गजल : सपना बुन्थ्यौ होला

~मनोज काफ्ले ‘मनसुन’~Manoj Kafle 'Monsoon'

मेरो जीवन फुलाउन मिठो सपना बुन्थ्यौ होला
तिम्रा मनका बहहरू मैसँग त धुन्थ्यौ होला

न त केही पाई गयौ न त केही लिई गयौ
जिउँदो भए मेरा स्वामी मैसँग त रुन्थ्यौ होला Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : मुटु बिक्रीमा छ

~सि के राई ‘महाकाँल’~C K Rai 'Mahankaal'

पवित्र तपोभूमी
सर्वोच्च सगरमाथामा बनेको
अति स्वच्छ र सुन्दर
मुटु बिक्रीमा छ

गास बास कपास
श्वास र बिश्वासको
अति खाँचो परेकोले
उत्कृष्ट कण्डिसनको
मुटु बिक्रीमा छ

वीर-बहदुर-गोर्खालीको Continue reading

Posted in कविता | Tagged | Leave a comment

Story : Expected happen Unexpectedly

~Sagar Karki~Sagar Karki

“What? SUICIDE?” Pankaj Dai screamed, all of a sudden left his tea on the table and launched into an investigation.

I lowered the TV volume. An ABC’s sport was heating up Suneheri, the most popular Tea Shop at Pulchowk. We were watching highlights of the match between Nepal and Ireland. D. Nepal had won that match. Paras had hit a wonderful century and Ganendra had hit a Continue reading

Posted in Story | Tagged | Leave a comment

कथा : खै कसरी शुरु गरौँ मुना तिम्रा कथा

~कमलनाथ पौडेल~Kamalnath Paudel

खै कसरी शुरु गरौँ मुना तिम्रा कथा व्यथालाई, मन त थिएन के गर्नु उठिसकेका यी निर्दोष मनका भावनाहरु तिमिलाई पस्कदै छु तर तिमिले मलाई लेख्ने अधिकार त दिन्छौ होलानी ? मुना आकाशमा देख्छु ति चम्किला ताराहरु, धर्तीमा हेर्छु अध्यारा गल्लिहरु र बिहानीमा हेर्छु ति सेता ट्लकिएका हिमशिखरहरु बाट जलन भई पोखिएका आँसुहरु । म चाहन्थे पिडा बिसाउने चौतारी, सुन्दर र उज्यालो भविष्य। मैले यहाँ तिमिलाई अशान्त मन र जलिरहेको मुटुबाट उपहार वा सौगात प्रेषित गरिरहेको छु। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म भित्र

~सूर्यविक्रम याक्खा~ Surya Bikram Yakkha

म भित्र गुम्सिएको छ
कयौ -व्यथाहरु
निश्पट धव्वामा
त्राहिम-त्राहिम
काकाकुलहरु………. ।
म भित्र-भित्रै
मायालुका सम्झनाहरु Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बन्द कोठाबाट बाहिर निस्क

~दीपेन गर्बुजा~Dipendra Garbuja

बन्द कोठाबाट बाहिर निस्क
मुर्खहरुसँग धेरै न जिस्क
चारै दिशा ढोकाहरु खुलाछन
आफ्नो खुबी अनुसारको दिशा रोज
तन,मन अनि धन एकै दिशामा केन्द्रीत गर
आफु भन्दा बुद्दीमानी ब्यक्तिको सहयोग खोज
अन्धो,अपाङ्ग अनि टुहुराहरुलाई माया गर Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : पल पल

~आभास~Aavaas - Achyut Prasad Phuyal

पल-पल जिन्दगीको पात खस्दै गयो
गोधूलिको संघारमा रात खस्दै गयो

आफैँलाई बिर्सँदै म पराई माझ पुगेँ
धेरै बिहान झुल्किएँ म धेरै साँझ डुबेँ
मलाई आफ्नै सपनीको प्यास लाग्दै गयो Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : शेषनागको जिब्रो

~मनोज बाबु पनेरु~

ट्याइँ…………. गाडिको आवाज, कस्तो कर्कश स्वर। एकहुल मिनिर्स्कर्ट लगाएका ठिटीहरु बाटो हिड्दैछन्।

“यो मेरो कान्छी” जुल्फे करायो,

हुलमा आएकी मध्य एकले आँखा तरी,

“औंला हो” कान्छी औंला देखाउँदै जुल्फेले वाक्य पूरा गर्‍यो।

स्कूल क्याम्पस पनि ग्ल्यामर क्षेत्र नै बनाउने भए एक सज्जन, आएका मध्ये एक ठिटीलाई घुडाँदेखि अलि माथी आँखा झिम्मिक नपारी बोले। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : तिमीहरुलाई मैले माफ गरिदिएँ

~जे.बी. शेर्पा ~J B Sherpa

संसार रमाइलो लाग्ने रहरै रहरको,
एक तमाशको चाहनामा,
घामको पहिलो किरण झै !
लामा लामा पाइलामा,
संसार चुम्ने प्रयास के गरेथे,
संसार भेट्ने प्रयास के गरेथें !
कर्कलाको टिल पिल टिल पिल पानीसँग के खेलेथे ! Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मैले देखेको यथार्थ………॥

~तीर्थ संगम राई~Tirtha Sangam Rai

आदिम कालमा
पारुहाङ्ग र सुम्निमाले
साकेला शिली गाउँदै नाँच्ने
यो धरतिको सुन्दर
गाँउ बस्ती र शहरहरुमा
खोलानाला अनि ताल तलैयाहरुमा
मैले हिजो आज देखिरहेको छु
सडिएका कुहिएका दुङ्ग-दुङ्ग गन्हाईरहेका
नृशप शरीरका डङ्गुरकहरु
खाटो बसेका राताम्यै तैरी रहेका
आलो रगतका रक्त कोषिकाहरु । Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : पारी पुगे पछि

~तारा ज्ञवाली~Tara Gyawali

हिंजो नजिक थिएं आज पारी पुगे पछि
कसले बोक्छ थप बोझ भारी पुगे पछि

हेर्दै थियौ नियाली मैले छोडेको बाटो
खुशी भयौ कि त जिम्मेवारी पुगे पछि Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : बिक्रीमा राखिएका सपना

~शिरिष लामिछाने~Shirish Lamichhane

जसरी न्यूरोडको एक भैय्याले
बटुवालाई चना-चटपट
र एक गिलास सोडा बेच्छ
त्यसरी नै अम्रिकाले
प्रत्यक सेकेन्ड मानिसलाई
हजारौँ सपनाहरु बेच्छ
विद्यार्थीलाई राम्रो कामको
व्यापारीलाई राम्रो दामको
परिवारलाई ठुलो घरको
टुहुरोलाई आडिलो भरको
आफ्ना आँखाले देखिने Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : थ्री स्टपस्

~प्रतिक्षा रेग्मी~Prakshya Regmi

‘कस्तो रमाइलो हउ आज !’ जुगपछि भेटेको । मेरीटोनको तन्ना कति ऽऽऽ सँगै मिलाइयो । अहिले देख्नु नि मुश्किल हुने । अनि कस्तो चल्दैंछ हौं जिन्दगी केटीहरु ?’ बबिताले आशा र कमला दिदीलाई देख्नासाथ सोधिहाली ।

कमला दिदी अलि निराश हुँदैं बोलिन, ‘के हुनु बबिता उस्तै छ । मेरो त काम भन्नु मात्र हो, कमाइ खासैं छैन । सिफ्ट नै दिदैंन हेर न वाक्क लाग्दो ।’

‘अनि आशा तिमीलाई कति फोन ग¥यो उठाउँदैंनौं त ? सधैं डबल सिफ्ट गर्छौ हो ?’ Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : जुनतार टिपेर

~गोविन्द गोदार~

जुनतारा टिपेर दिन सक्दिन म
आफु त यथार्थमा बाँच्ने मान्छे
चन्द्रमामा हनिमुनका कुरा गर्दिन म
म त केवल निश्चल माया गर्ने मान्छे

एक पटक आफैं मुस्कुराएर त हेर
कैयौ रहस्य सो प्रकट हुने छ Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : आई दियौ

~कृष्णकला वनेम ‘करिना’~Krishnakala Banem 'Karina Subba'

आई दियौ मायाँ लिई बैशाकको हुरी भई
छार्इ दियौ आँखा भर रिंगीचंगी सपना भई

पहाड तिमी वनि देउ हिउँ वनि छोपी दिन्छु
किनार भई साथ देउ सागर वनि चुमी दिन्छु
वजाई दियौ वासुरी मन छुने धुन भई Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

बाल कथा : पूजा

~विमल भौकाजी~>

टिङ्… टिङ्… टिङ्… टिङ्…घरको पूजाकोठाबाट बजेको घन्टको आवाजले आज पनि उही समयमा विकासलाई बिउँझायो । आवाजसँगसँगै सधैंझैं आमा पनि बडबडाइरहेको सुने उनले । तर आज सधैंझैं सुतेको सुत्यै बसिरहेनन् । जुरुक्कै उठे । र, चाल मारेर माथि उक्लिए । उनी उत्सुक थिए, आमा सधैं किन घन्टी बजाएर बडबडाइरहनुहुन्छ ?

भित्र चियाए । आमा भगवान्को नाम लिँदै हुनुहुँदो रहेछ । ‘किन गर्नुभएको होला यस्तो ?’ मनमनै सोचे । मुखचाहिं खोलेनन् । मनमा खुल्दुली मच्चिरहेको थियो । अघि भर्‍याङ उक्लिएजस्तै चाल मारेर तल ओर्लिए । पूजा सकिएपश्चात्, आमाले विकासलाई बोलाउनुभयो, ‘ए विकास, मैले दूध तत्ताउन लागिसको Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

व्यङ्ग्य कविता : कुर्सीमाथि फर्सी

~नरनाथ लुइँटेल~Naranath Luitel

डम्म पेट पुड्को मान्छे सुसुपाल खुट्टा
यो भन्दा नि ठूलो कुरा बोल्छ सधैं झुट्टा
आजै गर्ने कामलाई भन्छ भोलि पर्सि
हेरहेर के आश्चर्य कुर्सीमाथि फर्सी ।

तलकालाई सधँै हेप्छ माथिकालाई सलाम
टोपी झिकी हिँड्ने गर्छ ज्युँदाहरूको मलाम
रातो देख्दा सातो उड्छ झसङ्ग हुन्छ तर्सी
लाज शरम ठ्याम्मै छैन कुर्सीमाथि फर्सी । Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : शुभकामना

~अभागी मिनम घायल असफल~Abhagi Minam Ghayal Asafal

जित तिम्रै हो
हार मैले स्विकारेकै हुँ
खुसी जती सबै तिम्रै हो
दु:ख मैले अङ्गालेकै छु

तिम्रो लागि खुसिको नयाँ बर्ष
मेरो लागि एक्लो बेसाहरा यात्रा Continue reading

Posted in कविता | Tagged | Leave a comment

शेर्पा भाषी कविता : ङला दाङ ङिराङ माटो

~पेम्बा शेर्पा ‘सहयात्री गोले’~Pemba Sherpa 'Sahayatri Gole'

ख्यारे ङला ल्हाने इन्दे, ङला दाङ ङिराङ माटो
सेम ख्य्वार्ला राङ छ्यने इन्दे, ङला दाङ ङिरङ माटो

थालमी ङिमा ख्य्वार्ला थोङ्सुङ, मिक्ला मिक तासुङ
ख्य्वारोङ छसे जेमु नोक सिन, दाल्जी टेङ्गी सासुङ
ङिग्न्जे ल्हाक्पा माने इन्दे, ङला दाङ ङिराङ माटो
सेम ख्य्वार्ला राङ छ्यने इन्दे, ङला दाङ ङिरङ माटो Continue reading

Posted in शेर्पा कविता | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : चोरी पुराण

~नरनाथ लुइँटेल~Naranath Luitel

“जो चोर, उसैको ठूलो स्वर” यो उखान धेरै पटक, धेरै जनाको मुखबाट प्रस्तुत भएको सुनिएको थियो । चोर नाथेको पनि ठूलो स्वर कसरी हुन्छ होला र, भन्ने पनि लाग्दथ्यो । चोरलाई सानै स्वरले चोर भन्दियो भने पनि उत्पातसँग रिस उठ्छ । त्यसो त घूसखोर हाकिमलाई घुस्याहा भन्न पाइँदैन, झुक्किएर कसैले भनिहाल्यो भने भन्नेको मुख कुच्चिन र कान बुच्चिन बेर लाग्दैन हिजोआज । जसरी आजकलका नेतालाई सुविधाभोगी र पजेरोवादी भनिदिंदा बर्मण्डी फुटेर रिसको पारो बाहिर प्रकट हुन्छ, ठीक त्यसैगरी चोरी चकारी मै जीवन निर्वाह गरिरहेको गैरमनुवालाई चोर भनिदिंदा उसको चेतनामा चड्कन पर्छ । “त्यसो भए पाजी चोरलाई चोर नभनेर हजूर, काजी भन्ने त ?” तपाईंका मनमा यो प्रश्न उब्जी सक्यो होला । अब स्थितिले बिघ्न छलाङ मारिसक्यो । चोर अब चोर हैन सज्जन, महात्मा, भलाद्मी, इज्जत र प्रतिष्ठाको प्रतीक बनिसकेको छ । चोरलाई चोर भनेर तपाईंले उसको प्रतिष्ठामाथि अनाहकमा धावा बोलेर बेफ्वाँकमा जेलको चिसो हावा खानु पर्ला, होस् गर्नोस् है– होस् गर्नोस् । Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

देउडा गीत : बैशाख जेठ काँ जानोहो

~प्रकाश जे धामी~Prakash J Dhami

बैशाख जेठ काँ जानोहो,बर्खा सुसाउन्या भेल ।
जिन्दगी भरी नबुझ्ने भयो,भगवान तेरो खेल ।।

जन्मेको ठाउँ पराई बनाई,खाडी मुलुक बाँस ।
दु:खी जिबन बेहाल बनाई,परानी भयो नाँस ।। Continue reading

Posted in देउडा गीत | Tagged | Leave a comment

कथा : कार्नेसन, धुवाँ र तिम्रो झझल्को

~अनमोलमणि~Anmolmani

साँझ अबेर बितिसकेको छ। पिनाज मसानी र अविदा परविन सुनिरहेको छु। र तिम्रो झझल्को आँखामा टाँसिएको छ।

शहरको लामो सडक त्यसैगरी तन्किरहेको छ। तर गाउँमा काटिएको झोलुङ्गे पुल बनाइएको छैन। शहरका पुलहरु पनि मक्किसकेका छन्। भाँच्चिने सम्भावना धेरै छ। शहर कोलाहल मय छ र निर्जन छ। चिनिएका अनुहार कोही छैनन्। सबैमा तिम्रो अनुहार ठम्याउन खोज्छु। पाउँदिन। सडक छेउका खिरिला रुखका मसिना झिक्रामा बेतोडले कुद्ने गाडीको धुवाँको कालो पोतिएको छ र ती निहुरिएका छन् सडकमा र्झन। म पनि त निहुरिएको छु अब ! सीधा छैन म यहाँ। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : आमाको माया

~पवन आचार्य~

असाध्यै गहिरो प्रेमको एक जोडी। प्रेम यात्राकै क्रममा प्रेमिकालाई सनक चढेछ। आफ्नो प्रेमीले आफूलाई कत्तिको माया गर्दो रहेछ भन्ने जाँच्न मन लागेछ। एक दिन प्रेमीलाई सोधिछन्- तिमी मलाई साँच्चै माया गर्छौ ? प्रेमीलाई आफूप्रति शंका गरेको देखेर अचम्म लागेछ। अनि के गर्दा विश्वास हुन्छ भन्ने उसले प्रेमिकासँग जिज्ञासा राखेछ। प्रेमिका एकाएक भन्छे- मलाई साँच्चै माया गर्छौ भने तिम्रो आमाको कलेजो अहिल्यै लिएर आऊ। प्रेमीलाई आफ्नो प्रेम साँचो हो भन्ने देखाउनु थियो। Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : तिम्रो हत्केलाको परिधिमा

~बिन्दु प्याकुरेल ‘लुना’~Bindu Pyakurel 'Luna'

ब्रम्हान्डको परिधी
मैले नाप्न कहाँ सक्छु र !
सिवाय तिम्रो मायालु हत्केलाको प।रिधी ।
°
अथाह माया बर्षाउने तिम्रो हत्केला
मेरो निम्ती कुनै भबसागर भन्दा के कम्ती छ र !
°
पिर रापले पोल्दा हिर्दयमा शितलता दिने तिम्रो हत्केला Continue reading

Posted in कविता | Tagged | Leave a comment

नवबर्ष २०७३ सालको शुभकामना

जीवनमा अनी मनमा उमंग खुशी सुख शान्ति र आनन्द भरिएको भविश्य लिएर आओस् नयाँ बर्ष ;
              पिडा-दशा-दुख-कष्ट-अपूर्ण इच्छाहरु भूत मै भुलेर आओस् नयाँ बर्ष ;
              देखेका सारा सपना ढकमक्क फुलेर मग्मगाउँदो बर्तमान लिएर आओस् नयाँ बर्ष ।।।

हजूर सम्पूर्ण साहित्यप्रेमी-साहित्यनुरागी पाठकवर्ग एवं साहित्यकारहरुमा संग्रहालय नवबर्ष २०७३ सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ । ।

-आविष्कार
साहित्य संग्रहालय

Posted in Misc | Leave a comment

कविता : नीला पाइला टेक्ने राता मान्छेहरू

~ठाकुर बेलवासे~Thakur Belbase


ढुङ्गाको छाती खोपेर
सहिष्णुताको आवाज सुन्न
आतुर मान्छेको
मन्दिरस्थापना सोचिरहेको छु

रगतले मुख धुन इच्छा राख्ने
ईश्वरप्रति
मेरो खेद छ

ताराहरूका छाती कुल्चिएर
आप्mनो अधिपत्यको
उचाइगर्व खोज्ने
ईश्वरमा
जीवनका शुभकामनाहरू छरिन सक्दैनन् Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : महाभारत

~प्रकाशचन्द्र न्यौपाने~

स्वार्थका तिखा तीरहरु गाडिएर
घाइते छ भिष्मको राष्ट्रवाद
अँध्यारोमा कुर्सीको लम्वाई–चौंडाई र आकृति
छामिरहेछन् अन्धा धृतराष्ट्रका औंलाहरु
एकलव्यहरु फिर्ता माग्दैछन्, गुरु–दक्षिणा
औंलाको बदला द्रोणचार्यको सिङ्गै हात
छ गुणा बढेको छ, संख्या भाञ्जाहरुको Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : यात्रा कलेजको…

~रोबिन मानन्धर~Robin Manandhar

हिजो बेलुकादेखि नै सिमसिम पानी परिरहेको थियो । आज बिहान पनि सिरसिर बतास चलिरहेछ साथमा सिमसिम पानी पनि परिरहेछ । साउने झरी कहिले थामिने हो थाहा नै हुन्न ।

आज मेरो कलेजको पहिलो दिन… कस्तो हुने होला । मनमा अनेकन कुराहरु खेलिरहेछ । तै पनि तयार त हुनुप¥यो नि !

(कलेज जान राम्रो पहिरन लगाउँदै) पहिलो पटक कलेज जाँदै छु, कक्षाकोठा खोज्न पनि गाह्रो, स्कुले साथीहरु पनि सबै अरु कलेजमा गएका छन्, मेरो त साथी भनेको कोही पनि छैन । गएकै दिनमा कोही न कोही त साथी बन्ला नि ! यदि नबने पनि सँगै बस्नेसँग नै फ्रेन्डसिप गर्नुपर्ला । सँगै बस्ने फेरी कोही केटी Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : शुभकामना

~सार्थक सिम्खडा~Sarthak Simkhada

सुर्यको किरण जस्तै झुल्कने तिमीलाई,दुई अक्षरको “प्रेम”
साउनेझरी जस्तै रुझाउने तिमीलाई,तीन अक्षरको ”बधाई”
कालरात्री जस्तै छाउने तिमीलाई,चार अक्षरको “उपहार”
बादलले जस्तै आकाशढाक्ने तिमीलाई,पाँच अक्षर को “शुभकामना” !! Continue reading

Posted in कविता | Tagged | Leave a comment

Poem : Oh Desert !

~Pancha Vismrit~Pancha Vismrit

Decorated with towns and cities
Religion culture and legends
And decorated with growth and prosperity
The desert
Where I am right on
Being a stranger
In pursuit of life
In pursuit of dreams
Sitting on the burning sands
Writing love letters to beloved ones Continue reading

Posted in Poem | Tagged | Leave a comment

कविता : छोरी तिमी

~पुरुशोत्तम बाबु~

मलाई मेरो दिलभित्र तारा
उगाइदिने बनी हेर तारा
माटो टिपी त्यो सिरमाथी लाई
चन्द्रै सरी चादनी छप्प पाइ

लेपेर सिउदो कलाको बनायौ
कल्पन्तसम्मै पनि गुन पायौ
कस्तो राम्रो चम्किने चन्द्र तारा
मुहार नै बन्दछ ज्योति सारा

पहाड माथि तिमी खेली आयौ Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बुद्धिजीवीहरूसँग

~युद्धप्रसाद मिश्र~Yuddha Prasad Mishra

संगिन रोपी गर्भवतीको
पेटभित्रको बालक मारी
कसरी सक्छौ भुल्न, दिएको
हात्तीद्वारा बस्ती उजाडी

पीडाको चित्कार नसुन्ने
बहिरा छौ कि हे विद्वतवर्ग
तुच्छ स्वार्थतिर कलम झुकाई
वास्तवदेखि भाग्छौ किन पर Continue reading

Posted in कविता | Tagged | Leave a comment