूले र घरमा काका र काकाका छोराहरूले पात्रोको पितृ बुझ्ने अनि व्याख्या गर्ने भएकाले पनि मसँग पात्रोको टाढाटाढासम्मको नाता÷सम्बन्ध रहेन । मेरा एकजना दाजुले घरैमा हुने घटना थाहा नपाएकाले छोरो चारकोसे जंगलको रुखमा फलेको र ज्योतिष विद्याबाट हात धोएको कुरा गर्ने भएको थियो । बर्षौंदेखि यही विद्यालाई पेशा बनाउँदै आएका मेरा दाजुलाई नाक लागे जस्तै हामी युवालाई ज्योतिष विद्याले नतान्नु स्वभाविक हो । तेसो त अचेल जाँड÷प्याज नखाने बाहुन भेट्टाउन जत्तिकै गाह्रो भइसक्यो पात्रो हेर्ने, पढ्ने, बुझ्ने र व्याख्या गर्ने युवापिढी भेट्टाउन । Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : भन तिमीभन्दा म के कम छु

~प्रेम ओली~Prem Oli

र्र्मििमरेले खेदेर तिमीलाई
सन्ध्याले फर्काइ ल्याउछ
मरेर जाने जिन्दगी
कस्को गुरु ब्याउछ
आफु त साथी
हिँङ नभए पनि
हिङ बानेको टालोको दम छ
भन तिमी भन्दा म के कम छ ।

तिमीलाई फुर्सद छैन होला Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : समुद्रसँग पिरती

~उमा सुवेदी~Uma Subedi

परदेश बसाइका पट्यार लाग्दा दिनहरुमा रमाइलो क्षणको परिकल्पना मात्रले पनि केही राहत मिल्दो रहेछ । कहिलेकाहीँ त त्यस्तो रमाइलो क्षणलाई वास्तविकतामै अनुभव गर्ने मौका नमिल्ने पनि हैन तर त्यस्ता क्षणहरु अत्यन्तै सिमित हुँदा रहेछन् । आफ्नो कामबाट फुर्सद निकाल्नु, साथीहरु भेला पार्न अनि गन्तव्य तय गर्न निकै गाह्रो हुन्छ । यस्तै अफ्ठ्याराहरु बिचबाट निकालिएको छोटो समय भने आजसम्मको सबै तितोपना बिर्साउने गरी स्वादिलो हुँदोरहेछ । यो सबै भूमिका बाँधेको मैले मेरो समुद्र भ्रमणलाई सम्झनका लागि हो ।

मेरो दुखाइ कम गर्ने औषधी हो समुद्र । यो बिरानो ठाउँमा मेरो भावना साँट्ने साथी हो समुद्र । त्यसैले जहिले आफ्नो कामबाट अलिकति फुर्सद मिल्छ म उसलाई भेट्न दौडिएर पुगिहाल्छु । म जन्मेको ठाउँ पाँचथरको त मलाई सम्झना छैन । मैले जलराशी पहिलो पल्ट देखेको बिरिङ खोला हो । असार साउनमा गाउँ नै Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : गोल

~बिटु केसी बराल~Bitu KC Baral

इच्छा शक्ति बुलंद भए
के नहुने रहेछ ?
मसक्क आँट्यो भने
नेपालीले के नपुग्ने रहेछ ?

जुटको बन्धन कसिलो पारी
अघि बढेको बेला
पैतालाको वेगळे
तिमीले संसार जितेको बेला Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छोक : माटो मुनिको बीउ

~आभास~Aavaas - Achyut Prasad Phuyal

म माटो मुनिको बीउ
भरखरै एउटा कोमल हातबाट रोपिएको छु
खुला आकाश र उज्यालोसित बिछोडिएको छु
सिर्जना गर्न अँध्यारो पनि पिउनु पर्दोरहेछ
म अहिले
धरतीभित्रै
अँध्यारो पिएर बाँचेको छु
यतिबेला
आफ्नो भन्नु–
आफैंभित्रको पीडा छ
मलाई थाहा छ
यही पीडाले
मलाई उमार्न सक्छ
यो पनि थाहा छ
यही पीडाले
मैलाई मार्न सक्छ ।

***********

Posted in कविता | Tagged | Leave a comment

कविता : लाग्न थालेको छ

~विचित्र मुल्मी~

सुनौलो भविष्यको कुरा
कसैले गर्न थाल्यो कि आजभोलि
त्यो भविष्य
सुन जत्तिकै महँगो हुने त हैन ?
भन्ने लाग्न थालेको छ ।
सुन्दर सपनाको कुरा
कसैले ग¥यो कि आजभोलि
त्यो सपना होटेलको खानपानमा
विलय हुने हो कि ?
भन्ने लाग्न थालेको छ ।

आजभोलि
जोसुकैले आश्वासनको कुरा
बतुरे पनि Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : समय, सपना र जिन्दगीहरु

~लारा राई~Laxmi Rai 'LARA'

भनिन्छ-प्रतिष्ठाको बोझ थाम्न दरिलो काँध चाहिन्छ रे ! आफू त्यस्तो प्रतिष्ठित ब्यक्तित्व परिएन अतः दरिलो काँधको सवाल पनि उठेन। तैपनि, कमेण्ट सुन्ने दरिलो आत्मविश्वास छ मभित्र। मान्छेहरुले घमण्डी भन्लान्। आफूलाई लेखिका हुँ भन्दिन म। रहरिया हुँ। लेख्छु फूर्सदमा यदाकदा। आरुका फूलका…….प्रसंगहरु पनि त्यस्तै फूर्सदका उपजहरु ह’न्। माइसंसारका कमेण्टहरु बाहेक निजी ई-पत्रहरु पनि धेरै आए। कतिपय मित्रहरुले मेरा निजी घटनाहरु हुन् कि भन्ने जिज्ञासासम्म पोख्नुभयो। केही शुभचिन्तकहरुले अलिकति लम्ब्याएर सिंगो पुस्तक निकाल्न सकिन्छ भन्ने सल्लाह पनि दिनुभयो। वास्तविक नाम त थाहा भएन, तर माइसंसारको कमेण्टभित्र एकजना शुभचिन्तक मित्र, प्रणयजीले मूलधारमा पनि लेख्‍नुपर्‍यो साथै अलिक “गृहकार्य” पनि गर्नुपर्छ भन्ने सल्लाह दिनुभयो। तपाईको Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : संघर्ष

~हेमराज आचार्य~Hemraj Acharya

नरुनु है संघर्षको दियो बाल्दा मरे भने
बंकरमा दुष्मनले संगीन दाब्दा मरें भने

मेरो कर्म तरबारको धारै धारमा हिंड्नु पर्ने
बीरताको मन्त्र जप्दै बम फाल्दा मरें भने Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : जानी–नजानी

~सुविद गुरागाई~Subid Guragai

जानी–नजानी माया लाएको तिम्रै लागि त हो नि !
रहर–रहरमै दुःख पाएको तिम्रै लागि त हो नि !

हुने के होला, भन्नु कसरी, आंसु खस्ने पो हो कि ?
डराइ–डराई छेउमै आएको तिम्रै लागि त हो नि !

एक्लै बांचुलां जोगी बनुलाँ अरू सक्दिनं सोच्न,  Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : पाउन सकिन

~सार्थक सिम्खडा~Sarthak Simkhada

रोजेको त तिमी नै हो पाउन सकिन
मायारुपी बहार बनी छाउन सकिन

हरियाली बन पाखा लाली गुराँस फुल्दा
कोइली जस्तै प्रितको गीत गाउँ सकिन Continue reading →

Posted in गजल | Tagged | Leave a comment

बाल कथा : हिप्पोको कथा

~चण्डी सुवेदी~Chandi Subedi

एकादेशमा एउटा पोखरी थियो रे। त्यो पोखरीमा एउटा सानो मोटु मोटु हिप्पो बस्थ्यो रे। हिप्पो मोटो थियो रे। दिनभरि पानीमा पौडेर बिताउँथियो रे।

एकदिन हिप्पो आफ्नो साथीहरुसँग पानीमा खेलिरहेको थियो।

अनि एकछिन पछि त ताइफ़ु आयो रे।

अनि त्यो पानीमा बसेको हिप्पोलाई पनि बगाएर लग्यो रे नि। Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : निरर्थक

~बिमल गिरी~Bimal Giri

जिन्दगीका
बिर्सिनसक्नु
अप्रिय प्रसङ्गहरु
नियास्रोले भौतारि रहन्छन
कताकता तुलानात्मकरुपले भन्नुपर्दा
काडालेझै कोत्रिन्छन,रगताम्मे हुन्छन मनहरु
खुशिले भक्कानिदै पिरमा हास्नमन लाग्छ
प्रेरक र निरर्थक भएर
चलिरहेछ जिन्दगी
घुम्ति र मोडहरुमा,
घामको झुल्कासङ्गै ब्युझन्छु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ नेपाल रे

~गणेश पुर्बछाने मगर~Ganesh Purbachane Magar

नयाँ नेपाल रे
खै के छ यहाँ नया ??
नया त छ केवल
उही २ सब्द न + याँ
अरु त सबै पुरानै छ
नेता नक्कली
भासण नक्कली
सबै सबै नक्कली
ओलीको बोली देखि लिएर
माकुनेको झूटो आस्वासन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : ज्वालामुखीका शिखा

~युद्धप्रसाद मिश्र~Yuddha Prasad Mishra

पाखा पर्वतका निवासीहरू छौ शृंगार नेपालका
सारा आर्थिक श्रोतका गति तथा आधार नेपालका
आँधी पानि प्रचण्ड धूप असिना नानाथरी झेलने
हाम्रा हात र पाउ छन् धरतिका माटोविषे खेलने

कुर्कुच्चा छ चिरा चिरा जिउ डढेका घामका तापले
मान्छे हौ पशुको छ जीवन दशा दर्वारका श्रापले
खानू पेटभरी भएर सपना हड्डी उठेका मुख
हर्दम् शोषकका दुराचरणले कुल्ची दिएको सुख Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : पर्दैछ साँझ

~कृष्ण प्र. पाण्डे~Krishna P. Pandey_1

पर्दैछ साँझ दियो नबाली हुन्न
ननिभ्दै ज्योति तेल नहाली हुन्न

आकाशबेली रुखै ढाक्दछ भने
त्यसलाई मार्न रुखै नढाली हुन्न Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : सुष्मिताको रेप भएको होइन

~विश्वराज अधिकारी~Bishwa Raj Adhikari

सुष्मितासँग फोनमा कुरा भएदेखि मन स्थिर हुन सकेको छैन मेरो। उनीसँग भएको त्यस्तो कुराले जसलाई पनि बेचैन तुल्याउन सक्छ। म जस्तो भावुक मान्छेलाई त झन। म बैचन हुनुको कारण अर्को पनि छ। त्यो अर्को कारण के हो भने मैले उनलाई सल्लाह पनि दिनु छ। सल्लाहको प्रकृति पनि गंभिर छ, हल्का भई दिएको भए कुरा अर्कै हुनथ्यो। सल्लाहको प्रकृति हल्का भइदिएको भए मन लागे दिन्थ्ये मन नलागे दिन्थिन। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

मुक्तक : फाटेको मन

~बिरही राज मगर~Birahi Raj Magar Rolpali

फाटेको मन अरु सँग सिउन चाहन्न।
सत्ते, तिमी बिना एक्लै जिउन चाहन्न।
तिमी भन्छौ मैले छोडे पछि पिउँछौ होला Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : देख्या छैन अझै

~दिपक घर्ति मगर~Deepak Gharti Magar

तिमी भन्दा अन्त राम्री देख्या छैन अझै
तिमी बाहेक अन्त लगन लेख्या छैन अझै

हास्यो बस्यो बोल्दा खेरि माया बसेछ हाम्रो
मन को कुरा भनि हाल छेक्या छैन अझै Continue reading →

Posted in गजल | Tagged | Leave a comment

छोक : भैंसी हो काठमाण्डौ

~योगेन्द्र राज शर्मा~

एउटा चढ्छ
उत्रन्छ
अर्को चढ्छ
उत्रन्छ
फेरी अर्को चढ्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कस्तो भैदिएको भए हुन्थ्यो हुन्थ्यो

~ध्रुव पन्थी~Dhruba Panthi

यस्तो भैदिएको भए हुन्थ्यो
उस्तो भैदिएको भए हुन्थ्यो
हुन त कस्तो भैदिएको भए हुन्थ्यो हुन्थ्यो
म तिमीले खोजेजस्तै भैदिएको भए हुन्थ्यो
तिमी मैले खोजेजस्तै भैदिएको भए हुन्थ्यो
फगत रहर गरेर हुने भए
यो संसारको रीतै अलि फरक भैदिएको भए हुन्थ्यो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

देउडा गीत : कैलै मिलन कैलै बिछोड

~प्रकाश जे धामी~Prakash J Dhami

कैलै मिलन कैलै बिछोड,जिन्दगी को खेल ।
माग राम्रो पाडिलो घाम,बैशाख राम्रो सेल ।।

जान लाग्यो बालो जोबन,साल मैना गणी ।
मैरो रैबार पुगाई दियई,,उडि जान्या चणी ।। Continue reading →

Posted in देउडा गीत | Tagged | Leave a comment

गजल : दास बनेको छु

~बिरही राज मगर~Birahi Raj Magar Rolpali

म त हजुर परदेशमा दास बनेको छु ।|
जिउँदै बेबारिसे लास बनेको छु ।|

तेसैले त न आउनु भन्छु परदेश सबैलाई
हेपिने र ठगिने मा खास बनेको छु ।| Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : यमराजको आमरण अनसन

~मनोज बाबु पनेरु~

अकबरे खोर्सानीको झोलमा टाउको डुबाएर निकाले झैँ आँखा कस्तो पिरो भाको, फुट्छ कि झैं लाग्दैछ। नाक पनि पोल्दै पिरो न पिरो सिंगान बग्न थाल्यो। घाँटीबाट श्वासै बाहिर निस्कँदैन कि के हो। टाउको फुट्छ झै भै रहेको छ।

आकासै गर्जिने, पृथ्वी नै थर्किने गरी अर्को आवाज आयो “ड्याङग”। फेरि टियर ग्याँस हाने ज्यानमाराहरुले। अकस्मात् एकोहोरो रुपमा आवाज आउन थाल्यो “ड्याङग, ड्वाङग, ट्याङग, ट्यासस, डड्याङग” भीडमा जिन्दावाद र मूर्दावादको नारा अलि मत्थर भयो। भागदौड मच्चिन लाग्यो।

मेरो अगाडि एक व्यक्ति घोप्टो परेर लडेको देखें। भीडले त्यसलाई कुल्चँदै भाग्दै थिए। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : नजन्मेको छोरालाई

~शंकर लामिछाने~Shanker Lamichhane

मेरो छोरा !
एकदिन तैँले मसँग
वा मेरो मृत्यु भएमा
स्वयम्‌सँग
एक प्रश्‍न गर्ने छस् ।
मेरो छोरा !
मसँग प्रश्‍नको केही उत्तर छैन !
सिर्फ छ, एक सन्तुष्टि
बल्ल मेरो परम्पराले थिचेका
प्रश्‍नहरू
तेरो मुखबाट निस्कन सके । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : उस्तै-उस्तै

~पुष्कल श्रेष्ठ~Pushkal Shrestha

भाषण जेसुकै होउन, ताली उस्तै-उस्तै
नेताजी जोसुकै होउन, गाली उस्तै-उस्तै

डाँडाको होस या सम्मको, डाली उस्तै-उस्तै
जमिन्को होस या जीउको, नाली उस्तै-उस्तै Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : मृत्यु

~दिपक अधिकारि~

आयछ थाहै नपाई, न त खबर नै दियछ,
आँखा झिम्क्याउन नपाउँदै त्यो, प्राण पखेरु लियछ,
न भन्छ बुढो नै, अनि न त तन्देरी नै,
लाउँला-खाउँला भन्दा भन्दै, किन यस्ले लैजान्छ खै?!

जानेलाई नि थाहा छैन, होला कुन मन्जिल्, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : गणतन्त्रको छोरो

~भाउपन्थी~Tilak Prasad Sharma Khanal 'Bhaupanthi'

मुलुकमा गणतन्त्र आइसकेको छ तापनि मैले त्यस दिनलाई बिर्सिन सक्दिनँ । चारैतिर अश्रुग्याँस र टायर बालेको दुर्गन्ध अझै पनि सघन नै थियो ।

पहिलो कुरो, जब फुच्चेले चिच्च्याएर भन्यो, ‘साप, १४ गते गायब छ ।’

फुच्चेको जन्मदिन नै गायब भएको भय छ ।

१४ गते गायब हुनु विश्वसनीय थिएन । तर उसले त्यो कुरो क्यालेन्डर हेरेरै भनेको थियो । एकाबिहानै के भन्छ भनेर मालिक भईटोपलेकोले म सार्वभौमसत्ता सम्पन्न अलि अचम्भित पनि भएँ । १४ गते नै गायब Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : साँझको पाहुना तिमी

~प्रमेश न्यौपाने~

खुशी छौ कि दुखी तिमी, बुझ्न मलाई गाह्रो भयो।
रहर हो कि बाध्यता तिम्रो, हेर्न मलाई सरो भयो।

होस मा छौ कि बेहोसी तिमी,कस्तो तिम्रो पागल्पन।
यात्रा हौ कि बास मा कतै, पिडा मा हो कि तिम्रो मन। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरी मृत प्रेमिका..

~गणेश भट्टराई~Ganesh Bhattarai

मसानघाटको चितामाथि
उसको लास शान्त छ
परायालाई आफ्नो अधिनायक बनाएकी
नवबिबाहिता जस्तो
जब उसको लासमा आगो झोसिन्छ
हिजो आँफैले चिरेका दाउराहरु
म माथि बन्चरो हान्न थाल्छन
अग्नी साक्षी राखी सात फेरो लिने सपनाहरु
आज त्यही अग्नी जलाउन थाल्छ
मसानघाटका अरु मुर्दाहरुसँग
उ पनि जल्दै जान्छे
हाम्रो प्रेमको खिल्ली उडाउनेहरुलाई
तातो राप दिएर। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बाल कविता : हाम्रो भैंसी बूबू दिन्छ

~युद्धप्रसाद मिश्र~Yuddha Prasad Mishra

कहिले खेल्दछ पानीभित्र
कहिले चर्दछ उता चौरतिर
गोठभित्र गई सुत्दछ राती
हाम्रो भैंसी कस्तो जाती

यसकै गोवर बोकी बोकी Continue reading →

Posted in बाल कविता | Tagged | Leave a comment

कविता : खातेको वेदना

~पेशल आचार्य~Peshal Acharya

मनमा जति भएपनि, पढ्ने लेख्ने रहर
साझ बिहान छाक टार्न, घुम्दै हिड्छौ शहर

जति सुकै परिवर्तन, देशमा आएपनि
खाते भनि छि-छि गर्छन, बाटो हिड्दा पनि Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : साजिद र सपनाहरू

~उमेश राई “अकिञ्चन”~Umesh Rai Akinchan

साजिदले सल्कायो सम्झनाको सिगरेट र टेक्दै हिँड्यो अढाइ अक्षर प्रेमको आधा बाटो।

साजिद वरिपरि चलिरहेको बतास उही थियो जसले बोकेर ल्याउँथ्यो देवदूतले जस्तो एसएमएस। भगवानको हातले लेखेजस्ता एसएमएस हरफहरू उड्दै-उड्दै आउँथ्यो मुटुको आकार लिएर

“म यहीँ छु तिम्रो सम्झनाको फोटो मुन्तिर

सायद,तिमी पनि आकाश र धरति जोडिएको

उही थोप्लोमुनि

सम्झनाको एल्बम पल्टाइरहेका हौला।” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment