~पवन लामिछाने~
यो आकास मेरो हो,
यो धर्ती मेरो हो
को भन्छ गरीब मलाई,
यो सारा संसार मेरो हो
यहाँ मलाई हर मौसम को साथ छ ,
खाना लाई भात यी दुई हात छ Continue reading
~पवन लामिछाने~
यो आकास मेरो हो,
यो धर्ती मेरो हो
को भन्छ गरीब मलाई,
यो सारा संसार मेरो हो
यहाँ मलाई हर मौसम को साथ छ ,
खाना लाई भात यी दुई हात छ Continue reading
~बलदेव भट्ट “बिहानी”~
यातनाका कथा चित्र हरु भित्र नियाल्दै
घामका पाइला संग सुस्केरा हाल्ने
सर्बहाराहरु को साम्राज्य सुर्तिका बोटमुनी बाट लुटियेपछि
चौर आँगन मा लीलाम उन्मुक्तिको आवाज कोर्ने
सपूत हरु का खोजी भित्र मेरा आँखाहरु हराउछन||
कालो इतिहास भित्र बाट उछिटिएका बर्तमानहरु
झलमल्ल सुन्केशरि लिएर आउछन
देश दोरण भित्र रामाउने रातका ब्वासाहरु
हत्केलाले घाम छेक्दै अन्धकारको खोजी मा सल्बलाए पछि Continue reading
~अजबी राधा~
“बैनी कहाँसम्म पुग्ने हो ?”
संगै सिटमा बसेका अपरिचितले प्रश्न तेर्साए।
तुल्सीपुरसम्म, तपाईँ नि ? मैले फर्काएको जवाफ।
आलोकसँग चिनाजानीको पहिलो परिचय थियो यो। आलोक, डिप्लोमासम्मको अध्ययन गरेको एक मध्यमवर्गीय युवा, जागिरको खोजीमा दाङ जाँदै रहेछ। सामान्य भए पनि कपडा मिलाएर लगाएको आकर्षक चेहरा, हाँसीहाँसी कुरा गर्ने, कुराकानीकै सिलसिलामा। Continue reading
~जीवन शाही~
मुक्तिको विगुल फुकेर
वर्गसंघर्षको शंखनाद गरेर
क्रान्तिको ध्वजा फहराउन
यो सारा विश्वलाई एक बनाउन
प्रेरणा मिलोस् जनसागर उर्लोस
शुभकामना शुभकामना
नव वर्षको शुभकामना
वर्गमुक्तिको शिखर चढ्न
नयाँ युगको शिलान्यास गर्न
शुभकामना शुभकामना
नव युगको निर्माणको शुभकामना Continue reading
~बिष्णु नन्द चाम्लिंग~
नेताहरु साह्रै भुक्छन्
एकलेअर्कोलाई थुक्छन्
संविधानको स नजान्ने
सभासद भई पुग्छन् Continue reading
~मनोज काफ्ले ‘मनसुन’~
एकान्तमा एक्लै रुने एक्लै हास्ने बानी पर्यो
झुल्के घामलग्यो पलमा घनाघोर पानी पर्यो
कर्म घर भो सेरोफेरो परदेशीका बाटाहरु
सफलताको आशैमात्र धेरै मलाइ हानि पर्यो
झुल्के घामलग्यो पलमा घनाघोर पानी पर्यो Continue reading
~सुविद गुरागाई~
माया नपाएर बहुलायो ध्रुबे ।
नजिर बनाएर बहुलायो ध्रुबे ।
गरुँ के मनलाई कहाँ जाऊँ अन्त ?
अनेक सोच आएर बहुलायो ध्रुबे ।
सम्झी–सम्झी स्वार्थी दुनियाँको सत्य, Continue reading
~गणेश पुर्बछाने मगर~
टाढा टाढा उडी जाने त्यो पन्छी को
हुन्छ के को भरोसा?
छितिज पारि आफु लुकेर
पारि जान्छ सबै आकाश सुन्य नै
छोडी जाने निर्मोही प्रियसीको
किन गर्छौ तिमि आसा??
मन भरि स्वार्थी माया बोकेर
पार्छन प्रेम को भण्डार सबै रित्तै नै Continue reading
~कालीप्रसाद रिजाल~
बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्
यी हातले सँधै सँधै नेपाल लेख्न पाइयोस्
नेपाली श्रम र सिपको प्रभाव दिगन्त फैलियोस्
मलाई टेकी खुड्किलो यो देश माथि उक्लियोस्
नेपालको म सन्तती सगर्व भन्न पाइयोस् Continue reading
~पुष्पराज गिरी~
त्यो रात उनीहरुसँगै भए एकै कोठामा। रविले Johana को मुलायम कपाल खेलाइरहेको थियो, अनि घरीघरी टाउको मुसारिदिँदै थियो। Johana को टाउको बिस्तारै रविको ओठतिर लम्कियो, दुबैका मुख परस्पर जोडिए।
एकाएकै Johana ले रविले कसिसकेको आफ्नो शरीरलाई फुत्काउँदै भनिन्- Otros 2 meses mas (अरु थप दुई महिना)। रविले केही बल नगरेको होइन, तरै पनि no tengo 21 anos, si tuviera 21 anos no podriamos hacer cosas sin sentido (म अझै २१ पुगेकी छैन, २१ पुग्नु अगावै कुनै पाप काम गर्नु हुँदैन) भनेपछि रवि बिस्तारै सेलाउन पुग्यो।
आफूमा जागिसकेको पुरुषत्व त्यतिकै मार्नु पर्दा पनि उसको मन प्रफुल्लित भएर आयो। आफ्नी प्रेमिकाको दृढ़ता देखेर खूब रमायो भित्रभित्रै। धेरै इज्ज़त दिन मन लाग्यो, आदर भाव जागेर आयो उसकी प्रेमिकाप्रति। Sorry को शव्दसँगै Flying kiss पायो पल्लो खाटबाट।
तुलना गर्यो उसले नयाँ प्रेमिका र नेपालकी प्रेमिका बीच। उता साँझको जुठो भाड़ो गर्न सघाउने बित्तिकै रविना उन्मत्तिदै भन्ने गर्थी, ‘के छ विचार …? अनि त्यसपछि …..अनि त्यसपछि …….। Continue reading
~प्रतीक चाम्लिङ~
यो बन्द कोठा भित्र
खोलेर सपनाका पोकाहरु
विरहका भुङग्रो जलाई
विगतहरु निर्ममता साथ
खरानी बनाउन चाहन्छु
र
आँखा बन्द गर्छु
कान थुन्छु
तर
सम्झनाको ढोकाबाट
अनवरत पसिरहन्छ विगतहरु
अनि
म जल्न थाल्छु आफै पीरसंगै विस्तारै विस्तारै । Continue reading
~गोपाल योन्जन~
बाँची दिन्छु तिम्रै निम्ति
मरी दिन सक्तिन
लाखौं बाधा यो प्रीतिको
सबै रिझाउन सक्तिन
सन्ताप पनि दिन सक्छु
म बैकुण्ठ दिन यहाँ सक्तिन
उज्यालो देखि डर लाग्छ भने Continue reading
~दीपक कुमार ज्ञवाली~
भुलेर पिडा दिन आए∕ साथ ।
तिमी मेरै हौ लौ लेऊ हात ।
नौलाख तारा गगनमा रात ।
उज्यालो छर्ने अरुको साथ ।
१
अरुको साथले लागेको मात ।
चमक्क चम्कने मिmल्काकोेसाथ ।
प्रबेश कठिन आयौ बाहिर ।
खुट्टा नटेकेको पाईनौ चाल । Continue reading
~मनि राई ‘गोठाले’~
उ बेला म भर्खर गुम्बामा छिरेको थिए । त्यसको करीब दुई महिनापछि धार्मिक दंगा भयो । त्यो दंगामा प्राय: सबै धर्मका मान्छेहरु मानवहिंसाका शिकार भए । गुम्बामा आगो लगाईयो । म अन्नभण्डारमा लुकेर बसेको थिए । त्यै बेला ढोका खुल्यो र दुईजना युवक भित्र छिर्याे । उनीहरुद्वरा म समातीए । उनीहरुले मेरो कुमारीत्व लुट्नै लुट्यो । तर, मलाई थाहा थिएन कि ति दुई युवकहरु कुन धर्मावलम्बीका थिए । त्यसपछि त्यो बस्ती मानवहिंसाको दारुण नमुनाामा फेरीयो । म गुम्बा छोडेर कतै भागे । कहाँ जानु ? के गर्नु ? कसरी जीवन यापन गर्नु ? मलाई केही उपाय सुझेको थिएन । म निरुदेश्य , लक्ष्यहीन यताउता भौतारीरहेको थिए । Continue reading
~बिष्णु सुवेदी ‘दोलखे’~
भित्ताको किलामा
झुण्डिरहेछ निरन्तर
आँखै सामुन्ने फोटोबिनाको फ्रेम !
गम खाइरहेछु कसको थियो फोटो कुनै बखत ?
र सोचिरहेछु कसले निकाल्यो त्यो फोटोलाई ?
सुनेको हुन्छु कुनै बखत
फोटोबिनाको फ्रेम राख्नु हुन्न घरमा ! Continue reading
~दिपक घर्ति मगर~
सबैको मनमा खुशी दिन्छु भनी दौडि रहें ।
निस्वार्थ माया लिन्छु भनी दौडि रहें ।।
भनेको जस्तो जीवनमा कहाँ हुदो रैछ र ।
हजारौं को भिड्मा चिन्छु भनी दौडि रहें ।। Continue reading
~भवानी मिश्र~
बेलुका ३ बजे घोपा अस्पताल धरानबाट बहिनीलाई डिस्चार्ज गराइए पछी भवानी मिश्र आफ्नो घर इलाम साङरुम्बा-३ तिर फर्किने तयारी गर्छन। साँझ परिसकेको थियो, घर पुग्नु पर्ने जरुरी थियो-उनलाई। किनकि उनको आई.ए. दोस्रो बर्षको परीक्षा नजिकिंदै थियो। एक हप्ता अघि देखि बहिनी कमलालाई उपचारका क्रममा धरान पुर्याए पछी एउटा सानो चकटीलाई आफ्नो ओछ्यान मानेर बिरामी कुरुवा हुनु परेको थियो। Continue reading
~दीपेन गर्बुजा~
गाउ-घरको रमाईलो याद आउछ
यो उजाड मरुभुमीमा
तिम्रो सम्झना हरपल आउछ
बिझ्यो सिरानी रातभरीमा
मेरो दिनहरु बितिरहेको छ
केबल तिम्रो सम्झनामा
ईमेल मार्फत तिमी सकुशल
भएको थाहा पाउदा
दु:ख-पिडा भुलिदिन्छु एकै छिनमा Continue reading
~भिम बिराग~
कसरी म भुलेँ,
के मा म भुलेँ २
तिम्रो ओठमा,
तिम्रो मुस्कानमा २
आँखामा कि भाकामा,
कसरी म भुलेँ
पानी भित्र डुबी बस्छ, Continue reading
~प्रतीक चाम्लिङ~
हामी,
दुर्इ समानान्तर रेखामा
तिमी अनि म बाचिरहेछौं
तिमी बगीरहेछौं/ हिडीरहेछौं निरन्तर निरन्तर
अनन्त सागरसम्म
म तिम्रो लहरहरुलाई कुरेर
जीवनको सन्ताप जलाई
हराएको मिलनभित्र
लडिरहेको बगर म ।
तिमीलाई पच्छ्याउदा पच्छ्याउदै Continue reading
~ज्ञानेन्द्र स्थापित~
जिन्दगी भर भटकिरहने कर्म बोकी
भटकिरहेछु यस अन्धकार बाटोमा पनि
मात्र आफ्नो सहि दिशा को खोज मा
तर मेरो खोजि, खोजि मै बित्दछ
किन कि, Continue reading
~नारायण वाग्ले~
प्रधानमन्त्री मेरो घरमा पाहुना आउने कुरा पार्टीकै एउटा बैठकमा सुनेको थिएँ। सुरक्षाका कारण यस्तो भ्रमण गोप्य राखिन्छ पनि भनिएको थियो। तर, एक कान, दुई कान भइहाल्यो। हल्ला चलेदेखि घरमा छरछिमेकीको आउजाउ बढेको छ।
मेरो घर तल मूल बाटो हिंड्नेले सजिलै खुट्याउन नसक्ने गरी घिरौंलाका झालले छोपिएको छ। अब काँक्रो बाँकी रहला जस्तो छैन। आउन ढिलो गरे Continue reading
~दयाकृष्ण रार्इ~
भुगोलको सीमा रेखाबाट
बाहिर धेरै टाढा प्युटार गाउँ
हुन सक्छ प्युटार एउटा
नयाँ नेपालको स्वायत्त ठाउँ
जहाँ पाषण युगका
पाषण मुटु भएकाहरु बस्ने गर्दछन
त्यही गाउँकी,
म कल्लीकुमारी विक ।
अन्ध विश्वाशको आन्तरिक्ष यानमा Continue reading
शाइलक, जो एउटा यहुदी थियो, भेनिस शहरमा बसोबास गर्दथ्यो। ऊ एउटा निकै चर्को व्याजदरमा पैसा लगाउने व्यापारी थियो। चर्को व्याजदरमा भेनिसका क्रिश्चियन व्यापारीहरूलाई ऋण दिएर संकलन गरेको पैसाले ऊ विशाल रूपमा आफ्नो भाग्य निर्माण गर्न पुगेको थियो। शाइलक एउटा कठोर हृदय भएको मान्छे भएकोले आफूले सापटी दिएको पैसा यति कठोर र दबाबका साथ माग गर्दथ्यो कि उसलाई सहरका राम्रा मान्छेहरू प्रायः कसैले पनि मन पराउँदैनथे। विशेष गरेर एन्टोनियो, जो स्वयं भेनिसको एउटा युवा व्यापारी थियो, ले त पटक्कै मन पराउँदैनथ्यो। र शाइलकले पनि एन्टोनियोलाई पटक्कै मन पराउँदैनथ्यो किनभने उसले दुःख र अप्ठ्यारो परेका मान्छेहरुलाई विना व्याज नै ऋण दिने गर्दथ्यो। त्यसैले उक्त द्रव्य पिपासु यहुदी र उदार व्यापारी एन्टोनियोबीच ठूलो शत्रुता थियो। जब एन्टोनियोले शाइलकलाई भेट्थ्यो तब उसलाई सुदखोर र कठोर कारोबारी भनेर आलोचना गर्दथ्यो जुन कुरालाई शाइलकले कुनै वास्ता नगरेझैं एकदम धैर्य बनी सहिरहेको देखिन्थ्यो तर भित्री मनमा उसले कुनै दिन बदला लिने कुरा सोचिरहेको हुन्थ्यो। Continue reading
~पवित्रा गुरुङ~
सोच्दा सोच्दै
दिमागहरु तातीरहेकाछन्
त्यहाँ खिंचडीहरु पाकीरहेकै छन्
पस्कनलाई डाडु पन्यु
ठिक पारीरहेकै छन् Continue reading
~सरोज पङ्हाङ्गो~
एक टुक्क्रा थाङ्ना टिपेर
काला रौहरु छोप्दै
मध्य रात नभनी
कसैले देखिहाल्छ कि – ‘भन्ने डरले’
हस्याङ फस्याङ गर्दै
घर पस्न लगेकी
बलत्कारीत स्वास्नी
लोग्नेसामु -के पुग्न मात्र लगेकी थि Continue reading
~प्रेम पाख्रिन~
सकेन उड्न परेवा आज
सकेन हाँस्न बुद्धका मुर्ती
कस्ले गरिदेलान अब यहाँ
चार शाहीद्को इच्छा पुर्ती ।
घाइते छन धर्ती अझै
सकेन भेटन असली डाक्टर
सान्तिका दिप बल्ने बेला
कस्ले उघारे आशान्तिका शटर । Continue reading
~शिव सस्मित~
रात नै किन आउनुपर्यो लुटिएपछि दिउँसै मान्छे
अन्यत्र किन धाउनुपर्यो कुटिएपछि दिउँसै मान्छे
बजारतिर उपहार लिन सँगसँगै निस्किएकाको
जन्मोत्सव किन मनाउनुपर्यो, छुट्टएिपछि दिउँसै मान्छे Continue reading
~सूर्यविक्रम याक्खा~
हात अठाएर धर्साहरु कोरिए ,
औलाको र्इशारामा नाच्न थाल्छन्
शब्दका फूलहरु ….,
मन सलवलाउदै कुदन थाल्छन् ,
क्षितिज पारिका गाँऊहरुमा ।
नसा-नसाहरुमा रगत वगीरहे ,
रौ-हरु ठाडा-ठाडा भै रहे ,
लेखान्तमा लेखिएका भाग्य Continue reading
~इन्द्रकूमार श्रेष्ठ ‘सरित्’~
उजेलीमै भेट हजूर रात छ बेइमान
अंधेरीमा मात्तिने मर्दको जात छ बेइमान ।
भो न भो मेरी हजूर आँखाले अरु नपिलाउ
अनर्थ होला बेहोसीमा मात छ बेइमान । Continue reading
~समृद्धि ‘शायद’ ~
हृदयको बास मीठो कि मनको अत्यास
नभेटिएकालाई मिलन मीठो कि प्यास
धड्कन्छ होला मुटु पनि रफ्तारमा आज
सुनेपछि शब्दशब्द मीठो कि उच्छवास Continue reading
ढोकाको कल बेलको आवाज सुनेर प्रणिताले सोची – “को हुन सक्छ यति बेला? बाबुछोरीको आउने बेला भएको छैन। साने पनि भर्खरै बाहिर गएको।”
उसले पहिलो घण्टीमा नै ढोका खोल्ने विचार गरिन र अर्को घण्टीको आवाज पर्खेर हातको कपडाले तखतामा सजिएका सामान समाएर टल्काउँदै गई। तर एकैछिनपछि दोश्रो पल्ट घण्टीको आवाज आयो। Continue reading