~दिपेन्द्र रोकाहा~
उसको शरीर नै उसको पसल हुन्छ। नाम पार्वती। हरेक बिहान ११ बजे ऊ सँधै रत्नपार्कमा उपस्थित भएकी हुन्छे। जबर्जस्ती गरिएको श्रृङ्गार, गरिबी स्पष्टै झल्काउने उसको कुर्ता सुरुवाल, कुमबाट लत्रेर हातमा अड्किएको एक पुरानो जस्तो देखिने ब्याग, अनुहारै भरी वितृष्णा तैपनि आशातीत भावले खुलेका आँखाले उसको स्वरुप प्रतिनिधित्व गर्छ। साढे १२ बज्यो आज उसले कोही ग्राहक भेटिन। ब्याग खोतली, चुरोट झिकी, एक सर्को तानेर लामो सास लिई।
रत्नपार्क भीडभाड मै हराइरहेछ। अनि हराइरहेछन् थरी थरीका संवेदनाहरु। जागिर खोज्दा थाकेका संवेदनाहरु, बेरोजगार संदेवनाहरु यस्तै ,यस्तै अनेक संवेदनाहरु। केही संवेदनाहरु उसलाई नङ्ग्याएको कल्पनामा चिहाइरहेछन्, केही संवेदनाहरु परपरबाट चिडियाघरको अनौठो जीव सरह फर्कीफर्की हेरिरहेछन्। तर १ बजिसक्दा पनि आज उसको अधबैँसे शरीरमा मोल लगाउने कोही भेटिएन। थाकेर नजिकैको बदाम बेचिरहेकी आइमाई छेउमा बसी। ‘खोई, आज त कोही राँडा पनि भेटिएन’, बदाम फोर्दै बोली Continue reading →