~भाउपन्थी~
उनीहरू आठ-दस जना एउटा राजनीतिक भोजबाट फर्किरहेका थिए । उनीहरू मस्त पनि थिए किनभने सबै कुरा उनीहरूकै अधीनमा छ । राज्य, सत्तँ र ढुकुटी । राजनीतिक भोज भनेपछि बेहिसाब भव्य नै हुने भयो । उनीहरूले भोजमा गिलास उचालेर देशको स्वास्थ्य, एकता, सद्भावना, समृद्धि-समुन्नति र शान्तिका लागि चियर्स पनि गरेका हुन् । खाने बेलामा उनीहरू नफुट्ने गरी एक हुने गर्छन् ।
उनीहरू आ-आफ्नो घरतिर लाग्ने चौबाटो आयो । उनीहरूले छुट्टनिुअघि केही हा“सोठट्टा गरे, एकअर्कासित हात मिलाए र फेर िभेटौ“ला पनि भने । तर, त्यतिबेलै कतैबाट एउटा निर्धो आवाज आयो, “ए हजुर हो, कृपया मलाई यहा“बाट निकाल्नूस् ।” त्यो निर्धो आवाज उनीहरूले सुने । एकआपसलाई हेरे- कतै उनीहरूमध्ये नै कसैको आत्माले नै त्यस्तो भनेको त होइन – वास्तवमा उनीहरूभित्र आत्माको धुकधुकी मात्र पनि थियो कि थिएन, शङ्कै छ भन्थे देशका जनता । Continue reading →