कविता : न बन्न सके

~सार्थक सिम्खडा~Sarthak Simkhada

न बन्न सके माकुने जस्तो पाखन्डी
न बन्न सके प्रचन्डे जस्तो घमन्डी
शायद त्यसैले त होला जिन्दगीमा
बाँध्नै सकिन मायामा हत्कडी

न लिन सके ओसामको जस्तो बैर्यता
न लीन सके ओबामाको जस्तो धैर्यता
शायद त्यसैले त होल जिन्दगीमा
पाउनै सकिन मायामा साफलता

न गर्न सके हिटलर को जस्तो क्रान्ति
न गर्न सके गौतमबुद्ध को जस्तो शान्ती
शायद त्यसैले त होला जिन्दगीमा
गर्नै सकिन मायामा प्रगती

न कोर्न सके भानुभक्तको जस्तो रामायाण
न कोर्न सके लियोनार्दोको जस्तो मोनालिसा
शायद त्यसैले त होला जिन्दगीमा
राख्नै सकिन मायामा अभिलाषा

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.