कविता : हे प्रचण्ड!!

~सन्दिप बडाल~

हे प्रचण्ड,
सुन्यौ तिम्रा भाषणहरू
अनी बुझ्यौँ तिमीले सुनाएका महत्वाकांक्षा
तर शब्दका भारले मात्रै
पूरा हुन सक्दैनन हाम्रा आकांक्षा
आकांक्षा पूर हुन त मन चाहिन्छ
अनी मन रहन दह्रो मुटु पनि
तर तिम्रा बमबारूदका थर्काइले
कमजोर बनिसके यी पनि
आकांक्षा पूरा गर्न अठोट चाहिन्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : रातसँग सावधान

~केशर थुलुङ~Keshar Thulung

त्यो कालो डर लाग्दो
त्यो अँध्यारो अनकन्टार
सम्झदाखेरि नै
आङ जिरिङ्ग-जिरिङ्ग हुने
जहाँ पाइलाई पिच्छे
मृत्यु हुन सक्ने
केवल अविवेकीहरु
यात्रा गर्ने भयभित
त्यो रात

ग्यारेन्टी दिएर त Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : हिउँ परेको रात

~सन्तोष पौड्याल~Santosh Paudyal

हेलो ! रिसीभरमा आवाज सुनियो।

अँ भन।

रिजल्ट पब्लिस भयो नि!

ए हो! तिम्रो के आयो? प्रयागले टेबलमा खुल्लै छाडेको ल्यापटपको किबोर्डमा अौंला कुदायो। स्टुडेन्ट-वेव लग इन गर्‍यो।

“काममा छु। मोबाइलले सपोर्ट गरेन”

“मेरो ए ग्रेड”। प्रयागको मुहार उज्यालो भयो।

“ल बधाई छ, मेरो हेरेर तु मेसेज गर त”। बिकल्पले फोन काटिदियो।

२३ जनाको क्लासमा प्रयाग टप-५ भित्र पर्दछ। सबैजसो परिक्षामा ए ग्रेड ल्याएको छ। कुनैमा मात्र बि। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सस्तो शहिद

~प्रकाश श्रेष्ठ ‘प्रीयतमा’~

के हो शहिद, को कसरी बन्छ शहिद
सोध्ने हो भने थाहा छैन होला
जसले सडकमा टायर बालेर चक्काजाम गर्छ
जसले शहिद घाषणाको माग गर्दछ,
जसले बन्द आहृवान गरी जनतालाई दुख दिन्छ
जसले क्षतिपूर्तिको माग गर्दै
विकास निर्माणमा अवरोध सिर्जना गर्छ

तिनलाई के थाहा
चक्का जाम गर्न पाएपछि, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छोक : डर

~गणेश पुर्बछाने मगर~Ganesh Purbachane Magar

आखा भित्रि लुकाई राख्छु तिमीलाई
मेरो नयन रसिएर
आँसु बनि खस्ने पो हौकी
मुटु भित्रि लुकाई राख्छु तिमीलाई
माया मेरो थोरै भो भनेर
धड्कन बनि धड्किदिने पो हौकी
भित्रि मनै देखि डर लाग्छ मलाइ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : बाँकी छ

~दिपक घर्ति मगर~Deepak Gharti Magar

मनको कुरा छर्लङ्ग पार्न बाँकी छ ।
तिम्रो माया मेरो पास सार्न बाँकी छ ।।

पहिले तिमी लजाउँदै हिड्ने गर्यौ ।
दैवको आँखाबाट बार्न बाँकी छ ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : म मृत हेरिरहे !

~सुरज दाहाल~Suraj Dahal

हरपल म मृत मरीरहे
चन्दन चित्तामा म जलीरहे ,
चित्तामाथी आफ्नो मृत शरीर ,
टुलु टुलु म हेरीरहे ।
मरेर पनी स्वास फेरीरहे
अन्धो भएर पनी देखीरहे
लङ्गडो भएर पनी दौडीरहे
जिन्दगी ! म नीर्जीव बाचीरहे ।
पलपल मृत्यु साचीरहे । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : यस्तै यस्तै हुन्छ

~बिरही राज मगर~Birahi Raj Magar Rolpali

सोध्छु सबै भन्छन् हो माया यस्तै यस्तै हुन्छ।
चोखो माया गर्ने म अनि त जस्तै जस्तै हुन्छ।
अरे यार साथी जस्ले मायाको खेती गर्छन् Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

छोक : म

~शिरिष लामिछाने~Shirish Lamichhane

म
एक प्रेषक
र प्रापक पनि
चिट्ठी लेख्दैछु आफैलाई
मार्टिन लुथर किंगको स्ट्याम्प
सेतो खाममा टपक्क टाँसेर
स्वतन्त्रताको आह्वान गर्दै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : विपरीत आकर्षण

~ममता अग्रवाल~Mamta Agrawal

उनीहरू दुई जनाको अक्सर बाटोको त्यही मोडमा सधैं भेट हुने गथ्र्यो । आपसी चिनाजान नभए पनि किन हो कुन्नी भेटेको बेलामा दुबै एक–अर्कलाई निक्कै गहिरिएर र उत्सुक दृष्टिले हेर्ने गर्थे । दुबै जना अधबैंसे उमेरका थिए र परिपक्व
वा विचारवान जस्तै देखिन्थे । फरक यति थियो कि, उनीहरूको जम्काभेट हुने बेलामा एक जना मन्दिरबाट फर्किरहेका हुन्थे

भने अर्को व्यक्ति चर्चतिर जान लागेका हुन्थे । हरेक दिन जम्काभेट हुँदा दुबै जना अर्को व्यक्तिप्रति विचित्र भावले दृष्टि गोचर गर्ने गर्थे । मन्दिरबाट फर्कने सज्जनलाई चर्चतर्फ जान लागेका व्यक्तिको शुभ्र वस्त्र, Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : खै कहाँ राखुँ म तिमीलाई ?

~दिपक अधिकारी~

आँखाभित्र राखिदियँ, आँसु बनी रुवाईदियौ,
मुटुभित्र राख्न खोजेँ, काँडा बनी बिझाईदियौ,
कल्पनामा राखेको त याद बनी सताईदियौ,
जिन्दगीमै राख्छु भन्दा धोका दिई लत्त्याईदियौ !

बगैचामा राख्न खोजेँ, फुल बनी फुल्छ्यौ भनि, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बुद्ध तँ आउने आसामा

~गणेश भट्टराई~Ganesh Bhattarai

जस्ले तँलाई संसार देखाएकी थिइन
र तेरा लुला खुट्टाहरुलाई
हिंड्न सिकाएकी थिइन
तँ हिडिस पनि – शन्ती खोज्दै
जस्ले घनघोर जङलका बिच
बाटो पहिल्याउन सिकाएकी थिइन
तैँले पहिल्याइस पनि – शन्तीको बाटो
आज तिनै आमा
आठ महिने शिशु झैँ बामे सर्दैछिन
किनकी उनी हिंड्न सकेकी छैनन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : दिनमा सधैं

~बिमल गिरी~Bimal Giri

दिनमा सधैं मनमा पिर रातमा सधैं आशु
जलन हुन्छ भित्र भित्रै कसरी म यहाँ हासु

खाटा बस्ला जस्तो छैन बेहोसिमा दुख्ने घाऊ
जीबन ढल्यो मझेरिमा अधेरिछ कहाँ जाउ
अचेल मलाई एकान्तमा बगिरहन्छ आशु Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : ईश्वर तैंले रचेर फेरि

~महाकवि लक्ष्मी प्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

ईश्वर तैंले रचेर फेरि कसरि बिगारिस?
सृष्टिको फूल रचेर त्यस्तो कसरि लतारिस?
त्यो फूल हरे मलाई दिई कसरि पछारिस?
हे दिदि! मैले ती मुना देख्दा मुनाको मुहार
ती मुना पनि मर्दछिन भन्ने थिएन विचार
मुना! छातीको जुहार….

पृथ्वी तिर नहेर मुना! म पनि आउंछु Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : बैनीको दया छ भने….

~चेतन कार्की~Chetan Karki

केटा – बैनीको दया छ भने, रोदी घरमा दाई नाच्यो नभने
बैनीको दया…

केटा – धर्ति फोरी टुसाएको, बाँसको छोरो तामा
तन्नेरीलाई सोल्टी भन्ने, मै बुढालाई मामा Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

निबन्ध : दल दलाल र दलालिको चिरफार ।

~सुरज दाहाल~Suraj Dahal

शब्द यात्रा :

मुलत ‘दल’ शब्द संस्कृत हो । ‘दलाल’ शब्द संस्कृत भाषाको हैन ।यो अरबी शब्द हो । नेपाली भाषामा ‘दलाल’ लाई शिष्टताचारमा ‘मध्यस्थकर्ता’ भन्ने गरीन्छ।यो पनी संस्कृत शब्द हो ।सामान्यत-दलाल शब्दको अर्थ अँग्रेजीमा ब्रोकर(Broker) लाग्दछ । ब्रोकर सग मिल्ने शब्द ऐजेन्ट .डिलर ,फ्याक्टर ,मिडीएटर हुन सक्दछन । दलाल शब्दको अँग्रेजी अर्थ र त्यसका पर्यायवाची अलग राखेर हेर्ने हो भने नेपालमा ‘दलाल’ शब्द मुख्यत ‘चेलिबेटी बेचबिखन गर्ने’ , ‘घर जग्गाको कारोबार गर्ने ‘र ‘धितोपत्र खरीद बिक्री गर्ने’ लाई सम्बोधन गर्न अधिक प्रयुक्त रहदै आएको छ ।यसर्थमा सेमेटिक परीवारको दलाल शब्दले ‘वस्तु-पदार्थ लेन-देन को बिचमा रहने’, आर्थिक कारोबार गर्नै लाई जनाउने भयो ।यसैको बदलामा नाफाखोरी वा कमिसन ऐजेन्ट पनी भन्न सकिन्छ । व्युत्पत्तिको हिसाबले ब्रोकर शब्द माथी विवीध मत-धारणा छन ।’ब्रोकर(broker)’ एंग्लो~नार्मन ‘ब्रोकोर (Brocour)’ वा abrocour Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

लघुकथा : प्रश्न

~जया राई~Jaya Rai

बसमा यात्रा गर्नु छ, म जानुपर्ने ठाउँ हो, स्ट्यानमोर, यो लन्डको नव धनाढ्यहरु बस्ने सुन्दर शान्त एरिया हो । म रातो रगंको डबल डेकर बसमा चढेकी छु । मौसम अलि घुर्मौलो छ, सफा छैन, विहान हो वा दिन के हो, आफैंलाई थाहा छैन । बस, बेला बखतमा आफ्नो स्टपमा रोकिन्दै जान्छ, बसमा चढ्ने भन्दा ओर्लने यात्रु बढी छन् । हुँदा, हँुदा बसमा यात्रा गरिरहेको यात्रु सबै ओर्लिसके । थोरै यात्रुहरु मात्र बाँकी रहेका छन् । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : अचानक यो साँझ

~ठाकुर बेलवासे~Thakur Belbase

अचानक
यो साँझ
बाँच्नुपर्ने दिनहरू, वर्षहरू
अझै धेरै, धेरै छन्
जस्तो लागेर आयो ।
अचानक
यो झरी परेको साँझ
विगतका दुःखहरू
जो मरीमरी बाचेको स्वाँङ गरेका
दिनहरू भुलेर
आगामी दिनहरू
वर्षहरू
सबैसबै खुशी नै खुशीले भरिएका छन्
जस्तो लागेर आयो । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : चराहरु आउनेछन्

~अशोक बाजपेयी~Ashok Vajpeyi
अनु : केशव सिग्देल

चराहरु उडेर आउनेछन्
लिएर हाम्रो बाल्यकाल
सूर्यको उज्यालो जस्तै।

चराहरु आउनेछन्
कुनै प्राचीन शताब्दीका अँध्यारा काला जङ्गलहरुबाट Continue reading →

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कथा : भरङ्ग भएको सपना

~रोहित शाही~

सधैझैं आज पनि उनलाई त्यहीं उभिएको पाएँ । यसरी उनलाई रात्रिकाम सकेर बिहान घर र्फकंदा देख्ने गरेको आज ठयाक्कै दश दिन जति भएको थियो । सधैजसो फरक फरक पोसाकमा उनी एउटा हात्ते ब्याग छड्के भिरेर सधैँ एउटै ठाउँमा उभिएकी हुन्थिन् । जब म उनको नजिकबाट गुज्रन्थें, उनी मुस्कुराउने गर्थिन्, यद्यपि दुई चार दिन त भ्रममा परेको थिएँ -उनी मलाई देखेर मुस्काएकी हुन् वा अरु कसैलाई ? तर जब मेरो वरिपरि कोही नभएको मौकामा पनि मतर्फ फर्केर मुस्काईन्, तब लाग्यो पक्का पनि त्यो उखरमाउलो मुस्कान मेरा लागि हो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाल कविता : लौ न मैले के गर्ने ?

~युद्धप्रसाद मिश्र~Yuddha Prasad Mishra

बाबु जान्छन् दाउरा काट्न
आमा जान्छिन् मेला
घरको धन्दा गर्दा गर्दै
जान्छ मेरो बेला
लौ न मैले के गर्ने ?

मनको कुरा उर्ली उर्ली
मनैभित्र थाक्छ Continue reading →

Posted in बाल कविता | Tagged | Leave a comment

कविता : मरुभुमिछेउ कतैः मेरा दिन

~पञ्च विस्मृत~Pancha Vismrit

जब घामले अस्ताचल रोज्यो
पूर्व भएर रात उठ्यो
घामका पाइलाहरु पछ्याउदै उठ्यो
एक दुइ ताराहरुले प्रकृतिको
त्यहीं पुनरावृत्ति हेर्न
प्रकृतिकै संविधानको एक अनुसूचिबाट
अनुहार निकाले
सहरले आफ्ना इन्द्रेणी आँखाहरु बालेर
आफ्नै उत्सव मनाउन लाग्यो
र अल्लाहको ध्वनी संगै
जब दिनको अवसान भयो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता ; ‘साक्षी शहर’मा

~उमेश राई ‘अकिञ्चन’~Umesh Rai Akinchan

आँखामा राखेर
उत्साहको झोला
हिँडिरहेको होला
त्यो
सौन्दर्यको शहर……

उस्तै होला
हामीले हिडेको
हङकङ पार्कको बाटो

उस्तै होला
भूँइमा खस्तै गरेको Continue reading →

Posted in कविता | Tagged | Leave a comment

मैथिली गजल : केहन बात केलक ओ

~गजेन्द्र गजुर~Gajendra Gajur

आखिए आखिए मे केहन बात केलक ओ॥
अपन जिनगी सँ क्षणमे कात केलक ओ॥

बिन छपरी केर हमर नेहक निवास॥
बुने बन सँ जहरक बर्षात केलक ओ॥ Continue reading →

Posted in मैथिली गजल | Tagged | Leave a comment

कथा : चर्पी मास्टरको कथा

~सीता पोखरेल~Sita Pokharel

आफ्नै घरको भित्तोमा थोत्रा टिनका ट्याप्रा टसाएर चर्पी बनाईदिने जग्गाधनी शैलेन्द्रलाई एकदिन उस्ले भनि ‘तपाई भट्टीलाई छाप्रो हाल्न दिएर नखत बझ्नु हुन्छ । म चाहि रातोदिन फैलिएको दुर्गन्ध सुङदै बस्नु पर्छ । बरु यो कामचलाउँ चर्पी हटाईदिनुस् !

शहरतिरका दुई लम्बरी हप्ते पत्रिकामा गोरु टाउके फोटो छापिने शैलेन्द्रका लागि यो चर्पीवाण रन्न्न.. कान हुदै मुटुतिर गएर घोपियो । बदलामा, धम्कीपूर्ण यो वाणलाई जरैवाट उखलेर राधातिर फर्काउने चेष्टा गर्यो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : दुःख बाडेर जीउनु

~ठाकुर मान लामा~Thakur Man Lama

दुःख बाडेर जीउनुभन्दा दुःख पिएर मर्नु जाती
साथ दिने कोही हुन्नन संसारकै यही हो रिती

संसार नै एउटा यस्तो के हो बुझ्न नसकिने
जता हेर्‍यो अर्कै लाग्ने बाटो खोज्न नसकिने
उज्यालो जुन तर मनमा छाया
भरोसा केही हुन्न जीन्दगीको यहाँ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : भ्यालेनटाइन !

~राम चाम्लिङ्~Ram Chamling

चारै तिर सन्नटा छाइरहेछ
भित्र-भित्रै तातिरहेछ एउटा महोल
नजिकिदैछ रोज डे हरु
निम्तो गरेर भ्यलेन्टाइन !

बसन्त नै किन आउनु र ?
फुल्नलाई बैसहरु
उत्तेजित हुँदै कामुक जोडी
बोलाई रहेछ भ्यालेन्टाइन ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Poem : Contemplation…

~Shirish Lamichhane~Shirish Lamichhane

Miles away in godforsaken land
Wind whistles right in the ear
And the trees barely stand
I see far into the horizon
The twilight of the dusk
Just makes me feel grand!

Can’t retreat from here Continue reading →

Posted in Poem | Tagged | Leave a comment

गजल : याद आयो

~दिपक घर्ति मगर~Deepak Gharti Magar

सुनसान बनमा गाई चराएको याद आयो
मिठा मिठा कुरामा हराएको याद आयो

अनगिन्ती माया गर्छिन उनि बयान गर्नु कसरी
सानू भनी उन्लाइ बोलाएको याद आयो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

यौनकथा : सिरक

~बिन्दू प्याकुरेल ‘लुना’~Bindu Pyakurel 'Luna'

२४ वर्ष कै उमेरमा पुछिएको थियो राधाको सिउँदोको सिन्दुर। दुई वर्षको काखे बालक ॠषिलाई काखमा लिएर कति आँशु बगाइन् उनले त्यसको के लेखाजोखा ! साउनमा उर्लेर हिउँदमा थाकेको नारायणी झैँ रुँदारुँदै सुक्थ्यो उनको आँशु।

~~~~

नारायणी नजिक कै छेउ गैंडाकोट नजिकै राधा र उन्को दिवंगत श्रीमान् भानुप्रसादको परिवार बाग्लुङको दुर्गमतिरबाट केही वर्ष पहिले बसाइँ सर्दै आएको थियो। भानुप्रसादको सानो झुपडी घर थियो। जम्मा १०-११ कठ्ठा मात्रै खेत थियो उनीहरुको। खेती किसानीबाहेक भानुको गैंडाकोट भृकुटी कागज कारखानामा पिउनको जागिर थियो भने राधा खेतिपाती – पशुपालन मै ब्यस्त थिइन्। केही समयको पिउन जागिरपछि भानुले पनि जागिर छोडेर खेतिपाती पशुपालन बढाउन दत्तचित्त भएर लागेको थियो। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : पापी रहेछ समय…

~गणेश भट्टराई~Ganesh Bhattarai

जब मसँग प्रसस्त फूलहरु थिए
जाँगर थियो, जोश थियो
बिडम्बना बगैँचाको अर्थ थाहा थिएन
तर जब अर्थ बुझेँ र बगैँचाको परीकल्पना गर्न थालेँ
समय धेरै अगाडि बढीसकेको रहेछ
फूलहरु ओेईलाई सकेका रहेछन
ईतिहासको काल-कोठरीमा बन्दी भई सकेका रहेछन।

जब मसँग प्रसस्त शब्दहरु थिए
भावना थियो, स्वर थियो
बिडम्बना अभीब्यक्तीको अर्थ थाहा थिएन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बुद्ध केही त बोल

~शाल्तमणि शर्मा~

अहिंसा र शान्तिको तिम्रो आवाज
मेरो भूगोलिभित्र गुञ्जिए पनि
रक्तपात रोकिएन महामानव
चोरी नगर्ने तिम्रो बचन
माने र गुम्बामा घोकिए पनि
व्यवहारमा आएन महामानव
सत्य बोल्ने तिम्रो मार्गदर्शन
झुटको महासागरमा घोलियो महामानव Continue reading →

Posted in कविता | Tagged | Leave a comment