कविता : म तिमीलाई कत्ती चाहन्न अब!!

~सन्दिप बडाल~

म तिमीलाई कत्ती चाहन्न अब
तिम्रो नाम लेख्न आफ्नो रगत पनि सुकाउँदिन
न त तिम्रो नाममा आँशु नै बगाउँछु
म तिमीबिना नै जिउने छु
तिमीबिना नै आफ्नो संसारको निर्माण गर्नेछु
तिमीले दिएको धोकाको बदला लिनेछु
चोटको बदला चोटनै दिनेछु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : न बन्न सके

~सार्थक सिम्खडा~Sarthak Simkhada

न बन्न सके माकुने जस्तो पाखन्डी
न बन्न सके प्रचन्डे जस्तो घमन्डी
शायद त्यसैले त होला जिन्दगीमा
बाँध्नै सकिन मायामा हत्कडी

न लिन सके ओसामको जस्तो बैर्यता
न लीन सके ओबामाको जस्तो धैर्यता
शायद त्यसैले त होल जिन्दगीमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : छोटोमोटो सन्ताप

~ध्रुवचन्द्र गौतम~Dhruba Chandra Gautam

सामुन्नेको रूखबाट पात झर्न थालेछ । दिनदिनै बढारिन्छ, दिनदिनै झर्छ । मैले थाहा पाएदेखि नै यो रूख छ । तर कसैले केको रूख हो भन्न सकेको छैन । चिन्न खोज्छन्, तर रूख चिनिनदेखि फुत्केको छ । आँधीपानी चलेका बेलामा, बिजुली चम्केका बेलामा, रूख ढल्ने आशंका प्रत्येकपटक हुन्छ । आजसम्म साबुत छ यो रूख । रूख ठूलो भए पनि छटपटीयुक्त भए पनि कसैले छायाको सेवन गर्न सक्दैन । फल अपरिचित हुनाले कोही खाँदैन । फूल देउतालाई चढाउँदैनन् । सायद देउतालाई मन पर्दैन कि ?

बेलाबेलामा रूख काट्ने कुरा पनि हुन्छ । तर काटेर पनि के गर्नु ? कसैले केही दिँदैन । आएर भन्छन्, ‘काट्ने पैसा लाग्छ ।’ म सोच्छु, ‘यत्रो रूख काटेको केही पाइँदैन, उल्टै पैसा लाग्छ । ऊ भन्छ, ‘काट्दा ज्यान Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

आधुनिक गीत : तिमीलाई चाही मरी मेटेकै हो

~कृष्ण प्र. पाण्डे~Krishna P. Pandey_1

तिमीलाई चाही मरी मेटेकै हो
छिचोलेर बाधा मैले भेटेकै हो
तिमीलाई मेरो बिन्ती लागेन
तिमीले मायाको गला रेटेकै हो

भाग्यको लेखानै सम्झ तिमीले
यसरी फेरि भेटिनु रै`छ
त्यो पनि भाग्यकै लेखा भनौं भो Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : मुफ्तको शौदा शुभकामना

~अजम्बरध्वज खाती~Ajamber Dhoj Khati

नदिने बराजु जस्ता छन् हाम्रा नेताहरू
दिन पर्दा बुधबार पनि बार्छन्,
नाँच्न आफै जान्दैनन्
आँगनलाई दोष दिन्छन्,
लाज ढाक्न खोज्छन्
लाज ढाक्ने कुरा टाउकोमा बाँध्छन्
जहाँ ढाक्नुपर्छ उघारै राख्छन्
यिनीहरूलाई थाह हुँदाहुँदै पनि
ढाँटेको कुरा काटे मिल्दैन
नकचरा भएका छन्
बुड्डै शरीर लाज पचाउँछन्। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : तथास्तु

~डा रविन्द्र समीर~Dr Rabindra Sameer

ईश्वरलाई आप्mनो सृष्टिप्रति वितृष्णा जाग्यो । कोही आलिसान महलमा सुखसयल भोगिरहेका छन् भने कोही सडकमा सुत्न बाध्य छन् । यो दूरावस्था देखेपछि ईश्वरले नारदलाई साथमा लिएर दानकर्मको लागि पृथ्वीमा ओर्लिए ।

‘प्रभु ! मेरो पाँचतले घर छ, दस तले घर बनाउने इच्छा छ ।’ –ईश्वरले यथेष्ट धनको राशि उसलाई छोडे ।
Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : एक तारा टुट्दैमा

~राजेश नेपाली~

नठान्नु आकाश शुन्य हुन्छ एक तारा टुट्दैमा
हाम्रो यात्रा रोकिंदैन केही यात्री छुट्दैमा

लाखौं फूलको बगैंचामा एउटा फुल झरे के भो
थाल बनाउन रोकिंदैन टपरीहरू खुट्दैमा

जुन रूखले हिजो ओत्यो आज त्यही काटे पनि Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : आफ्नै धड्कन नछाम्दा

~श्रीराम अधिकारि~Shree Ram Adhikari

“कस्तो लाछी पानी मरुवा बुढो पाईछु नि दैब, केही गर्ने हुती छैन, आँट छैन साहास छैन छि! यस्तो नामर्दले किन बिहे गरेको होला मलाई, घर परिवारको सानो सानो ईच्छा पनि पुरा गर्न नसक्ने”। पार्बती एकोहोरो सरापी रहन्छिन, मोहनले पार्वतीको सबै कुरा सुनिरहेको हुन्छ, श्रीमतिले भनेका कुराहरुलाई उस्ले सुने नसुने झै गर्छ ।

आखिर उस्ले कोशीस नगरेको पनि त हैन, ग्राजुएट सम्मको अध्ययन सकेको Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : पसिना उत्सव

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~Yogendra Raj Sharma 'Prakar Antar'

यौटा पहाड: म अझै अग्लिन्छु ।
यौटा म: म अझै उक्लिन्छु ।
अब आफै पन्छाउनु पर्छ काँडाहरु
डोकोभरी पहाड बोकेर
बिसाइदिन्छु पहाड चौतारीमा
उफ ! उ पनि ठाउँ ठाउँ भत्किएछ
छाड्दिनँ उक्लन ठाडो उकालो
साँझमा पनि
झ्याउँकिरीहरु बजाइरहेछन् नगरा
मेरो मुटु बाहेक Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : प्रश्न ?

~हरिगोविन्द लुइँटेल~Hari Govinda Luitel

शनिवारको दिन । ड्याडी–मम्मी दुवैको अफिस विदा, हामीहरुको पनि स्कूल छुट्टी । भर्खरै रिलिज भएको र निकै चर्चामा आएको हिन्दी फिल्म “पिके” हेर्ने पारिवारिक योजना थियो हाम्रो । दाइले पाँचवटा टिकट अनलाइन बुकिंग गरिसकेको थियो । साँझ छ बजेको शो हेर्न हामी सुन्धारास्थित सिभिल मलको छैठौं तलाको आधुनिक हलमा हतारहतार पस्यौं ।

फिल्म शुरु भयो । तर अलि समयपछि नै फुच्चे भाइको मन फिल्मभन्दा अन्यत्र मोडिनथाल्यो । भाइले करकर शुरु ग¥यो– “हाफटाइममा हामी के खाने ?” Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : फेरी आउदै छ १२

~विष्णुप्रसाद धिमाल आजाद~Bishnuprasad dhimal

सम्झिएर ल्याउदा
मन मुटु सिरिङ्ग हुन्छ
हजारौ हजारको खुशी लुटि
आफु रमाउने त्यो पापी प्रकृतिले
हजारौलाई एकै चोटी निलेको दिनले गर्दा
आज फेरी अत्यास लागिरहेछ

घर छोडी बाहिर हिडेका घर फर्कन पाएनन
घर भित्रै भएका बाहिर निष्कन पाएनन
गाउ,घर,सहर केही नभनी
झुपडी र महल केही नजानी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : आफै लाज लाग्छ

~दिपक घर्ति मगर~Deepak Gharti Magar

म आफु सेफ हु भन्न आफै लाज लाग्छ
सबको छेउ आफुलाइ गन्न आफै लाज लाग्छ

भन्ने गर्थे सबैले होटलको जागिर राम्रो हुँन्न
बिना गल्ती को गाली सन्न आफै लाज लाग्छ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : आजकल मलाई

~अभि सुबेदी~Abhi Subedi

लाग्छ आजकल म
सधैंजसो एउटा छायाँ बोकेर हिंड्छु
अरूका मनहरू कालो बादलजस्तो
पहाडको अन्तर्तरङ्ग बुझ्न
बिस्तारै वरिपरि घुमेजस्तै
मेरो वरिपरि घुम्छन्
अनेकौं आकृतिहरूमा
आफ्नै मन बोकेर हिंड्छु
अरूका मनका भारीले थिचेर
आजकल मलाई मेरो अस्मिताभन्दा
अरू कसैको जीवन बाँचेजस्तो लाग्न थालेको छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : ‘र’को कुण्डली

~मनोज गजुरेल~Manoj Gajurel

सबैलाई थाहा छ- कुरो जतिसुकै ठूलो गरेपनि ‘तर’ले काटेपछि सत्यासनास। त्यही ‘तर’ले कसैका सपना उध्रिएकाछन् भने कसैका सपना सुध्रिएका पनि छन्। संसारमा शान्ती अवस्यम्भावी छ, तर…… समुन्नत नयां नेपाल अवस्य बन्छ,….तर π संसारमा तरबारभन्दा ‘तर’ बलियो ठानिन्छ, नेपालमा भने ‘तर’भन्दा पनि ‘र’ बलियो मानिन्छ।

तरवारले मान्छे सिध्याउंछ, ‘तर’ले कुरा सिध्याउंछ, ‘र’ले समाज देश र समाज नै सिध्याउंदो रहेछ। जनताबीच फुट ल्याउन पनि ‘र’कै हात देखिन्छ, पार्टीहरुभित्र गुट खडा गर्ने पनि ‘र’कै चलखेल बुझिन्छ। आउनोस्, शब्दकोशभित्र रहेको त्यही शक्तिशाली अक्षर ‘र’को छोटो अपरेसन गरौं। Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : पहिले र अहिले

~ध्रुव पन्थी~Dhruba Panthi

पहिले
भन्नेहरुले नानाथरि भने
तिमी आफ्नो बाटो हिँडिछाड्यौ
तिमी रोमान्टिक थियौ कि
विवशताले तिमीलाई डोर्‍याउँदै थियो –
तिमी आफै जान
मचाहिँ पक्कै पनि अलि रोमान्टिक थिएँ
त्यसैले धेरै नसोँचिकनै
सलाम गर्न मन लागेथ्यो तिमीलाई

अहिले Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कसले होला ?

~श्यामदास वैष्णव~shyamdas baisrva

फूलहरु छरपस्ट
भएको त देखियो : यत्रतत्र
यिनलाई एकसूत्रमा उन्दै
माला बनाउने कसले होला ?

फूलबारीलाई रछ्यानतुल्य
बनाउन खोज्ने अबुझहरु पनि त
देखिए
यिनलाई नादान ठह-याई
सही सन्देश दिने कसले होला ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : चाम्रो त्रिवि !

~शिरिष पराजुली~Shirish Parajuli

मुटु धड्किएको बाहिर सम्म सुनिन थाल्यो
मन बेचैन छ, मस्तिष्क एकोहोरो हुँदै छ
म टोलाएको देखेर
मलाई मेरो छायाँले मेरो परीचय दिदैँन
एक्कासी म आफ्नो परिचय खोज्छु,
तर मेरो परीचय कतै छायाँमा धमिलो हुन्छ ।

मेरो आँखाँ पनि धमिलो छ तर मन धमिलो छैन
नपत्याए हेर मेरो आँखा उज्यालो छैन
उज्यालोमा सत्य देखिन्न सत्य भित्र कुनामा हुन्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : सर्वशक्तिमान

~विक्रम अधिकारी~

नवनिर्मित यो मन्दिरको ढोकमा दिनदिनै भीड बढ्दै गइरहेको थियो। २४ सै घण्टा श्रद्धालुहरुको उपस्थितिका कारण मन्दिरको मुख्य द्वार बन्द हुनै पाउँदैन थियो। पूजा-अर्चनापछि फर्किनेहरुको अनुहारमा यति सन्तुष्टि, योभन्दा अगाडि दुनियाको कुनै पनि मन्दिर, मस्जिद, चर्च, गुम्बाबाट निस्केकाहरुको अनुहारमा देखिएको थिएन। खास कुरा त के भने यो मन्दिरमा सबै धर्म र समुदायका मानिसहरुको आवतजावत थियो। सबै पेशाका मानिसहरुको आवत जावत थियो। के पत्रकार, के डक्टर, के समाजसेवी, के नेता सबका सब। Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : डाँडा घरे काइलोमा

~टिका चाम्लिङ~

डाँडा घरे काइलोमा ठूलो आशा उमंग पलायको थियो,
किन्तु उसले आफ्नो शहीद संगिनी को साथ गुमाए पनि,
नयाँ नेपालको खोजीमा ऊनि अझै भौतरी रहेछन ,
उनी खुला आकाश मुनि हेर्दैछन बिचित्र का चित्रहरु , Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रौढ़ता भित्र शान्ति

~बलदेव भट्ट “बिहानी”~Baldev Bhatta 'Bihani'

हातमा चमर बोकी अभिपोषित शांति
बर्सौ पहीले बुद्धसंग जन्मियो
हजार बर्ष पछी परिवापित रूप बोकी
प्रौढ़ता भीत्र शांति पराल को मचान भीत्र लुक्नखोज्दा
हुंडारहरु को जमात सज्जनता माथी शासन गर्छ ||

बारुनी बासुरी बजाउदै लोहारका आँगन सम्म पुग्छिन
बुद्धका हात सृजना गर्ने लोहित बारूद का गंध भीत्र Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आकाशमा देवकोटा

~दीपक जडित~Deepak Jadit

बनाई बाटो चिनाएँ माटो भूस्वर्ग त्यो धराको ।
कलकल नदी संगीत सरी स्वर सुरिलो चराको ।।

सुनाएँ खोली आत्माको झ्याल निनाद ह्रदयको ।
देखाएँ झेली गरीबी हाल अभाव भएको ।।

बुझाउनु’थ्यो कष्टमा पनि हाँस्न सक्छौं कसरी ।
रुझिरहँदा झरीमा पनि फूल्छ फूल जसरी ।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कथा : कविजी

~ईश्वर दाहाल~

कवि हृदयमा अपर्झट कविता फुर्योई। कविजीले फेसबुक सम्भि्कए। विदेश बस्ने भेनाले पठाइदिएको ल्यापटप। छिमेकीको सद्भावले पाएको फ्री वाइफाईको स्मरणले कविजीको दिमाग झंकृत भयो। अचेल ल्यापटप र वाइफाईको संयोगले कविजीको कविता फुर्ने क्रममा ह्वात्तै बढोत्तरी भएको छ। झन् आजको कविता फुराइलाई कविजीले विशेष महसुस गरेका छन्। भोटाहिटीको नेवारी किचेनमा छसात गिलास बुत्याएर कविजी न्युरोड गेट पुग्न हिँडेका थिए। अर्को कवि साथी पनि सोही नै मात्रा खलास पारेर ठमेलतिर लागेको थियो।

हृदयमा टिलपिलाएको कविताको बेग र सुराको उत्तेजित सद्भावले कविजीले बाटो बिराए। न्युरोड गेट हिँडेका कवि, न्युरोड पिपपलबोट निक्लिए। तिहारपछिको न्युरोड औसत शान्त थियो। समय मध्यरात Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : पुस्तान्तर

~ज्ञानु गौतम~

तीजको रंगीन चुरा पोते र साडी मा
सजियेकी म,
कृष्ण मंदिर को सेरोफेरो घुम्दा घुम्दै
यी बृद्धा लाई भेट्छु ,
यिनले मलाई नजिक बोलाउन्छिन
शुरुमा अतीत तीर बरालिन्छिन
अनि भन्छिन,
नानी
म पनि तिमी जस्तै थिए बैंश मा
तर
एकाएक मेरो भाग्य ले कोल्टे फेर्दै गयो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : फुलेको छ चैत !

~रवि प्राञ्जल~Ravi Pranjal

धुवाँ – धुलो खडेरी मै फुलेको छ चैत !
प्रिये तिमी फुल्ने भए म’नि फुल्छु है त ।

शिखरमा पुग्यौ अनि धरातलै बिरस्यौ,
तिमी लड्दा काँध थाप्ने तिम्रा साथी खै त ? Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : श्रद्धाको फूल चढाइदिनु

~रवीन्द्र शाह~Rabindra Shah

श्रद्धाको फूल चढाइदिनु आएर लाशमा
नपाए फूल भई गयो तिमी रोइदिनु आँशुमा

सम्झन्छु म त छोएको तिमीले कमलो हातले
लुकाई राख आत्मा यो मेरो नहान पातले
दिनेछ सबै गवाही हाम्रो जुनेली रातले Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : कथाभित्रको कथा

~जगेन्द्र छन्त्याल~

त्यो बेला रातको दुई बजेको थियो। म हातमा एउटा लौरो टेकेर बिस्तारै केराघारी हुँदै जसमानको घरमा जान लागेको थिएं। जून अधोगतिमा ओरालो लागेको मृग झैँ टोलाइरहेको थियो, पानी धाराको छ्ङछ्ङ आवाजले मलाई मनमनैमा झस्काइरहेको थियो। मेरो मतलब जुनको उज्ज्यालो त्यहाँ थिएन। तेसै आफूलाई थाहा भएको हुनाले अलि अलि छामछाम छुमछम गर्दै उकालो नाप्दै थिएँ। विद्रोहको आगो दंकेको मुलुकमा राती टर्च बालेर हिड्नु खतरा हुन्छ. खासमा भन्दा बाटो धेरै भिरालो थियो र बर्षातले गर्दा निकै चिप्लो थियो।

केही पर्‍यो भने प्रयोग गर्नको लागि भनेर कम्मरमा भिरेको छील्लिमा बनेको धारीलो तलवारलाई देब्रे हातले समाएर असिनपसिन हुँदै उकालो लागे म. तै पनि मनमा अलेली डर छँदै थियो। भिरालो बाटोमा घोडाको कामै हुँदैन। त्यो पनि रातको बेला। त्यसैले घोडालाई तल कुस्मीसेराको सम्शेर दाइकोमा बानेर दाना दिएको मात्र याद आयो।धाप मारेंकी मारिन भुसुक्कै भुलेछु। हडुलाको खोल्टिमा ब्रुनाईको लडाईमा Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : ओ ! मेरी हिमाली रानी

~र्इश्वर चाम्लिङ~Ishwor Chamling

ओ ! हिमाली रानी
तिम्ले मलाई माया लायौ की ?
मैले तिमीलाई माया लाए ?
झझल्को आइरहन्छ यो मनमा
ति म्रो झलकहरू नाचिरहन्छ आँखाको नानीमा
माया बसे जस्तो छ हामीमा
ओ ! हिमाली रानी
माया बसे जस्तो छ हामीमा ।
सायद तिम्ले माया लायौ होला मलाई Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : प्रतिकूलता

~पारिजात~parijaat_3

महिला सदर जेलकी नाइकेनी रातो जापानी सिफनको साडी लाएर आँखाभरी जीवनप्रति असम्झौता र शब्दको उच्चारणभरी क्रुरता बोकेर महिला सदर जेलको मूल ढोकाबाट भित्र पस्छे। घर्तिनी मसिनी बल्लबल्ल अलिकति पानीको जोगाउ गरेर भर्खरै कपाल नुहाउने तर्खरमा छे। नाइकेनीलाई देख्नासाथ ऊ झस्कन्छे र एकाएक कातर हुन्छे। एक जोडी काला आँखाहरू भूइँतिर घेाप्टाएर ऊ निश्चल उभिरहन्छे।

“तेरा पातरनी, अहिले तँलाई नुहाउन लाज, बैंस चढेको बेला हाडनाता चिनिनस्। कसो सुडेनीले ठहरै मारिन, भाग्य रहेछ र जेलको भात घिच्न आइपुगिस्” धारिला हँसिया जस्ता शब्दहरू सित्थैंमा छर्दै नाइकेनी अघि बढ्छे। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : गोदाबारी फूलबारीमा

~कृष्णकला वनेम ‘करिना’~Krishnakala Banem 'Karina Subba'

गोदाबारी फूलबारीमा पहिलो माया साट्यौ
दुर्इ आत्माको मिलन संगै संसारलाई भुल्यौ

सिरीरी बताससंगै हाम्रो मायाँ उड्दै थियो
कोइलीको भाका संगै हाम्रो मायाँ गाउँदै थियो Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : छोरी, ढोका खोल!

~दिपेन्द्र रोकाहा~

उसको शरीर नै उसको पसल हुन्छ। नाम पार्वती। हरेक बिहान ११ बजे ऊ सँधै रत्नपार्कमा उपस्थित भएकी हुन्छे। जबर्जस्ती गरिएको श्रृङ्गार, गरिबी स्पष्टै झल्काउने उसको कुर्ता सुरुवाल, कुमबाट लत्रेर हातमा अड्किएको एक पुरानो जस्तो देखिने ब्याग, अनुहारै भरी वितृष्णा तैपनि आशातीत भावले खुलेका आँखाले उसको स्वरुप प्रतिनिधित्व गर्छ। साढे १२ बज्यो आज उसले कोही ग्राहक भेटिन। ब्याग खोतली, चुरोट झिकी, एक सर्को तानेर लामो सास लिई।

रत्नपार्क भीडभाड मै हराइरहेछ। अनि हराइरहेछन् थरी थरीका संवेदनाहरु। जागिर खोज्दा थाकेका संवेदनाहरु, बेरोजगार संदेवनाहरु यस्तै ,यस्तै अनेक संवेदनाहरु। केही संवेदनाहरु उसलाई नङ्ग्याएको कल्पनामा चिहाइरहेछन्, केही संवेदनाहरु परपरबाट चिडियाघरको अनौठो जीव सरह फर्कीफर्की हेरिरहेछन्। तर १ बजिसक्दा पनि आज उसको अधबैँसे शरीरमा मोल लगाउने कोही भेटिएन। थाकेर नजिकैको बदाम बेचिरहेकी आइमाई छेउमा बसी। ‘खोई, आज त कोही राँडा पनि भेटिएन’, बदाम फोर्दै बोली Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : लेट्स गो भीजीट बिउटीफूल नेपाल !

~राज थापा~Raj Thapa

आवर नेपाल सार्है नै बिउटीफूल
सबको मन लोभ्याउछ नेपाल !
बिउटीफूल,बिउटीफूल,बिउटीफूल
भीजीट बिउटीफूल नेपाल !

नेपाल जानुस रूफ अफ्द वर्ड हेर्नलै
माउन्ट एभरेष्ट्र हिमालको बिउटी हेर्नलै
राफ्ट्रीङग गर्दै जंगल सफारी गर्नलै
गौतम बुध्द ” द लाईट अफद एसीया ” Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : सरकार

~झलक मगर~Jhalak Magar

सरकार
एकपटक मलाई प्रयोग गरेर त हेर
मेरो क्षमतालाई अवसर दिएर त हेर
कतारको ६० डिग्री सेन्ट्रिग्रेटको घाममा
अठार घण्टा खटेर
समुद्र माथि फुटबल मैदान बनाएको मेरो अनुभवले
हुम्ला , जुम्ला , दार्चुलामा
जता हेर्यो उतै समथर देख्ने
ठुला ठुला फाँट बनाइदिन्छु
दर्शन ढुंगासंगै लडिबुडी खेल्दै आएको Continue reading →

Posted in कविता | Tagged | Leave a comment